‘स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गनुपर्छ’-बामदेव गौतम

२८ साउन, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सरकारको स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घको प्रशिक्षण विभागले आज काठमाडौँमा गरेको कार्यत्रममा उहाँले देशमा राजनीतिक स्थिरता कायम राख्नका लागि राष्ट्रपतिलाई कार्यकारी प्रमुखका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

उपेन्द्र यादव भन्छन्-‘सरकारमा जान तयार छौं’

२८ साउन, जनकपुर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार निर्माणको क्रममा आफुहरुसँग भएको सहमति अनुसार संविधानको संशोधन भए आफूहरु सरकारमा जानका तैयार रहेको बताउनु भएको छ ।

आज जनकपुरमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले संविधान संशोधन नभए आफुहरु फेरी आन्दोलनमा जाने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भने-‘खाडीका जेलमा रहेका नेपालीहरुको तथ्याङ्क दिनुस्’

२८ साउन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी मुलूकमा रहेका नेपालीहरुको अवस्थासहितको तथ्याङ्क दिन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

आज दिउँसो परराष्ट्र सचिव शंकरदास बैरागीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले खाडी मुलूकका जेलमा रहेका नेपालीहरुको तथ्याङ्क तत्काल आफूलाई दिन निर्देशन दिनुभएको हो ।

भेटमा प्रधानमन्त्रीले खाडी मुलूकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे परराष्ट्र सचिवसँग जानकारी लिनुभएको थियो ।

परराष्ट्र सचिवले पेट्रोलियम पदार्थको मूल्य घटेकाले खाडी मुलूकहरुमा धेरै कम्पनीहरु बन्द हुँदै गएको र नेपाली कामदारहरु कम्पनीबाट फिर्ता भइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आफ्नै देशमा उत्पादन कार्यमा लगानी गरेर वैदेशिक रोजगारको बिकल्प खोज्नेबारे आवश्यक निर्णय गर्ने बताउनुभयो ।

युवा दिवसमा राष्ट्रपतिबाट धर्मुस सुन्तली सहित कसले के पुरस्कार पाए

२८ साउन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै रोजगारी सिर्जना गर्न युवासम्बन्धी ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनु भएको छ ।

अन्तराष्ट्रिय युवा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय युवा नीति र ‘युथ भिजन–२०२५’ एक वर्षभित्र लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवालाई प्राविधिक शिक्षा दिएर स्वदेशमै रोजगारीको ब्यवस्था गर्नु पर्नेमा पिन जोड दिनुभयो ।

राष्ट्र निर्माणमा योगदान पु¥याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली लगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गरेका छ ।

समाजसेवा क्षेत्रका लागि हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे जोडीको धुर्मुस–सुन्तली फाउन्डेसन, व्यावसायिक कृषिबाट गुल्मीको पैँचो पसल प्रालि, वातावरण तथा सरसफाइका लागि सङ्खुवासभाका डा राजु अधिकारी सम्मानित भएका छन् ।

चित्रकला र सङ्गीतका लागि अपाङ्गता भएका अमीर लामा, कला र सङ्गीतका लागि शिव परियार, कृषि 'फलफूल'का लागि ओखलढुङ्गाका लोचन बस्नेत, चेलीबेटी बेचबिखन नियन्त्रणका लागि माइती नेपालकी फूलमाया तामाङ रहेका छन् ।

त्यसैगरी 'पशुपालन'का लागि पोखराका व्यवसायी मकवानपुर निवासी दीपक तिमिल्सिना, कला र संस्कृतिका लागि ‘कालोपोथी’ चलचित्रका निर्देशक मीनबहादुर भाम, वैज्ञानिक खोज–अनुसन्धानका लागि काभे्रपलाञ्चोककी डा सुमन सत्याल छन् ।

