सोभिता रिसाल तिज गित लिएर आइन राजनसँगै

२९ साउन, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख लोकमानसिंह कार्कीले पदिय दुरुपयोग गरेर काम गर्न थालेको भन्दै बिरोध बढ्दै गइरहेका बेलामा उनकै दवावमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो कार्यालय वरपर धर्ना जुलुस गर्न नपाउनेगरि निषेधित क्षेत्र तोकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल रहेको आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो ।

जिल्ला सुरक्षा समितिको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि आजबाट लागु हुनेगरी निषेधित क्षेत्र तोक्ने आदेश प्रजिअ रामकृष्ण सुवेदीले दिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

पूर्वमा विशालनगर र हाँडीगाउँ, पश्चिममा गैरीधारा चोक, उत्तरमा गणेश मन्दिर र दक्षिणमा दूरसञ्चार नक्सालदेखि बालमन्दिर जाने चोकसम्म निषेधित क्षेत्र तोकिएको जिप्रकाले जनाएको छ ।

उल्लेखित सूचनाको वर्खिलाप हुनेगरी कसैले कार्य गरेमा कानुनबमोजिम कारबाही हुने जिप्रकाले जनाएको छ ।

२९ साउन, काठमाडौं ।
नेपाली राजनीतिमा उपप्रधानमन्त्री भनेको विजय कुमार गच्छदार र विजय कुमार गच्छदार भनेको सदाबहार उपप्रधानमन्त्री भन्ने व्यंग्य सामाजिक सञ्जालहरुमा चलिरहँदा गच्छदारको पार्टीले भने सरकारमा जाने निर्णय लिन उनैलाई जिम्मा दिएको छ ।

मधेश जनअधिकार फारम लोकतान्त्रिकले सरकारमा सहभागिताका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष विजयकुमार गच्छदारलाई दिने निणय गरेको हो भने गच्छदारले प्रचण्ड सरकारमा सहभागीता जनाउनकै लागि अल्पमतमा परेपछि ओली सरकार छाडेको निर्णय गरेका थिए ।

हिजो राजधानीमा सम्पन्न दुईदिने केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकदले उचित सम्मान प्राप्त भएमा मात्र सरकारमा जाने निर्णय गरेको उपाध्यक्ष रामजनम चौधरीले जानकारी दिए ।

बैठकले तराई मधेसमा तीन सहित ८ प्रदेशले मात्र समस्या समाधान गर्न सक्ने निष्कर्ष निकालेको छ ।

स्मरणीय छ तराईका जिल्लामा कथित मधेश केन्द्रित दलहरुले बन्द हडताल गरिरहँदा र भारतले नाकाबन्दी लगाउँदा ओली सरकारमा उपप्रधानमन्त्री रहेका गच्छदार आधा दर्जन पटक उपप्रधानमन्त्री भइसकेका छन् ।

२९ साउन, ब्राजिल ।
प्रवासमा रहेका नेपालीहरुको साझा संगठनको रुपमा विश्वव्यापी बन्दै गएको गैरआवासीय नेपाली संगठनको शाखा ब्राजिलमा पनि खुलेको छ ।

ब्राजिलमा ब्राजिल नेशनल कोअर्डिनेशन काउन्सिलको रुपमा एन्आरएन शाखा निर्माण भएको हो । यो सँगै एनआरएनको विस्तार ७४ देशमा पुगेको छ ।

हालै सम्पन्न एक भेलाले गणेश प्रसाद गुरुङको अध्यक्षतामा एनआरएनए ब्राजिल गठन गरेको हो ।

समितिको उपाध्यक्षमा शिला गुरुङ, महासचिव होम बहादुर गुरुङ, सचिब नवराज रेग्मी, कोषाध्यक्षमा साहस चौधरी चयन भएका छन् ।

यस्तै संघको प्रबक्तामा सन्देश लामिछाने, महिला संयोजक दिपशिखा कार्की, युवा संयोजक शंकर बास्कोटा, महिला सहसंयोजक मिन कुमारी गुरुङ, युवा सहसंयोजक जीवन गुरुङ, सदस्यहरु बिक्रम गुरुङ, धन बहादुर गुरुङ, देवराज भट्टराई, सिजन गुरुङ र इन्द्र गुरुङ चयन भएका छन्। संघको सल्लाहाकारमा चन्द्र गुरुङ, अमर आले मनोनयन भएका छन् ।

