मुद्दाको छिनोफानो नहुँदै काममा फर्किए ‘नक्कली डाक्टर’

काठमाडौं,साउन २५ ।नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोग अदालतमा विचाराधीन रहेका चिकित्सकहरु पुनः काममा फर्किएका छन् । १२ जिल्लामा मुद्दा चलिरहेका चिकित्सकहरु मुद्दाको छिनोफानो नभई काममा फर्किएका हुन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले अप्रेसन क्वाक अन्तर्गत पहिलो पटक गत वर्ष पक्राउ गरेका १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले तत्काल निलम्बन गरेको थियो ।

कान्तिपुर दैनिकमा खबर छ – दोस्रो चरणमा असारमा पक्राउ परेका ३७ चिकित्सकलाई भने काउन्सिलले अझै निलम्बन गरेको छैन। पुर्पक्षका लागि थुनामा राख्नु पर्ने सरकारी वकिल कार्यालयको मागदाबी अस्वीकार गर्दै १२ वटा जिल्ला अदालतहरुले उनीहरुलाई धरौटीमा छाडेको थियो । प्रहरीले नक्कली चिकित्सकहरु पत्राउ परेकै जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अनुसन्धान फाइल पठाएपछि मुद्दा पनि सोही जिल्ला अदालतमा दर्ता गरिएको थियो ।

राजधानीको खानेपानीमा दिसा !

काठमाडौं,साउन २५ । राजधानीमा उपयोग हुने खानेपानीमध्ये करिब आधा जतिमा दिसा मिसिएको भेटिएको छ। हैजा प्रसारको प्रमुख स्रोत खानेपानी भएकाले  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्यांकर, रिजर्भ ट्यांकी, जारलगायतबाट संकलित ९६ वटा पानीको नमुना परीक्षण गरेको थियो। तीमध्ये ४६ वटामा कोलिफर्म अर्थात दिसा मिसिएको भेटिएको हो।

‘हामीले संकलन गरेकामध्ये झन्डै ५० प्रतिशत पानीको नमुना कोलिफर्मले प्रदूषित थिए,’ महाशाखा अन्तर्गतका इपिडिमियोलोजी शाखा प्रमुख डा.गुणनिधि शर्माले भने,‘पानीमा कोलिफर्म देखिनुको अर्थ नै दिसा मिसिएको अवस्था हो।’ विश्व स्वास्थ्य संगठनका अनुसार हैजाले संक्रमित कसरब ८० प्रतिशत व्यक्तिमा कुनै लक्षण विकसित नभएपनि उनीहरुको दिसामा हैजा उत्पन्न हुने ब्याक्टेरिया १० दिनसम्म रहन सक्छ। यो दिसा वातावरणमा गएर अरुलाई संक्रमित गर्छ। हैजा तथा झाडापखाला मुख्य रुपले खानेपानी, खाद्यपदार्थको माध्यमले फैलिने भए पनि खाना परीक्षण भने गरिएको छैन।  कान्तिपुर दैनिकमा समाचार छ।

महरा र पाण्डेलाई क्लिन चिट

काठमाडौं,साउन २५ । अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई क्लिन चिट दिएको छ । महराले उपप्रधान तथा अर्थमन्त्रीको सपथ ग्रहण गरेको अघिल्लो दिन अख्तियारले उनलाई सफाइ दिने निर्णय गरेको थियो । उनलाई सफाइ दिएको पत्र भने साउन २० गते थमाइएको अख्तियार निकट स्रोतले बतायो ।

अख्तियारको अनुसन्धानको दायरामा रहेका राप्रपाका बिक्रम पाण्डेलाई पनि त्यसै दिन सफाइ दिइयो । उनी प्रचण्ड सरकारको मन्त्रीमण्डलमा राप्रपाका तर्फबाट सोमवार सामेल भएका छन् । दक्षिणी डिजाइनमा आफूलाई अख्तियारले अनुसन्धान गरिरहेको महराको भनाइ थियो । नयाँ गठबन्धन निर्माणमा नयाँ दिल्लीसम्म पुगेका महरालाई सरकार बनेकै दिन क्लिन चिट दिनु संयोगमात्र हो या अख्तियारले वाहिरी इशारामा राजनीति गरेको हो बुझ्न गा¥हो परेको छ । आजको समयबद्व साप्ताहिकमा खबर छ ।

सेयरबजार किन लाग्यो अचानक ओरालोमा ?

