माओवादीले पाँच मन्त्री छान्यो, काँग्रेसले भागवण्डा मिलाउनै सकेन

साउन ३०, २०७३ मा प्रकाशित | 1174 views

३० साउन, काठमाडौं ।
प्रधानमन्त्री भएको दुई हप्तामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।

तेस्रो पटक आफ्नो पार्टी नेकपा माओवादी केन्द्रबाट पाँच मन्त्री थपेपनि उनले न महिला मन्त्री समेट्न सकेका छन् न त सत्ता साझेदार काँग्रेसका मन्त्रीहरुनै थप्न सकेका ।

मन्त्रीको टुंगो लगाएपछि राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो तीन बजे नयाँ मन्त्रीहरुले शपथ खाँदैछन् ।

यसरी मन्त्री बन्ने भाग्यमानीहरुमा जनार्दन शर्मा 'प्रभाकर', हितराज पाण्डे, राम कार्की, डिआर पौडेल र अजयशंकर नायक रहेका छन् ।

थपिएका नयाँ मन्त्रीहमध्ये प्रभाकरले उर्जा, कार्कीले सञ्चार, पाण्डेले स्थानीय विकास, पौडेलले शिक्षा र नायकले कानुन मन्त्रालय पाएका छन् ।

माओवादीले यसअघि नै कृष्णबहादुर महरालाई उपप्रधान तथा अर्थ, दलजीत श्रीपाइली युवा तथा खेलकुद र गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइसकेको छ ।

तर सत्ता साझेदार रहेको नेपाली कांग्रेसले भने पार्टी भित्रका नेताहरुलाई भागवण्डा गरेर नेताहरुको सिफारीस अनुसार नयाँ मन्त्री बनाउन सकेको छैन् ।

काँग्रेसमा सभापती शेरबहादुर देउवा, रामचन्द्र पौडेल सहित कृष्ण सिटौला लगायतका नेताहरुलाई भागवण्डा गरेर मन्त्री पठाउनु पर्दा सकस परेको हो ।

नेपाली काँग्रेस भातृ संस्था नेविसंघको महाधिवेशन विवादमा रुमल्लीरहेको छ भने सरकारमा पठाएका मन्त्री र बन्न चाहनेहरुको हानाथापले गर्दा समेत अझै अन्योलमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web