काठमाडौं,साउन २८ ।आपूर्ति मन्त्रालयले व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको निर्देशन ठाडै अस्वीकार गरेको छ । समितिले रोकिएको बुलेट खरिद प्रक्रिया तत्कालै फुकुवा गर्न दिएको निर्देशन १० दिन बितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनमा नल्याएर ठाडै अस्वीकार गरेको हो । समितिले बहुमत सांसदको अभिमतअनुसार साउन १८ गने मन्त्रालयलाई रोक्का गरिएको बुलेट खरिद प्रक्रिया तत्कालै फुकुवा गर्न निर्देशन दिएको थियो । बैठकमा मन्त्रालयका तर्फबाट सचिव श्रीधर सापकोटा, सहसचिवद्वय आनन्दराम रेग्मी र उत्तम नागिला सहभागी थिए । आजको अन्नपूर्णमा समाचार छ ।

काम चलाउ ओली सरकारले अन्तिम समयमा आपूर्ति मन्त्रालयको आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका श्रममन्त्री दिपक बोहोराको निर्देशनमा विनियमावली नभएको भन्दै भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको प्रभावमा बुलेट खरिद प्रक्रियामा रोक लगाइएको थियो । ओली सरकारमा आपूर्ति मन्त्रालय सम्हालेका गणेशमान पुनको समयमा मन्त्रालय, ग्यास उद्योगी र समितिको दर्जनौं पटकको छलफलपछि समिति र स्वयं मन्त्रालयले पनि बुलेट खरिद गर्न भनेर उद्योगीलाई मार्गप्रसस्त गरेको थियो ।

काठमाडौं,साउन २८ । प्रहरीले पछिल्लो तीन वर्षको अवधिमा नक्कली भारतीय रुपियाँ (भारु)सहित विदेशी मुद्रा तस्करीमा संलग्न १ सय ५४ कारोबारी तथा भरिया पक्राउ गरेको छ । आर्थिक वर्ष ०७०/७१ यता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), विशेष ब्युरो, विमानस्थल प्रहरी, महानगरीय अपराध महाशाखा तथा स्थानीय प्रहरी संयन्त्रले भारतीय जाली नोटसहित अमेरिकी तथा अस्ट्रेलियाली डलर, पाउन्ड स्टर्लिङ, युरो, चिनियाँ युआनलगायत विदेशी मुद्रा तस्करीमा संलग्नलाई पक्राउ गरेको हो । अभियुक्तको साथबाट करिब २० करोड रुपैयाँका मुद्रा बरामद गरिएको छ ।

आव ०६५/६६ देखि ०६९/७० को अवधिमा मात्रै ४० करोड रुपैयाँबराबरको मुद्रा बरामद भएको प्रहरी अनुसन्धानबाट देखिन्छ । प्रहरी प्रवक्ता डीआईजी माधवप्रसाद जोशी विदेशी मुद्रा तस्करीविरुद्ध चालिएका कदम सफल भएकै कारण बरामद अनुपात बढ्दो क्रममा रहेको बताउँछन् ।

“विदेशी मुद्रा तस्करीविरुद्ध प्रहरी संयन्त्र देशभर सक्रिय छ,” प्रवक्ता जोशी भन्छन्, “फलस्वरूप तस्करीमा संलग्न योजनाकार, कारोबारी तथा भरिया पक्राउ परेका हुन् ।” उनका अनुसार ०७०, ०७१ र ०७२ मा तस्करीमा संलग्न क्रमशः ३३, ६९ र ८० जना पक्राउ परे । मुद्रा तस्करीविरुद्ध आन्तरिक संयन्त्रबीच सहकार्य र समन्वय हुनुपर्नेमा उनको जोड रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