काठमाडौं,साउन २९ । विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत नेपालले आज बलियो प्रतिद्धन्दी नेदरल्याण्ड्सको सामना गर्दैछ । आज नेदरल्याण्ड्स र नेपालको पहिलो खेल नेदरल्याण्ड्सको एम्स्टलभिनमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । नेदरल्याण्ड्स भ्रमणमा रहेको नेपालले आर्मस्टेलभिनमा दुईवटा एकदिवसीय खेल खेल्नेछ । यसअघि एकदिवसीयमा नेपाल र नेदरल्याण्डस दुईपटक आमनेसामने भएका छन् ।

अहिलेसम्म खेलका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ । अहिले नेदरल्याण्ड्ससँगको खेलका लागि उसकै मैदान पुगेको नेपाली टोलीका लागि नेदरल्याण्ड्सको टिम र मैदान दुवै चुनौतीको रुपमा छन् । विश्व क्रिकेट लिग डिभिजन दुईको खेलमा नेपालले दुई विकेटको जित दर्ता गरेको थियो । नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ ।

लाईभ अपडेटको लागि यहाँ क्लिक गर्नुहोस् ।

एजेन्सी ।
बलिउडका चर्चित अभिनेता शाहरुख खान अमेरिकामा पक्राउ परेका छन् ।

खानलाई अमेरिकाको लस एन्जलसस्थित विमानस्थलबाट अमेरिकाको इमिग्रेसन विभागले पक्राउ गरेको हो ।

पक्राउ परेको बारे खानले स्वयम् ट्वीटमार्फत् जानकारी गराएका छन् ।

उनले ट्वीटमा भनेका छन् ‘विश्व कस्तो छ भन्ने मलाई थाहा छ र यसको सुरक्षाको पनि म सम्मान गर्छु ।

तर हरेक पटक अमेरिका आउँदा इमिग्रेशन विभागले पक्राउ गर्दा निकै हैरान भएको छु ।’ पक्राउ परेका खानलाई सोधपुछपछि छाडिएको छ ।

यसअघि पनि अमेरिकाले शाहरुखलाई पटक पटक पक्राउ गरेको थियो । उनी पक्राउ परेको तेस्रो पटक हो । सन् २००९ र २०१२ मा पनि उनी पक्राउ परेका थिए ।

त्यसबेला उनलाई केही घण्टा हिरासतमा राखिएको थियो ।

२९ साउन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ 'एनआरएनए' ले गोरखाको लाप्राकमा बनाउन लागेको नमुना वस्ती नेपालको पुनर्निर्माण अभियानका लागि उदाहरणीय हुने बताएका छन् ।

संघका अध्यक्ष शेष घलेसँगको भेटमा प्रधानमन्त्री दाहालले भूकम्पका बेला प्रभावकारी राहत बितरण कार्यबाटै एनआरएनको क्षमता प्रष्ट भएको भन्दै पुनर्निर्माण अभियान पनि त्यस्तै अनुकरणीय हुने विश्वास ब्यक्त गरे ।

सो अवसरमा उनले पुनर्निर्माण अभियानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै यस क्रममा देखिएका गतिरोधलाई अन्त्य गरी एनआरएन जस्तो निस्वार्थ भावनाबाट सहयोग गर्न खोज्ने संस्थालाई मद्दत गर्न सरकार तयार रहेको जानकारी गराए ।

अध्यक्ष घलेले संघले लाप्राकमा निर्माण गर्न लागेको नमूना बस्तीको अवधारणा प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै यसको कार्यान्वयन त्रिपक्षीय सम्झौता मुताविक गर्न संघ कटिवद्ध रहेको र गुरुयोजना बनाउने काम भई रहेको जानकारी गराए ।

लालपूर्जा हस्तान्तरण गरेपछि पुनर्निर्माण : सीइओ ज्ञवाली

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत 'सीईओ' सुशील ज्ञवालीले संघसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नै लाप्राक पुनर्निर्माण अगाडि बढ्ने जानकारी दिए ।

संघका अध्यक्ष शेष घलेसँगको हालैको भेटमा सीइओ ज्ञवालीले अन्य गैरसरकारी संस्थालाई जस्तै एनआरएनलाई पनि रकम सेवाग्राहीको खातामा जम्मा गर्न लगाउने बिषयमा छलफल भए पनि सम्झौताअनुसार काम गर्न प्राधिकरण तयार रहेको बताए ।

