रियो ओलम्पिक:नेपालकी अन्तिम प्रतिस्पर्धी निशाको भिडन्त आज

भदौ ४, २०७३ मा प्रकाशित | 962 views

काठमाडौं,भदौं ४ । रियो ओलम्पिकमा आज नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले प्रतिस्पर्धा गर्दै छिन् । निशाले चीनकी जेङ शुयिङसँग ६७ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गर्न लागेकी हुन ।  खेल बेलुका पौने ८ बजे हुनेछ ।  पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी निशालाई चिनियाँ खेलाडी जेङसँगको खेल कठिन हुनेछ ।

किनकी जेङ ६७ केजी माथिको समूहकी विश्व नम्बर एक खेलाडी हुन् । वाइल्ड कार्ड पाएर ओलम्पिकमा छनौट भएकी निशाले शनिबारको खेलमा जेङलाई हराउन सकेन क्वाटरफाइनलमा पुग्ने छिन् । निशा रियो ओलम्पिकमा नेपालकी अन्तिम प्रतिस्पर्धी हुन् । नेपालले रियो ओलम्पिकमा तेक्वान्दो, पौडी, एथलेटिक्स र आर्चरीमा प्रतिस्पर्धा गरेको छ । पौडी, एथलेटिक्स र आर्चरीका खेलमा नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web