आईजीपी नै मापसे कक्षामा बसेपछि

२६ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा छड्के जाँतका लागि पुगेका प्रहरी महानिरीक्ष उपेन्द्रकान्त अर्याल मापसे कक्षमा सहभागी भए ।

महाशाखा परिसरको टेन्टमा मादक पदार्थ सेवन गरेर सवारी चालाउनेहरुको कक्षा चलिरहेको थियो । मापसे गरेर सवारी चलाउँदा बढ्ने जोखिमबारे ब्रिफिङ हुंदाहुंदै एक ब्यक्ति टेन्टभित्र छिरे र मापसेकर्ता चालकसंगै कक्षामा सहभागी भए । आजको राजधानी दैनिकमा समाचार छ ।

तर, ती मापसे गरेर सवारी चलाएर नियम उल्लघंनकर्ता चालक हैन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल थिए जो ट्राफिक महाशाखाको गतिविधीको छड्के निगरानीका लागी आएका थिए ।

यसअघि प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरो र लागुऔषध नियन्त्रण ब्युरोको छड्के निगरानीमा गएका अर्याल मंगलबार रामशाहपथमा रहेको ट्राफिक महाशाखाको गतिविधी हेर्न कार्यालयमा पुगेका थिए ।

कक्षामा सहभागीहुंदाहुंदै उनले त्यहां सहभागीको गुनासो सुनेका थिए । आइजीसंगै सहभागी एक प्रहरी अधिकारीका अनुसार अधिकांशले मापसेमाथिको कारवाहीको मापदण्ड तोक्न माग गरेका थिए ।

मापसे कक्षापछी महाशाखामा आएका सेवाग्रहीसंग उनले कुराकानी गरे । महाननिरिक्षकलाई सेवाग्रहीले ट्राफिक जरिवानावापतको पैसा बुझाउन लाइन लामो हुंदा समय लाग्ने गरेको, लाइसेन्स,ब्लुबुक खोज्न धेरै समय लाग्ने गुनासो सुनाएका थिए ।

छड्केमा आईजीपी अर्यालसँगै सहभागी स्रोतका अनुसार लेन अनुशासनको नाममा ट्राफिक प्रहरीले दुख दिएको बढी गुनासो आएको थियो । सडकमा संकेत चिन्ह नुहँदा चालक झुक्किने गरेको ट्राफिकको व्यवहार रुखो हुने गरेको गुनासो आइजीपीलाई सुनाएका थिए ।

व्यापारी र उद्योगपतीको खोल ओडेका लागू औषध तस्कर संघाइ लुक्न भारत पुगे

२६ साउन, काठमाडौं ।
अवैध लागूऔषध तस्करीको अभियोगमा अनुसन्धानमा परेका चर्चित व्यापारिक घराना संघाई समूहका अध्यक्ष पवनकुमार संघाई भागेर लुक्न भारत पुगेका छन् ।

प्रहरी अनुसन्धान बढाएपछि शक्तिकेन्द्रको आडामा जोगिन विदेश भागेको प्रहरी स्रोतले बताएको छ ।

लागूऔषध व्युरो स्रोतका अनुसार संघाइ हाल छिमेकी मुलुक भारतमा लुकेर बसेको आजको राजधानी दैनिकमा समाचार छ ।

लागू औषध कारोबार गरेको अभियोगमा सो समूहका रतन संघाइलाई पक्रााउ गरेलगत्तैदेखि अध्यक्ष पवनको फोन नेपालमा प्रयोग नभएको कारण उनी विदेश भागेको अनुमान प्रहरीको छ ।

नेपाल भारतमा रहको व्यपारिक प्रतिष्ठान पनि हेर्न मिल्ने गरी उनी भारततर्फ फरार भएका कारण उनलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ ।

आगूऔषध तस्करी गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले एक साताअघि पवन संघाइ र उनको सबै कम्पनीको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ ।

स्करणीय यिनै तस्कर संघाई दुई बर्षअघि सांसद रहेका श्यामसुन्दर गुप्ताको अपहरणमा परेका थिए । जती बेला राम्रो छविका व्यापारी भन्दै उनलाई छुटाउन र बचाउन सबै लागेका थिए ।

