बोल्टलाई रियो ओलम्पिकमा तेस्रो स्वर्ण,‘ट्रिपल/ट्रिपल’ स्वर्णको रेकर्ड

भदौ ४, २०७३ मा प्रकाशित | 908 views

रियो,भदौं ४ । जमैकन धावक उसेन बोल्टले रियो ओलम्पिकमा कीर्तिमानी तेस्रो स्वर्ण जितेका छन् । यससँगै उनले लगातार तीन ओलम्पिकमा तीन स्वर्णको कीर्तिमान बनाएका छन् । रियो आज बिहान भएको पुरुष ४ गुणा एक सय मिटर रिलेमा बोल्ट रहेको जमैकाको टिमले स्वर्ण पदक जितेको हो । जमैकाको टिमले ३७ दशमलव २७ सेकेण्डमा दूरी पूरा गरे स्वर्ण जितेको हो ।

३७ दशमलव ६० सेकेण्डमा दूरी पूरा गरेको जापानको टिमले रजत तथा ३७ दशमलव६४ सेकेण्डमा दूरी पूरा गरेको क्यानडाले कास्य पदक जित्यो । उनले १०० मिटर र २०० मिटरमा स्वर्ण जितिसकेका थिए । सन् २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा पनि बोल्टले तीन वटै स्पर्धामा स्वर्ण जितेका थिए। ४ सय गुना सय मिटर रिलेमा स्वर्ण जितेसँगै उनी तीन वटा ओलम्पिकको तीनवटै स्पर्धामा तीनपल्टै स्वर्ण जित्ने एकमात्र खेलाडी बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web