काठमाडौं, साउन २९ । नेपालकी सरस्वती भट्टराईले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भंग गर्दै रियो ओलम्पिकको पहिलो चरण हिटबाट बाहिरिएकी छिन्। उनले रियो ओलम्पिकमा शनिवार बिहान भएको १५ सय मिटर मध्यदुरीको दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। १५ सय मिटर मध्यम दूरीको दौडमा निर्धारित दूरी चार मिनेट ३३ दशमलव ९४ सेकेण्डमा पूरा गरिन् । ४१ जना खेलाडी रहेको स्पर्धामा सरस्वती ३७ औं स्थानमा रहिन् । हिट १ मा रहेकी सरस्वती यो समूहमा भने १३ औं स्थानमा रहिन् ।

१ हजार ४९ नम्बरको ‘बिफ’ मा देखिएकी सरस्वतीले पहिलो हिट्समा १३ औं स्थानमा रहँदै ४ मिनेट ३३ दशमल ९४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन्। यसअघि राष्ट्रिय कीर्तिमान राजकुमारी पाण्डेको नाममा थियो। राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सरस्वतीको यसअघि १५ सय मिटरमा उत्कृष्ट समय ४ मिनेट ४० दशमलव १५ सेकेन्डको थियो। सरस्वती लेन नम्बर ७ मा विश्व कीर्तिमानधारी इथोपियाकी गेन्जेबा डिबाबासँग दौडिएकी थिइन्। यो हिट्समा ४ मिनेट १० दशमलव ६१ सेकेन्डमा दौडिएकी डिबाबा पहिलो हुँदै दोस्रो चरणमा प्रवेश गरिन्। यस्तै आयरल्यान्ड, अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, जर्मनीका धाविका दोस्रो चरणमा प्रवेश गरे।

२८ साउन,रियो ।

अमेरिका रियो ओलम्पिक पदक विजेताको शीर्षस्थानमै यथावत रहेको छ । चीनलाई उछिन्दै अगाडी रहेको अमेरिका अग्रस्थानमा नै कायम रहेको छ । अमेरिकाले अहिलेसम्म १६ स्वर्ण, १२ रजत र ११ कास्य गरी ३९ पदक जित्दै शीर्ष स्थानमा रहेको छ भने ११ स्वर्ण, तीन ८ रजत र १२ कास्य गरी कुल ३१ पदक जितेको चीन दोस्रो स्थानमा छ । ७ स्वर्ण २ रजत र १३ कास्य सहित जापान तेस्रो स्थानमा रहेको छ ।

काठमाडौं । पछिल्लो समय नेपाली सञ्चारकर्मीहरुको गीत संगीतप्रतिको मोह बढ्दोछ । यसैक्रममा पछिल्लोपटक रेडियोकर्मी शिलु अधिकारी पनि आफ्नो स्वरमा रहेको गीत लिएर दर्शक र श्रोता माझ आएकी छिन् ।

उनले पहिलो गीतका रुपमा लोकआधुनिक शैलीमा आधारित लौ नाचौं बोलको गीतको म्यूजिक भिडियो तयार पारेकी छिन् । नेपाली हिन्दू नारीहरुको पर्व तीजको सन्दर्भ पारेर रिलिज गरिएको यस गीतको म्यूजिक भिडियोलाई तीजकै रंगमा तयार पारिएको छ ।

झण्डै एक दशक भन्दा लामो समयदेखि रेडियो प्रस्तोताका रुपमा कार्य गर्दै आएकी गायिका शिलु हाल रेडियो अन्नपूर्ण नेपालसँग आबद्ध छिन् ।

आउँ नाचौं बोलको यो गीतमा शब्द दीपेन्द्र दोङ तामाङको,संगीत विश्व दोङको रहेको छ भने फणिन्द्र राईको संगीत संयोजन छ ।

यो गीतको म्यूजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् भने मुकेश हुमागाइँको छायाँकन र पवन सिंखडाको सम्पादन छ ।

म्यूजिक भिडियोमा गीता गिरि मधिकर्मी र गायिका शिलु आफैंले नृत्य गरेका छन् । यो गीतको म्यूजिक भिडियो विभिन्न टेलिभिजन च्यानलहरुमा बज्न थालिसकेको छ भने चाँडै नै म्यूजिक नेपाल मार्फत यूट्युव च्यानलमा समेत सार्वजनिक गरिने भएको छ ।

२८ साउन,काठमाडौं ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत नेदरल्याण्ड्स विरुद्धहुने खेल नेपालको लागि गर या मरको अवस्थामा हुनेछ । उत्कृष्ठ चारमा रहन नेपालले घरेलुटोली नेदरल्याण्ड्ससँग स्पष्ट जित निकाल्नु पर्नेछ । नेपाल शीर्ष स्थानको नेदरल्याण्ड्ससँग २ खेल खेल्दै छ। आम्सटरडमस्थित भिआरए मैदानमा हुने नेपाल र नेदरल्यान्ड्सबिचको खेल नेपालीसमय अनुसार दिउँसो पौने ३ बजेबाट सुरु हुने छ । दुवै खेल नेदरल्याण्ड्को घरेलु मैदानमा हुनेछ। लिगमा अपराजित रहेको नेदरल्याण्ड्सको ६ खेलबाट १० अंक छ। ६ खेल नै खेलेको नेपाल ४ अंकसहित छैटौ स्थानमा रहेको छ।