साथै खेलकुद विधामा १० जनालाई सम्मान गरिएको छ । जसमा उसुकी निमा घर्ती मगर, जुडोकी फूपूल्हामु खत्री, फुटबलर नवयुग श्रेष्ठ, पारा खेलकुद प्रशिक्षक कुमार पौडेल, युवा क्रिकेटर सन्दीप लामिछाने, एथ्लेटिक्स खेलाडी विपना परियार, पौडीवाज गौरिका सिंह, खोखोका मुख्य प्रशिक्षक रामनारायण राय, तेक्वान्दो खेलाडी निशा रावल र नेपाल ट्राइथलन सङ्घ छन् । पुरस्कृत सबैले जनही एक लाख रुपैयाँ प्राप्त गरे ।

कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले करिब ४० लाख युवालाई स्वदेशमै रोजगारी दिने योजनाअनुरुप आफूहरु काम गरिरहेको बताउनुभयो ।

राष्ट्रिय खेलकुद प्रतिभा सम्मानमा साग पदक विजेताको वर्चस्व

काठमाडौं, साउन २८  । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा विभिन्न ७ खेलका उत्तिनै खेलाडी, दुई प्रशिक्षक र एक राष्ट्रिय खेल संघसहित १० लाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट शुक्रबार सम्मानित गरियो । सातमा चार खेलाडी १२ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता रहेका छन् ।

सम्मानित हुने खेलाडीहरुमा उसुकी निमा घर्ती मगर, जुडोकी फुपु ल्हामु खत्री, फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दिप लामिछाने, एथलेटिक्सकी विपना परियार, पौडीकी गौरिका सिंह तथा तेक्वान्दोकी निशा रावल रहेका छन् । निमा र फुपुले १२ औं सागमा स्वर्ण जितेका थिए । १२ औं सागमा २३ वर्षपछि नेपालले फुबटलमा स्वर्ण जित्दा टोलीका सदस्य नवयुगले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन्दिपले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए भने विपनाले गत जेठमा राजधानीमा भएको आठौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा दुई विद्यालयस्तरीय कीर्तिमानसहित ४ स्वर्ण जितेकी थिइन् ।

रियो ओलम्पिक– २०१६ कै कान्छी खेलाडी गौरिकाले १ रजत र ३ कास्य जित्दै सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो खेलाडी बन्न सफल भएकी थिइन् । निशा ‘वाइल्ड कार्ड’ मार्फत रियो ओलम्पिकका लागि छनोट भएकी खेलाडी हुन् ।

पारा खेलकुदको प्रशिक्षण, प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन गर्दै आएका पारा खेलकुद प्रशिक्षक कुमार पौडेल र १२ औं सागमा सहभागी नेपाली खोखो टिमका मुख्य प्रशिक्षक रामनारायण राय पनि सम्मानित भए । उत्कृष्ट खेल संघका रुपमा नेपाल ट्रायथलन संघलाई पुरस्कृत भयो ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारी र खेलकुद मन्त्री दलजीत श्रीपालीले सम्मानित सबैलाई सम्मान पत्रका साथै जनही १ लाख रुपैयाँ प्रदान गरे । कार्यक्रममा गौरिका, फुपु र सन्दिप उपस्थित थिएनन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुको आर्थिक र सामाजिक विकासका लागि युवाहरुलाई परिचालित गर्नुपर्नेमा जोड दिदै गत वर्षको विनाशकारी भूकम्पले ल्याएको क्षतिको पुर्ननिर्माणमा पनि युवाहरुको सशक्त पहलकद्मी र परिचालन त्यत्तिकै खाँचो रहेको बताइन् ।

सोही कार्यक्रममा विभिन्न १० विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान पनि प्रदान गरिएको थियो । उक्त १० विधामा सम्मानित हुनेले पनि जनही १ लाख र सम्मान पत्र पाए ।

