नुवाकोटमा फिस्टेलको बिमान र्दुघटना, नाबालक सहित ७ जनाको मृत्यु (फोटो सहित)

काठमाडौं,साउन २४ ।

विरामी बोकेर आएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा यात्रारत सबै ७ जनाको मृत्यु भएको छ ।

गोरखाको सिर्दिवास गाविस-८ फिलिम भन्ने स्थानबाट विरामीहरु लिएर काठमाडौंका लागि उडेको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस-९ को बेतिनी जंगलको भीरमा दुर्घटना भएको हो ।

दुर्घटनामा मारिनेमा चार गुरुङ एक तामाङ यात्रु छन्।

एक नाबालक र एक पाइलट पनि ज्यान गुमाउएका छन् ।

दुर्घटनामा क्याप्टेन रन्जन लिम्बुसहित कितमान लिम्बु, अज्ञानी गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, प्रति गुरुङ र उनका पाँच दिनको छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेलिकोप्टर गोर्खाको फिलिमबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको थियो ।

सो हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।

तीनकुनेमा चीनले यस्तो शान्ति मण्डला बनाउँदै छ (फोटो फिचर)

२४ साउन, काठमाडौं ।
काठमाडौको तीनकुने स्थित शान्ति मण्डलाको निर्माण चीनको छेन्दु नगरपालिकाले गर्ने तयारी भइरहेको छ ।

नगरलाई थप सुन्दर, हरियाली र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले तीनकुनेमा शान्ति मण्डला बनाउन लागिएको काठमाडाँै महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार छेन्दु नगपालिकाका मेयरले कुनै एउटा परियोजनामा लगानी गर्ने चासो देखाएपछि कामपाले मण्डला निर्माणको जिम्मा दिन तयार भएको हो ।

कामपाका अनुसार ५ वर्षभित्र शान्ति  मण्डला निमार्णंका लागि हाल नक्साङ्कनको काम र निमार्णको लागि करिव एक अर्व अर्ब २३ करोड ४६ लाख रुपैया खर्च लाग्ने अनुमानित प्रतिवेदनसमेत सार्वजनिक भइसकेको छ ।

शान्तिमण्डलाको बीच भागमा १६ मि अग्लो बुद्धको विशाल मूर्ति हुने र मण्डलाको संरचना हिन्दू र बौद्ध धर्मलाई समायोजन गरी तयार गर्ने छ । मण्डलाको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति राखिनेछ ।

त्यस्तै मूर्तिको वरिपरि रूख–बिरुवा रोपिने र संरचनाको तीनवटै कोणमा चौबिसै घन्टा पानी आउने ‘फाउन्टेन’ निर्माणको गर्ने योजना छ ।

करिब ५१ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उद्यानभित्र एकैपटक २०० जनाले योग गर्न सक्ने योग कक्षसमेत निर्माण गरिने योजना रहेको महानगरपालिकाले जनाएको छ ।

कक्षा १२ को परीक्षाफल आयो

२४ साउन, भक्तपुर ।
गत वैशाखमा उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले लिएको कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा ७३ दशमलव ७७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।

शिक्षा ऐन संशोधनसँगै परिषद् राष्ट्रिय परीक्षा बोर्डमा परिणत भएपछि बोर्डले आज पहिलो पटक नतिजा सार्वजनिक गरेको हो ।

प्रकाशित नतिजामा नियमिततर्फ कूल ४० हजार ६०३ विद्यार्थीमध्ये कूल २९ हजार ९५२ जना विद्यार्थी उतीर्ण भएको बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी, आंशिकतर्फ कूल नौ हजार ७८१ परीक्षार्थी सहभागी भएकामा चार हजार ४१४ परीक्षार्थी अर्थात् ४५ दशमलव १३ प्रतिशत विद्यार्थी उतीर्ण भएको उहाँले जानकारी दिनुभयो ।

गतवर्षको भन्दा यसवर्षको परीक्षामा नियमिततर्फ २ दशमलब १२ प्रतिशत धेरै विद्यार्थी उतीर्ण भएका छन् ।

गतवर्ष भदौ १५ मा कक्षा १२ को परीक्षाफल सार्वजनिक गरिएकोमा यसवर्ष छिटोगरी परीक्षाफल सार्वजनिक भएको उहाँले बताउनुभयो ।