सुत्केरीको २० हजारको उपचार गर्न डेढ लाख खर्चेर भाडामा लगिएको थियो हेलिकोप्टर

२६ साउन, काठमाडौं ।

बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकप्टर सोमबार दुर्घटना हुँदा सिर्दिवास २ का पाँचसहित सातजनाको मृत्यु भयो ।

बिरामीले उपचार पाउनु त पर, सातजानाले व्यर्थै जीवन गुमाउनुपर्‍यो ।

तीन दिनअघि गत शुक्रबार सिर्दिवास ९ न्याकमा लक्षेन्द्र गुरुङ र फुलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकप्टर चार्टर्ड गरी काठमाडौं लगियो । आजको अन्नपूर्णमा समाचार छ ।

उनीहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्यसभन्दा केही दिनअघि सोही गाउँका दुई महिलालाई हेलिकप्टर चार्टर्ड गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो ।

१५ दिन काठमाडौंमा उपचार गर्दा २० हजार रुपैयाँ खर्च भएको विरामी को हेरचाह गर्न आएकी कुमारी गुरुङले बताइन् ।

त्यसभन्दा केही दिनअघि ल्हो गाविसका दुई घाइतेलाई पनि एक लाख ७० हजार रुपैयाँ भाडा तिरेर हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । केही दिनको उपचारपछि उनीहरु घर फर्किए ।

९ महिने केपी सरकारका मन्त्रीको जिल्ला भ्रमण खर्च् दुई करोड ३५ लाख

२६ साउन, काठमाडौं ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा दुई करोड ३५ लाख ५९ हजार दुई सय ७५ रुपैयाँ खर्च गरेका छन् ।

४१ जना मन्त्रीले नौ महिनाको अवधिमा जिल्ला भ्रमण गर्दा रकम खर्च गरेका हुन् ।
हेर्दा रकम धेरै देखिएपनि औषतमा यसअघिका सरकारका मन्त्रीहरुले गरेको खर्च अनुपातमा यो सन्तुलित देखिन्छ । यद्यपी यस रकम मध्ये केही मन्त्रीको खर्च भने बढी नै पाइएको छ ।

मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्रमणमा सबैभन्दा बढी निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले खर्च गरेका छन् । उनले १५ लाख ४८ हजार दुई सय ७० खर्च गरेको प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी चिरञ्जीवी पौडेलले बताए ।

सबैभन्दा कम स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले गरेका छन् । उनले ४५ हजार पाँच सय ५० मात्र खर्च गरेका छन् । मन्त्रीले जिल्ला भ्रमण जाँदा दैनिक तीन हजार रुपैयाँ भ्रमण भत्ता पाउँछन् । आजको नयाँ पत्रिका देनिकमा समाचार छ ।

हवाईजहाजबाट यात्रा गरेको भए आवत–जावत टिकट खर्च पाउने व्यवस्था छ । मन्त्रीको टिममा रहेका व्यक्तिले पदअनुसार भ्रमण भत्ता पाउने कानुनी व्यवस्था छ ।

मन्त्रीहरूको भ्रमण कार्यविधिमा भ्रमण टोली सानो हुनुपर्ने व्यवस्था छ । भ्रमण दलमा एक सुरक्षाकर्मी, स्वकीय सचिवालय र मन्त्रालयका तर्फबाट एक–एक गरी बढीमा तीनजनासम्मका लागि सरकारले खर्च व्यहोर्छ ।

जिल्ला भ्रमण गर्नुपूर्व प्रधानमन्त्रीबाट स्वीकृति लिने र भ्रमण मितव्ययी हुनुपर्ने व्यवस्था छ । एक जिल्लामा दुई दिनभन्दा बढी नबस्ने, उपलब्ध भएसम्म सरकारी गेस्टहाउसमा बस्नुपर्ने व्यवस्था कार्यविधिमा छ । भ्रमणबाट फर्केपछि प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्नुपर्ने हुन्छ ।

