नेदरल्याण्ड्समाथि नेपालको महत्वपूर्ण जित

साउन ३२, २०७३ मा प्रकाशित | 1076 views

एजेन्सी,साउन ३१ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको दास्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलाई १ सय ९८ रनमा समेट्दै नेपालले महत्वपुर्ण जित हात पारेको हो ।नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई र सन्दीप लामिछाने र सागर पुनले एक एक विकेट लिए । नेदरल्याण्डसका मिर्युले ५६ तथा म्याक्स ओडुड ३५ रन बनाएपनि टीमलाई जिताउन भने सकेनन् ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । कप्तान पारस खड्काले ८४, सागर पुनले ४५ र ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । नेपालका विनोद भण्डारी १७, शरद भेषावकर ६, अनिल मण्डल र बसन्त रेग्मी ४ ÷४ तथा सोमपाल कामीले २ रन बनाए ।

नेदरल्याण्ड्सका मिचेल रिप्पोनले ४, असन मल्लिकले २ साथै भिभियन किंग्मा, पौल भ्यान मिकिरेन र भ्यानडर मर्विले १ र १ विकेट लिए । लिगमा नेदरल्यान्डसले भोगेको यो पहिलो पराजय हो। आठ वटा खेलमा उसले पाँच वटामा विजय हात पारेको थियो भने दुई वटामा नो रिजल्ट भएको थियो। प्रतियोगितामा अपराजित एकमात्र टिम नेदरल्यान्डस नै थियो।  ५० ओभरको खेलमा नेपालले नेदरल्यान्डसलाई पराजित गरेको यो दोस्रो अवसर हो। गत वर्ष नामिबियामा नेपालले उसलाई २ विकेटले पराजित गरेको थियो।

नेदरल्यान्डससित दुई म्याचको सिरिजमा एउटा पराजय र एउटा जितका साथ नेपालले आशा कायम राखेको हो। विजयका साथ नेपालको अङ्क तालिकामा ६ अङ्क पुगेको छ। अगाडि बढ्नका लागि अङ्क तालिकामा शीर्ष चारमा पुग्न नेपाललाई जरुरी हुन्छ। नेपाल अहिले छैटौँ स्थानमा छ। नेदरल्यान्ड भने ८ खेलमा १२ अङ्कका साथ अझै शीर्ष स्थानमा नै छ।  नेपालले अब केन्या, हङकङ र युएईसित खेल्न बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web