काठमाडौं,साउन २८ । अष्टेलियाको मेलबोर्नमा हुने अटिजमहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट बिशेष स्कुल तथा पुनःस्थापना केन्द्र (SSDRC) को प्रतिनिधित्व रहने भएको छ । संस्थाकी सन्चालिका सबिता उप्रेती, अटिजम बालक १३ बर्षीय आदेशराज काफ्ले र २० बर्षीय आलिसाको सहभागिता रहनेछ । सम्मेलनमा एड नेपालकी डाक्टर सिकसिता श्रेष्ठको पनि सहभागिता रहनेछ ।

सम्मेलनमा नेपालबाट सहभागि हुन आज राती अष्टेलिया प्रस्थान गर्दै छन । नेपालबाट एड नेपालको डा. शिकशिता श्रेष्ठको पनि सहभागीता रहेको छ । उक्त्त सम्मेलनमा बिभिन्न देशका अपागता क्षेत्रमा काम गर्ने संघ संस्था र अपागता भएका ब्यक्तीहरुको सहभागिता रहि कार्यपत्रहरु प्रस्तुत हुनेछ भने नेपालबाट पहिलो पटक अटिजम बालक आदेश राज काफ्लेले प्रस्तुतिकरण दिदैछन । अटिजम बालबालिका यो सम्मेलन सम्म पुग्नु नेपालको परिवेशमा धेरै ठुलो सफलता र गर्वको कुरा हो भने अवसर पाए यिनिहरुले पनि देशको नाम राख्न सफल हुने ठुलो उदाहरण हो । अटिजम बालबालिकालाई ह्यान्डिल गरी पढाउनु, सिकाउनु फलामको चिउरा चपाउनु झै हो त्यस माथि यो अवस्था सम्म पुग्नु भनेको कुनै सानो त्याग,मिहनेत ,सहनसिलताले पुग्दैन जुन संस्थाको सन्चालिका सबिताले गरेर देखाएकी छन ।

नेपालमा अटिजम सम्वन्धी जनचेतनाको अभाव छ । राज्यले पनि यो क्षेत्रमा आँखा पुर्याउन सकेको छैन । अटिजम भएका धेरै बालबालिकाहरु थुनिएर बाधिएर बस्न वाध्य अवस्थामा दोलखाबाट काठमान्डौ छिरेकी सबिताले बिगत छ बर्ष देखी बिशेष स्कुल तथा पुनस्थापना केन्द्र (SSDRC) सन्चालन गरी आफ्नु भौतिक सुखसयल र राम्रो अवसरहरुलाई तिलान्जली दिएर सम्पूर्ण जीवन अटिजमको उद्दारको लागि समर्पण गरेकी छन । हाल सम्म ६० बालबालिकाहरुलाई सामजमा पुनस्थापित गरिसकेको यो संस्थामा हाल ४५ जना बालबालिकाहरुले प्रत्यक्ष बिभिन्न थेरापी सेवाहरु ,उपचार ,बिशेष शिक्षा र सिपमुलक तालिम पाइरहेका छन ।

के हो अटिजम ?

अटिजम रोग होईन,बौदिक अपागता पनि होइन र मनोसामाजिक समस्या पनि होइन । एक मस्तिसको बिशेष अवस्था हो। विश्वभरी विभिन्न देशहरुमा अटिजमको कारण र उपचारको अनुसन्धानहरु ब्यापक रुपमा भैरहेको छ तर कारण र निर्मुल गर्ने उपाय अझै टुङ्गो लागेको छैन। अटिजम जन्मजात हुने, नशा र तन्तुको बिकासको क्रममा आएको असामानताको एउटा रुप हो। जसलाई “Neuro development Disorder” भनिन्छ । अटिजम भएका ब्यक्तिलाई संञ्चारको बिचलन , सामाजीक रुपमा घुलमिल हुन र व्यवहार गर्नमा कठिनाई हुने र कल्पना शक्तिको लचकता कम हुने जस्ता कठिनाईहरु हुन्छन्। यी तीन बिशेष मूल समस्या हरेक अटिजम भएका व्यक्तिहरुमा देखा पर्दछन् .. । 68 जना मध्य एकजना बालकमा अटिजमको Diagnosis हुने प्रमाणित छ । अटिजम जन्मजात हुने स्नायु प्रणालिमा आएको बिचलन हो।

के भन्छन अभिभावक ?