प्रतिवेदन संलग्न गरेपछि मात्र भ्रमण बिल भुक्तानी हुनेछ । आवश्यक नपरी एउटै जिल्लामा महिनामा दुईपटकभन्दा बढी भ्रमण गरे त्यहाँ भएको खर्चको बिल भुक्तानी नहुने व्यवस्था छ ।

भारतीय एसएसबीले नेपाली भूमिमा निर्माण गर्न रोक लगाएको पुल एमालेले बनायो

पप्पु गुरुङ्-२६ साउन, दोधारा चाँदनी ।
दोधारा चाँदनीको कञ्चनभोजमा करिब ४ साता अघि नेपाली काग्रेंसले बनाएको कच्ची बाटो वर्षाको पानीले भत्काएपछि नेकपा एमाले दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बुको अगुवाईमा अस्थायी काठे पुल निर्माणमा सम्पन्न भएको हो ।

स्थानियबासी, एमाले कार्यकर्ता, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली भारतिय सिमा सुरक्षा बल एसएसबी संग भएको बार्ता पछि एसएसबीले आफ्नो निगरानीमा पुल बन्ने सहमती भएपछि आज देखि अस्थायी पुल निर्माण अगाडी बढाईएको छ् ।

हिजो अबेर राती सम्मको दुबै पक्ष संगको बार्तापछि एसएसबीले आफ्नो निगरानीमा पुल बन्न दिने तथा पुलको चौडाई ३ फिट मात्र राख्न सहमत भएपछि आज देखि निर्माण कार्य सुचारु ग्रिएको भारतिय सिमा सुरक्षा बल एसएसबीको ईन्सपेक्टर सुमान सौरभले जानकारी दिएका छन् ।

“दश गजामा निर्माण गर्ने बिषय गम्भिर हो” एसएसबीको ईन्सपेक्टर सौरभले भने– “माथी सोध्नु पर्ने भएको कारण हिजो काम रोक्न लगाईएको हो” हिजो पुल निमार्ण रोक लगाएपछि सामान्य बिबाद समेत श्रजना भएको थियो । एमाले कार्यकर्ता र स्थानियबासीहरुले दोधारा चाँदनी नगरपालिका वडा नं. ७, कञ्चनभोजको सिमा क्षेत्र नजिक रहेको खाल्डोमा अस्थायी पुल बनाउने आज सम्पन्न गरेको हो । निमार्ण कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि आज सघाएका थिए ।

कच्ची बाटोमा पानीको कारण सडकमा ठुलो खाल्डो बनाएपछि एमालेले बाटो बनाउनमा चाँसो लिएको हो । हिजो भारतिय सिमा सुरक्षा बल एसएसबीको ईन्सपेक्टर सुमान सौरभको टोलीले निर्माण कार्यमा रोक लगाएको हो । दश गजामा पुल बनाएको भन्दै रोक लगाएको प्रहरीले जनाएको छ ।

केही दिन अघि उक्त स्थानमा काग्रेंसले बनाएको बाटो वर्षाले जिर्ण भएपछि स्थानियहरुलाई सिमावर्ती भारतिय बजार आवात जावत गर्न असहज भएको थियो । बाटो फेरि वर्षाको पानीले बिगारेपछि नेकपा एमाले दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बुको अगुवाईमा अस्थायी काठे पुल बनाउने निधो गरिएको थियो ।

“दश गजामा पुल बनाएको भन्दै काम रोक्यो” स्थानियबासी तथा युवा संघ नेपाल दोधारा चाँदनी नगरकमिटि अध्यक्ष राम सिंह खड्काले भने । हिजो हतियार सहित आएको भारतिय सिमा सुरक्षा बल एसएसबीको टोलीले धम्की पुर्ण भाषा प्रयोग गर्दै काम तत्काल रोक्न लगाए पछि केही समयको लागी सिमा क्षेत्र तनाव भएको थियो ।

बिबाद हुन सक्ने अवस्था बुझेर नेपाल प्रहरी र सशस्त्र प्रहरी पहिले देखि तैनाथ रहेका थिए । एमाले कार्यकर्ता, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली समेत पुगेर भारतिय सिमा सुरक्षा बल एसएसबी अस्थायी पुल निर्माणमा बाधा नपुर्‍याउन आग्रह समेत गरेका थिए ।

