४ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि चुनौतीपूर्ण अवसर प्राप्त भएको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा गोरखाको जौवारीबाट आएको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले परिस्थिति चुनौतीपूर्ण रहेको र जनताको आकांक्षा धेरै भएकाले यस्तो अवस्थामा केही परिणाम मुखी काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

माओवादी केन्द्रको कार्यालयको बैठक सम्पन्न

नेकपा माओवादी केन्द्रले पार्टी संगठन विभागलाई पुनर्गठन गरेको छ ।

राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय लिन बसेको केन्द्रिय कार्यायले नेता रामबहादुर थापाको नेतृत्वमा १३ सदस्यीय स.गठन विभाग पूनर्गठन गरेको हो । बैठकले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति पनि गठन गरेको छ ।

आज सम्पन्न बैठकले प्रदेश नम्बर १ को ईन्चार्जमा गोपाल किराँती र प्रदेश नम्बर ६ को इन्चार्जमा शक्ति बस्नेतलाई जिम्मेवारी दिएको छ ।

अन्य राजनीतिक रसंगठनात्मक विषयमा छलफल जारी राख्ने निर्णय बैठकले गरेको नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

22.12¡ÆC