नेदरल्याण्ड्सँग २ खेल खेलेपछि नेपालले केन्या, हङकङ र युएईसँग खेल्ने तालिका छ। यसअघि सुरुवाती २ चरणमा स्कटल्याण्ड र पपुवा न्युगिनीसँग हारेको नेपालले नमिबियालाई भने दुवै खेलमा हराउँदै अंकको खाता खोलेको थियो। अहिलेसम्म भएको ५० ओभरको दुई खेलमा नेपाल र नेदरल्याण्ड्स एक९एक खेलमा विजयी भएका छन्। सन् २०१३ मा न्युजिल्याण्डमा भएको एकदिवसीय विश्वकपको छनोट खेलमा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको थियो।

आईसीसीको तालिका अनुसार नेपालले सन् २०१५ देखि दुई वर्षको अवधिमा १४ वटा खेल खेल्नेछ ।

यदि नेपाल च्याम्पियनसिपको शीर्ष चारमा अट्न सके एकदिवसीय क्रिकेट खेल्ने अवसर पाउनेछ । यस च्याम्पियनसिप खेलिरहेका ८ देशमध्ये शीर्ष ४ देशले सन् २०१९ मा इंगल्याडमा हुने विश्वकप क्रिकेटको छनोट चरणमा सहभागिता जनाउन पाउनेछन् ।

सन् २०१७ को मध्यसम्म चल्ने च्याम्पियनसिपका शीर्ष चार टोली छनोटमा पुग्नेछन् । छनोट खेल सन् २०१८ मा बंगलादेशमा हुँदैछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा नपरे नेपालले आइसीसीले आयोजना गर्ने डिभिजन २ खेल्नुपर्ने हुन्छ । डिभिजन टु को शीर्ष दुइ स्थानमा रहेमात्र पुनः च्याम्पियनसिप खेल्न पाउनेछ ।

तर गत वर्ष नामिबियामा भएको डब्लुसिएल डिभिजन टु मा नेपालले नेदरल्याण्डसलाई २ विकेटले पराजित गर्दै त्यसको बदला लिएको थियो। नेदरल्याण्डसका लागि कप्तान पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अनिल मण्डल, विनोद भण्डारी अलराउण्डर सागर पुन भेट्रान स्पिनरद्वय शक्ति गौचन र बसन्त रेग्मीलाई युवा स्पिनर नेपाली शेन वार्न सन्दिप लामिछाने तगारो बन्न सक्नेछन् ।

सम्भावित ११

ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, शरद भेषावकर, पारस खड्का, राजु रिजाल, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, बसन्त रेग्मी, सन्दिप लामिछाने, विक्रम सोब

विश्व क्रिकेट लिग च्याम्पियनसिप चौथो चरण

मिति : १३ अगस्ट, १५ अगस्ट

स्थान : भिआरए मैदान, आम्सटरडम

हेड टु हेड : नेदरल्याण्ड्स १, नेपाल १

समय :दिउँसो पौने ३ बजे

२८ साउन, सिन्धुपाल्चोक ।

गत महिनाको बाढीले क्षति पुर्याएपछि बन्द भएको सिन्धुपाल्चोकको सुनकोशी जलविद्युत केन्द्र केही दिनभित्रै सुचारु हुने भएको छ ।

भोटेकोसी नदीमा गत असार २१ गते राति आएको बाढीले क्षति पु¥याएपछि बन्द भएको साढे १० मेगावाटको सुनकोसी जलविद्युत् केन्द्रमा मर्मतको काम भैरहेको छ ।

बाँधस्थलमा नदी फर्काएर जोडतोडका साथ काम भइरहेको हँुदा यन्त्रले निरन्तर रूपमा काम दिएमा एक साताभित्रै सम्पन्न भई पुनः विद्युत उत्पादन सुरु गरिने नेपाल विद्युत् प्राधिकरण सुनकोसी केन्द्रका उत्पादन प्रमुख सुरज दाहालले जानकारी दिनुभयो ।

२८ साउन, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ ।

व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको आजको बैठकमा पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले हवाई उडान भर्नुअघि चालकको स्वास्थ्य परीक्षण गर्ने नीतिलाई आगामी दिनमा कडाइका साथ पालना गराइने जानकारी दिनुभयो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले युरोपेली सङ्घले नेपालको जहाजले सङ्घका सदस्य मुलुकमा उडान भर्न नपाउने गरी कालोसूचीमा राखेकामा तोकिएको मापदण्ड पूरा गर्ने अन्तिम प्रयासमा प्रधिकरण रहेको जानकारी दिनुभयो ।

CPN (UML) Vice Chairman Bamdev Gautam has said the parliamentary system should be discouraged to ensure stable government in the country.