“हामीलाई किन जानकारी नगराएको” भन्दै एसएसबी हिजो काम रोकेको बताईएको छ् । सिमावर्ती भारतिय बजारमा आवत जावत गर्न निकै असजिलो भएको भन्दै नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिको अगुवाईमा स्थानियबासी, बजार ब्यवस्थापन समिति, प्रहरीको साँझा सहयोगमा आज दुबै देशका नागरिकलाई आवागमन सहज बनाउन उक्त स्थानमा अस्थायी काठे पुल निर्माण गरिएको हो ।

“वर्षाको पानीले ठुलै खाल्डो बनाएपछि हिड्नै असजिलो भएको कारण उक्त स्थानमा आवागमनको लागी बाटो सहज बनाउन थालेका हौ”  नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बुले भने । “तर हिजो भारतिय सिमा सुरक्षा बल एसएसबीले काम रोक्यो” अध्यक्ष लिम्बुले भने ।

एसएसबीले अस्थायी काठे पुल आफ्नो निगरानीमा निर्माण कार्य अघि बढाउन सहमती पछि काम अघि बढाईएको लिम्बुको भनाई छ् । दुबै देशको सिमाको बिषय भएको भन्दै बिबाद हुनसक्ने बताउदै आफुले गम्भिरता पुर्वक लिएको एसएसबीको ईन्सपेक्टर सुमान सौरभको भनाई रहेको छ् । एमाले कार्यकर्ता, नेपाल समाज कल्याण संघ महेन्द्रनगर, दोधारा बाबाथान बजार ब्यवस्थापन समिति, दोधारा चाँदनी नगरपालिका कार्यालय लगाएत स्थानियबाीहरुले निर्माण कार्यमा सघाएको बताईएको हुन् ।

पानीले बाटो अबरुद्ध बनाएपछि कसैले उक्त कच्ची बाटो मर्मत गर्न ध्यान नदिएपछि सबै मिलेर अस्थायी काठे पुल निर्माण गर्न लागिएको स्थानिय एमाले जिल्ला सदस्य हिरा थापाले जानकारी दिएका छन् । “वर्षाको पानीले बाटोमा ठुलै खाल्डो बनाएपछि आवागमन ठप्प भएपछि आवागमन सहज बनाउन काठे पुल निमार्ण गर्न लागिएको हो” नेकपा एमाले दोधारा चाँदनी नगरकमिटि जिल्ला सदस्य तथा दोधारा चाँदनी ईन्चार्ज राजिब खड्काले बताए ।

दैनिक उपभोग्य समान, औषधी उपचार, पैन्सन लिन लगाएत दर्जनौ काममा दोधारा चाँदनीका स्थानियबासीहरु यसै बाटो सिमावती भारतिय बजार पस्ने गर्छन् । नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बु सहितको एक टोलीले उक्त खाल्डो भएको बाटोको निरिक्षण गरे पश्चात अस्थायी काठे पुल निर्माण गर्ने निर्णय गरेको हो । तत्कालको लागी सामान्य आवत जावत सहज गर्न अस्थायी काठेको पुल निमार्ण गरिएको बताईएको छ् ।

हेपाह भारत ! सिमानाको अस्थायी पुल निर्माण एसएसबीद्वारा अवरुद्ध (फोटो फिचर)

राष्ट्रिय किर्तिमान राख्दै शिरिषको रियो ओलम्पिक यात्रा सकियो

रियो,साउन २५ । ब्राजिलमा जारी ओलम्पिकमा नेपालका पौडीबाज शिरीष गुरुङले  राष्ट्रिय किर्तिमान बनाउदै पहिलो हिट्सबाट बाहिरिएका छन्। एक सय मिटरको फ्रि(स्टाइलबाट उनी बाहिरिएका हुन्।

ओलम्पिकको हिट्सबाट बाहिरिए पनि उनले राष्ट्रिय कीर्तिमान भने बनाएका छन्। उनले ५७ दशमलव ७६ को नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

