५ भदौ, एजेन्सी ।
ब्राजिलले कप्तान नेइमारले गोल मार्फत ओलम्पिक फुटबलमा पहिलो स्वर्ण पदक हात पारेको छ ।

घरेलु मैदानमा ४५ हजार घरेलु दर्शकलाई जितको खुशी दिलाउँदै ब्राजिलले जर्मनीलाई फाइनलमा पराजित गरेको हो ।

गत सिजनको विश्वकप फुटवलमा ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा नै जर्मनीसँग ७–१ गोलको नमिठो पराजय भोगेको ब्राजिलले सोही मैदानमा ओलम्पिकमा पराजित गरेर पराजयको बदला पनि लिएको छ ।

५ पल्ट विश्वकप जितेको ब्राजिलले अहिलेसम्म कुनै ओलम्पिक स्वर्ण जित्न सकेको थिएन ।

नेपाली समयअनुसार आइतबार बिहान ५ बजे नेइमारले अन्तिम पेनाल्टीबाट गोल गर्दै ब्राजिली समर्थकलाई ओलम्पिकको मिठो उपहार दिलाएका हुन् ।

खेलमा निर्धारित समयको खेल १–१ गोलको बराबरी र अतिरिक्त ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्धारण भएको हो ।

पेनाल्टी सुट आटमा पहिलो चार गोल दुवै पक्षबाट भएपनि पाँचौ पेनाल्टी हान्न आएका जर्मनीका निल्स पिटर्सनको बल ब्राजिलका गोलरक्षक वेभर्टनले उत्कृष्ट बचाउ गरेपछि नेइमारको गोलले जित हार फैसला गर्यो ।
निर्णायक अन्तिम पेनाल्टी प्रहार गर्न आएका नेइमारले गोल गर्दै ब्राजिललाई ऐतिहासिक विजय दिलाउन सके ।

स्मरणीय छ नेइमारले ओलम्पिकको तयारीकै लागि दुई महिनाअघि अमेरिकामा भएको कोपा अमेरिकापनि सहभागीता जनाएका थिएनन् । नेइमारले बार्सिलोना क्लबबाट समेत देशको लागि खेल्न छुट्टी लिएका थिए ।

५ भदौ, जनकपुर ।
मधेसी जनताको माग संविधानमा सम्बोधन नभएको भन्दै मधेसवादी दलहरुको उद्घोषमा ६ महिना लामो बन्द र हड्तालको मार खेपेका जनकपुर क्षेत्रका व्यापारीहरु यो आन्दोलनले के पायौं भन्दै एकअर्कासँग प्रश्न गर्न थालेका छन्।

आन्दोलनको बेला मधेसवादी दलका नेताहरुले सभा र गोष्ठी गर्दा भाषणका क्रममा आन्दोलन अवधिमा व्यापारीहरुलाई बैंकको ऋणमा लाग्ने ब्याज मिनाहा गराइदिने, घरभाडा लिई व्यापार गरिरहेकाहरुको भाडासमेत माफ गराइदिने आश्वासन दिने गरेका थिए ।

मधेसी मोर्चाले आन्दोलन काठमाडौं केन्द्रित गरेपछि भने आर्थिक रुपमा धराशायी भएको मधेसलाई पछाडि फर्केर हेर्दै नहेरेको व्यापारीहरुको गुनासो छ, आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

आन्दोलनमा सबैभन्दा बढी झडप र होहल्ला हुने जनकपुरको शिवचोकमा सञ्चालिन होटेल वेलकम ६ महिना पूर्णरुपमा बन्द रह्यो । त्यसकारण आफ्नो व्यवसाय वर्षौं पछाडि धकेलिएको सञ्चालक विजय झुनझुनवाला बताउँछन्।

५ भदौ, काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन्।

भट्टराईको सुरक्षामा खटिएका बा १ झ ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

जावलाखेल चोकमा जेब्रा क्रसिङमा सवारी तेर्स्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो।

ट्राफिक प्रहरीले भिआईपीको सुरक्षा तथा पछुवामा खटिएकामा चालकलाई कारबाहीको दायरामा ल्याएको यो घटना पहिलो हो।

५ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आगमी ३१ गते नयाँदिल्लीमा द्विपक्षीय औपचारिक वार्ता तय भएको छ।

सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार हैदरावादहाउसमा भएको भेटवार्तामा उक्त मिति तय भएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

भेटवार्तापछि मन्त्री निधिले साँझ बीबीसी नेपाली सेवासँग कुरा गर्दै ‘दाहालले भदौ अन्तिम साता भारतको औपचारिक भ्रमण गर्ने र सोही क्रममा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने’ जानकारी दिए ।

दाहालको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पनि निधिले जनाए । त्यसपछि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जानेछिन् ।

निधि र मोदीबीचको भेटवार्तामा संविधान कार्यान्वयनका विषयमा पनि छलफल भएको बताइएको छ ।

मोदीले संविधान संशोधनमा भारतले सघाउने र संविधान संशोधनमार्फत् यसमा रहेका असन्तुष्टि सम्बोधनमा सहयोग गर्ने बचन पनि दिएका छन् ।

भेटमा उपप्रधानमन्त्री निधिले सबै पक्षका अपेक्षा समेटिने गरी संविधान कार्यान्वयन गर्नु नयाँ सरकारको उच्च प्राथमिकता भएको बताएका थिए ।

५ भदौ, काठमाडौं ।
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको सन्देश भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा निधिले मोदीलाई एक चिठी नै दिएका हुन्। भेटपछि संक्षिप्त कुरा गर्दै निधिले मोदीसँय भेट असाध्यै सौहार्दपूर्ण रहेको बताए । तर, उनले विस्तृत बताउन चाहेनन्। आजको कान्तिपुरमा खबर छ।

निधिले मोदीसँग ३५ मिनेट सामूहिक र १५ मिनेट एक्लाएक्लै भेट गरेका थिए। स्रोतका अनुसार प्रचण्डको सन्दशमा विशेषतः चार महत्वपूर्ण बुँदा छन्। पहिलो प्रचण्डले आफ्नो सरकारको प्राथमिकता संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर छिटो चुनावमा जाने उल्लेख गरेका छन्। त्यसका लागि मधेसी मोर्चा र जनजातीका अुन्तुष्टि सम्बोधन गर्ने गृहकार्य सुरु भइसकेको जनाएका छन्।

दोस्रो, नयाँ सरकार र भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन तयार रहेको छ। विगतमा दुई देशबीचमा देखिएका केही असाझदारी पूर्ण रुपमा हटेको प्रचण्डले उल्लेख गरेका छन्।

तेस्रो, उच्चस्तरमा दुई पक्षीय भ्रमण गराउने प्रचण्डको सन्देश छ। यस्ता भ्रमणले दुई देशबीचको सम्बन्धले थप यचाई ग्रहण गर्ने उल्लेख गरिएको छ।

चौथो, नयाँ सरकार विकासका परियोजनालाई अगाडि बढाउन चाहन्छ र त्यसका लागि भारतको सहयोग आवश्यक पर्ने उल्लेख गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले यसअघि नै भारतीय पक्षलाई आफूले अगाडि बढाउन चाहेका परियोजनाको सूची नै बुझाइसकेको स्रोतको भनाइ छ।

५ भदौ, काठमाडौं ।

पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएका छन्

उनीहरूले सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रूपैयाँ असुलेर १३ जना गैर कलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्याइ उतै छाडेर आएको आरोप लागेको खबर आजको कान्तिपुरमा केपी ढुंगानाले लेखेका छन्।

पासाङ पूर्व सभासद तथा नयाँ शक्ति नेपालका सचिवालय सदस्यसमेत हुन्। मेक्सिकोमा आयोजित हिमाल आदिवासी जनजातिको संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी गराउन गत चैतमा पासाङ र डन्डुले १३ जनालाई त्यहाँ लगेका थिए। जाँदा १५ जना गएपनि फर्कदा उनीहरू मात्र फर्किए। ती १३ जना अमेरिका पुगिसकेका छन्।

५ भदौ, टोकियो ।
निर्वाचनको मिति तोकिए लगत्तै स्पष्ट दुई पक्षमा विभाजित देखिएको नेपाली काँग्रेस भातृसंस्था नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन चर्को बिबादमा मुछिएको छ ।