काठमाडौं,साउन २५ । सेयरबजार परिसूचक नेप्से इतिहासकै सबैभन्दा उच्च अंकले घटेको छ । सोमबार नेप्से अघिल्लो दिनको तुलनामा ८८ दशमलव ८१ अंक (५ दशमलव शून्य ३ प्रतिशत) घटेको छ । नेपाली सेयरबजारको दुई दशकको इतिहासमा यसअघि कहिल्यै पनि यति उच्च अंकले घटेको थिएन ।

सोमबार सर्किट बे्रकर लगाएर बजार बन्द गर्नुअघि नेप्से परिसूचक १ हजार ६ सय ७५ दशमलव ९१ अंकमा पुगेको थियो । सोमबार बजार सूचकांकले कीर्तिमानी अंकको गिरावट व्यहोरेपछि नेप्सेले तत्कालका लागि लगातार उकालो लाग्ने सिलसिला गुमाएको विश्लेषकहरूले बताएका छन् । नेप्से अघिल्लो सातादेखि नै घट्दो प्रवृत्ति (बियरिस ट्रेन्ड)मा छ । अघिल्लो साताको बुधबार (१२ साउन) नेप्से १ हजार ८ सय ८७ अंकमा पुगेर ओरालो लाग्न थालेको थियो ।

पछिल्ला महिनामा औसत करिब २ अर्ब रुपैयाँको दैनिक व्यापार भएको नेप्सेमा सोमबार ८७ करोड ९४ लाख रुपैयाँभन्दा कमको सेयर व्यापार भयो । कारोबार संख्या पनि औसत १० हजारबाट झरेर ४ हजार ८ सयमा पुगेको छ । यस दिन नेप्सेमा १ सय ३० कम्पनीको ११ लाख ६२ हजार कित्ता सेयर व्यापार भयो ।

‘अहिले बजार घट्नुमा नियामक निकायको हस्तक्षेप मूल कारण हो,’ हाथवे इन्भेष्टमेन्टका महाप्रबन्धक अम्बिकाप्रसाद पौडेल भन्छन्, ‘बाह्य र आन्तरिक पक्ष निकै बलियो अवस्थामा रहेकाले समग्र बजार अझ धेरै घट्ला भन्ने लाग्दैन ।’

हालै नियामक निकाय सेबोनले बजारमा कालोधनको प्रयोग भएको भन्दै अनुसन्धान थाल्न समिति बनाएको छ । सेबोनले पटक–पटक लगानीकर्तालाई सचेत हुन चेतावनीपूर्ण सन्देश दिएको छ । यी कारणले नकारात्मक मनोवैज्ञानिक प्रभाव पर्दा बजार घटेको विश्लेषण छ । सेयर लगानीकर्ता संघले नियामक निकायका भूमिकामाथि आपत्ति जनाएको थियो । आजको नाँ पत्रिका दैनिकमा खबर छ ।

