विदेशी मुद्रा तस्करी बढ्दो,२० करोडका मुद्रा बरामद

साउन २८, २०७३ मा प्रकाशित | 1040 views

काठमाडौं,साउन २८ । प्रहरीले पछिल्लो तीन वर्षको अवधिमा नक्कली भारतीय रुपियाँ (भारु)सहित विदेशी मुद्रा तस्करीमा संलग्न १ सय ५४ कारोबारी तथा भरिया पक्राउ गरेको छ । आर्थिक वर्ष ०७०/७१ यता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), विशेष ब्युरो, विमानस्थल प्रहरी, महानगरीय अपराध महाशाखा तथा स्थानीय प्रहरी संयन्त्रले भारतीय जाली नोटसहित अमेरिकी तथा अस्ट्रेलियाली डलर, पाउन्ड स्टर्लिङ, युरो, चिनियाँ युआनलगायत विदेशी मुद्रा तस्करीमा संलग्नलाई पक्राउ गरेको हो । अभियुक्तको साथबाट करिब २० करोड रुपैयाँका मुद्रा बरामद गरिएको छ ।

आव ०६५/६६ देखि ०६९/७० को अवधिमा मात्रै ४० करोड रुपैयाँबराबरको मुद्रा बरामद भएको प्रहरी अनुसन्धानबाट देखिन्छ । प्रहरी प्रवक्ता डीआईजी माधवप्रसाद जोशी विदेशी मुद्रा तस्करीविरुद्ध चालिएका कदम सफल भएकै कारण बरामद अनुपात बढ्दो क्रममा रहेको बताउँछन् ।

“विदेशी मुद्रा तस्करीविरुद्ध प्रहरी संयन्त्र देशभर सक्रिय छ,” प्रवक्ता जोशी भन्छन्, “फलस्वरूप तस्करीमा संलग्न योजनाकार, कारोबारी तथा भरिया पक्राउ परेका हुन् ।” उनका अनुसार ०७०, ०७१ र ०७२ मा तस्करीमा संलग्न क्रमशः ३३, ६९ र ८० जना पक्राउ परे । मुद्रा तस्करीविरुद्ध आन्तरिक संयन्त्रबीच सहकार्य र समन्वय हुनुपर्नेमा उनको जोड रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

विमानस्थलको सुरक्षा जाँच पास गरी भित्रिएका व्यक्तिबाटै कतिपय अवस्थामा अवैध मुद्रा तथा अन्य सामान बरामद हुने गरेकाले यसप्रति अन्य निकाय पनि उत्तिकै जवाफदेही र जिम्मेवार बन्नुपर्ने उनी बताउँछन् ।

प्रहरीले भन्सार जाँचपास लगेजबाट जाली नोट, अन्य विदेशी मुद्रा, अवैध सुन र प्रतिबन्धित लागूपदार्थ बरामद गर्दै आएको छ । विमानस्थल भन्सारसम्म नेपाल प्रहरीको पहुँच छैन ।

मुद्रा तस्करीविरुद्ध अनुसन्धान गर्दै आएका प्रहरी अधिकारीका अनुसार गिरोहले भारतीय जाली नोट पाकिस्तान–यूएई, मलेसिया, चीन, थाइल्यान्ड हुँदै नेपालबाट भारतसम्म पुर्याउने गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web