दोधारा चाँदनीमा रामलिला नाटकलाई पर्वको रुपमा मनाउछन्

साउन ३०, २०७३ मा प्रकाशित | 1632 views

अठार वर्ष पछि दोधारा चाँदनी क्षेत्रमा दोस्रो पटक रामलिला मञ्चन गर्ने तयारी भएको छ् । समितिको भेलाले दोधारा चाँदनीमा परम्परागत पर्वकै रुपमा मनाउदै आएको रामलिला यस बर्ष पनि निरनतरता दिने निर्णय गरेका छन् । दोधारा चाँदनीमा २०३२ सालमा रात्रीकालिन रामलिलाको सुरुवात भएको थियो । निरन्तररुपमा संचालन हुदै आएको रामलिला २०५४ साल सम्म निरन्तरता पायो । २०५४ साल पछि असुरक्षाको कारण देखाउदै निरन्तर रुपमा दोधारा चाँदनीमा संचालन हुदै आएको रात्रीकालिन रामलिला निरन्तरता पाउन सकेन । अठार वर्ष पछि दोधारा चाँदनी क्षेत्रमा दोस्रो पटक रात्री रामलिला मञ्चनको जोरदार तयारी चलेको छ् । यस पटक नयाँ कलाकारको रुपमा नयाँ अनुहार हेर्न पाईने छ् । अठार वर्ष पछि दोधारा चाँदनीमा धार्मिक उत्सव सुरु भएको आभास गर्न सकिन्छ् । समाजिक सदभाव तथा भगवान रामको चरित्रमा मञ्चन गर्न लागीएको रामलिला मञ्चनले सबैलाई भलो गर्ने बिश्वास गरिएको छ् । रात्री रामलिला मञ्चनको उद्धेश्य समाजिक सदभाव कायम गरि आदर्श समाज निमार्ण गर्नु  हो । सबै पुराना कलाकार, गत वर्षको चन्दा दाता, शुभेच्छुक तथा सहयोगीलाई एकै साथ लिएर कार्य संचालन गर्दै आएको श्री आर्दश रामलिला समिति दोधारा चाँदनीले दाबी गर्दै आएको छ् । यसै सन्दर्भमा श्री आर्दश रामलिला समिति दोधारा चाँदनीका सचिव रतन बहादुर ओली संग पत्रकार पप्पु गुरुङ्गले गरेको संक्षिप्त कुराकानी :–
    कसरी संचालन गर्दै हुनुहुन्छ, यस वर्षको रामलिला ?
श्री आर्दश रामलिला मञ्चन बिगतका भन्दा थप परिस्कृत रुपमा संचालन गर्न नवोदित कलाकारहरु छनोट कार्य भईरहेको छ् । दर्शकको माँग अनुसार बिगतका दिनहरु भन्दा फरक ढङ्गले यस वर्ष भगवान श्री राम चन्द्रको जिवनीमा आधारित नाटक मञ्चन गर्ने सम्पुर्ण तयारी भईरहेको छ् ।
    नाटक मञ्चनमा लाग्ने आर्थिक कसरी संचालन गर्नु भएको छ ?
गत वर्षको कार्यक्रमबाट संचय भएको रकम थप श्रद्धालु दाताहरुको आर्थिक सहयोगबाट कार्यक्रम संचालन गर्ने योजना बनाएका छौं ।
    दोधारा चाँदनीमा संचालन गर्ने रामलिला मञ्चनको प्रमुख बिशेषता के छ ?
यहाँ मञ्चन गरिने रामलिला कार्यक्रमको आफ्नै मौलिकता र बिशेषता रहदै आएको छ् । ब्यासायिक कलाकार नभई यस क्षेत्रको स्थानिय कलाकारबाट मञ्चन गरिने रामलिला गरिने नाटक हिन्दी तथा अबधी भाषामा रहेपनि यस क्षेत्रको दर्शकहरुले यसलाई पर्वको रुपमा मान्दै आएका छन् । घट्स्थापना देखि संचालनमा हुदै आएको रामलिलाले दोधारा चाँदनीमा पर्वको रुपमा स्थान लिदै आएको छ् ।
    के छ दोधारा चाँदनीमा रामलिला मञ्चनको ईतिहास ?
ईतिहासको कुरा गर्दा २०३२ साल देखि स्व. ईन्द्र बहादुर ओलीको अध्यक्षता तथा पहलमा स्थानिय स्तरका बुद्धिजिवी समाजसेवी क्रमश: बिजय नेपाली, प्रेम थापा, गोपाल गुरुङ्ग लगाएत ब्यक्तीहरुले दोधारा चाँदनीको रामलिला मञ्चनको सुरवात गरेका हुन् । पछि थप ब्यक्तीहरुले लामो समय सम्म सघाएर थुप्रै समय सम्म रात्री कालिन रामलिलाले निरन्तरता पायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web