चितवनमा बस एक आपसमा ठोकिदा ४ जनाको मृत्यु, २९ जना घाइते

भदौ १, २०७३ मा प्रकाशित | 1080 views

२ भदौ, चितवन ।
गए राती चितवनको फिस्लििङमा दुई बस एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म गुल्मी घर भएका दुइ मृतक सन्देश गौतम र मञ्जु गौतमको सनाखत भएको छ भने अरु २ जनाको सनाखत हुन बाकी रहेको छ ।

दुइजनाको शबलाई लाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । तीनजनाको घटनास्थलमै र एक बालकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भैरहवाबाट काठमाडौ जाँदै गरेको लु १ ख ९३६१ नम्वरको बस र काठमाडौबाट धरान जाँदै गरेको ना ४ ख ४५१६ नम्बरको बस चितवनको दारेचोक ९ स्थीत फिस्लिङमा एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

२९ जना घाइते मध्ये २० जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको  छ भने बाकी घाइते काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web