एनआरएनको अगुवाईमा लाप्राकमा ६ सय बढी घर भएको नमुना वस्ती बनाउन भएको सम्झौताअनुसार संघले हाल त्यसको गुरुयोजना निर्माण गरिरहेको छ । हालै जिल्लास्थित अधिकारीले संघलाई सेवाग्राहीको खातामा रकम जम्मा गर्न ताकेता गरेपछि संघले पुनर्निर्माणको पूर्वनिर्धारित ढाँचामा परिवर्तन भएकोबारे प्राधिकरणसँग जवाफ माग गरेको थियो ।

जवाफमा सीइओ ज्ञवालीले गुरुयोजना निर्माण भएपछि सेवाग्राहीको नाममा जग्गाको स्वामित्व दिने कार्य सुरु हुने र त्यसलगत्तै एनआरएनले निर्माण कार्य सुरु गर्न सक्ने जानकारी गराए ।

अमेरिका । एउटा नेपाली परिवार अमेरिकामा बन्दुक उन्मादको शिकारले उजाडिन पुगेको छ । गत वर्ष बन्दुक उन्मादले ग्रस्त एक अश्वेत अमेरिकन युवाले हानेकोे गोली लागेर आफ्नै स्टोरमा प्राण त्यागेकी समिरा शिवाकोटीका पति नवराज शिवाकोटीले आइतबार त्यही पीडा भुल्न नसकेर आत्महत्याको बाटो समेत रोज्न पुगेका छन् ।

दुई वर्ष र साँढे तीन वर्षका दुई छोरीको मायाले पनि नवराजलाई बाँच्न प्रेरित गर्न सकेन । टेक्सससँगै सीमा जोडिएको ओक्लाहोमामा पुगेर नवराजले आत्महत्या गर्न पुगे । उनको आत्महत्यासँगै नेपालको दोलखाबाट ठूलो सपना बोकेर अमेरिका आइपुगेको शिबाकोटी परिवार पुरै उजाडिएको छ ।

अहिले आएर अमेरिकामै जन्मिएका दुई साना नानीहरुलाई आमा–बाबुले छाडेपछि उनीहरुको लालनपालन र सुन्दर भविष्यका जिम्मेदारी नवराजका दाजु विष्णुको काँधमा आइलागेको छ । ड्यालसको ‘हग्स फनरल हाउस’ मा गरिएको अन्तेष्टीमा दुई साना नानीहरुलाई देखेर आँखाबाट आँशु नचुहाउने कोही नेपाली भएनन् । नवराजका दाजु विष्णुले आफ्नो भाईको निधनको कारणबारे अन्तेष्टीका लागि उपस्थित नेपाली समुदायलाई जानकारी गराउँदै गर्दा नवराजकी जेठी छोरी ठूलो बुबाको अघिल्तिर रोष्ट्रममा झुम्मिएकी थिइन् ।

उनीहरुको परिवारमा गत वर्षको जुन १० तारिकमा ठूलो ग्रहण लाग्यो । डेन्टनको ‘दी कोलोनी’ मा आफ्नै ग्याँस स्टेसनमा ग्राहक बनेर आएका एक अश्वेत युवकले गोली हानेर समिराको हत्या गरेका थिए ।

अपराधीको क्षणभरको उन्मादमा परेर गत वर्षमात्र आमा गुमाएकी ती अवोध अनि निर्दोष बालिकाले जन्मदिने बाबुलाई आइतबारबाट गुमाएका छन् । हुनतः ठूलोबाबु विष्णुले ती दुई अवोध बालिकाको लालनपालनमा कुनै कमजोरी गर्नेछैनन् । बाआमाको अभावको महसुस हुन दिनेछैनन् । उनले भाईका दुई छोरीहरुलाई कुनै अभाव र कमि कमजोरी हुन नदिएर आफ्नै सरह गरेर पाल्ने बताएका छन् । विष्णुले दुई छोरीको पालन पोषणमा कुनै कमीकमजोरी हुन नदिनेमा नेपाली समुदाय विश्वस्त छन् ।

अहिले ती अबोध बालीकाहरुले जस्ले जन्म दियो ती दुबैजनालाई सानै उमेर ९जान्ने बुझ्नै नहुँदै० गुमाउनुपरेको छ । सन् २००४ मा नवराजको परिवार अमेरिका आएको थियो । उनीभन्दा अघि सन् १९९६ मा विष्णु अमेरिका आएका थिए । अमेरिकामा सुखद् सपना सँगालेर आएका शिवाकोटी परिवार खण्डित हुन पुगेको छ । गत वर्ष समिराको असामयीक निधन, अझै उल्लेख गर्नुपर्दा आपराधीको हातबाट जीवन गुमाएपछि शोकाकुल बनेको नेपाली समुदाय नवराजको निधनले थप शोकाकुल भएको छ ।

