रियो,साउन २५ । ब्राजिलमा जारी ओलम्पिकमा नेपालका पौडीबाज शिरीष गुरुङले राष्ट्रिय किर्तिमान बनाउदै पहिलो हिट्सबाट बाहिरिएका छन्। एक सय मिटरको फ्रि(स्टाइलबाट उनी बाहिरिएका हुन्।

ओलम्पिकको हिट्सबाट बाहिरिए पनि उनले राष्ट्रिय कीर्तिमान भने बनाएका छन्। उनले ५७ दशमलव ७६ को नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

उनको व्यक्तिगत र राष्ट्रिय किर्तिमान् ५८:२२ रहँदै आएकोमा उनले आज ५७:७६ मिनेटमा पुरा गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरे। तर, आठ खेलाडीले प्रतिस्पर्धा गरेको“हिट २” मा शिरिष अन्तिममा रहे । यसअघि शिरिषले गत बर्ष कजान (रुस) मा भएको १६ औं फिना विश्व च्याम्पियनसिपमा ५८.२२ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

20.12¡ÆC