बाँकी सङ्कायको परीक्षाफल आगामी भदौ १५ गतेभित्र सार्वजनिक गरिसक्ने लक्ष्यका साथ काम भइरहेको अर्यालले जानकारी दिनुभयो ।

सर्वोच्चद्वारा कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न आदेश

२४ साउन, काठमाडौं ।
सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले सडक विस्तारबाट स्थानीयलाई क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि सडक विस्तार नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज सडक विस्तार गर्दा सडक आसपासका स्थानीयलाई अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

सडक विस्तार हुँदा प्रभावित हुने सानु श्रेष्ठसहित ४७ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई २०७२ फागुन ११ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

सडक विस्तार विस्तार हुँदा प्रत्यक्ष रुपमा ४७ जनाको घर पूर्णरुपमा नष्ट हुने र उक्त गम्भीर क्षति रोक्न निवेदनमा उल्लेख थियो ।

ऋण असुलीका उपसचिव नै भ्रष्ट, करिव २ करोड भ्रष्टाचारमा मुदा

२४ साउन, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा एक करोड ९६ लाख ८२ हजार रुपैया भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा हिजो मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा ढुङ्गानाले ऋण असुली अधिकृतका रुपमा रहँदा गैरकानुनी रुपमा भ्रष्टाचार गरी सम्पति आर्जन गरेको र  पदीय हैसियत नमिल्दो उच्च जीवनस्तरयापन गरेको पाइएकाले अनुसन्धानका क्रममा खुलेको उल्लेख  छ ।

आयोगले ढुंङ्गाना तथा निजकी श्रीमती कौशिला ढुङ्गानाका नाममा रहेको स्रोत नखुलेका चल अचल सम्पत्तिसमेत जफत गर्न माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

देउवाका कुरा-‘नेविसंघ महाधिवेशनमा कुनै हस्तक्षेप हुँदैन’, जिल्लाको टुंगो छैन महाधिवेशन टुंग्याउँदै

२४ असार, काठमाडौं ।
आफ्नै हस्तक्षेप र अडानले आधा दर्जन बढी पटक नेपाल विद्यार्थीसंघको महाधिवेशन रोक्न लगाएका नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा कुनै हस्तक्षेप नहुने अभिव्यक्ति दिएका छन् ।

देउवाले पार्टीको भातृसंस्था नेपाल विद्यार्थी सङ्घको महाधिवेशनमा पार्टीको कुनै हस्तक्षेप नहुने भन्दै निर्वाचनबाटै नयाँ नेतृत्व छानिने बताए ।

सङ्घको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले अब देश हाँक्ने युवा पुस्ता नै हो भन्दै सङ्घको महाधिवेशनमा देखिएका विवाद विद्यार्थी नेताले नै मिलाउनुपर्ने बिचार राखे ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानबमोजिम स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै सङ्घमा जिम्मेवारी नपाउने विद्यार्थी नेताहरुलाई स्थानीय निकायको निर्वाचनमा जुट्न सुझाव दिए ।

कोषाध्यक्ष सीतादेवी यादवले मुलुकमा भ्रष्टाचार मौलाएको बताउँदै त्यसको अन्त्यका लागि युवापुस्तालाई जुट्न आग्रह गरिन् ।

काँग्रेस नेता एवम् उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भातृ संस्थाहरुले वर्गीय र राष्ट्रिय हितमा लाग्नुपर्ने बताउँदै संविधानले हासिल गरेका महत्वपूर्ण उपलब्धि संस्थागत गर्न सबै एकजुट हुनुपर्ने विचार व्यक्त गरे ।

अर्का कांग्रेस नेता पूर्णबहादुर खड्काले संघका हावी हुदै गएको पैसा र वाहुवलको प्रभाव अन्त्य गर्ने अभियानमा लागन सुझाव दिए ।

कार्यक्रममा काँग्रेसका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता गोपालमान श्रेष्ठ दीलेन्द्रप्रसाद बडू, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा प्रकाशमान महत, गगन थापालगायतले पार्टीको नेतृत्व विकासका लागि सङ्घको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै महाधिवेशन सफल पार्न सबै लाग्नुपर्ने बताएका थिए ।