अर्जुनरसिंह केसी र शेखर कोइरालालाई फकाउँदै देउवा

काठमाडौं,साउन २५ । आफूले मागेको मन्त्रालय नपाएपछि चर्को असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र अर्जुनरसिंह केसीलाई मनाउन सभापति शेरबहादुर देउवाले गम्भीर पहल थालेका छन् । कोइराला र केसी दुवैलाई मन्त्रिपरिषदमा पठाउन चर्को दबाब आएपछि सभापति देउवाले पहल थालेका हुन् । स्रोतका अनुसार कोइरालालाई कुनै पनि हालतमा परराष्ट्र मन्त्रालय नदिने सोचमा रहेका सभापति देउवा उनलाई सो मन्त्रालय दिन लचक भएका हुन् । देउवाले डा. कोइरालालाई परराष्ट्र मन्त्रालय दिन आफू तयार रहेको सन्देश पनि पठाइसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएकै दिन कोइराला परराष्ट्रमन्त्री बन्ने पक्कापक्की थियो । तर सभापति देउवाले परराष्ट्र बाहेक अन्य कुनै मन्त्रालय रोज्न आग्रह गरेपछि उनले आफूले भनेको मन्त्रालय नपाए मन्त्री नै नबन्ने जवाफ फर्काएका थिए । यसैगरी गृह मन्त्रालय नपाएपछि मन्त्री बन्नै अस्वीकार गरेका केसीलाई भेटेरै देउवाले रक्षामन्त्री बन्न आग्रह गरेका छन् । रक्षामन्त्री बन्न केसी सकारात्मक भएको स्रोतको दाबी छ । मन्त्रिपरिषद विस्तारको पहिलो चरणमै केसीको नाम भए पनि असन्तुष्टि जनाउँदै उनी शपथ ग्रहण कार्यक्रममा गएका थिएनन् । जसका कारण कांग्रेसबाट पहिलो चरणमा दुईजनाले मात्र शपथ लिएका थिए । आजको राजधानी दैनिकमा खबर छ ।

रियो ओलम्पिकमा नेपाली राष्ट्रिय गान उत्कृष्ट १० मा

काठमाडौं,साउन २४ । ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली  राष्ट्रिय गान उत्कृष्ट १० मा परेको छ ।  अन्तर्राष्ट्रिय मिडियाले नेपालको राष्ट्रिय गानलाई रियो ओलम्पिकको १० विशिष्ट र छुट्टै मौलिकता भएको संगीतको समूहमा राखेको छ। यस ओलम्पिकमा २ सय ६ राष्ट्र सहभागी छन्। प्रायः सबै देशको राष्ट्रिय गानको संगीत सैनिकहरूको कवाज र चर्चमा प्रार्थना गरेजस्तै सुनिन्छ।

नेपालको राष्ट्रिय गान भने रमाइलो नेपाली पप गीतजस्तै सुनिने भन्दै पत्रकार एलेक्स मार्सलले बिबिसीमा लेखेका छन्–‘नेपालको राष्ट्रिय गान क्यासियो किबोर्डमा सजिलै बजाउन सकिन्छ।’ उनले निकालेको उत्कृष्ट राष्ट्रिय गानको सूचीमा रुस, बर्मा, इजरायल, कजाकिस्तान, ब्राजिल, चीन, माउरिटानिया, कङ्गो, पाराग्वे पनि छन्।

नेपाल फेस्टिवल सफल रुपमा सम्पन्न, आयोजकद्धारा सबैलाई धन्यवाद

गोकर्ण अधिकारी-२४ साउन, टोकियो ।
नेपाल फेस्टिवलको नवौं श्रृंखला जापानमा शनिवार र आईतबार भव्यताका साथ सम्पन्न भएको छ ।

राजधानी टोकियोको योयोगी पार्कमा यही शनिवार र आईतवार आयोजीत फेस्टिवलमा दशौं हजार नेपाली सहित जापानी र अन्य देशका पर्यटकहरुले समेत अवलोकन गरेका छन् ।

फेस्टिवल आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए जापानका अनुसार करिव २ लाख बढीले फेस्टिवल अवलोकन गरेका छन् ।

जापानको सार्वजनिक विदाको दिन पारेर आयोजना गरिएको फेस्टिवलमा जापानी सञ्चार माध्यमबाट भएको प्रचार प्रसारका कारण जापानी नागरिकहरुको समेत उत्साहजनक सहभागीता रहेको थियो ।

मेलामा सहभागी जापानी सहित अन्य देशका पर्यटकहरुले समेत नेपाल बारे रुची पूर्वक जानकारी लिनुका साथै नेपाली गित संगितमा रमाउनुका साथै नेपाली परिकारहरु खाएका थिए ।

नेपाली भेषभुसा, नेपाली पहिचान झल्कने साँस्कृतिक कार्यक्रमका बिच चलेको फेस्टिवलमा पाँच करोड बढीको कारोबार भएको बताइएको छ ।

