काठमाडौं,साउन २५ ।नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोग अदालतमा विचाराधीन रहेका चिकित्सकहरु पुनः काममा फर्किएका छन् । १२ जिल्लामा मुद्दा चलिरहेका चिकित्सकहरु मुद्दाको छिनोफानो नभई काममा फर्किएका हुन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले अप्रेसन क्वाक अन्तर्गत पहिलो पटक गत वर्ष पक्राउ गरेका १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले तत्काल निलम्बन गरेको थियो ।

कान्तिपुर दैनिकमा खबर छ – दोस्रो चरणमा असारमा पक्राउ परेका ३७ चिकित्सकलाई भने काउन्सिलले अझै निलम्बन गरेको छैन। पुर्पक्षका लागि थुनामा राख्नु पर्ने सरकारी वकिल कार्यालयको मागदाबी अस्वीकार गर्दै १२ वटा जिल्ला अदालतहरुले उनीहरुलाई धरौटीमा छाडेको थियो । प्रहरीले नक्कली चिकित्सकहरु पत्राउ परेकै जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अनुसन्धान फाइल पठाएपछि मुद्दा पनि सोही जिल्ला अदालतमा दर्ता गरिएको थियो ।

18.12¡ÆC