नेपाल र नेदरल्यान्डसबीचको भिडन्त दिउँसो पौने ३ बजेदेखि,नेपाल दवाबमा

साउन २८, २०७३ मा प्रकाशित | 896 views

२८ साउन,काठमाडौं ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत नेदरल्याण्ड्स विरुद्धहुने खेल नेपालको लागि गर या मरको अवस्थामा हुनेछ । उत्कृष्ठ चारमा रहन नेपालले घरेलुटोली नेदरल्याण्ड्ससँग स्पष्ट जित निकाल्नु पर्नेछ ।  नेपाल शीर्ष स्थानको नेदरल्याण्ड्ससँग २ खेल खेल्दै छ। आम्सटरडमस्थित भिआरए मैदानमा हुने  नेपाल र नेदरल्यान्ड्सबिचको खेल नेपालीसमय अनुसार दिउँसो पौने ३ बजेबाट सुरु हुने छ । दुवै खेल नेदरल्याण्ड्को घरेलु मैदानमा हुनेछ। लिगमा अपराजित रहेको नेदरल्याण्ड्सको ६ खेलबाट १० अंक छ। ६ खेल नै खेलेको नेपाल ४ अंकसहित छैटौ स्थानमा रहेको छ।

नेदरल्याण्ड्सँग २ खेल खेलेपछि नेपालले केन्या, हङकङ र युएईसँग खेल्ने तालिका छ। यसअघि सुरुवाती २ चरणमा स्कटल्याण्ड र पपुवा न्युगिनीसँग हारेको नेपालले नमिबियालाई भने दुवै खेलमा हराउँदै अंकको खाता खोलेको थियो। अहिलेसम्म भएको ५० ओभरको दुई खेलमा नेपाल र नेदरल्याण्ड्स एक९एक खेलमा विजयी भएका छन्। सन् २०१३ मा न्युजिल्याण्डमा भएको एकदिवसीय विश्वकपको छनोट खेलमा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको थियो।

आईसीसीको तालिका अनुसार नेपालले सन् २०१५ देखि दुई वर्षको अवधिमा १४ वटा खेल खेल्नेछ ।

यदि नेपाल च्याम्पियनसिपको शीर्ष चारमा अट्न सके एकदिवसीय क्रिकेट खेल्ने अवसर पाउनेछ । यस च्याम्पियनसिप खेलिरहेका ८ देशमध्ये शीर्ष ४ देशले सन् २०१९ मा इंगल्याडमा हुने विश्वकप क्रिकेटको छनोट चरणमा सहभागिता जनाउन पाउनेछन् ।

सन् २०१७ को मध्यसम्म चल्ने च्याम्पियनसिपका शीर्ष चार टोली छनोटमा पुग्नेछन् । छनोट खेल सन् २०१८ मा बंगलादेशमा हुँदैछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा नपरे नेपालले आइसीसीले आयोजना गर्ने डिभिजन २ खेल्नुपर्ने हुन्छ । डिभिजन टु को शीर्ष दुइ स्थानमा रहेमात्र पुनः च्याम्पियनसिप खेल्न पाउनेछ ।

तर गत वर्ष नामिबियामा भएको डब्लुसिएल डिभिजन टु मा नेपालले नेदरल्याण्डसलाई २ विकेटले पराजित गर्दै त्यसको बदला लिएको थियो।  नेदरल्याण्डसका लागि   कप्तान पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अनिल मण्डल, विनोद भण्डारी अलराउण्डर सागर पुन भेट्रान स्पिनरद्वय शक्ति गौचन र बसन्त रेग्मीलाई युवा स्पिनर नेपाली शेन वार्न सन्दिप लामिछाने तगारो बन्न सक्नेछन् ।

सम्भावित ११

ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, शरद भेषावकर, पारस खड्का, राजु रिजाल, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, बसन्त रेग्मी, सन्दिप लामिछाने, विक्रम सोब

विश्व क्रिकेट लिग च्याम्पियनसिप चौथो चरण

मिति : १३ अगस्ट, १५ अगस्ट

स्थान : भिआरए मैदान, आम्सटरडम

हेड टु हेड : नेदरल्याण्ड्स १, नेपाल १

समय :दिउँसो पौने ३ बजे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web