नवलपरासीमा सवारी दुर्घट्नामा आठ जनाले ज्यान गुमाए

भदौ ४, २०७३ मा प्रकाशित
Published at 2016-08-20

473 views

४ भदौ, नवलपरासी ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासी खण्डमा तीन दिनको अन्तरालमा भएको सवारी दुर्घट्नामा  परि आठ जनाले ज्यान गुमाएका छन् । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको लोकाहामा शनिबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् ।

ना ३६ प ३६९० र लु २५ प ८४४५ नंम्बरको दुई वटा मोटरसाइकल एक आपसमा ठोक्ंिकदा मोटरसाईकल चालकद्वय वर्दघाट २ का विश्वराज सुवेदी र देवचुली नगरपालीका १५ का रविलाल अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ ।

घटनामा देवचुली १५ का महेश रानाभाट र वदघार्ट १ का विक्रान्त सुबेदीको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । तिलकपुरमा रहेको सालबास वोडिङ्ग स्कूलका प्रिन्सिपल विश्वराज र विक्रान्त वावु छोरा हुन् । अधिकारी प्रगतिनगरका ईलेक्ट्रिक व्यवसायी हुन् ।

दुर्घट्नामा परेका मोटरसाईकलको अगाडीको रिङ्ग समेत भांच्चिएको छ । मोटरसाईकलका पार्टसहरु धुजा–धुजा भएका छन् । घट्नाको प्रकृति हेर्दा अत्यधिक तिव्र गति भएको हुन सक्ने प्रत्यक्ष दर्शीको अनुमान छ । यसअघि शुक्रवार र विहीवार नवलपरासीमै भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

शुक्रबार अरुणखोला चोरमारा विच जंगलमा एक कारको ठक्करबाट शुक्रर दुई युवक घट्ना स्थलमै मृत्यु भयो । घट्नाको प्रकृति हेर्दा गलत दिशामा आएर सडकको छेउमा कारले मोटरसाईकललाई ठक्कर दिएको देखिएको प्रहरीको भनाई छ ।

यस्ता सयौं घट्नाहरु चालकको लापारवाहीले हुने गरेता पनि अहिलेसम्म कारवाहीको दायरामा ल्याउन सकेको छैन । मदिरा सेवन गरेर सवारी चलाउने, सवारी चालक अनुमति वेगर सिकारुले चलाउंदा, लापारवाही ढंगले चलाउने, विग्रेका गाडीहरु जथाभावी रोकेर राख्नाले बढी दुर्घट्ना हुने गरेका छन् ।

ट्राफिक नियम विपरित, चालक अनुमति नभएका, सिकारुले दुर्घट्ना गराउंदा प्रहरी प्रशासनले कारवाही गर्ने गरेको पाईदैन । स्थानीय दल, प्रहरी, यातायात प्रशासनको मिलोमतोमा त्यस्ता घट्नाहरु ढाकछोप गर्दै आईको पिडितहरुको गुनासो छ ।

नवलपरासीमा हरेक वर्ष तीन सय भन्दा बढीले सवारी दुर्घट्नामा ज्यान गुमाउने गरेका छन् । नेपालमै अत्यधिक दुर्घट्ना हुने जिल्लाको रुपमा नवलपरासीलाई मानिन्छ । तर दुर्घट्ना न्यूनिकरण सम्बन्धि ठोस कार्यक्रम भने अहिलेसम्म सञ्चालन गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.