Temporary voters cannot cast vote : ECN

The Election Commission (EC) has prepared a draft bill with the provision not allowing the temporary voters to cast votes in the election of provincial assembly. The draft, however, has a provision to allow them to cast vote in the House of Representatives.

The EC has made the provision in the draft prepared for provincial assembly member election that the voter, whose name has been registered in the voters list of any village body or municipality of any constituency, can cast vote only there.

At a programme organised by the EC to collect suggestion of political parties on the bill today, political parties did not give any suggestion on the provision but urged the EC not to make provision of same 'threshold' for the House of Representatives and the provincial assembly. The EC has made provision of 1.5 per cent threshold in both assemblies in the draft.

However, the fringe parties have raised a clamour against the EC's decision to maintain threshold in the parliament and provincial assemblies. Lawmaker Gopal Dahit, Rukmani Chaudhary and Shivaji Yadav appealed to the EC to scrap threshold while suggesting the EC must keep the authority of announcing the date of the elections.

At the programme, EC Chief Commissioner Dr Ayodhi Prasad Yadav said the EC is of the mindset of counting the ballots at the voting centers and issuing a single ballot paper for both direct and proportional representation system.  CEC Dr Yadav further said the EC is ready to hold elections and that the government should prepare infrastructure for it.

Former Govt. was toppled against wishes of people : Former PM Oli

Former Prime Minister and CPN (UML) Chairman KP Sharma Oli today said that the government that he led was toppled against the wishes of people.

Speaking at     a programme organised by the Press Chautari Nepal in the Capital, chairman Oli claimed that his government raised the country in terms of country's self-esteem, national interest and development.

The CPN (UML) chairman also warned that conspiracy is being hatched to try to carry out activities that will disturb community and national unity and cause political and constitutional bitterness.

THAI WOMAN ARRESTED WITH COCAINE WORTH 61 MILLION

The police have come across huge cocaine cache during a security checking of a Thai national, Waranya Kaewpikul, at Tribhuvan International Airport (TIA) on Tuesday night.

The Thai woman was heading towards Thailand via Malaysia's Kuala Lampur from Kathmandu with 3 kilo and 54.5 grams of cocaine.

Nepal Police's Narcotics Control Bureau (NCB) confiscated the cocaine with estimated international market price standing at Rs 61.80 million, it was informed at a press briefing.

The cocaine was hidden in a 'false bottom' inside a suitcase, police said. She had arrived in Kathmandu on August 5 and stayed at multiple hotels, preliminary investigation showed. Similarly, a Nigerian named Remmy and  a Bolivian woman, Rossy Gueddy Toledo Vallejos were involved in the drug deal.

Nepal-China-India economic corridor : a prosperity propellant

Experts on foreign affairs and development from Nepal and China have said the China-Nepal-India economic corridor could help propel prosperity in the region.

Former Minister for Foreign Affairs and Convenor of the Eminent Persons' Groups, Bheikh Bahadur Thapa said, "The corridor will be very beneficial to Nepal, located between the two giant economies. It will be backbone of economic prosperity. But for this, a trilateral agreement is first need."

On the occasion, Chinese Ambassador to Nepal, Wu Chuntai, said the Himalaya won't be the obstruction at all on the three country corridor, as there were the trades even in the past between the three countries.

China always wishes sustainable peace, progress, and political stability in Nepal, and was ready to extend assistance for generating capital and technology for development.