विमानस्थलको सुरक्षा जाँच पास गरी भित्रिएका व्यक्तिबाटै कतिपय अवस्थामा अवैध मुद्रा तथा अन्य सामान बरामद हुने गरेकाले यसप्रति अन्य निकाय पनि उत्तिकै जवाफदेही र जिम्मेवार बन्नुपर्ने उनी बताउँछन् ।

प्रहरीले भन्सार जाँचपास लगेजबाट जाली नोट, अन्य विदेशी मुद्रा, अवैध सुन र प्रतिबन्धित लागूपदार्थ बरामद गर्दै आएको छ । विमानस्थल भन्सारसम्म नेपाल प्रहरीको पहुँच छैन ।

मुद्रा तस्करीविरुद्ध अनुसन्धान गर्दै आएका प्रहरी अधिकारीका अनुसार गिरोहले भारतीय जाली नोट पाकिस्तान–यूएई, मलेसिया, चीन, थाइल्यान्ड हुँदै नेपालबाट भारतसम्म पुर्याउने गरेको देखिन्छ ।

काठमाडौं,साउन २८ । सरकार परिवर्तन र संसदको प्राथामिकतामा पर्न नसक्दा संविधान कार्यान्वयन प्रक्रिया जटिल बन्ने देखिएको छ । राजनीतिक दल, सरकार र संसदले संविधान कार्यान्वयनको विषय प्राथामिकतामा राखेको बताए पनि त्यसको व्यावहारिक कार्यान्वयन गर्न नसक्दा आगामी ३ असोजबाटै मुलुक गम्भीर संवैधानिक संकटमा पर्न सक्ने देखिएको हो राजधानी दैनिकमा समाचार छ।

संविधानअनुसार ३ असोजभित्र गठन गरिसक्नुपर्ने उच्च अदालतका लागि आवश्यक कानुन र उच्च अदालत तय हुन नसक्दा संविधान कार्यान्वयनमा गम्भीर समस्या आउने देखिएको हो । संविधानअनुसार ३ असोजभित्रै गठन गरिसक्नुपर्ने उच्च अदालत गठन भइसक्नुपर्छ । तर त्यसका लािग आवश्यक कानुन संसदले अझै दिन सकेको छैन । अबको एक महिना १० दिनभित्र उच्च अदालत गठनसम्बन्धी कानुनी व्यवस्था तय भई गठन नभए हाल कायम सबै पुनरावेदन अदालतहरु स्वतः खारेज हुनेछन् ।

पुनरावेदन अदालत खारेज हुने र उच्च अदालत पनि गठन नहुने विद्यमान अवस्था टार्न संसदले आगामी १५ भदौभित्र उच्च अदालत गठनसम्बन्धी कानुन तय गरिसक्नुपर्नेछ । हाल कायम १६ वटा पुनरावेदन अदालतलाई सातवटा परिवर्तन गर्नुपर्ने र कायम भएका साता उच्च अदालत राख्ने स्थानसमेत तय गर्नुपर्ने भएकाले सो अवधिसम्म पारित नभए यी नीतिगत निर्णय लिन समय अभाव हुनेछ ।

व्यवस्थापिका संसदमा गत २ जठमै प्रस्तुत गरिएको न्याय प्रशासन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अझै विधायन समितिमा छलफलको क्रममा छ ।

काठमाडौं,साउन २७ । नेपाल विद्यार्थी संघमा प्रतिनिधि विवाद बल्झिएको छ । प्रतिनिधि विवादका कारण सोमबारदेखि स्थगित नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको बन्दसत्र बिहीबार सुरू हुने भनिएपनि विवादको कारण सुरु हुन सकेन । रातभर बसेर बसेको भएको सहमतिमा नेविसंघ अध्यक्ष रञ्जित कर्णले सहमति उलंघन गरेपछि प्रतिनिधि विवाद सुरु भएको हो ।

