२४ साउन, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा एक करोड ९६ लाख ८२ हजार रुपैया भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा हिजो मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा ढुङ्गानाले ऋण असुली अधिकृतका रुपमा रहँदा गैरकानुनी रुपमा भ्रष्टाचार गरी सम्पति आर्जन गरेको र पदीय हैसियत नमिल्दो उच्च जीवनस्तरयापन गरेको पाइएकाले अनुसन्धानका क्रममा खुलेको उल्लेख छ ।

आयोगले ढुंङ्गाना तथा निजकी श्रीमती कौशिला ढुङ्गानाका नाममा रहेको स्रोत नखुलेका चल अचल सम्पत्तिसमेत जफत गर्न माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

18.12¡ÆC