At a program in the capital city today, he said political confusions in the country were the results of frequent government changes which had always hampered the implementation of development projects and budget.

Ministry of Culture, Tourism and Civil Aviation has underlined 'human error' as to be blamed for many recurrent flight accidents despite the fact that a probe committee report had been fully enforced.

At the Parliament's Good Governance and Monitoring Committee meeting held today, Ministry's Secretary Prem Kumar Rai vowed to strictly abide by the policy to check the pilots' health condition before any flights.

Referring to the analysis of the probe committee report indicating a need to focus on the pilot's behaviour, the Secretary expressed commitment to implement the report by rendering the investigation trustworthy.

The meeting was briefed on the increased risk of accidents when pilots cannot find direction due to a sudden change of weather inclemently.

Ministry's Joint Secretary Suresh Acharya insisted on the urgency of keeping a separate mechanism to regulate and check the flight accidents in the aviation sector.

Director General of the Civil Aviation Authority Sanjib Gautam said that last efforts of the Authority were on to remove Nepal from the blacklist of the European Union that bans Nepali flights into EU member countries, citing a standards violation.

२८ साउन, एजेन्सी ।

विश्व कीर्तिमानी रकममा युभेन्ट्सवाट म्यानचेस्टर युनाइटेड आएका फ्रेन्च मिडफिल्डर पाउल पोग्बालाई पहिलो खेलमा नै प्रतिबन्ध लागेको छ । विश्व कीर्तिमानी १० करोड स्टर्लिङ पाउन्ड ९१३ करोड १० लाख अमेरिकी डलर० मा म्यानचेस्टर युनाइटेड आएका पौल पोग्बाले इङ्लिस प्रिमियर लिगको पहिको खेल खेल्न नपाउने भएका हुन् । अघिल्लो सिजनको इटालियन कोपा इटालियामा दुइ पहेलो कार्ड पाएका पोग्बाको सजाय इटाली देखी इङ्ल्याण्ड सम्म लागू हुने भएको कारण उनले युनाइटेडको पहिलो खेल पाउने छैनन ।

यसकारण पोग्बाले युनाइटेडमा आएपछी आफ्नो पहिलो खेल साउथह्याम्टम सँग खेल्न सक्ने छन । सन् २०१२ मा म्यानचेस्टरले १५ लाख पाउन्डमा पोग्बालाई बेचेको थियो। आफूले चार वर्षअघि सस्तोमा बेचेको यिनै खेलाडीलाई म्यानचेस्टरले विश्व कीर्तिमानी रकममा क्लमा पुनः भित्र्याएको हो । २०१३ मा रियल म्याड्रिडले ग्यारेथ बेललाई ८ करोड ५० लाख पाउन्ड खर्चिएको थियो। जुन अहिलेसम्मकै विश्व कीर्तिमानी रकम हो। इङ्लिस क्लबले २० वर्षको दौरान पहिलोपल्ट विश्व कीर्तिमानी रकम खर्चिएको हो ।

The 11th General Convention of Nepali Congress sister wing Nepal Students Union (NSU) has hit a gridlock following its inauguration on August 7.

The Directive Committee formed by the NC to conclude the GC had dealt with the representatives of the disputed districts on Aug 9 but the name lists of the representatives have not been made public.

The name list of representatives of all the districts will be submitted to the election committee today, then the election process will move ahead, NC leader and Directive Committee Coordinator Dr Prakash Sharan Mahat said.

President Bidhya Devi Bhandari has stressed on implementing the Youth Policy and Youth Vision-2025 within a year along with creating employment opportunities inside the country.

While felicitating the youth and organizations making notable contribution nation building with the National Youth Award, She further opined for stopping the youth capital flight.

Similarly, Sports Minister Shripaili expressed the commitment to implement the Youth Vision-25 and other policy and programmes regarding the youth.

He added that the government would invest more in different sectors targeting to the youth.

President Bhandari and Sports Minister Shripaili felicitated them on the occasion of International Youth Day amid a function here in the capital today.

Each felicitated individual and institution received Rs 100,000. While presenting the award, President Bhandari urged for mobilizing the youth for national development.

The CPN (Maoist Centre) has decided to call the meeting of the Central Convention Organizing Committee on August 27.

The meeting of the party central office held at the private residence of the Prime Minister and party chair Pushpa Kamal Dahal in Lazimpat today decided to call the meeting aimed at reaching the message of the party unification and organizational reforms at the local level.

The party spokesperson Pampha Bhusal shared that the meeting will be held at Bhrikutimandap on August 27.

Though today's meeting was scheduled to finalize the name of Ministers representing the party in the government, it failed to take any decision on it.

However, the party has allocated the responsibility of choosing the ministers to the party Chair and PM, Dahal.