समितिले मंगलबार राति गरेको निर्णयपश्चात बन्द सत्र सुरू हुने निश्चित भएको थियो। यसअनुसार आज दिउँसो २ बजे प्रतिनिधिहरूको नामावली सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार बिहीबार प्रतिनिधिको सूची सार्वजनिक गरेर बन्दसत्र सुरु गर्नुपर्ने भएतापनि सम्भावना टर्दै गएको छ ।

काठमाडौं,साउन २७ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्री नपाए सरकारमा नजाने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले उपप्रधानमन्त्री सहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका हुन् । फोरम लोकतान्त्रिकले अन्तिम समयमा केपी ओली नेतृत्वको सरकार छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट दिएको थियो । तर, मधेसी मोर्चाको दबाव र कांग्रेसले अनिच्छा देखाएपछि प्रधानमन्त्री प्रचण्डले फोरम लोकतान्त्रिकमा सहभागी गराएको छैन ।

पप्पु गुरुङ्, २७ साउन / दोधारा चाँदनी । निर्धन उत्थान बैक लि. शाखा कार्यालय द्धारा दोधारा चाँदनीका स्व. तुलसी दमाई र जसु राना मगरलाई बिमा बापतको क्षतिपुर्ति रकम निजका परिवारजनलाई बितरण गरिएको छ । रु. १ लाख ३५ हजार रुपैया दाबि रहेको उक्त रकम निर्धन उत्थान बैक लि. शाखा कार्यालयका शाखा प्रबन्धक नबरत्न प्रसाद यादव तथा नेपाली काग्रेंस दोधारा चाँदनी नगरकमिटिका सभापती डम्मर चन्दले सयुक्तरुपमा बितरण गरेका हुन । एक कार्यक्रमको बिच दुबैलाई बैंकको नियमआनुसार बिमा रकम बितरण गरिएको निर्धन उत्थान बैक लि. शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् । समुहका श्रmणीले कर्जा लिएर उनिहरुबाट शुल्क कट्टा गरिएको ०.६४ प्रतिसत रकमको बैंकका ग्राहकको बिमा गरिने भएको हुदा उनिहरुलाई मृत्यु पश्चात बिमा रकम उनिहरुको परिवारजनलाई बितरण गरिएको निर्धन उत्थान बैक लि. शाखा कार्यालयका शाखा प्रबन्धक नबरत्न प्रसाद यादवले जानकारी दिनुभएको छ् । समुहका श्रmणीले कर्जा लिएर उनिहरुबाट शुल्क कट्टा गरिएको ०.६४ प्रतिसत रकम प्रिमियम तिरी गरीएको म्यादि बिमा रकमबाट उक्त क्षतिपुर्ति रकम हस्तातरण गरिएको बैंकका सहायक प्रबन्धक संजय चौधरीले जानकारी दिए । दोधारा चाँदनीमा रहेको ६ करोड कर्जा आफ्ना सदस्य माँझ रहेको परीप्रक्षमा बित्तिय जोखिम कम गर्न म्यादी बिमा एक बरदान साबित भएको बताउदै सहायक प्रबन्धक संजय चौधरीले पारिवारीक पिडामा कर्जाले थप तनाब हुने महशुस गर्दै हाम्रो समाजमा मृत्यु पछिको क्षतिपुर्ति पिडत परीवारलाई कोशेढुङ्गा साबित भएको बताए । सदस्य मरिसकेपछि कर्जाको भारी रकम निज मृतकको नाममा नरहोस र काजक्रिया सजिलै होस भन्ने हेतुले बैंकले बिमा कम्पनी संगको सहकार्यमा बैकंका सदस्यहरुलाई बिमा गर्दै आएको छ । ग्रामिण भेगका जनतालाइ सरल र सहज तवरले कर्जा बितरण गरी उनीहरुको जिबिको पार्जनमा बैंकले टेवा पुर्याइरहेको बताउदै दोधारा चाँदनी क्षेत्रमा बिभिन्न समुह मार्फत १६ सय जना भन्दा बढी सदस्यलाई बैंकले बित्तिय सेवा दिइरहेको बताए । एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका वडा नं. ६ र १० बस्ने बैकका सदस्य क्रमश : जसु राना मगर र तुलसी दमाईलाई बिमा रकम रु. ८२ हजार ८ सय र तुलसी दमाईलाई रु. ५५ हजार २ सय बितरण गरिएको निर्धन उत्थान बैक लि. शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