उनको व्यक्तिगत र राष्ट्रिय किर्तिमान् ५८:२२ रहँदै आएकोमा उनले आज ५७:७६ मिनेटमा पुरा गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरे। तर, आठ खेलाडीले प्रतिस्पर्धा गरेको“हिट २” मा शिरिष अन्तिममा रहे । यसअघि शिरिषले गत बर्ष कजान (रुस) मा भएको १६ औं फिना विश्व च्याम्पियनसिपमा ५८.२२ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

जितबहादुर रियो ओलम्पिक यात्रा पहिलो चरणबाटै समाप्त

काठमाडौं, साउन २५ ।  ब्राजिलको रियो द जेनेरियोमा चलिरहेको ओलम्पिक खेलमा आर्चरीका जीतबहादुर मोक्तान  पहिलो चरणवाटै बाहिरिएका छन् ।  ७० मिटरको आर्चरीको व्यक्तिगत प्रतिस्पर्धाको राउण्ड अफ ६४ मा मकवानपुरका जितबहादुर भारतका अतनु दाससँग सबै ६ सेटमा नै पराजित हुदै पहिलो चरणवाटै बाहिरिएका हुन् ।

दक्षिण एसियाली तेक्वान्दोमा नेपाललाई तीन स्वर्ण सहित १२ पदक

काठमाडौ,साउन २५ । भारतको बैंग्लोरमा भएको ५औँ दक्षिण एसियाली आमन्त्रण आइटिएफ तेक्वान्दो च्याम्पियनसिमा नेपाल टिम दोस्रो भएको छ । नेपालले कुल १२ पदक हात पा¥यो । बैग्लोरमा सोमबार राती सम्म भएको खेलमा नेपालले चार स्वर्ण,पाँच रजत र तीन कास्य पदक हात पारेको दक्षिण एसियाली आइटिएफ तेक्वान्दोका उपाध्यक्ष तथा नेपाल आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमलाले बताए । नेपालका लागि सोनी खड्काले दुई स्वर्ण तथा पुजा खुलाल मगर र विरेन्द्र कुँवरले समान एक–एक स्वर्ण हात जिते । सोनीले प्याट्रन र फाइट दुवैतर्फ स्वर्ण जितीन् । फाइटतर्फबाट खुलाल मगरले (४७–५२) र कुँवुरले(४७–५२) तौल समुहमा नेपाललाई स्वर्ण दिलाएका थिए ।

महिलातर्फ ब्लाक बेल्ट तेस्रो डानको प्याट्रन र फाइटको ४७ केजी मूनि तौल समुहमा सोनी खड्काले स्वर्ण जितिन् । प्याट्रमा सोनीले भारतिय खेलाडी इलिना घोसलाई हराउदै नेपाललाई स्वर्ण दिलाइन् । फाइटमै आशिष कार्की,मनोज खड्का,दिपक गौतम र सुवाष आले मगरले रजत पदक जितेका छन् । प्याट्रनको पहिलो डानमा पुजा खुलाल मगरले रजत पदक पनि जितीन् । आशीष कार्कीले तेस्रो डानको प्याट्रनमा पनि रजत पदकमा हात पारे । सेमिफाइनलमा अफगानिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका कार्की फाइनलमा भारतिय खेलाडी खेलाडीसँग पराजित भएपछि रजतमै चित्त बुझाए । दिलेन राई,विरेन्द्र कुँवर र दिपक गौतमले कास्य पदकमै चिक्त बुझाए ।