नेपाल कप फुटबल:एनआरटी सेमिफाइलनमा

काठमाडौं,साउन २६ । काठमाडौंको एनआरटी क्लब चौथो नेपाल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगितामा स्थानिय नारायणगढ फुटबल क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिमा  स्थान बनाएको हो । विजयी टिमका लागि दुवै गोल विश्व गुरुङ्गले गरेका थिए । गुरुङ्गले पहिलो हाफको २७ औ मिनटमा रितेश मल्लले राईट कर्नरबाट गरेको क्रसलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यस्तै उनले दोश्रो हाफको दोश्रो मिनटमा अर्को गोल गर्दै टोलीलाई जित दिलाउन सफल भए ।

स्पोर्टस् फर अल नेपालको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा काठमाण्डौकै ब्वाईज युनियनले भरतपुर फुटबल क्लबमाथी टाईब्रेकरको सहायताले ४–१ गोल अन्तरले पराजित ग¥यो ।

निर्धारित ९० मिनटको समय सम्म दुवै टोलीबाट समान ३–३ गोल भई बरावरीमा खेल समाप्त भए पछि खेलको छिनोफानो टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा ब्वाईज युनियनका लागि जिम्मि, एसेस, सुजन पुन र केटाले गोल गरेका थिए भने भरतपुरका लगि सेगुनले मात्र गोल गरेका थिए । लवल र अभिषेक रिजालको बल गोल बारमा लागेर बाहिरेको थियो ।

निर्धारित समयको खेलमा पहिलो हाफको २१ औं मिनटमा जनक कार्कीले प्रहार गरेको बललाई बाबु बानियाले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको अवस्थामा ब्वाईज युनियनको लागि पहिलो हाफको २७ औं मिनटमा केटाले गोल गर्दै खेललाई बरावरीमा ल्याए । निकैनै प्रतिस्पर्धात्मक भएको खेलमा भरतपुरका लागि पहिलो हाफको २९ औं मिनटमा ३५ यार्ड टाढाबाट फाउलमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै लावलले पुन टोलीलाई २–१ गोल अन्तरमा पु¥याए । खेललाई बराबरीमा पु¥याउने क्रममा ब्वाईज युनियनका एससले दोश्रो हाफको १२औं मिनटमा गौतम श्रेष्ठले माईनस गरेको बलमा हेड गर्दै खेललाई पुन बराबरीमा पु¥याए ।

यस्तै भरतपुरका लावलले दोश्रो हाफको १८ औं मिनटमा आफ्नो ब्यक्तिगत दोश्रो गोल गर्दै पुन टिमलाई ३–२ को अग्रताका साथ जित नजिक पु¥याएका थिए । एक गोलले पछि परेको अवस्थामा संयमित खेल खेल्दै ब्वाईज युनियका विजेश थापाले डि बक्स नजिकबाट पाएको बललाई सिधै गोलमा परिणत गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । भोलीको खेल सेनाको त्रिभुवन आर्मी क्लब र विरगंज युथ एकेडेमी तथा नेपाल पुलिस क्लब र एभरेष्ट क्लब चितवनका विच प्रतिस्पर्धा हुनेछ ।

अन्तरराष्ट्रिय किक बक्सिङ पाण्डे दोस्रो

काठमाडौं,साउन २६ । अन्तरराष्ट्रिय किक बक्सिङ् प्रतियोगितामा नेपालका दुर्गाराज पाण्डेले दोस्रोस्थान हासिल गर्नुभएको छ । विश्व किक बक्सिङ् महासङ्घले इजिप्टको सिक्स अक्टोबर सिटिमा हालै आयोजना गरेको उक्त प्रतिस्पर्धामा पाण्डे अन्तिममा इजिप्टका प्रतिद्वन्द्वीसँग पराजित हुनुभएको थियो। उहाँले आफ्ना प्रतिस्पर्धिलाई पार लगाउँदै फाइनल चरणमा प्रवेश गर्नुभएको थियो । तीन दिनसम्म आयोजना भएको प्रतिस्पर्धामा विश्वभरका १६ देश सहभागि थिए । पाण्डेले ८० केजी स्पर्धामा सो सफलता प्राप्त गर्नुभएको थियो । यो प्रतियोगिता हरेक दुई बर्षमा आयोजना हुने गर्छ ।