पप्पु गुरुङ्, २७ साउन / दोधारा चाँदनी । नेपाली काग्रेस दोधारा चाँदनी नगर कार्य समितिमा सदस्य मनोनित गर्ने कार्य अघि बढाएको छ् । नगरअधिबेसन पश्चात नगरकमिटिको पदाधिकारीको संख्या पुरा हुन बाँकी रहेको नेपाली काग्रेस नगर कार्य समिति दोधारा चाँदनी जनाएको छ् । नेपाली कांग्रेस नगर कार्य समितिका सभापति डम्बरबहादुर चन्दको अध्यक्षतामा बसेको पाँचौ नगर स्तरीय बैठकले ६ जना मनोनीत सद्स्य चयन गरेको थियो । जस्मा सुरेश गिरी, महाबिर रोकाया, खेमराज पैतला, भिम गुरुङ्ग, बजिर लुहार, मनिषा थापा रहेका थिए । नेपाली काग्रेस नगर कार्य समितिका सभापतिले मनमर्जी तवरले पार्टीको बिद्यान बिपरित आफ्नो प्यानलको कार्यकर्ता समितिमा मनोनित गरेको भन्दै नेपाली काग्रेस नगर कार्य समिति दोधारा चाँदनी सचिव राजेन्द्र मल्लले संचार माध्यममा बिरोध जनाएका थिए । नेपाली कांग्रेस नगर कार्य समितिका सभापति डम्बरबहादुर चन्दले आफुले पार्टीको बिद्यान बिपरित कार्य नगरेको बताएका छन् । पार्टीमा काम गर्ने सक्रिय कार्यकर्तालाई मनोनित गरेको बताएका छन् । “मानोनित गर्ने पार्टी सभापतिको अधिकार बिद्यानमा स्पष्ट लेखेको छ्” सभापति चन्दले भने,– “मनोनित सबै सदस्यहरु पार्टीको काम प्रति लगन लगाएर निष्ठापुर्वक काम गर्ने ब्यक्तीहरु राखेका छौं” सभापति डम्मर चन्दको अध्यक्षतामा नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्य समितिको छटौं आज बसेको क्रियाशिल कार्यकर्ता चन्द्र सिंह बिष्टलाई नगर कार्य समितिको उप–सभापति पदमा सर्वसम्मतबिाट मनोनित गरेको छ् । बैठकले आगामी बैठकमा एक सचिव, एक सह–सचिव तथा एक सदस्य मनोनित गर्ने निर्णय समेत भएको सदस्यहरुले जनाएका छन् । सदस्य संख्या बिस्तारपछि पार्टीको भावी रणनिती तयार गरिने नेपाली काग्रेसले जनाएको छ् ।

काठमाडौं,साउन २७ । ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको रियो ओलम्पिक– २०१६ अन्तर्गत तेक्वान्दोमा सहभागी हुने नेपाली टोली शुक्रबार प्रस्थान गर्दैछ । तेक्वान्दो अगष्ट १७ देखि २० तारिख सञ्चालन हुनेछ । त्यसमा निशा रावलले ६७ केजीमाथि तौलसमूहमा अगष्ट २० तारिखमा प्रतिस्पर्धा गर्नेछिन् । तेक्वान्दोमा छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएकी पहिलो नेपाली खेलाडी संगीना वैद्य निशाको प्रशिक्षकको रुपमा रियो जाँदैछिन् । २००४ को एथेन्स ओलम्पिकमा संगीनाले छनोट चरण पार गर्दै प्रतिस्पर्धा गरेकी थिइन् ।