बैग्ंलोरमा भएको प्रतियोगितामा नेपालका १० खेलाडी सहभागीता जनाएका थिए । टोलीको प्रशिक्षक दिनेश शर्मा र विजय श्रेष्ठ छन् । प्रतियोगितामा राष्ट्रिय मार्शल गेम्स महासघं(एनएमजीसि)का अध्यक्ष समेत रहेका प्रविन कुमार कार्कीले नेपालकोतर्फ बाट एक मात्र निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेपाल आइटिएफका अध्यक्ष अन्जन धमला दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासघंको वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । प्रतियोगितामा दक्षिण एसियाली तेक्वान्दोका वरिष्ठ उपाध्यक्ष धमलाले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । केही दिन अगाडी मात्र कार्की दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासघंका बोर्ड सदस्यमा पनि निर्वाचित भएका थिए । च्याम्पियनसिपमा खेलाडीहरु योगेश छन्त्याल मनोज खड्का,आशिष कार्की,सुर्य बहादुर तामाङ,दिलेन राई,विरेन्द्र कुँवर,पुजा खुलाल मगर,सोनी खड्का,दिपक गौतम र सुवास आले मगरले फाइट तथा प्याट्रनमा नेपालको तर्फबाट चुनौती पेश गर्नेछन् । च्याम्पियनसिपमा नेपालले फाइट,प्याट्रन र टिम प्याट्रनमा सहभागीता जनाएको थियो ।

नेपाल कप फुटबल:रौतहटलाई पाखा लगाउंदै एभरेष्ट क्वाटरफाइनलमा

रौतहट,साउन २६ । रौतहट जिल्ला फुटबल संघलाई टाई ब्रेकरमा ५ – ४ गोल अन्तरले हराउँदै चितवनको एभरेष्ट क्लब चौथो नेपाल कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगिताको निर्धारित ९० मिनटको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसके पछि खेलको टुङ्गो टाई ब्रेकरबाट गरिएको थियो । राम्रो खेल प्रदर्शन गरेको रौतहटले निर्धारित समयमा थुप्रै गोलका अवसर प्राप्त गरेता त्यसलाई सदुपयोग गर्न नसके पछि प्रतियोगिताबाट बाहिरिएको छ ।

स्पोर्टस् फर अल क्लबको आयोजनामा भएको प्रतियोगितामा विजयी क्लबका लागि दिपेन्द्र ठकुरी, मनिष आले, दीपक भुजेल, बिदी मगर र देव गुरुङ्गले जाली चुमाएका थिए । रौतहटका लागि राजु गोले, सुन्दर लोपचन, रवी तामाङ र विक्रम घिमिरेले गोल गरे भने कृष्ण लामाको प्रहारलाई एभरेष्टका गोल किपर सरोज तामाङले जाली चुम्नबाट बचाए । सरोज खेलको म्यान अफ द म्याच समेत घोषित भए । अव एभरेष्टले क्वाटरफाइनलमा नेपाल प्रहरीको सामना गर्नेछ । भोलीको पहिलो खेल ब्वाईज युनियन क्लब र भरतपुर फुटबल क्लब तथा दोश्रो खेल नारायणगढ फुटबल क्लब र एनआरटी क्लबकाविच हुने कार्यक्रम रहेको छ ।

फुपुल्हामु रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिन्

काठमाडौं, साउन २५ । पहिलो पल्ट ओलम्पिकमा सहभागी नेपालकी स्वर्ण पदकधारी जुडो खेलाडी  फुपुल्हामु खत्री रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । मंगलबार बेलुकी भएको ६३ किलो तौलसमूहमा खत्री क्युबाकी मारिसेट स्पिनोसासँग पराजित हुँदै खत्री ओलम्पिकबाट बाहिरिएकी हुन् ।

गएको फागुनमा भारतमा भएको दक्षिण एशियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेकी खत्रीले रियो द जेनेरियोमा पुरै समय खेले पनि सागको प्रदर्शन दोहोर्याउन सकिनन् ।

हेपाह भारत ! सिमानाको अस्थायी पुल निर्माण एसएसबीद्वारा अवरुद्ध (फोटो फिचर)

