युवा दिवसमा राष्ट्रपतिबाट धर्मुस सुन्तली सहित कसले के पुरस्कार पाए

साउन २८, २०७३ मा प्रकाशित | 1183 views

२८ साउन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै रोजगारी सिर्जना गर्न युवासम्बन्धी ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनु भएको छ ।

अन्तराष्ट्रिय युवा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय युवा नीति र ‘युथ भिजन–२०२५’ एक वर्षभित्र लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवालाई प्राविधिक शिक्षा दिएर स्वदेशमै रोजगारीको ब्यवस्था गर्नु पर्नेमा पिन जोड दिनुभयो ।

राष्ट्र निर्माणमा योगदान पु¥याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली लगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गरेका छ ।

समाजसेवा क्षेत्रका लागि हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे जोडीको धुर्मुस–सुन्तली फाउन्डेसन, व्यावसायिक कृषिबाट गुल्मीको पैँचो पसल प्रालि, वातावरण तथा सरसफाइका लागि सङ्खुवासभाका डा राजु अधिकारी सम्मानित भएका छन् ।

चित्रकला र सङ्गीतका लागि अपाङ्गता भएका अमीर लामा, कला र सङ्गीतका लागि शिव परियार, कृषि 'फलफूल'का लागि ओखलढुङ्गाका लोचन बस्नेत, चेलीबेटी बेचबिखन नियन्त्रणका लागि माइती नेपालकी फूलमाया तामाङ रहेका छन् ।

त्यसैगरी 'पशुपालन'का लागि पोखराका व्यवसायी मकवानपुर निवासी दीपक तिमिल्सिना, कला र संस्कृतिका लागि ‘कालोपोथी’ चलचित्रका निर्देशक मीनबहादुर भाम, वैज्ञानिक खोज–अनुसन्धानका लागि काभे्रपलाञ्चोककी डा सुमन सत्याल छन् ।

साथै खेलकुद विधामा १० जनालाई सम्मान गरिएको छ । जसमा उसुकी निमा घर्ती मगर, जुडोकी फूपूल्हामु खत्री, फुटबलर नवयुग श्रेष्ठ, पारा खेलकुद प्रशिक्षक कुमार पौडेल, युवा क्रिकेटर सन्दीप लामिछाने, एथ्लेटिक्स खेलाडी विपना परियार, पौडीवाज गौरिका सिंह, खोखोका मुख्य प्रशिक्षक रामनारायण राय, तेक्वान्दो खेलाडी निशा रावल र नेपाल ट्राइथलन सङ्घ छन् । पुरस्कृत सबैले जनही एक लाख रुपैयाँ प्राप्त गरे ।

कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले करिब ४० लाख युवालाई स्वदेशमै रोजगारी दिने योजनाअनुरुप आफूहरु काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web