नवराजका मातापिता, दाजुभाउजु अमेरिकामै छन् । ग्याँस स्टेसन चलाएर सुखद् पारिबारिक वातावरणमा रमाइरहेका उनी गत वर्ष पत्नी गुमाउनुपरेपछि मानसिक रुपमा असाध्यै दुखित थिए ।

काठमाडौं,साउन २९ । एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर ‘बेरोजगार’ बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरूलाई एमालेले अझै काम नदिादा उनीहरू ‘बेरोजगार’ बनेका हुन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन । उपाध्यक्षहरू भने पुरानो संरचनाको विकास क्षेत्र र अञ्चल कमिटी खारेज भएपछि दुई महिनायता जिम्मेवारीविहीन छन् । उनीहरूलाई भूगोल या केन्द्रीय विभाग कतैको पनि जिम्मेवारी तोकिएको छैन ।

केहीले महाधिवेशन सकिएको दुई वर्ष बितिसक्दा पनि परिभाषित जिम्मेवारी पाएका छैनन् । एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जिम्मेवारीविहीन नेताहरूलाई स्थायी समितिले नयाा जिम्मेवारी दिने बताए । ‘केही नेता सरकारको कामको सिलसिलामा हुनुभएकाले तत्कालै काम नपाउनुभाको हो, तर स्थायी समितिले उहााहरूबारे छिट्टै निर्णय गर्नेछ,’ गुरुङले भने । १३ चैत ०७१ मा बसेको केन्द्रीय कमिटी बैठकले एक सय ८५ सदस्यीय केन्द्रीय कमिटीको कार्यविभाजन गर्दै कामको जिम्मेवारी बााडफााड गरेको थियो । तर, पनि अझै एक दर्जनभन्दा बढी नेता ‘बेरोजगार’ देखिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारमा मन्त्री भएका पोलिटब्युरो सदस्यहरू लालबाबु पण्डित, महेन्द्रबहादुर पाण्डे, राधा ज्ञवाली र दलबहादुर रानाले अझै जिम्मेवारी पाएका छैनन् । त्यस्तै, तत्कालीन कृषिमन्त्री हरि पराजुली पनि अझै बेरोजगार छन् । ०७१ असारमा नवौा महाधिवेशन हुादा उनीहरू सबै कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी थिए । १३ चैत ०७१ मा बसेको केन्द्रीय कमिटी बैठकले कार्यविभाजन गर्दा पनि उनीहरू मन्त्री नै थिए । तर, गत असोजबाट सरकारको कामबाट फर्किएको १० महिना बितिसके पनि एमालेले उनीहरूलाई कुनै कामको जिम्मेवारी दिइएको छैन ।

त्यस्तै, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका अग्नि खरेल पनि जिम्मेवारीविहीन बनेका छन् । मन्त्री हुनुअघि उनले सम्हाल्दै आएको संसदीय व्यवस्था विभागको जिम्मेवारी पूर्वसभामुख सुवास नेम्वाङलाई दिइएकाले मन्त्रीबाट फर्किएपछि खरेल जिम्मेवारीविहीन बनेका हुन् । नेतृत्वको संकुचित मानसिकताका कारण जिम्मेवारी नपाइएको एक नेताले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं,साउन २९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले पूर्वसहमति अनुसार नै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ ।संविधान संशोधनमार्फत सीमांकनसहितका आना माग पूरा नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी गठबन्धनले दिएको हो । सरकार गठनपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेस मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभए समर्थन फिर्ता लिने निर्णय भइसकेको मोर्चाका नेताले बताएका आजको राजधानी दैनिकमा समाचार छ । असोजभित्रै आफ्ना माग पूरा हुनु पर्ने मोर्चाको अडान छ । मधेसी मोर्चाले तीन पक्षबीच भएको तीन बुँदे सहमति यथाशीघ्र असोजमहिनाभित्र इमानदारीपूर्वक कार्यान्वयन हुनु पर्ने बताउँदै सोका लागि प्रधानमन्त्रीलाई दबाब दिइरहेको छ ।

