४ भदौ, काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भइनसकेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताउनुभयो ।

एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसका जिल्ला सभापतिको भोलिदेखि काठमाडौँमा हुने भेलाले स्थानीय निकायको पुनःसंरचनाको खाका तयार गर्न सुझाव दिने र पार्टीले सोही सुझावका आधारमा धारणा तयार गर्ने बताउनुभयो ।

४ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि चुनौतीपूर्ण अवसर प्राप्त भएको बताउनु भएको
छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा गोरखाको जौवारीबाट आएको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले परिस्थिति चुनौतीपूर्ण रहेको र जनताको आकांक्षा धेरै भएकाले यस्तो अवस्थामा केही परिणाम मुखी काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

माओवादी केन्द्रको कार्यालयको बैठक सम्पन्न

नेकपा माओवादी केन्द्रले पार्टी संगठन विभागलाई पुनर्गठन गरेको छ ।

राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय लिन बसेको केन्द्रिय कार्यायले नेता रामबहादुर थापाको नेतृत्वमा १३ सदस्यीय स.गठन विभाग पूनर्गठन गरेको हो । बैठकले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति पनि गठन गरेको छ ।

आज सम्पन्न बैठकले प्रदेश नम्बर १ को ईन्चार्जमा गोपाल किराँती र प्रदेश नम्बर ६ को इन्चार्जमा शक्ति बस्नेतलाई जिम्मेवारी दिएको छ ।

अन्य राजनीतिक रसंगठनात्मक विषयमा छलफल जारी राख्ने निर्णय बैठकले गरेको नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

४ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दुतका रुपमा छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जानु भएका उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा आज स्वदेश फर्कनु भएको छ ।

चीन भ्रमणमा रहनु हुंदा उहांले चीनका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसंग भेट गर्नु भइ दुइ देश वीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र सहयोग बढाउने सम्बन्धमा कुराकानी गर्नु भएको थियो ।

भ्रमण सकी स्वदेश फर्कनु भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारहरुसंग कुरा गर्दै उपप्रधानमन्त्री महराले चीन भ्रमण अत्यन्त सफल र फलदायी भएको बताउनु भयो ।

भ्रमणका क्रममा चिनिया अधिकारीहरुले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा अघिल्लो सरकारले चीनसंग गरेका सम्झौताको कार्यान्वयनकावारेमा चासो राखेका थिए ।

उपप्रधानमन्त्री महराले नेपाल र चीन वीचको कनेक्टिभीटी छिटो सम्पन्न गर्नेवारेमा पनि कुराकानी भएको जानकारी दिनु भयो ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री महराले चिनिया राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ ।

नेपालको निम्तोलाई चीनले स्वागत गर्दै सकारात्मक जवाफ दिएको उपप्रधानमन्त्री महराले
बताउनुभयो ।

Deputy Prime Minister and Home Minister Bimalendra Nidhi met with Indian Prime Minister Narendra Modi at latter's residence at 7 Race Course Road in New Delhi today.

During the meeting with Modi, Nidhi, who is on India visit as a special emissary of Prime Minister Pushpa Kamal Dahal, told that the government's main priority is to implement the constitution effectively and accommodate aspirations of all the people.

Nidhi also raised the issues with special importance that it is necessary to explore new areas of support, apart from speeding up joint ventures like Postal Road, Inter Country Railway Service and Pancheshwor Multipurpose Project, said the New Delhi-based Nepali embassy.

In response, Indian Prime Minister Modi is said to have assured that India will provide full support to the development of Nepal. He also expressed belief that the new government will be able to establish peace and stability and institutionalise democracy.

Likewise, the Indian Prime Minister also said that he is looking forward to Nepali Prime Minister Dahal's visit to India and is hopeful of the exchange of the visit of Presidents of both India and Nepal soon.

Chinese President Xi Jinping and Prime Minister Li Kekiyang have expressed interest to embark on an official visit to Nepal at their earliest convenience.

Nepal has put on top priority to those visits by the VVIP duo of neighbouring country China.

Both the countries have issued directives to their respective Ministry of Foreign Affairs to remain standby for the visit arrangements.

Talking to journalists at the Tribhuvan International Airport (TIA) today upon his arrival after completing a five-day China visit, Deputy Prime Minister and Finance Minister Krishna Bahadur Mahara shared that the Chinese President Xi and Premier Li will visit Nepal soon.

DPM Mahara was on a China visit as special envoy of Prime Minister Pushpa Kamal Dahal from August 16-19. During the visit

Prime Minister Pushpa Kamal Dahal today spoke of the challenging opportunity before him to serve for the best interest of the country by doing something spectacular.