पार्टीका नेता एवम् नेवि सङ्घका पूर्व अध्यक्षहरु विपिन कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जीत कर्णले मुलुकका ऐतिहासिक राजनीतिक परिवर्तनमा सङ्घले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै सङ्घ पार्टीको हस्तक्षेपबाट मुक्त हुनुपर्ने धारणा राखेका थिए ।

समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन भन्ने नाराका साथ आज सुरु भएको नेवि सङ्घको महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

करिब तीन हजार ४०० प्रतिनिधि रहने भनिएको नेवि सङ्घको महाधिवेशन उद्घाटन सुरु भए पनि प्रतिनिधिको टुङ्गो अझै लागेको छैन ।

महाधिवशेनको उद्घाट्न भइसक्दा पनि केही जिल्लामा प्रतिनिधि छनोटको विवाद कायमै छ । विवादित ११ जिल्लामध्ये सुर्खेत, रौतहट र भक्तपुरको विवाद मिलिसकेको छ भने सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीको महाधिवेशन प्रतिनिधिको विवाद मिलाउने कार्य अन्तिम चरणमा छ ।

पार्टीले निर्धारित समयमै नेविसङ्घको महाधिवेशन सम्पन्न गर्न नेता डा प्रकाशशरण महतको संयोजकत्वमा निर्देशन समिति गठन गरेको छ । समितिमा गोविन्दराज भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र किशोरसिंह राठौर रहनुभएको छ । समितिले सङ्घको महाधिवेशन गर्न र विवाद मिलाउन हरसम्भव प्रयास गरिरहेको जनाएको छ ।

Russian athletes banned competing the Rio 2016

Russian athletes have been banned from competing at the Rio 2016 Paralympics following the country's doping scandal.

The International Paralympic Committee (IPC) had opened suspension proceedings following the McLaren report, and has now confirmed the ban.

That report, published last month, detailed a state-sponsored doping programme operated by Russia.

The Russian Paralympic Committee is to appeal against the decision to the Court of Arbitration for Sport.

In contrast to the IPC, the International Olympic Committee (IOC) chose not to hand Russia a blanket ban from the Olympic Games.

The Rio 2016 Paralympics begin in 31 days' time, on 7 September, and 267 Russian athletes across 18 sports will now miss the Games.

कहिले हुन्छ सरकार विस्तार? माओवादी र कांग्रेसभित्र मन्त्री छान्न सकस

काठमाडौं,साउन २४ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र मन्त्री छनोटलार्इ लिएर विवाद चर्किएको छ। विवादले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ। कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागबन्डा नमिलेका कारण विवाद चर्किएको छ भने माआवादीभित्र मन्त्रीका आका‌ंक्षी धेरै भएपछि समस्या भएको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

कांग्रेसभित्रको समस्या

सिटौलादेखि खड्कासम्मको चित्त बुझाउनुपर्ने बाध्यता

महाधिवेशनमा पहिलो चरणमा पराजित भएपछि कृष्णप्रसाद सिटौला पक्षले सभापति देउवालाई सहयोग गरेको थियो । त्यसयता सिटौला देउवाका निकट सहयोगी मानिंदै आएका छन्। उनले आफूनिकटका भीमसेनदास प्रधान र झापाका सुधीरकुमार शिवाकोटीलाई मन्त्री बनाउन दबाब दिएका छन्।

त्यस्तै, महाधिवेशनमा सहयोग गरेका खुमबहादुर खड्काको दबाब पनि देउवालाई उस्तै छ।

पौडेल पक्षको असन्तुष्टि

सभापति देउवाले मन्त्री चयनमा छलफल नगरेको भन्दै नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ।

आफूनिकटका नेतालाई देउवा आफैँले मन्त्री घोषणा गर्ने तयारी गरेपछि पौडेल पक्षले सम्मानजनक सहभागिता नभए सरकरमै सहभागी नहुने चेतावनी दिएको छ। तर, पौडेल पक्षमा पनि को मन्त्री बन्ने भन्नेमा उस्तै समस्या छ। मन्त्रीका लागि पौडेल, महामन्त्री डा। शशांक कोइराला, प्रकाशमान सिंहसहितका नेताको दबाब र आ–आफ्नै लिस्ट छ। कांग्रेसले पाउने १३ मा पौडेल पक्षले पाँचदेखि ६ वटा मन्त्रालयमा दाबी गरेको छ। डा। शेखर कोइरालालाई परराष्ट्र मन्त्रालय दिन देउवा सहमत भएको स्रोतले बतायो।

