काठमाडौं, साउन २९ । नेपालकी सरस्वती भट्टराईले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भंग गर्दै रियो ओलम्पिकको पहिलो चरण हिटबाट बाहिरिएकी छिन्। उनले रियो ओलम्पिकमा शनिवार बिहान भएको १५ सय मिटर मध्यदुरीको दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। १५ सय मिटर मध्यम दूरीको दौडमा निर्धारित दूरी चार मिनेट ३३ दशमलव ९४ सेकेण्डमा पूरा गरिन् । ४१ जना खेलाडी रहेको स्पर्धामा सरस्वती ३७ औं स्थानमा रहिन् । हिट १ मा रहेकी सरस्वती यो समूहमा भने १३ औं स्थानमा रहिन् ।

१ हजार ४९ नम्बरको ‘बिफ’ मा देखिएकी सरस्वतीले पहिलो हिट्समा १३ औं स्थानमा रहँदै ४ मिनेट ३३ दशमल ९४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन्। यसअघि राष्ट्रिय कीर्तिमान राजकुमारी पाण्डेको नाममा थियो। राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सरस्वतीको यसअघि १५ सय मिटरमा उत्कृष्ट समय ४ मिनेट ४० दशमलव १५ सेकेन्डको थियो। सरस्वती लेन नम्बर ७ मा विश्व कीर्तिमानधारी इथोपियाकी गेन्जेबा डिबाबासँग दौडिएकी थिइन्। यो हिट्समा ४ मिनेट १० दशमलव ६१ सेकेन्डमा दौडिएकी डिबाबा पहिलो हुँदै दोस्रो चरणमा प्रवेश गरिन्। यस्तै आयरल्यान्ड, अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, जर्मनीका धाविका दोस्रो चरणमा प्रवेश गरे।

20.12¡ÆC