During a meeting with a delegation from Jaubari of Gorkha led by CPN (Maoist Centre) leader Narayankaji Shrestha at his official residence at Baluwatar, PM Dahal spoke up his mind stating that it is an opportunity to do something for the country and the people while calling for support from all sections.

He stressed on need for constitution's implementation, post-quake reconstruction, completing the remaining works of peace process and forwarding the country to a path of economic prosperity, said PM's Personal Under-Secretary, Manohari Timalsina.

Nepali Congress (NC) senior leader Ram Chandra Poudel today said talks with the party president over sending ministers into the government have not held.

At a press conference organized by Nepal Press Union, Chitwan today, leader Poudel said although the party took the decision in joining the CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal-led government, there has not been any discussion on the matter of who will be sent to the government.

On a different note, leader Poudel called for leaders to learn from Chinese and Russian examples as Nepal is lagging behind because the systems are not built and functional.

Minister for Federal Affairs and Local Development, Heetraj Pandey, has pledged to undertake development works aligning the people's needs and aspirations by bracing up the given responsibility.

At a programme organized here today by CPN (Maoist Centre) Federal Public Relations Forum Palungtar Gorkha, Minister Pandey said he will concentrate his efforts for development works in line with the people's needs being dedicated to the path shown by martyrs.

Noting the utmost need of local level election for the implementation of the constitution, he said the government will emphatically work to resolve the problems of earthquake survivors and advance economic prosperity of the country.

४ भदौ, भक्तपुर ।
ईशापूर्व ३०० वर्ष पहिलादेखि मध्यपुर ठिमिको नगदेशमा संचालन भएर सातवर्ष अघि बन्द भएको महाकाली नाच नगदेशमा आजदेखि सुरु भएको छ । आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर विसं.२०६६ सालदेखि बन्द यो नाच स्थानीय युवाहरुको सक्रियतामा आज साँझबाट सुरु भएको हो ।

नाचका गुरु भक्तबहादुर घजुले आर्थिक अभावका कारण बन्द नाच स्थानीय युवाहरुको सक्रियतामा यसवर्षदेखि पुनः संचालनमा आएकाले अब बन्द नहुने बताउनुभयो ।

कार्यक्रममा नाचका संयोजक तुईलाल ज्यापुले गाईजात्राको भोलीपल्ट साँझबाट संचालन हुने महाकाली नाच चारदिनसम्म साँझ करिब ७ बजेबाट सुरु भएर चारघण्टासम्म चल्ने बताउनुभयो । युवापुस्ता रहेको नाचमा ८ वर्षको बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहेको उहाँको भनाई थियो ।

मल्लकालिन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब आठदेखि १० लाख रुपैया खर्च हुने र उक्त रकम स्थानीय बासिन्दाबाट संकलन गरेकोे महाकाली गण नाच व्यबस्थापन समितिका कृष्णलाल घजुले जानकारी दिनुभयो ।

त्यसैगरि मध्यपुरथिमीमा आठ वर्ष अघि नै लोपभई गतवर्षवाट स्थानीय युवाको पहलमा संचालन भएको प्रसिद्ध एवं ऐतिहासिक भैरब नाच आजैबाट सुरु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १० तुलननी र कुमाननीका स्थानीयबासिन्दाहरुको पहलमा आज साँझ लायकु दरबारबाट भैरब नाच सुरु भएको नाच संचालन एवं व्यबस्थापन समितिले जनाएको छ ।

यो नाच चाररातसम्म नचाईने जानकारी दिदै उहाँले नाच सञ्चालनका लागि खर्च हुने करिब ८ लाख रुपैया स्थानीयबाट संकलन गरिएको बताउनुभयो ।

४ भदौ, नवलपरासी ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासी खण्डमा तीन दिनको अन्तरालमा भएको सवारी दुर्घट्नामा परि आठ जनाले ज्यान गुमाएका छन् । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको लोकाहामा शनिबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् ।

ना ३६ प ३६९० र लु २५ प ८४४५ नंम्बरको दुई वटा मोटरसाइकल एक आपसमा ठोक्ंिकदा मोटरसाईकल चालकद्वय वर्दघाट २ का विश्वराज सुवेदी र देवचुली नगरपालीका १५ का रविलाल अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ ।

घटनामा देवचुली १५ का महेश रानाभाट र वदघार्ट १ का विक्रान्त सुबेदीको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । तिलकपुरमा रहेको सालबास वोडिङ्ग स्कूलका प्रिन्सिपल विश्वराज र विक्रान्त वावु छोरा हुन् । अधिकारी प्रगतिनगरका ईलेक्ट्रिक व्यवसायी हुन् ।