त्यसको अर्को संस्करणमा तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गर्दै बेइजिङ ओलम्पिक– २००८ मा खेलेका थिए । संगीना र दीपक बाहेक यो उपलब्धी अरु कुनै नेपाली खेलाडीले आत्मासात् गरेका छैनन् । टोलीलाई राष्ट्रिय तेक्वान्दो खेलाडीले बिहीबार त्रिपुरेश्वरमा बिदाइ गरे । रियो ओलम्पिकमा सहभागी हुन जान लागेको नेपाली टोलीमा तेक्वान्दो अन्तिम हो ।

२७ साउन,काठमाडौं ।

नेपाल प्रहरीको महेन्द्र पुलिस क्लब र सेनाको त्रिभुवन आर्मी क्लब चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगिताको बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । क्याम्पाचौरमा भएको प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले एभरेष्ट क्लब चितवनलाई ३ – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । सेमिममा उसको भिडन्त शुक्रबार हुने ब्वाईज युनियन र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको विजेता संग हुनेछ ।प्ररीका लागि सुमन लामाले पहिलो हाफको २८ औं मिनट गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले १० औं र १६ औं मिनटमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । उनले डि बक्स अगाडी पाएको बललाई गोलमा परिणत गर्न सकेनन् । यस्तै दोश्रो हाफको १९ औं मिनटमा पुलिसमा रवी पासवानले गोल गर्दै गोल संख्यालाई दोब्बर पारे । खेललाई आफ्नो पकडमा राखेको पुलिसको लागि तेश्रो गोल सुमन लामाले ३६ औं मिनटमा गर्दै जित निश्चित गरे । पुलिसको अगाडी निरिह देखिएको एभरेष्टका दिपेन्द्र ठकुरीले २३ औं मिनटमा पाएको डाईरेक्ट किकलाई पुलिसका गोल रक्षक सजित गुरुङ्गले नाकाम बनाई दिए । २४ औं मिनटमा डि बस्क भित्र पाएको बललाई मिलन गुरुङ्गले सदुपयोग गर्न सकेनन् ।

दुई गोल गरेका सुमन लामा म्यान अफ द म्याच घोषित भए । स्पोर्टस् फर अल, नेपालको आयोजनामा भएको प्रतियोगिताको दोश्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विरगंज युथ एकेडेमीलाई ३–० गोल अन्तरलेनै पराजित गर्दै सेमिफाइन प्रवेश ग¥यो । अव सेनाको भिडन्त एनआरटी क्लबसंग हुनेछ । पुरा खेललाई आफ्नो नियन्त्रणमा राखेको सेनाले पहिलो हाफमा कुनै गोल गर्न सकेन । पहिलो हाफमा दक्षिण एशियाली फुटबलमा नायक नवयुग श्रेष्ठले १२ र्औ मिनटमा पाएको बललाई पोलमाथी बाट प्रहार गर्न पुगे । त्यस्तै उनले १४ र्औ मिनटमा डिबक्स नजिकबाट हानेको बललाई गोल रक्षक जयराम चौधरीले बचाए ।

खेलको दोश्रो हाफको दोश्रो मिनटमा राजु तामाङ्गले गोल रक्षक चौधरीबाट डिफ्लेक्ट भएर आएको बललाई गोल पोस माथी हाने । पाँचौं मिनटमा डि बस्क भित्र पाएको बललाई भरत खवासले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै १० औं मिनटमा दिपक गुरुङ्गले कर्नरबाट पाएको बललाई हेड मार्फत गोल गर्दै गोल संख्यामा बृद्धि गरे ।