देउवालाई आफ्नै टिमको पनि चाप

देउवालाई पनि आफ्नै पक्षबाट मन्त्री छान्न सजिलो छैन । उनले दुई नेता विमलेन्द्र निधि र रमेश लेखकलाई मन्त्री बनाइसकेका छन्। तर, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा। प्रकाशशरण महत, जीवनबहादुर शाही, चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, मीन विश्वकर्मासहितका नेताबाट जातीय, क्षेत्रीय, भौगोलिक, लैंगिक क्षेत्रलाई समेटेर मन्त्री बनाउन उनलाई उत्तिकै कठिन छ।

माओवादी केन्द्र  पनि उस्तै सकसमा

सरकारको नेतृत्व गरेको माओवादीभित्र पनि बाँकी मन्त्रीमा कसलाई पठाउने भन्ने सकस छ। बाँकी पाँच मन्त्रालयमा समावेशी प्रतिनिधित्वका आधारमा मन्त्री चयन गर्न माओवादी नेताहरूलाई हम्मेहम्मे परेको छ।

माओवादीले जातीय, क्षेत्रीय, भौगोलिक सन्तुलन मिलाएर एक साताभित्र मन्त्री चयन गर्ने जनाएको थियो। आफूले पाएका आठमध्ये बाँकी पाँच मन्त्रालयमा एक दर्जन माओवादी नेताको दाबेदारी छ। यस्तोमा समावेशी आधारमा सन्तुलन मिलाउन माओवादीलाई सहज छैन ।

रिचार्ज नहुँदा २ दिनमा टेलिकमको करोडौं गुम्यो

काठमाडौं,साउन २४ । नेपाल टेलिकमको रिचार्ज सिष्टममा समस्या आउँदा २ दिनको अवधिमा कम्पनीको करोडौं रुपैयाँ आम्दानी गुमेको छ । शनिबार बिहानदेखि कम्पनीको एनटी रिचार्ज सिष्टममा रिचार्ज हुन नसक्दा करोडौं नोक्सानी बेहोर्नु परेको हो । यसबीचको २ दिनको अवधिमा १४ लाख गा्रहकले रिचार्ज गर्न नपाउँदा थुप्रै हैरानी खेप्नुपरेको छ । हाल टेलिकमले ५०, १ सय २ सय, ५ सय र १ हजारका रिचार्ज कार्ड विक्री गर्दै आएको छ ।

दैनिक हुने रिचार्जको औसतमा १ सयको रिचार्जलाई आधार मान्दा पनि २ दिनको अवधिधमा १४ करोड रुपैयाँबराबरको रिचार्ज हुन नपाएको टेलिकमले जनाएको छ ।

टेलिकमका सहप्रवक्ता डिल्लीप्रसाद अधिकारीका अनुसार रिचार्ज कार्डमार्फत दैनिक औसत ७ लाखपटक रिचार्ज हुने गरेको छ । आइतबार ३ देखि रिचार्ज सेवामा देखिएको समस्या समाधान भएको टेलिकमले जानकारी दिएको छ । टेलिकमका ग्राहकले प्रतिव्यक्ति प्रतिमहिना औसतमा २ सय ५० रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । आजको आर्थिक अभियानमा खबर छ

न्यायाधीश सपना मल्ल अझै राष्ट्रसंघमा पनि जागिरे!

काठमाडौं,साउन २४ । हालै सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्त भएकी सपना मल्ला प्रधान राष्ट्रसंघीय निकायमा अझै पनि कार्यरत छिन्। एक साताअघि मात्रै सर्वोच्च अदालतको न्यायधीश भएकी प्रधान जेनेभास्थित यातनाविरुद्धको राष्ट्रसंघीय समिति (क्याट) मा स्वतन्त्र विज्ञ सदस्यका रुपमा कार्यरत छिन्।

नेपाल सरकारले अधिकारकर्मी तथा बरिष्ठ अधिवक्ता रहेकी प्रधानलाई उक्त पदका लागि सन् २०१४ मा मनोनयन गरेको थियो। प्रधानले उक्त पदबाट हालसम्म राजीनामा नदिएको एक सरकारी अधिकारीले बताए।