आफ्नु छोरा छोरी को यस्तो प्रगती देखेर आदेश र अलिशाको अभिभावकहरु हर्षित हुनुको साथै नसोचेको सपना पुरा भएको बताउछन । । आदेश र अलिशा ५ बर्ष देखी SSDRC मा अध्ययनरत छन । SSDRC आउनु अगाडि आदेश घर भित्रै बस्थे उनको समस्या प्रती उनका आमाबाबु साह्रै दुखी थिए । धेरै डाक्टरहरुलाई देखाउदा पनि उनको सहि पहिचान नभएको र डा कबिराज खनालले अटिजम भएको भनेर डाइग्नोसिस गरेपछी स्कुलको लागि भौतारिदा कुनै अटिजम स्कुल नभेटकोले छोरालाई घरभित्र नै राख्नु परेको दुखेशो सुनाउछन बाबु दिपक राज काफ्ले । अनी केही बर्षमा SSDRC मा सबिता उप्रेती लाई भेटे पछी आफुले भगवान भेटेको अनुभुत भएको कुरा ब्यक्त्त गर्छन् । यो संस्थाले अटिजम बालबालिकाहरुलाई मात्र नयाँ जीवन दिएको छैन, हामी स-परिवारको उदार हुनुको साथै तनाव मुक्त्त भएर दिमागको अप्रेशन समेत भएको कुरा बताए । आमा उर्मिला काफ्ले भन्छिन , सुरुमा आदेशमा हात हलाइरहन्थे ,दोहोरो कुराकानी गर्न सक्दैनथे। आँखामा आँखा जुधाउन सक्दैनथे । उनिमा सामाजिकरण थिएन । अरुको मोबाईल देख्यो कि खोशिहाल्थे, त्यसैले उनीलाई देख्ने साथै छरछिमेक र आफन्तले उनिबाट भागथे, बाबुको चिन्ता त छदै थियो त्यस माथि सामाजको यस्तो व्यबहारले म साह्रै रुन्थे साह्रै पिडा हुन्थ्यो । जीवनमा सबै सकियो झै लाग्थो ।

यो स्कुल र सबिता उप्रेती भेट्नु हाम्रो ठुलो भाग्य हो । स्कुल राखेको छोटो समयमा नै बाबुमा धेरै सुधार आएर अहिले अन्तराष्टिय सम्मेलन सम्म पुग्दा कुन आमाको छाती खुशी र गर्वले फुल्दैन होला भन्ने अभिब्यक्त गर्छिन । आदेश अहिले SSDRC मा कक्षा छ मा पढदै छन। उनी असाधारण प्रतिभाको छन । नेपाल धेरै कार्यक्रममा प्रस्तुतिकरण गरिसकेका छन । त्यस्तै अलिशाको आमा सारदा ओली पनि आफ्नु छोरीको सफलतामा दङ छिन । छोरीको उपचार र स्कुलको लागि म कहाँ कहाँ पुगिन तर सबै ठाउबाट निरास नै भए नानुको भबिश्यको साह्रै चिन्त्ता थियो । सामान्य स्कुलमा त सात कक्षा सम्म नै पनि राखियो । आफु पनि नर्श भएकोले नानीको समस्या स्विकारता पनि पिडा त साह्रै थियो ।

जब SSDRC पाए ढुङ्गा खोज्दा देवता भेटे झै भयो । सबिता म्यामको हाम्रो बच्चा प्रतिको लगाव,त्याग र मिहनेतले अहिले अलिशा साटेर ल्याएको जस्तो भाकी छन । यस्तो राम्रो देशामा जानु सामान्य ब्यक्त्तिको त सपना बनिरहेको बेला हाम्रो बिशेष बालाबालिका त्यहाँ पुगेर सम्मेलनमा सहभागि हुनपाउनु भनेको यो मेरो सपना भन्दा बाहिरको कुरो हो जस्ले साह्रै खुशी बनाएको छ । यस्को श्रेय सबिता उप्रेती लाई दिन चाहछु भन्दै दुवै अभिभावकले हर्शको आशु खसाल्नु भयो ।अलिश अहिले SSDRC मा सिपमुलक तालिम बाट आत्मनिर्भर हुने क्रममा छिन । यही बर्षबाट उनी संस्था मा नै शिक्षक सहयोगि को रुपमा काम गरिरहेकी छन ।

15.51¡ÆC