स्वयंसेवा र समाजसेवामा धुर्मुस सन्तली फाउन्डेसन, व्यवसायिक कृषिमा पैचौ पसल प्रा.लि., गुल्मी, वातावरण, सरसफाइ तथा स्वयंसेवामा डा. राजु अधिकारी, चित्रकला र संगीतमा दुवै हात र खुट्टा नचल्ने अमिर लामा, कला र संगीतमा गायक शिव परियार, कृषि (फलफुल) मा लोचन बस्नेत, चेलीबेटी बेचविखन नियन्त्रणमा माइती नेपालीकी फुलमाया तामाङ, कृषि (पशुपालन) मा दीपक तिमिल्सिना, कला र संस्कृतिमा कालो पोथी चलचित्रका निर्देशक मीनबहादुर भाम तथा वैज्ञानिक खोज अनुसन्धानमा डा. सुमन सत्याल पुरस्कृत भए ।

सन् १९९९ मा संयुक्त राष्ट्र संघको ५४ औं साधारणसभाले युवाको सवाललाई सम्बोधन गर्ने उद्देश्यले हरेक वर्षको अगष्ट १२ तारिखका विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।

रियो ओलम्पिक: एथ्लेटिक्स खेलाडी सरस्वतीको भिडन्त शनिबार बिहान

रियो, साउन २८ । ब्राजिलमा जारी रियो ओलम्पिककमा नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती भट्टराईले १५ सय मिटरमा भोली प्रतिस्पर्धा गर्दैछिन् ।  ।  सरस्वतीले नेपाली समयअनुसार शनिबार बिहान ५.१५ बजे हिट चरणमा एक नम्बरको हिटमा अन्य १३ खेलाडीसँगै प्रतिस्पर्धा गर्नेछिन्। रियोमा सरस्वतीको लक्ष्य व्यक्तिगत समयमा सुधार गर्ने रहेको छ। १२ औं दक्षिण एसियाली खेलकुदमा १५ सय मिटरमा सहभागिता जनाएकी उनले ४ मिनेट ४०.०४ सेकेण्डको समयमा दुरी पूरा गरेकी थिइन्।

नेपालमा १५ सय मिटरको राष्ट्रिय कीर्तिमान राजकुमारी पाण्डेको नाममा छ। उनले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेन्डमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सरस्वतीको अहिलेको लक्ष्य भनेको २६ वर्षदेखि राजकुमारीको नाममा रहेको त्यो कीर्तिमानलाई तोड्ने हुनेछ। अहिले सरस्वतीको पछिल्लो उत्कृष्ट समय ४ मिनेट ४० दशमलव १५ सेकेन्डको हो।

रियोमा महिलातर्फ १५ सय मिटरमा ३ हिटमा प्रतिस्पर्धा हुनेछ। जसमा कुल ४२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। हरेक हिटबाट शीर्ष ६ मा रहने खेलाडी सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन् भने बाँकी मध्येबाट उत्कृष्ट समय रहेका ६ खेलाडी पनि छनोट हुनेछन्।

अटिजमहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट पहिलो पटक राज काफ्लेले प्रस्तुतिकरण दिदै

काठमाडौं,साउन २८ ।  अष्टेलियाको मेलबोर्नमा हुने अटिजमहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट बिशेष स्कुल तथा पुनःस्थापना केन्द्र (SSDRC) को प्रतिनिधित्व रहने भएको छ । संस्थाकी सन्चालिका सबिता उप्रेती, अटिजम बालक १३ बर्षीय आदेशराज काफ्ले र २० बर्षीय आलिसाको सहभागिता रहनेछ । सम्मेलनमा एड नेपालकी डाक्टर सिकसिता श्रेष्ठको पनि सहभागिता रहनेछ ।

सम्मेलनमा नेपालबाट  सहभागि हुन आज राती अष्टेलिया प्रस्थान गर्दै छन । नेपालबाट एड नेपालको डा. शिकशिता श्रेष्ठको पनि सहभागीता रहेको छ । उक्त्त सम्मेलनमा बिभिन्न देशका अपागता क्षेत्रमा काम गर्ने संघ संस्था र अपागता भएका ब्यक्तीहरुको सहभागिता रहि कार्यपत्रहरु  प्रस्तुत हुनेछ भने नेपालबाट पहिलो पटक अटिजम  बालक आदेश राज काफ्लेले प्रस्तुतिकरण  दिदैछन । अटिजम बालबालिका यो सम्मेलन सम्म पुग्नु नेपालको परिवेशमा  धेरै  ठुलो सफलता र गर्वको कुरा हो भने अवसर पाए यिनिहरुले पनि देशको नाम राख्न सफल हुने ठुलो उदाहरण  हो । अटिजम बालबालिकालाई ह्यान्डिल गरी पढाउनु, सिकाउनु फलामको चिउरा चपाउनु झै हो त्यस माथि यो अवस्था सम्म पुग्नु भनेको कुनै  सानो त्याग,मिहनेत ,सहनसिलताले पुग्दैन जुन संस्थाको सन्चालिका सबिताले गरेर देखाएकी छन ।