उनको पदावधि सन् २०१७ अक्टुबरसम्म छ। न्यायाधीश नियुक्त भइसकेपछि राष्ट्रसंघीय पदमा रहिरहनु उपयुक्त नहुने सरकारी अधिकारीको भनाई छ। ‘प्रधानले राष्ट्रसंघीय समितिबाट राजीनामा दिनु भएको छैन। उहाँले व्यक्तिगत रुपमा राजीनामा दिएको भएपनि जानकारी गराउनु भएको छैन। ,’जेनेभास्थित नेपाली स्थायी नियोगका एक अधिकारीले टेलिफोनमा भने।ब

न्यायाधीश व्यक्तिलाई कुने पनि लाभको पदमा देशभित्र वा बाहिर समानान्तर पदीय हैसियतमा रहन निषेध गरिएको भएपनि प्रधान भने अझै राष्ट्रसंघीय पदमा रहनु विरोधाभासपूर्ण रहेको एक कुटनीतिज्ञले बताए। अन्नपूर्ण पोस्टमा समाचार छ।

मधेसी मोर्चा सरकारमा जाला ?

काठमाडौं,साउन २४ । प्रधानमन्त्री चुनिएको पर्सिपल्टै माओवादी अध्यक्ष प्रचण्डले मधेसी मोर्चा र संघीय गठबन्धनसँग अवरुद्ध संवाद सिलसिला जोडे । नयाँ सत्ता गठबन्धनका साझेदार शेरबहादुर देउवासमेत उपस्थित शुक्रबारको बैठकमा प्रचण्डले मोर्चा प्रतिनिधिलाई अब असमझदारीको अध्याय अन्त्य गरी सहकार्य गर्न प्रस्ताव गरे । त्यो सहकार्य प्रस्तावको अन्तर्यमा मोर्चा सांसदलाई मन्त्रिपरिषद्मै ल्याउने स्पष्ट उद्देश्य थियो । कांग्रेस सभापति देउवाले त औपचारिक वार्ता टोली बनाउनुको साटो कार्यदल बनाएर सहमतिको गृहकार्य थाल्न प्रस्ताव नै गरे ।

मोर्चा प्रतिनिधिले संविधान संशोधन नभई सरकारमा आउँदा आइपर्ने अप्ठ्यारो बताउँदै त्यसका लागि पहिले आन्दोलनका मुद्दा सम्बोधन गर्न दुई नेतालाई आग्रह गरेका थिए । प्रधानमन्त्री चुनावअघि कांग्रेस र माओवादीसँग मोर्चाले बुधबार गरेको तीनबुँदे सहमतिमा संविधानसँग सम्बन्धित विषयमा सहमति खोज्ने निर्णय भएको थियो ।

मोर्चा पक्षले त्यसै विषयमा प्रस्टता माग्दै त्यसपछि वार्ताले गति पाउने, सकारात्मक परिणाम आए सरकारमा आउन सकिने बताएका थिए । तीन बुँदेमा मोर्चा र गठबन्धनले यस बुँदामा ‘मधेसमा दुई प्रदेश हुनेगरी सीमांकन हेरफेर’ भन्ने वाक्यांश राख्न प्रयास गरे पनि कांग्रेस र माओवादी मानेका थिएनन् । त्यसैले शुक्रबार नयाँ प्रधानमन्त्रीको वार्ता तीन बुँदे सहमतिमा उल्लेख भएको दोस्रो बुँदा अर्थात् पछिल्लो मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार खर्च, कैदी रिहाइ, आरोपीका मुद्दा फिर्ता गर्ने, सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन गर्नेलगायत विषयमा केन्द्रित भयो ।

हाललाई सहमतिका लागि मोर्चाले पूर्वसर्त कार्यान्वयन सँगै संविधान संशोधन प्रक्रियासमेत राजनीतिक सहमतिका आधारमा अघि बढ्नुपर्ने बताएको छ । ‘मधेसमा ५ दर्जन मान्छे मरेका छन्, सीमांकनलगायत विषय सम्बोधन हुन अझै बाँकी छ,’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘नागरिकता, समानुपातिक, समावेशीलगायत विषय समेटिन बाँकी छन्, अहिले सरकारको कुरा गर्दै नगरौं । मोर्चाले यसबारे सोचेकोसम्म पनि छैन ।’ उनले आन्दोलनका मुद्दा सम्बोधन भएपछि सरकारमा जान मोर्चालाई आपत्ति नरहेको प्रस्टीकरण दिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