तालिम प्रहरीको, सहभागी गृहका कर्मचारी

काठमाडौं,साउन २६ । मन्त्रालयले लागुऔषधसँग सम्बन्धित नै नभएका कार्मचारीलाई तालिमका लागि विदेश पठाउने गरेको छ। तर,लागुऔषधसम्बन्धी अपराध अनुसन्धान गर्ने प्रहरी भने तालिम र स्रोत–साधनको अभावमा छन्। गृहअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कर्मचारीको लागुऔषधको सम्बन्धमा कुनै सरोकार हुँदैन।  अध्यागमन कार्यालयका कर्मचारीको पनि यो कार्यक्षेत्र पर्दैन। तर, गृहले तिनै कार्यालयका कर्मचारीलाई लागुऔषधसम्बन्धी तालिममा विदेश पठाएको नयाँ पत्रिका दैनिकमा समाचार छ। अपराध अनुसन्धानका लागि स्रोत–साधन र तालिम अभाव भएको प्रहरी अधिकारीहरूले गुनासो गर्दै आएका छन्। तर, गृह मन्त्रालयले प्रहरीले लिने तालिममा समेत कर्मचारीलाई पठाउँदै आएको छ।

भारतमा जाने पनि गृहकै कर्मचारी बढी

भारतको नयाँदिल्लीमा हाल भइरहेको अपराध अनुसन्धानसम्बन्धी तालिममा पनि अधिकांश गृहकै कर्मचारी गएका छन्। राष्ट्रसंघको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालयले गरेको कानुन कार्यान्वयन अधिकृत तथा फरेन्सिक विज्ञसम्बन्धी तालिममा प्रहरीलाई दुई कोटा मात्र दिइएको छ । गृहका पाँच कर्मचारी गएका छन्। गृहका सहसचिव कृष्णबहादुर राउत, उपसचिव फणिन्द्रमणि पोखरेल, अधिकृतहरू सीता घिमिरे, नारायण अर्याललगायतका कर्मचारी सो तालिममा गएका हुन्।

प्रचण्डले मन्त्री पाएनन्, माओवादी केन्द्रमा मन्त्री छान्न सकस

काठमाडौं,साउन २६ । आगामी वैशाखसम्म सरकार चलाउने समयसीमा पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद विस्तार गर्न कठिन हुँदै गइरहेको छ। सरकार गठनको एक साता बित्दा पनि सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री तोक्न नसक्दा मन्त्रिपरिषद विस्तारमा अन्योल बढेको हो। नागरिक दैनिकमा समाचार छ।

माओवादीले प्राप्त गरेका आठमध्ये पाँच मन्त्रीको नाम टुंगो लगाउन मंगलबार बसेको हेडक्वार्टर बैठक बिनानिष्कर्ष टुंगियो। यसअघि प्रधानमन्त्री प्रचण्डसँगै माओवादीका तीन र कांग्रेसका दुई मन्त्रीले शपथ लिएका थिए। सोमबार प्रचण्डले राप्रपाका दुई र नेकपा संयुक्तका एक मन्त्री चयन गरे पनि मुख्या सत्ता साझेदारबाटै नाम टुंगो नलाग्दा ती तीनजनालाई कुन मन्त्रालय दिने भन्ने पनि अन्योलै छ।

स्रोतका अनुसार कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई नेविसंघको महाधिवेशनपछि मन्त्रीको टुंगो लगाउने जानकारी दिएको छ भने माओवादी केन्द्रमा मन्त्री हुन खोज्ने आकांक्षी धेरै भएकाले समस्या परिरहेको छ। सत्ता बाँफाँड क्रममा माओवादीले प्राप्त गरेका पाँच मन्त्रालयमा दर्जनभन्दा बढीले हानथाप गरिरहेको एक नेपालले जानकारी दिए।  माओवादीले तीन चार दिनमा मन्त्रीको टुंगो लगाउने तयारी गरेपनि कांग्रेममा भने अझै लामो समय लाग्ने सम्भावना छ।

कुन निर्वतमान मन्त्रीले भ्रमणमा कति खर्च गरे ? (सूचिसहित)