दबाबस्वरुप प्रधानमन्त्री प्रचण्डको पक्षमा गतदान गरे पनि व्यवस्थापिका संसदमा मोर्चाका सांसद प्रतिपक्षकै बेन्चमा बसिरहेका छन् । मोर्चाका नेता एवं सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस, माओवादी र मोर्चाबीच भएका तीन बुँदे सहमति कार्यान्वयन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

‘हामीले मधेसी मोर्चा र संघीय गठबन्धको माग पूरा गराउन सरकारलाई समर्थन दिएका हौं, सरकारमा जानका लागि होइन,’ सहअध्यक्ष कर्णले भने, ‘यदि हाम्रा माग पूरा भएनन् भने हामीले दिएको समर्थनको कुनै अर्थ छैन ।’

काठमाडौं,साउन २९ । नेकपा माओवादी केन्द्रको संगठन भद्रगोल बनेको छ। आगामी पुसमा महाधिवेशन गर्न दुई हजार चार सय ८३ सदस्यीय आयोजक समिति बनाइएको छ। पार्टीको माथिल्लो निकाय केन्द्रीय कार्यालय ३३ सदस्यीय बनाउने निर्णय माओवादीको छ, तर अहिले २३ जना मात्रै छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

९९ सदस्यीय सचिवालयमा ८१ सदस्य छन्। दुई सय ९९ सदस्यीय पोलिटब्युरोमा दुई सय २२ सदस्य रहे पनि पछिल्लो समय केही सदस्य थपिएको छ। यसअघि नौ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति बनाउँदा पार्टी एकतामा आएका सबै माओवादी घटकले संख्यात्मक रूपमा भागबन्डा लगाएका थिए।

पूर्ववत् एमाओवादी र माओवादी क्रान्तिकारीको रामबहादुर थापा बादल पक्षका भने संख्या निर्धारण गरी थप गर्न सकिने र अन्य पार्टी तथा समूहका भने केन्द्रीय समितिलाई मात्र समेट्ने गरी मापदण्ड बनाएको थियो। त्यसपछि भने जिल्ला तहबाट सिफारिस भएर आएकाको कुनै जााचकी मापदण्ड नबनाई आयोजक समितिमा थपिएका हुन्। नौ सय ९९ संख्याको आयोजक समिति हुादा पूर्ववत् एमाओवादीबाट ६ सय ३८, बादल पक्षबाट दुई सय ९८, मातृका यादव पक्षबाट २४ जना, मणि थापा पक्षबाट १४ जना र अन्य अरू समूहबाट समेटेर बनाइएको थियो।

विप्लव माओवादीबाट विद्रोह गरेर आएकाबाट पनि १५ जनाले स्थान पाएका थिए। त्यसपछि भने जिल्ला, विशेष जिल्ला र जवस मोर्चाका तर्फबाट नेताहरूलाई समेट्दै जादा २४८३ सदस्यीय रहेको भद्रगोल आयोजक समिति बनेको नेताहरूको भनाइ छ।

एजेन्सी,साउन २९ । बार्सिलोनाका स्टार लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् । झण्डै दुई महिना अघि अमेरिकामा भएको कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । मेसीलाई भेट्न बाउजा बिहिबार स्पेनको बार्सिलोना पुगेका थिए। उनले राष्ट्रिय टिममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि मेसी टिममा फर्किन राजी भएको बताएका छन्।

मेस्सीले सन्यासको घोषणा गरेदेखि नै उनीमाथि निर्णयमा पुनर्विचार गर्न चौतर्फि दबाब परेको थियो । अर्जेन्टिनाको विश्वकप छनौट खेलका लागि घोषणा गरिएको टिममा मेस्सीको नाम समावेश छ । आउँदो सेप्टेम्बरमा हुने विश्वकप छनौट खेलमा अर्जेन्टिनाले उरुग्वे र भेनेजुएलासँग खेल्ने छ । मेस्सीले देशको मायाका कारण राष्ट्रिय टिममा फर्किने निर्णय गरेको बताएका छन् । उनले एक बयान जारी गरेर आफ्ना लागि अर्जेन्टिनाको जर्सीले निकै महत्व राख्ने बताएको अर्जेन्टिनाका सञ्चारमाध्यमले जनाएका छन् । २९ वर्षका मेस्सीले राष्ट्रिय टिमबाट अहिलेसम्म एक सय ३३ खेलमा ५५ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन् ।

© 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web