<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन २७ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्री नपाए सरकारमा नजाने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले उपप्रधानमन्त्री सहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका हुन् । </span><span style="line-height: 1.42857143;">फोरम लोकतान्त्रिकले अन्तिम समयमा केपी ओली नेतृत्वको सरकार छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट दिएको थियो । तर, मधेसी मोर्चाको दबाव र कांग्रेसले अनिच्छा देखाएपछि प्रधानमन्त्री प्रचण्डले फोरम लोकतान्त्रिकमा सहभागी गराएको छैन । </span><br></p>
25.12¡ÆC