काठमाडौं,साउन २६ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा दुई करोड ३५ लाख ५९ हजार दुई सय ७५ रुपैयाँ खर्च गरेका छन् । ४१ जना मन्त्रीले नौ महिनाको अवधिमा जिल्ला भ्रमण गर्दा रकम खर्च गरेका हुन् । मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्रमणमा सबैभन्दा बढी निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले खर्च गरेका छन् । उनले १५ लाख ४८ हजार दुई सय ७० खर्च गरेको प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी चिरञ्जीवी पौडेलले बताए । सबैभन्दा कम स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले गरेका छन् । उनले ४५ हजार पाँच सय ५० मात्र खर्च गरेका छन् । मन्त्रीले जिल्ला भ्रमण जाँदा दैनिक तीन हजार रुपैयाँ भ्रमण भत्ता पाउँछन् । हवाईजहाजबाट यात्रा गरेको भए आवत–जावत टिकट खर्च पाउने व्यवस्था छ । मन्त्रीको टिममा रहेका व्यक्तिले पदअनुसार भ्रमण भत्ता पाउने कानुनी व्यवस्था आजको नयाँ पत्रिका दैनिकमा खबर छ  ।

के छ सरकारी व्यवस्था ?

मन्त्रीहरूको भ्रमण कार्यविधिमा भ्रमण टोली सानो हुनुपर्ने व्यवस्था छ । भ्रमण दलमा एक सुरक्षाकर्मी, स्वकीय सचिवालय र मन्त्रालयका तर्फबाट एक–एक गरी बढीमा तीनजनासम्मका लागि सरकारले खर्च व्यहोर्छ । जिल्ला भ्रमण गर्नुपूर्व प्रधानमन्त्रीबाट स्वीकृति लिने र भ्रमण मितव्ययी हुनुपर्ने व्यवस्था छ । एक जिल्लामा दुई दिनभन्दा बढी नबस्ने, उपलब्ध भएसम्म सरकारी गेस्टहाउसमा बस्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

भ्रमणबाट फर्केपछि प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्नुपर्ने हुन्छ । प्रतिवेदन संलग्न गरेपछि मात्र भ्रमण बिल भुक्तानी हुनेछ । आवश्यक नपरी एउटै जिल्लामा महिनामा दुईपटकभन्दा बढी भ्रमण गरे त्यहाँ भएको खर्चको बिल भुक्तानी नहुने व्यवस्था छ ।

प्रचण्डले फोन गरेपछि ओलीलाई यस्तो फसाद

काठमाडौं,साउन २६ । केपी ओलीलाई दुई जना पात्रले रुने बनाएका थिए, माओवादी अध्यक्ष प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजय कुमार गच्छदार । आफूसँग सरोकार राख्ने कुरा र मन्त्रालयमा भनेजस्तो निर्णय भएन भने प्रचण्डले क्याविनेट बैठक बसिरहेको बेला फोन गर्थे । ‘मन्त्रीपरिषद्का एजेण्डा पहिल्यै प्रचण्डकोमा पुगिसकेका हुन्थे , आफूलाई फाइदा हुने देखिएन भने फोन गर्थे, कतिपटक ओलीले बैठक चल्दाचल्दै उठेर हिड्नुपरेको थियो’ निवर्तनमान सरकारका एक मन्त्रीले भने ।

सरकार अप्ठेरोमा परेपछि भाग खोज्दै हिँड्ने विजयकुमार गच्छदारले पनि हैरान पारे । भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालयको एजेन्डामा छलफल गर्ने पालो आउँदा ‘यो निर्णय भएन भने पार्टीमा मिलाउन गाह्रो हुन्छ, त्यो बेला सकारमा रहिरहन समस्या हुन्छ,’भन्दै पाइदा हुने निर्णय गराइछाड्थे । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

‘छक्का पन्जा’ को ट्रेलर आयो, एकदिनमै १ लाखले हेरे (भिडियो सहित)