नेपालमा अटिजम सम्वन्धी जनचेतनाको अभाव छ । राज्यले पनि यो क्षेत्रमा आँखा पुर्याउन सकेको छैन । अटिजम भएका धेरै बालबालिकाहरु थुनिएर बाधिएर बस्न वाध्य अवस्थामा दोलखाबाट काठमान्डौ छिरेकी सबिताले बिगत छ   बर्ष देखी  बिशेष स्कुल तथा पुनस्थापना केन्द्र (SSDRC) सन्चालन  गरी  आफ्नु भौतिक सुखसयल र राम्रो अवसरहरुलाई तिलान्जली दिएर    सम्पूर्ण जीवन  अटिजमको उद्दारको लागि समर्पण गरेकी  छन । हाल सम्म ६० बालबालिकाहरुलाई सामजमा पुनस्थापित गरिसकेको यो संस्थामा हाल ४५ जना बालबालिकाहरुले प्रत्यक्ष बिभिन्न थेरापी सेवाहरु  ,उपचार ,बिशेष शिक्षा र सिपमुलक तालिम  पाइरहेका छन ।

के हो अटिजम ?

अटिजम रोग होईन,बौदिक अपागता पनि होइन  र मनोसामाजिक समस्या पनि होइन ।   एक मस्तिसको बिशेष अवस्था हो। विश्वभरी विभिन्न देशहरुमा अटिजमको कारण र उपचारको अनुसन्धानहरु ब्यापक रुपमा भैरहेको छ तर कारण र निर्मुल गर्ने उपाय अझै टुङ्गो लागेको छैन। अटिजम जन्मजात हुने, नशा र तन्तुको बिकासको क्रममा आएको असामानताको एउटा रुप हो। जसलाई “Neuro development Disorder” भनिन्छ । अटिजम भएका ब्यक्तिलाई संञ्चारको बिचलन , सामाजीक रुपमा घुलमिल हुन र व्यवहार गर्नमा कठिनाई हुने र कल्पना शक्तिको लचकता कम हुने जस्ता कठिनाईहरु हुन्छन्। यी तीन बिशेष मूल समस्या हरेक अटिजम भएका व्यक्तिहरुमा देखा पर्दछन् .. । 68 जना मध्य एकजना बालकमा अटिजमको Diagnosis हुने प्रमाणित छ । अटिजम जन्मजात हुने स्नायु प्रणालिमा आएको बिचलन हो।

के भन्छन अभिभावक ?