पप्पु गुरुङ्दो-दोधारा चाँदनी,साउन २५ । दोधारा चाँदनीमा करिब ४ साता अघि कांग्रेसले बनाएको कच्ची बाटो वर्षाको पानीले भत्काएपछि एमालेको अगुवाईमा  बन्न थालेको अस्थायी काठे पुल निर्माणमा भारतिय सिमा सुरक्षा बल एसएसबीले रोक लगाएको छ् । निर्माण कार्यमा एसएसबीले रोक लगाएपछि सामान्य बिबाद समेत सृजना भएको थियो । एमाले कार्यकर्ता र स्थानियबासीहरुले दोधारा चाँदनी नगरपालिका वडा नं. ७, कञ्चनभोजको सिमा क्षेत्र नजिक रहेको खाल्डोमा पुल बनाउन थालेपछि एसएसबीको एक टोली आएर रोक लगाएको बताईएको छ् । कच्ची बाटोमा पानीको कारण सडकमा ठुलो खाल्डो बनाएपछि एमालेले बाटो बनाउनमा चाँसो लिएको हो । भारतिय सिमा सुरक्षा बल एसएसबीको ईन्सपेक्टर सुमान सौरभको टोलीले निर्माण कार्य रोक लगाएको हो ।

दश गजामा पुल बनाएको भन्दै रोक लगाएको प्रहरीले जनाएको छ् । केही दिन अघि उक्त स्थानमा काग्रेंसले बनाएको बाटो वर्षाले जिर्ण भएपछि स्थानियहरुलाई सिमावर्ती भारतिय बजार आवात जावत गर्न असहज भएको हो । “दश गजामा पुल बनाएको भन्दै काम रोक्यो” स्थानियबासी तथा युवा संघ नेपाल दोधारा चाँदनी नगरकमिटि अध्यक्ष राम सिंह खड्काले भने । कच्ची बाटोमा पानीको कारण सडकमा ठुलो खाल्डो बनाएपछि एमालेले बाटो बनाउनमा चा“सो लिएको हो । भारतिय सिमा सुरक्षा बल एसएसबीको ईन्सपेक्टर सुमान सौरभको टोलीले निर्माण कार्य रोक लगाएको हो । दश गजामा पुल बनाएको भन्दै रोक लगाएको प्रहरीले जनाएको छ् । निर्माण कार्य रोकेपछि स्थानियहरुले भारतको रबैया प्रति आपत्ती जनाएका छन् ।