दुर्घट्नामा परेका मोटरसाईकलको अगाडीको रिङ्ग समेत भांच्चिएको छ । मोटरसाईकलका पार्टसहरु धुजा–धुजा भएका छन् । घट्नाको प्रकृति हेर्दा अत्यधिक तिव्र गति भएको हुन सक्ने प्रत्यक्ष दर्शीको अनुमान छ । यसअघि शुक्रवार र विहीवार नवलपरासीमै भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

शुक्रबार अरुणखोला चोरमारा विच जंगलमा एक कारको ठक्करबाट शुक्रर दुई युवक घट्ना स्थलमै मृत्यु भयो । घट्नाको प्रकृति हेर्दा गलत दिशामा आएर सडकको छेउमा कारले मोटरसाईकललाई ठक्कर दिएको देखिएको प्रहरीको भनाई छ ।

यस्ता सयौं घट्नाहरु चालकको लापारवाहीले हुने गरेता पनि अहिलेसम्म कारवाहीको दायरामा ल्याउन सकेको छैन । मदिरा सेवन गरेर सवारी चलाउने, सवारी चालक अनुमति वेगर सिकारुले चलाउंदा, लापारवाही ढंगले चलाउने, विग्रेका गाडीहरु जथाभावी रोकेर राख्नाले बढी दुर्घट्ना हुने गरेका छन् ।

ट्राफिक नियम विपरित, चालक अनुमति नभएका, सिकारुले दुर्घट्ना गराउंदा प्रहरी प्रशासनले कारवाही गर्ने गरेको पाईदैन । स्थानीय दल, प्रहरी, यातायात प्रशासनको मिलोमतोमा त्यस्ता घट्नाहरु ढाकछोप गर्दै आईको पिडितहरुको गुनासो छ ।

नवलपरासीमा हरेक वर्ष तीन सय भन्दा बढीले सवारी दुर्घट्नामा ज्यान गुमाउने गरेका छन् । नेपालमै अत्यधिक दुर्घट्ना हुने जिल्लाको रुपमा नवलपरासीलाई मानिन्छ । तर दुर्घट्ना न्यूनिकरण सम्बन्धि ठोस कार्यक्रम भने अहिलेसम्म सञ्चालन गरेको छैन ।

रियो,भदौं ४ । जमैकन धावक उसेन बोल्टले रियो ओलम्पिकमा कीर्तिमानी तेस्रो स्वर्ण जितेका छन् । यससँगै उनले लगातार तीन ओलम्पिकमा तीन स्वर्णको कीर्तिमान बनाएका छन् । रियो आज बिहान भएको पुरुष ४ गुणा एक सय मिटर रिलेमा बोल्ट रहेको जमैकाको टिमले स्वर्ण पदक जितेको हो । जमैकाको टिमले ३७ दशमलव २७ सेकेण्डमा दूरी पूरा गरे स्वर्ण जितेको हो ।

३७ दशमलव ६० सेकेण्डमा दूरी पूरा गरेको जापानको टिमले रजत तथा ३७ दशमलव६४ सेकेण्डमा दूरी पूरा गरेको क्यानडाले कास्य पदक जित्यो । उनले १०० मिटर र २०० मिटरमा स्वर्ण जितिसकेका थिए । सन् २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा पनि बोल्टले तीन वटै स्पर्धामा स्वर्ण जितेका थिए। ४ सय गुना सय मिटर रिलेमा स्वर्ण जितेसँगै उनी तीन वटा ओलम्पिकको तीनवटै स्पर्धामा तीनपल्टै स्वर्ण जित्ने एकमात्र खेलाडी बनेका छन्।

काठमाडौं,भदौं ४ । रियो ओलम्पिकमा आज नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले प्रतिस्पर्धा गर्दै छिन् । निशाले चीनकी जेङ शुयिङसँग ६७ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गर्न लागेकी हुन । खेल बेलुका पौने ८ बजे हुनेछ । पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी निशालाई चिनियाँ खेलाडी जेङसँगको खेल कठिन हुनेछ ।

किनकी जेङ ६७ केजी माथिको समूहकी विश्व नम्बर एक खेलाडी हुन् । वाइल्ड कार्ड पाएर ओलम्पिकमा छनौट भएकी निशाले शनिबारको खेलमा जेङलाई हराउन सकेन क्वाटरफाइनलमा पुग्ने छिन् । निशा रियो ओलम्पिकमा नेपालकी अन्तिम प्रतिस्पर्धी हुन् । नेपालले रियो ओलम्पिकमा तेक्वान्दो, पौडी, एथलेटिक्स र आर्चरीमा प्रतिस्पर्धा गरेको छ । पौडी, एथलेटिक्स र आर्चरीका खेलमा नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् ।