आफ्नु छोरा छोरी को यस्तो प्रगती देखेर आदेश र अलिशाको   अभिभावकहरु हर्षित हुनुको साथै नसोचेको सपना पुरा  भएको बताउछन ।  । आदेश र अलिशा ५ बर्ष देखी SSDRC मा अध्ययनरत छन । SSDRC आउनु अगाडि आदेश घर भित्रै बस्थे उनको समस्या प्रती उनका आमाबाबु साह्रै दुखी थिए । धेरै डाक्टरहरुलाई देखाउदा पनि उनको सहि पहिचान नभएको र डा कबिराज खनालले अटिजम भएको भनेर डाइग्नोसिस गरेपछी स्कुलको लागि भौतारिदा कुनै अटिजम स्कुल नभेटकोले छोरालाई घरभित्र नै राख्नु परेको दुखेशो सुनाउछन बाबु दिपक राज काफ्ले । अनी केही बर्षमा SSDRC मा सबिता उप्रेती लाई भेटे पछी आफुले भगवान भेटेको  अनुभुत भएको कुरा ब्यक्त्त गर्छन् । यो संस्थाले अटिजम बालबालिकाहरुलाई मात्र नयाँ जीवन दिएको  छैन, हामी स-परिवारको उदार हुनुको  साथै तनाव  मुक्त्त भएर दिमागको  अप्रेशन समेत भएको कुरा बताए । आमा उर्मिला काफ्ले भन्छिन , सुरुमा आदेशमा हात हलाइरहन्थे ,दोहोरो कुराकानी गर्न सक्दैनथे। आँखामा आँखा जुधाउन सक्दैनथे । उनिमा सामाजिकरण थिएन । अरुको मोबाईल देख्यो कि खोशिहाल्थे, त्यसैले उनीलाई  देख्ने साथै छरछिमेक र आफन्तले उनिबाट भागथे,  बाबुको चिन्ता त छदै थियो त्यस माथि  सामाजको यस्तो व्यबहारले म साह्रै रुन्थे साह्रै पिडा हुन्थ्यो । जीवनमा सबै सकियो झै लाग्थो ।

यो स्कुल र सबिता उप्रेती भेट्नु हाम्रो ठुलो भाग्य हो । स्कुल राखेको छोटो समयमा नै बाबुमा धेरै सुधार आएर अहिले अन्तराष्टिय सम्मेलन सम्म पुग्दा कुन आमाको छाती खुशी र गर्वले फुल्दैन होला  भन्ने  अभिब्यक्त  गर्छिन ।  आदेश अहिले SSDRC मा कक्षा छ मा पढदै छन। उनी असाधारण प्रतिभाको छन । नेपाल धेरै कार्यक्रममा प्रस्तुतिकरण गरिसकेका छन । त्यस्तै अलिशाको आमा सारदा ओली पनि आफ्नु छोरीको सफलतामा दङ छिन । छोरीको उपचार र स्कुलको लागि म कहाँ कहाँ पुगिन तर सबै ठाउबाट निरास नै भए  नानुको भबिश्यको साह्रै चिन्त्ता थियो । सामान्य स्कुलमा त सात कक्षा  सम्म नै पनि राखियो । आफु पनि नर्श भएकोले नानीको  समस्या स्विकारता पनि पिडा त साह्रै थियो ।

जब SSDRC पाए ढुङ्गा खोज्दा देवता भेटे झै भयो । सबिता म्यामको हाम्रो बच्चा प्रतिको लगाव,त्याग र मिहनेतले अहिले अलिशा साटेर ल्याएको जस्तो भाकी छन । यस्तो राम्रो देशामा  जानु सामान्य ब्यक्त्तिको त सपना बनिरहेको बेला हाम्रो बिशेष बालाबालिका त्यहाँ पुगेर सम्मेलनमा सहभागि हुनपाउनु भनेको यो मेरो सपना भन्दा बाहिरको कुरो हो जस्ले साह्रै खुशी बनाएको छ । यस्को श्रेय सबिता उप्रेती लाई दिन चाहछु भन्दै  दुवै अभिभावकले हर्शको आशु खसाल्नु भयो ।अलिश अहिले SSDRC मा सिपमुलक तालिम बाट आत्मनिर्भर हुने क्रममा  छिन  । यही बर्षबाट उनी संस्था मा नै शिक्षक सहयोगि को रुपमा काम गरिरहेकी  छन  ।