फेस्टिवल स्थलमा नेपाली खानाका साथै नेपाली पहिरन, हस्तकलाका सामान लगायतको विक्रि तथा प्रदर्शनी स्टल राखिएको थियो । साथै जापानमा रहेका विभिन्न नेपाली कम्पनी तथा सेवा प्रदायक संघ संस्थाहरुले आफ्नो स्टल राखेका थिए ।

फेस्टिवलमा २२ वटा नेपाली खानाका स्टल तथा ३० वटा सेवा प्रदायक कम्पनीहरुले सहभागीता जनाएका थिए ।

यसैबिच गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष तथा नेपाल फेस्टिवल मूल आयोजक समितिका संयोजक सुदन थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत फेस्टिवल सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यवाद दिनुभएको छ ।

अध्यक्ष थापा सहित गैर आवसिय नेपाली संघ जापानका उपाध्यक्ष थासि लामा, महासचिव अनुज थापा, सचिव बुद्धिराज भण्डारी, केन्द्रिय सदस्य प्रल्हादसिंह महत, एनआरएन जापानका सल्लाहकार तथा फेस्टिवल सफल पार्न जापानी सञ्चार माध्यम तथा नेपाली सञ्चार माध्यम र सामाजिक सञ्चाल मार्फत प्रचार प्रसारमा उल्लेखनिय योगदान गर्नुभएका जिज्ञान कुमार थापा लगायतले फेस्टिवल सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ ।

विदेश जानेका श्रीमतीले सम्बन्ध बिच्छेद गर्ने क्रम बढ्यो

२४ साउन, दाङ ।
दाङमा सम्बन्ध बिच्छेद गर्नेहरुको संख्यामा बृद्धि हुदै गएको छ । दाङ देउखुरी जिल्ला अदालतमा गएको आर्थिक बर्ष २०७२ ÷ ०७३ मा सम्बन्ध बिच्छेद गरी पाउ भनी परेका ३ सय ९३ वटा उजुरी मध्ये ३ सय ९ जोडीहरुको सम्बन्ध बिच्छेद भईसकेको श्रेष्तेदार गम्भीर राणाले जानकारी  दिुनुभयो ।

त्यस्तै ८४ मुद्धा फस्र्यौट हुन बाकि छन । त्यसै गरी वितेको आर्थिक बर्ष २०७१/०७२ मा परेका ३ सय ३५ वटा उजुरीहरु मध्ये २ सय ५२ जोडिको सम्बन्ध विच्छेद भएको र ८३ वटा मुद्धा फच्र्यौट हुन बाँकि रहेको राणाले जानकारी दिनु भयो । यसरी वितेका दुई बर्ष लाई तुलना गर्दा सम्बध बिच्छेद गर्नेहरुको संख्यामा बृद्धि भएको देखिन्छ ।

यसैविच बैदेशिक रोजगारका कारण श्रीमानहरु परस्त्रीसँंग र श्रीमतिहरु पर पुरुष सग सम्पर्क बढ्नु, कुटपिट गर्नु, मानिसहरुमा स्वतन्त्र हुने चाहना बढ्नु लगायतका कारणले सम्बन्ध बिच्छेद गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको अदालतले बताएको छ ।

त्यसै गरी सम्बन्ध बिच्छेद हुने अन्य कारणहरुमा जाँडरक्सी पिउने, कुनै केटा सँग बोल्दा शंका गर्ने, दाइजो नल्याएको भनी गालि गर्नु , खर्च नदिने, बाल बच्चाको वास्ता नगर्ने तथा वहुविवाह रहेका छन ।

यसरी सम्वन्ध विच्छेद भएका घटनाहरु हेर्दा प्राय श्रीमान् विदेश गएका श्रीमतीहरुको संख्या अधिक रहेको पाइएको छ ।
भर्खरको विवाह पश्चातको विछोड, श्रीमान् अर्कैसंग लागेको हल्ला वा सुनेकै आधारमा समेत श्रीमतीहरु परपुरुषसँग लाग्ने वा श्रीमान्सँग सम्वन्ध विच्छेद गर्नेसम्मको घटना बढ्दै आएको देखिएको छ ।

NC President Deuba flays bombing in Pakistan

Nepali Congress President Sher Bahadur Deuba has condemned the bombing at a government health facility at Quetta, the capital of Balochistan in Pakistan by a criminal group today wherein 30 people were killed and scores were left injured.

