स्थानीय निकायहरुको पुर्नसंरचना तथा त्यसको प्रारम्भिक प्रतिवेदनका बारेमा छलफल

साउन २६, २०७३ मा प्रकाशित | 966 views

२६ साउन, काठमाडौं ।
सरकार, सत्तारुढ दल र स्थानीय निकाय पुर्नसंरचना सम्बन्धी आयोगबीच आज स्थानीय निकायहरुको पुर्नसंरचना तथा त्यसको प्रारम्भिक प्रतिवेदनका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको छलफलमा आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगलाई अघिल्लो सरकारले दिएको कार्यादेश विषयवस्तु र आयोगले तयार पारेको प्रारम्भिक प्रतिवेदनका बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा आयोगको तर्फबाट हालसम्म स्थानीय निकायहरुको पुर्नसंरचनाका बारेको प्रारम्भिक प्रतिवेदनका बारेमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

बैठकपछि संचारकर्मीहरु संग कुरा गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिवेदनमा जनताको असन्तुष्टि रहेकाले थप छलफल गर्दै अघि बढ्ने सहमति भएको बताउनु भयो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा संयुक्त तथा राप्रपाका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web