जंगली हात्ती फेरि गाँउ पस्यो : दोधारा चाँदनीको बडुवाल टोलमा फेरि हात्तीको आतंक

पप्पु गुरुङ्, २८ साउन/ दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा फेरि भारतिय जंगली हात्ती पस्न थालेपछि बडुवाल टोलमा आतंक छाउन थालेको हो । मकै तथा धानको खेतीमा लगातार १ सताा देखि हात्ती गाँउमा पस्न थालेपछि बडुवाल टोलमा फेरि हात्तीको त्राशद्धी छाएको हो । बिगत केहि महिना अघि दोधारा चाँदनीनगरपालिकाको वडा नं. ३, बडुवाल टोलमा स्थानियहरुका बाली नाली खाएर तथा दर्जनौ घर भत्काएर आतंक मच्चाउदै आएको हात्तीको समुह फेरि गाँउ पस्न थालेपछि गाँउमा फेरि आतंक छाउन थालेको बताईएको छ् । मध्यराती भारतिय जंगलबाट आएको हात्तीको समुहले बडुवाल टोलका दर्जनौ कृषकको मकै तथा धान बाली खाएर उधनेर नष्ट गर्न थालेको छ् । शुक्लाफाँटा वन्य जन्तु आरक्ष कार्यालले ४ किलोमिटर बिद्युतिय तारवार गरेपनि तारवारलाई तोडेर हात्तीको बथान गाँउ भित्रिने गरेको स्थानिय महावि क्षेत्रीले बताएका छन् । मंगलवार राती बच्चा सहित गाँउ पसेको दजनौ हात्तीको हुलले घर समेत घेर्न थालेपछि स्थनियमा आतंक छाएको हो । “मध्यरातमा गाँउ पसेर मकै तथा धान बाली खान थाल्यो, गाँउलेहरु मिलेर हात्ती धपाउदा उल्टै लखेट्यो” स्थानिय क्षेत्रीले भने । उनका अनुसार लक्ष्मी राना, बिष्णु बुढा, रोहित खत्री, चन्द्र लोहार, काशी सिंह ठगुन्ना, किसन थापा, प्रेम कामी लगाएत एक दर्जन कृषकको धान तथा मकै बाली खाएर तथा उधनेर नष्ट गरको छ् । जसमा प्रेम कामीको खेतको धान सबै खाएर तथा उधनेर नष्ट गरेको पिडितले बताएका छन् । मध्यरातमा भारतिय जंगलबाट गाँउ भित्रिएको हात्तीको समुह बिहान मात्रै जंगल तर्फ फर्कने गरेको स्थानियहरु बताउछन् । नेपाल बिद्युत्त प्राधिकरणले बिद्युत्त सेवा बिस्तार गर्नुको साथै सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरुक्षा सबलिकरण परियोजनाले हात्ती धपाउन सोलर सहित सायरन जडान गरेपनि हात्ती गाँउ पस्न थालेपछि स्थानियहरुमा त्राश बढ्दै गएको छ् । दोधारा चाँदनीनगरपालिका बडुवाल टोलका स्थानियहरुको घरपार तथा कृषकले लगाएका बर्षै पिच्छे बाली नाली लाई भारतिय जंगलबाट आएका हात्तीको बथानले खाएर तथा उधनेर नष्ट गर्दै आएपनि सरकारले क्षतीपुर्ती लगाएत राहत समेत नदिएको गुनासो स्थानियहरुले गर्दै आएका छन् ।

एनजीओ पसेपछि नेविसंघका बबाल

काठमाडौं,साउन २८ । नेपाल विद्यार्थी संघको अधिवेशन उद्घाटन भएको चार दिनसम्म पनि बन्द सत्र सुरु हुन नसक्नु र आफू आफैमा विवाद गरेर बस्नुको पछाडि एनजिओको भूमिका रहेको पाइएको छ । नेविसंघका एक उच्च नेताले दिएको जानकारीअनुसार स्कुल अफ डेमोक्रेसी नामक एनजिओका कारण महाधिवेश नै भाडिने अवस्थामा पुगेको हो । सो एनजिओमा नैनसिंह महर र मिनबहादुर विश्वकर्माले काम गर्छन ।

सोही एनजिओले नैनसिंह महरलाई जसरी भएपनि नेविसंघको अध्यक्ष बनाउन खर्च गर्दै आएको छ । स्रोतकाअनुसार महरले सो एनजिओबाट एक करोड बराबरको सहयोग लिएको स्रोतको दावी छ । मीन विकले हुँदै नभएको सहमति भएको र एउटा मात्र उम्मेदवार महर भएको भन्दै हल्ला चलाए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