यस्तै १४ र्औ मिनटमा नवयुगले हानेको बल बारमा लागेर फर्कियो । यस्तै ३२ औं मिनटमा दीप लामाले गोल गर्दै आर्मीको जित निश्चित गरे । सेनाका क्याप्टेन भरत खवास म्यान अफ द म्याच घोषित भए । प्रतियोगितको अन्तिम क्वाटरफाइनल खेल काठमाडौंको ब्वाईज युनियन क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबविच हुने कार्यक्रम रहेको छ ।

२७ साउन,काठमाडौ ।

प्रधानमन्त्रीको विशेष दुतको रुपमा दुई उपप्रधानमन्त्री चीन र भारत पठाउने मन्त्रीपरिषदको वैठकले निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बसेको मन्त्रिपरिषद्को आज बसेको वैठकले बिमलेन्द्र निधीलाई भारत र कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो ।

नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न छिमेकी देश पठाउने निर्णय गरेको जनाईएको छ । कहिले पठाउने भन्ने समय भने तोकिएको छैन् । नेपालमा सत्ता परिवर्तन भएपछि यो पहिलो सरकारी भ्रमण हुनेछ। बैठकले मिसावट, कालोबजारी र कृतिम अभावबारे भएको कानुनी व्यवस्थामा थप कडाई गर्नका लागि ऐन संशोधनको प्रस्ताव ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएको छ ।

२७ साउन, टोकियो ।
नेपाल फेस्टिवल आयोजक संस्था गैर आवासिय नेपाली संघ जापानले नवौं नेपाल फेस्टिवल विगतका बर्षहरुमा भन्दा विशेष रुपमा सफल भएको जनाएको छ ।

नेपाल जापान कुटनीतिक सम्वन्ध स्थापनाको ६० औं बर्ष पनि परेकाले फेस्टिवल नेपाल र जापानबिचको सम्वन्ध थप उचाइमा पुर्याउन सफल भएको जनाएको छ ।

नेपाल फेस्टिवल आयोजक कमिटिका संयोजक सुदन थापाको नाममा जारी विज्ञप्तिमा अतिथि देवो भव : को नारा सहित आयोजित फेस्टिवलमा नेपाली मौलिक कला संस्कृति, भेष भुषाको प्रदर्शनी, विभिन्न जाती जनजातीहरुको झाँकी प्रदर्शनी, लाखें, पञ्चेबाजा, भजन, परेड लगायत नेपाली मौलिक कला संस्तृतिहरुको प्रदर्शनी गरिएको थियो ।

कार्यक्रम सफल पार्न नेपाली राजदूतावास जापा, जापान सरकारका विभिन्न निकाय तथा विभिन्न निकाय र व्यक्तिहरुले निभाएको भूमिकाको लागि धन्यवाद सहित-'आ-आफ्नो स्थानबाट सहयोग गर्नुहुने तपाई सम्पूर्णमा नेपाल फेस्टिवल मूल आयोजक कमिटिको तथा आयोजक संस्था गैर आवासिय नेपाली संघ जापानको तर्फवाट कृतज्ञता व्यक्त गर्दछौं विज्ञिप्तमा भनिएको छ ।'

२६ साउन, काठमाडौं ।
सरकार, सत्तारुढ दल र स्थानीय निकाय पुर्नसंरचना सम्बन्धी आयोगबीच आज स्थानीय निकायहरुको पुर्नसंरचना तथा त्यसको प्रारम्भिक प्रतिवेदनका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको छलफलमा आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगलाई अघिल्लो सरकारले दिएको कार्यादेश विषयवस्तु र आयोगले तयार पारेको प्रारम्भिक प्रतिवेदनका बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा आयोगको तर्फबाट हालसम्म स्थानीय निकायहरुको पुर्नसंरचनाका बारेको प्रारम्भिक प्रतिवेदनका बारेमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

बैठकपछि संचारकर्मीहरु संग कुरा गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिवेदनमा जनताको असन्तुष्टि रहेकाले थप छलफल गर्दै अघि बढ्ने सहमति भएको बताउनु भयो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा संयुक्त तथा राप्रपाका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।