नेविसंघ महाधिवेशनमै कांग्रेस शीर्ष नेताहरुबीच आरोप-प्रत्यारोप

काठमाडौं,साउन २४ । कांग्रेसको भातृ संस्था नेविसंघमा आफू अनुकुल नेतृत्व ल्याउनकै लागि पार्टीका शीर्षस्थ नेताहरुबीच नै आरोप/प्रत्यारोप सुरु भएको छ । महाधिवेशनमा भाग लिने प्रतिनिहिरुको बिषयलाई लिएर पार्टीको संस्थापन पक्ष, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच यस्तो आरोप प्रत्यारोप भएको हो । भृकुटीमण्डपमा आइतबार सुरु भएको संघको एघारौं महाधिवेशनमको उद्घाटन समारोहमै शीर्षस्थ नेताहरुबीच नै आरोप प्रत्यारोप चलेपछि सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र सुरु हुनेमै आशंका उब्जिएको छ।

महाधिवेशनबाट ६४ जिल्लाको प्रतिनिधि छनोट भएपनि ११ जिल्लामा भागबण्डामा आधारमा मिलाउने प्रयास भएको छ । बन्द सत्रको अघिल्लो दिनसम्म पनि प्रतिनिधि विवाद मिल्न सकेको छैन । सिटौला पक्षले भने ६४ जिल्ला मध्ये अधिकांशमानै संस्थापन र पौडेल पक्षबीच भागबण्डाका आधारमा प्रतिनिधि बाँडिएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । सिटौला पक्षीय विद्यार्थी समूह यहि बिषयलाई लिएर आमरण अनसनमा छन् ।

महाधिवशेनको उद्घाटन कार्यक्रम सुचारु हुँदा समेत नेतृत्वले आमरण अनशनमा बसेका विद्यार्थीको आवाजलाई नसुनेको आरोप सिटौला पक्षको छ । साता अघिदेखि आमरण अनशनमा रहेका विद्यार्थीको अवस्था गम्भीर भएपछि शनिवार बिहानदेखि उनीहरुलार्इ अस्पताल भर्ना गरिएको छ ।

पौडेल पक्षले ६४ जिल्लामा विधिसम्मत् रुपमा अधिवेशन सम्पन्न भएको र त्यसलाई ‘उधिनेर’ प्रतिनिधि परिवर्तन गर्न खोजिएको भन्दै आक्रोशित भएको छ । ११ जिल्लामा अधिवेशन नगरेर आफू अनुकल प्रतिनिधि छनोट गर्न थालिएको आशंका समेत गरेका छन् । पार्टीका शीर्षस्थ नेताहरुबीचनै यस्तो आरोप/प्रत्यारोप चलेपछि बन्द सत्र हुने र निर्वाचनबाटै नेतृत्व छनोट हुनेमा आशंका उव्जेको छ । नेविसंघमा अहिले सम्म बनेका १७ अध्यक्षमा १० वटा मात्रै निर्वाचनबाट चुनिएका छन् ।

यसपटक नि पार्टी नेतृत्वको हस्तक्षेपबाटै निर्वाचन हुन नसक्ने आशंका उद्घाटन सत्रमा अधिकांश नेताहरुले उठाएपछि कांग्रेस सभापति शेरवहादुर देउवाले आफूले कुनै हस्तक्षेप नगर्ने प्रष्टीकरण दिएका छन् । देउवाले चुनाव गराएरै महाधिवशेन सफल पार्न आह्वान समेत गरे। ‘गिभ एण्ड टेकको आधारमा विवादहरु मिलाउने काम गरौं र महाधिवशेन सफल पारौं’ देउवाले भने, ‘महाधिवेशनमा मेरो कुनै हस्तक्षेप हुने छैन । मैले मन नपराएकोले चुनाव जितेपनि मेरै सभापति हुन्छ र उसलाई पहिल्यै म फुलको माला लगाएर स्वागत गर्नेछु । जसले नेविसंघलाई मिलाएर अघि बढ्न सक्छ, त्यहिँ नेता हुन्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web