हल्ला चलेपछि सभापति शेरबहादुर देउवाले विकलाई बोलाए र भएको के हो भनेर सोधे । हुन त महर देउवाका नै उम्मेदवार थिए र हुन् पनि । तर सहमति नै नभएको विषयमा हल्ला चलाएर महाधिवशेन भाड्न लागेको भन्ने खप्की खाएपछि विकले पनि एनजिओलाई दोष लगाइदिए र भने यसमा मेरो कुनै भूमिका छैन सबै स्कुल अफ डेमोक्रेसीको हो ।

जुन संस्थामा काम गर्छन, जहाँबाट खर्च पानी जुटाउँछन् त्यसैको नाममा धेरै बबन्डर गर्नु पनि जायज नभएपछि सो विषयमा गुपचुप राख्नुपर्ने बाध्यता रहेको छ । तर जीतजंग बस्नेत समूहले एनजिओका कारण महाधिवशेन लगभग भाडिने अवस्थामा पुगेको भन्दै आपत्ति जनाएपछि एनजिओ प्रकरण बाहिर आएको हो । उता विवाद मिलाइएको भनेपनि नेविसंघभित्र एकले अर्कोलाई नमान्ने र स्वीकार गर्ने अवस्था नरहेको भन्दै विवाद बढ्दै गएको छ ।

एक सिटेलाई मन्त्री बन्न हम्मे, चर्को बार्गेनिङ जारी

काठमाडौं,साउन २८ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वका रहेको वर्तमान सरकारमा मन्त्री खानका लागि एक सिटे दलका नेताले मुख मिठएका छन् । काँग्रेस र माओवादी मात्रै हुँदा नै लगभग बहुमत पुगेको अवस्थामा एक सिटेहरुलाई धेरै भाउ दिन नहुने मत जवरजस्त आएका कारण पनि उनीहरु यतिखेर जसरी भएपनि मन्त्री बन्नै पर्ने घुर्की देखाउन थालेका छन् । त्यसमा एकनाथ ढकालको पार्टी नेपार परिवार दल, नेपाली जनता दलका हरिचरण साह, प्रेमबहादुर सिंह, जनजागरण पार्टीलगायतले मन्त्री मागेका छन् ।

यस्तै रुक्मिणी चौधरी, एशोदाकुमारी लामा, गोपाल दहितलाई पनि मन्त्री चाहिएको छ । उनीहरुले काँग्रेस नेता शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूहरुलाई जसरी भएपनि मन्त्री बनाउन दबाव दिएका छन् आजको जनआह्वान साप्ताहिकमा खबर छ । मन्त्रालयको संख्या घटाउने कुरा छ । त्यसो हुँदा कुल मन्त्रालयको संख्या २८ हुनेछ । २८ जनालाई मात्रै मन्त्री बनाउन सकिन्छ तर माग हेर्दा एक सय वटा मन्त्रालय भएपनि नपुग्ने अवस्था सिर्जना हुने भएको छ । काँग्रेसभित्रै मन्त्री बन्न चाहनेको भीड छ, माओवादीमा पनि मन्त्री बन्न चाहनेको संख्या बढी रहेको छ । यस्तै राप्रपाले दुई मन्त्रालय पाएको छ भने नेकपा(संयुक्त)ले एक मन्त्रालय पाएको छ ।

कांग्रेसमा भाँडभैलो, देउवालाई टोक्नु न बोक्नु

काठमाडौं,साउन २८ । व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसमा चरम भाँडभैलो सुरु भएको छ । एकले अर्कोलाई नगन्ने र कोही कसैलाई नमान्ने संस्थागत भएपछि पार्टी कुन संयन्त्रबाट कसरी चलेको छ भन्ने समेत थाहा हुन छाडेको छ । सभापतिमा शेरबहादुर देउवा छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ । उनलाई असफल बनाउन रामचन्द्र पौडेल, खुमबहादुर खड्कालगायतका नेताहरु हात धोएर लागेका छन् । पार्टीले वरिष्ठ नेता दिने निर्णय नगरेपनि पौडेल आफूलाई वरिष्ठ नेता भन्दै गुटबन्दी गरेर हिँडेका छन् ।