दोधारा चाँदनीमा अस्थायी पुल निर्माणमा एसएसबीको रोक

पप्पु गुरुङ्, २५ साउन, दोधारा चाँदनी । दोधारा चाँदनीमा करिब ४ साता अघि काग्रेंसले बनाएको कच्ची बाटो वर्षाको पानीले भत्काएपछि एमालेको अगुवाईमा आज बन्न थालेको अस्थायी काठे पुल निर्माणमा भारतिय सिमा सुरक्षा बल एसएसबीले रोक लगाएको छ् । निर्माण कार्यमा एसएसबीले रोक लगाएपछि सामान्य बिबाद समेत श्रजना भएको थियो । आज दिउसो एमाले कार्यकर्ता र स्थानियबासीहरुले दोधारा चाँदनी नगरपालिका वडा नं. ७, कञ्चनभोजको सिमा क्षेत्र नजिक रहेको खाल्डोमा पुल बनाउन थालेपछि एसएसबीको एक टोली आएर रोक लगाएको बताईएको छ् । कच्ची बाटोमा पानीको कारण सडकमा ठुलो खाल्डो बनाएपछि एमालेले बाटो बनाउनमा चाँसो लिएको हो । भारतिय सिमा सुरक्षा बल एसएसबीको ईन्सपेक्टर सुमान सौरभको टोलीले निर्माण कार्य रोक लगाएको हो । दश गजामा पुल बनाएको भन्दै रोक लगाएको प्रहरीले जनाएको छ् । केही दिन अघि उक्त स्थानमा काग्रेंसले बनाएको बाटो वर्षाले जिर्ण भएपछि स्थानियहरुलाई सिमावर्ती भारतिय बजार आवात जावत गर्न असहज भएको हो । “दश गजामा पुल बनाएको भन्दै काम रोक्यो” स्थानियबासी तथा युवा संघ नेपाल दोधारा चाँदनी नगरकमिटि अध्यक्ष राम सिंह खड्काले भने । हतियार सहित आएको भारतिय सिमा सुरक्षा बल एसएसबीको टोलीले धम्की पुर्ण भाषा प्रयोग गर्दै काम तत्काल रोक्न लगाएको थियो । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली समेत पुगेर भारतिय सिमा सुरक्षा बल एसएसबी संग बार्ता समेत गरेको हो । “हामीलाई किन जानकारी नगराएको” भन्दै एसएसबी काम रोकेको बताईएको छ् । सिमावर्ती भारतिय बजारमा आवत जावत गर्न निकै असजिलो भएको भन्दै नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिको अगुवाईमा स्थानियबासी, बजार ब्यवस्थापन समिति, प्रहरीको साँझा सहयोगमा आज दुबै देशका नागरिकलाई आवागमन सहज बनाउन उक्त स्थानमा अस्थायी काठे पुल निर्माण गर्न थालेको हो । “वर्षाको पानीले ठुलै खाल्डो बनाएपछि हिड्नै असजिलो भएको कारण उक्त स्थानमा आवागमनको लागी बाटो सहज बनाउन थालेका हौ”  नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बुले भने । “तर भारतिय सिमा सुरक्षा बल एसएसबीले काम रोक्यो” अध्यक्ष लिम्बुले भने । एसएसबीले अस्थायी पुल आफ्नो निगरानीमा निर्माण कार्य अघि बढाउन सहमत भएको स्थानियहरुको भनाई रहेको छ् । “पुल निर्माण भए हाम्रो निगरानीमा हुन्छ् नत्र बन्न दिदैनौ” भारतिय सिमा सुरक्षा बल एसएसबीको ईन्सपेक्टर सुमान सौरभले भने । दुबै देशको सिमाको  बिषय भएको भन्दै बिबाद हुनसक्ने बताउदै आफुले गम्भिरता पुर्वक लिएको एसएसबीको ईन्सपेक्टर सुमान सौरभको भनाई रहेको छ् । स्थानियबासीको भनाई अनुसार पुल बनाउन लागेको स्थान दश गजा नभएको दाबी गर्दै आएका छन् । नेपाल समाज कल्याण संघ महेन्द्रनगर, दोधारा बाबाथान बजार ब्यवस्थापन समिति, दोधारा चाँदनी नगरपालिका कार्यालय लगाएत स्थानियबाीहरुले निर्माण कार्यमा सघाएको बताईएको हुन् । पानीले बाटो अबरुद्ध बनाएपछि कसैले उक्त कच्ची बाटो मर्मत गर्न ध्यान नदिएपछि सबै मिलेर अस्थायी काठे पुल निर्माण गर्न लागिएको स्थानियबासी बिष्णु बहेक क्षेत्रीले जानकारी दिएका छन् । “वर्षाको पानीले बाटोमा ठुलै खाल्डो बनाएपछि आवागमन ठप्प भएपछि आवागमन सहज बनाउन काठे पुल निमार्ण गर्न लागिएको हो” नेकपा एमाले दोधारा चाँदनी नगरकमिटि जिल्ला सदस्य तथा दोधारा चाँदनी ईन्चार्ज राजिब खड्काले बताए । एसएसबीले बिनासित्तै काममा अड्चन हालेर आफ्नो हैकमबाद देखाएको ईन्चार्ज खड्काको भनाई छ् । दोधारा चाँदनीका स्थानियहरु बिभिन्न काममा सिमावर्ती भारतिय बजार जाने उक्त प्रमुख बाटो मानिन्छ् । दैनिक उपभोग्य समान, औषधी उपचार, पैन्सन लिन लगाएत दर्जनौ काममा दोधारा चाँदनीका स्थानियबासीहरु यसै बाटो सिमावती भारतिय बजार पस्ने गर्छन् । नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बु सहितको एक टोलीले उक्त खाल्डो भएको बाटोको निरिक्षण गरे पश्चात अस्थायी काठे पुल निर्माण गर्ने निर्णय गरेको हो । तत्कालको लागी सामान्य आवत जावत सहज गर्न अस्थायी काठेको पुल निमार्ण गर्ने बताईए पनि एसएसबीको रोकवटले कामकाज रोकिएको बताईएको छ् । एसएसबीको हेपाहा रबैया प्रति स्थानियहरुले आपत्ती जनाएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web