२६ साउन, काठमाडौं ।
चलचित्रको गित बाटै ट्रेलर सार्वजनिक अघि नै लोकप्रिय बनेको चलचित्र छक्का पन्जाको ट्रेलर सार्वजनिक भएको छ ।

बहु प्रतिक्षित रुपमा हेरिएको चलचित्र छक्का पन्जाको ट्रेलर एक दिनमै सामाजिक सञ्जाल यु ट्युवमा १ लाख २० हजार बढीले हेरेका छन् ।

ट्रेलरबाटै शुभ संकेत देखाएको चलचित्र छक्का पन्जा यसअघिका दुई चलचित्र छ एकान छ र वडा नम्वर ६ को तुलनामा अझै लोकप्रिय हुने ठानिएको छ ।

दिपकराज गिरी र दीपाश्री निरौलाको टिमले नै बनाएपनि छक्का पन्जालाई पहिलो पटक निर्देशन दिपाश्री ले गरेकी छिन् ।

चलचित्रमा दीपकराज गिरी, वुद्धी तामाङ, जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका कलाकारको उत्कृष्ठ हांस्य अभिनय देख्न सकिन्छ ।

चलचित्रमा मुख्य नायिकाको रुपमा लोकप्रिय नायिका प्रियंका कार्की सँगै नम्रता सापकोटा र बर्षा राउतको पनि अभिनय रहेको छ ।

निर्माण पक्षले चलचित्रको कथाबस्तु सार्वजनिक नगरेपनि यसको ट्रेलर हेर्दा बेरोजगारी, बैदेशीक रोजगारीको कथा र गाउँघरको कथा वस्तुसँगै तराईको कथालाई समेटेको सहजै अनुमान गर्न सकिन्छ ।

चलचित्र छक्का पन्जाको ट्रेलर भने काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको थियो ।
चलचित्रमा हांस्य कलाकार कुञ्जना घिमिरे, निशान बजगाँइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको संयुक्त लगानी रहेको छ ।

चलचित्र छक्का पन्जा भदौ २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रको विदेश प्रदर्शनको लागि समेत दर्जनौं देशबाट माग भइसकेको र सम्झौताको चरणमा रहेको बुझिएको छ ।

हेर्नुहोस् चलचित्रको ट्रेलर र लोकप्रिय बनेका गितहरु

गर्भवती महिला दाम्लोमा बाँधिएर बस्न बाध्य

२६ साउन, काठमाडौं । आर्थिक अभावका कारण उपचार हुन नसकी उदयपुरमा एक मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी छिन् ।

ःबजष्बि९ज्ष्mकबमानसिक सन्तुलन गुमाएकी त्रियुगा नगरपालिका ५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की विगत ६ महिनादेखि घरमै दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी छिन् ।

गरिब तथा विपन्न परिवारकी ती महिलाको उपचार गर्ने आर्थिक अभावले गर्दा दाम्लोमा बाँधिएर बस्नु परेको आजको राजधानी दैनिकमा समाचार छ ।

उनी दुबै हातमा बाँसको टातीमा बाँधिएको अवस्थामा बसेकी छिन् ।

गर्भवती अवस्थामा नियमित आहार, व्यायाम, स्याहारसुसारमा विशेष ध्यन दिनुपर्नेमा उनी भने बाँधिएर बस्न बाध्य भएकी छन् ।

उनले उपचार पाए ठीक हुने भए पनि उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएको स्थानीयले बताए ।  अझ उनलार्इै पतिले समेत गर्भवती अवस्थामा नै घरमा छाडेर हिँडेपछि उनी थप बिचल्लीमा परेकी छन् ।

गर्भ रहेको दुई महिनाको भएपछि छोराले समेत छाडेर हिँडेपछि बृद्ध सासूससुरालाई बिरामी बुहारीको हेरचाह गर्न गाह्रो भएको ससुरा भीमबहादुर खड्काले बताए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web