उनलाई साथ दिनेमा उद्योग धन्दा डुबाएका र नेपाललाई हरिकंगाल बनाउने डा. रामशशरण महत, प्रकाशमान सिंहलगायतले साथ दिँदै आएका छन् । उनीहरु पौडेललाई भन्दा पनि आफूलाई केन्द्रबिन्दुमा राखेर राजनीति गरिरहेका छन् ।यस्तै कृष्णप्रसाद सिटौलाको ताल पनि उस्तै छ । उनले पनि पछिल्लो दिनमा आफूलाई केन्द्रमा राखेर सभापतिसँग बार्गेनिङ गरिरहेका छन् । रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा आफ्नो पक्षलाई ४० प्रतिशत हिस्सा दिनुपर्ने भन्दै माग गरेका छन् ।

जसका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या हुँदै आएको छ । मन्त्रिपरिषद नै विस्तार गर्न नदिने र सरकार असफल बनाउने धन्दामा पौडेल समूह हात धोएर लागेको छ । त्यसमा सिटौलाको पनि मत मिलेको छ । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा आँखा लगाएका सिटौलाको मनको चाहना गृहमन्त्रीमा विमलेन्द्र निधि आएपछि तुषारापात भएको थियो । एकले अर्कोलाई स्वीकार नै गर्न नसक्ने सिटौला र निधिको झगडाका कारण सिटौला किनारामा फालिए भने निधि सफल भए ।

जाँदाजाँदै ओलीले कार्यकतालाई लाखौं रुपैयाँ बाँडेको खुलासा (सूचिसहित)

काठमाडौं,साउन २८ ।संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले आफ्ना कार्यकर्तालाई व्यक्तिगत रुपमा २७ लाख बाँडेको पाइएको छ ।

काम चलाउ हैसियतमै सरकारले विभिन्न प्रतिष्ठान र संस्थानमा राजनीतिक नियुक्तिसमेत गरेको भेटिएको छ । आजको नागरिक दैनिकमा खबर छ । साउन ७ र १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमार्फत नेकपा एमाले केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्मलाई मनलागी पैसा बाँडेको हो ।

एमाले केन्द्रीय सदस्य घनेन्द्र बस्नेतलाई ३ लाख, गणेश मैनालीलाई २ लाख, तथा अछाम, चिसापनीकी गंगालक्ष्मी श्रेष्ठ, दोलखा जफेका मधुकर पोखरेल र काब्रेका वैकुण्ठ घिमिरे, अर्घाखाची, धारापानीका बालकुमारी थापा, बझाङ भामचौरका निशा धामी, डोटीका रवीन्द्र शाहीलाई एक–एक लाख रुपैयाँका दरले बाँडिएको हो ।

त्यस्तै गरि ओलीनिकटकी झापा, अनारमनीकी विशेश्वरा दाहाललाई ५ लाख, कुरुङवाङका रुद्र कुमारलाई २ लाख, कालिकोटकी रीता आचार्य रुपन्देहीका चतुर्भुत आत्रेय, काभ्रेका दीलिप लामा, अछामका किर्ति सिंह, दोलखाकी सिर्जना गोले, चितवनकी मीना परियार, सिन्धुपाल्चोक भोटेचौरका गणेश सापकोटालाई १ हजार रुपैयाँका दरले आर्थिक सहायता दिने बैठकको निर्णय छ । ती सबै नेता कार्यकर्ता रहेको स्रोतले जनायो ।

त्यसै गरी सोही बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत दुरा सेवा समाजलाई ३ लखा रुपैयाँ, आदित्य संरक्षण प्रतिष्ठानलाई १ करोड, उपचार खर्चस्वरुप द्रौपती ज्ञवालीलाई ५ लाख, पूर्वप्रधानन्यायाधिश सुरेन्द्रप्रसाद सिंहलाई २ लाख ९० हजार र पत्रकार मनोाज शाहलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web