२६ साउन, काठमाडौं ।
चलचित्रको गित बाटै ट्रेलर सार्वजनिक अघि नै लोकप्रिय बनेको चलचित्र छक्का पन्जाको ट्रेलर सार्वजनिक भएको छ ।

बहु प्रतिक्षित रुपमा हेरिएको चलचित्र छक्का पन्जाको ट्रेलर एक दिनमै सामाजिक सञ्जाल यु ट्युवमा १ लाख २० हजार बढीले हेरेका छन् ।

ट्रेलरबाटै शुभ संकेत देखाएको चलचित्र छक्का पन्जा यसअघिका दुई चलचित्र छ एकान छ र वडा नम्वर ६ को तुलनामा अझै लोकप्रिय हुने ठानिएको छ ।

दिपकराज गिरी र दीपाश्री निरौलाको टिमले नै बनाएपनि छक्का पन्जालाई पहिलो पटक निर्देशन दिपाश्री ले गरेकी छिन् ।

चलचित्रमा दीपकराज गिरी, वुद्धी तामाङ, जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका कलाकारको उत्कृष्ठ हांस्य अभिनय देख्न सकिन्छ ।

चलचित्रमा मुख्य नायिकाको रुपमा लोकप्रिय नायिका प्रियंका कार्की सँगै नम्रता सापकोटा र बर्षा राउतको पनि अभिनय रहेको छ ।

निर्माण पक्षले चलचित्रको कथाबस्तु सार्वजनिक नगरेपनि यसको ट्रेलर हेर्दा बेरोजगारी, बैदेशीक रोजगारीको कथा र गाउँघरको कथा वस्तुसँगै तराईको कथालाई समेटेको सहजै अनुमान गर्न सकिन्छ ।

चलचित्र छक्का पन्जाको ट्रेलर भने काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको थियो ।
चलचित्रमा हांस्य कलाकार कुञ्जना घिमिरे, निशान बजगाँइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको संयुक्त लगानी रहेको छ ।

चलचित्र छक्का पन्जा भदौ २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रको विदेश प्रदर्शनको लागि समेत दर्जनौं देशबाट माग भइसकेको र सम्झौताको चरणमा रहेको बुझिएको छ ।

हेर्नुहोस् चलचित्रको ट्रेलर र लोकप्रिय बनेका गितहरु

18.21¡ÆC