Issuing a statement today, NC President Deuba said that the carnage in Pakistan occurring one after another has shocked and stunned the world.

"Nepali Congress condemns the terrorist and criminal acts like this which is against the humanity occurring in any part of the globe," reads the press statement.

Furthermore, Deuba, also former Prime Minister extended his deep sorrow over the incident to the Pakistanis through the government of Pakistan and requested patience for the people in Pakistan.

He urged the Pakistanis to move ahead overcoming the grief.

Seven including pilot dead in Fishtail chopper crash, 2 Missing Fewa Lake

A helicopter of the Fishtail Air crashed in Nuwakot, killing all seven onboard including a pilot and an ill infant. The chopper with the call sign 9 N- AKA was ferrying the five-day-old child to the capital for treatment.

The ill-fated chopper en route to the capital from the district hit the Chuchhe cliff in the Betani Forest of Madaanpur-9, Nuwakot at 12:32 pm before crash, according to Civil Aviation Authority of Nepal.

Pilot captain Ranjan Limbu, passengers Kitman Gurung, Asami Gurung, Preeti Gurung, Laxmi Gurung, Nisha Tamang and the infant are confirmed dead in the crash.

The Authority said that a team of technicians and security personnel is already at the site to collect the bodies and preparations are on to airlift the bodies to the capital.

Two Missing in Phewa Lake

Two persons have gone missing in Phewa Lake  after the boat capsized this afternoon.

They have been identified as Paratik Shrestha of Chakrapath and Alin KC of Basundhara, Katamndu, according to our correspondent Hemraj Baral.

Out of 8 people 6 have been safely rescued and search for the missing is underway, said Baral.

पूर्व प्रम ओलीसँग जापानी राजदूतको भेटवार्ता

२४ साउन, काठमाडौं ।
पूर्व प्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले भेट गरेका छन् ।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा नेपाल जापान सम्वन्ध र आपसि हितका विषयमा कुरा भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

करिब आधा घन्टा भएको भेटमा राजदूत ओगावाले ओलीको कार्यकालमा नेपाल जापान सम्वन्ध सुधारमा उल्लेख्य सहयोग पुगेको भन्दै कार्यकाल सफल भएकोमा बधाई तथा शुभकामना दिएका थिए ।

पूर्व प्रम तथा एमाले अध्यक्ष ओलीले नेपाल जापान कुटनीतिक सम्वन्ध स्थापनाको ६० औं बर्ष गाँठ परेको सन्दर्भमा नेपाल जापान सम्वन्ध थप सुदृढ हुने आशा र शुभकामना व्यक्त गर्नुभएको थियो ।

नुवाकोटमा फिस्टेलको बिमान र्दुघटना, नाबालक सहित ७ जनाको मृत्यु (फोटो सहित)

काठमाडौं,साउन २४ ।

विरामी बोकेर आएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा यात्रारत सबै ७ जनाको मृत्यु भएको छ ।

गोरखाको सिर्दिवास गाविस-८ फिलिम भन्ने स्थानबाट विरामीहरु लिएर काठमाडौंका लागि उडेको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस-९ को बेतिनी जंगलको भीरमा दुर्घटना भएको हो ।

दुर्घटनामा मारिनेमा चार गुरुङ एक तामाङ यात्रु छन्।

एक नाबालक र एक पाइलट पनि ज्यान गुमाउएका छन् ।

दुर्घटनामा क्याप्टेन रन्जन लिम्बुसहित कितमान लिम्बु, अज्ञानी गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, प्रति गुरुङ र उनका पाँच दिनको छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेलिकोप्टर गोर्खाको फिलिमबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको थियो ।

सो हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web