मतदान हुनु केही घण्टा अघिमात्र नेपाली काँग्रेस केन्द्रिय केन्द्रिय पार्टी कार्यालयबाट क्रियाशिल सदस्य विवादमा नियमानुसार गर्न गराउन भन्दै पत्र प्राप्त भएपछि रोशन केसी प्यानल तत्कालको लागि निर्वाचन स्थगित गराउन भन्दै अभियानमा जुटेको थियो ।
तर निवेदन र अनुरोध नसुनेको भन्दै निर्वाचनमा मतदान सुरुहुनु केही बेर अघि मात्र अध्यक्षका प्रत्याशि रोशन केसीले सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनमा सहभागीता नजनाएको भन्दै आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

यस्तो छ केसीद्धारा जारी विज्ञप्ति

श्रीमान निर्वाचन संयोजक ज्यू
निर्वाचन समिति
नेपाली जन सम्पर्क समिति जापान

बिषयस् आज हुन गईरहेको चुनाबमा भाग नलिने सम्बन्धमा

नेपाली जन सम्पर्क समिति जापानको छैठौ अधिवेशन अन्तर्गत आज हुन गईरहेको चुनाब को लागी नेपालबाट स्थान्तरण गर्ने क्रियाशिल सदस्य को सम्बन्ध मा गम्भीर मतभेद भएको अबस्थामा नेपाली कॉंग्रेस केन्द्रिय कार्यालय बाट नेपाली कॉंग्रेस को बिधानमा क्रियाशिल सदस्य स्थान्तरण सम्बन्धमा बिधानमा कुनै पनि व्यवस्था नभएकोले सो बमोजिम गर्नु गराउनु भनि हिजो आएको पत्र उपर उच्च स्तरिय बिबाद समाधान समिति को छलफल हुंदा निर्वाचन संयोजक ज्यु बाट केन्द्र बाट पत्र आईसकेपछि अहिले कै स्थिति मा भोली को निर्वाचन सम्भव नभएको भनिएको तर एक्कासी सबै जना सुतिसकेपछि रात को लगभग २ बजे एक्कासी आज निर्वाचन हुने भनि फ़ेस बुक मार्फत जानकारी गराईएकोले सम्पुर्ण मतदाता अन्योलपुर्ण अबस्थामा रहेका छन तसर्थ आज हुने भनिएको निर्वाचनमा म लगायत हाम्रो समुहको उमेदवारहरु आजको निर्वाचनमा भाग नलिने कुराको जानकारी गराउदछौ ।

रोशन के सी
सभापति पदको उमेदवार
नेपाली जन सम्पर्क समिति जापान
छैठौ महाधिवेशन

श्रीमान निर्वाचन संयोजक ज्यु
निर्वाचन समिति
नेपाली जन सम्पर्क समिति जापान

नेपाली काँग्रेस केन्द्रिय कार्यालयले यसअघि पत्र पठाउँदै क्रियाशिल सदस्य विवाद सम्वन्धमा नेपाल भित्र मात्र ६ महिना अघिनै मतदान गर्नको लागि नाम दर्ता गराए मतदान गर्नसक्ने व्यवस्था मिलाएको भन्दै विदेशको हकमा केही नबोलेकोले सोही अनुसार गर्न गराउन भन्दै अस्पष्ट पत्र पठाएको थियो ।

यस्तो छ नेपाली काँग्रेस पार्टी कार्यालयका मूख्य सचिव कृष्ण प्रसाद पौडेलद्धारा प्रेसित पत्र

यसैबिच नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष नारायण सुवेदीले पनि विवाद अन्त्य गरेर मात्र निर्वाचनमा जानुपर्ने भनि पार्टीबाट पत्र प्राप्त भएपनि उपेक्षा गरिएको भन्दै निर्वाचन बहिस्कारको घोषणा गरेका छन् ।

सुवेदीले विज्ञप्ति मार्फत विवाद समाधान नगरी हुन लागेको निर्वाचनमा सहभागी नहुने र यसबाट पर्ने असरको लागि क्षमा प्रार्थी रहेको बताएका छन् ।

बिषय:आज हुन गईरहेको चुनाब को सम्बन्धमा

नेपाली जन सम्पर्क समिति जापानको छैठौ अधिवेशन अन्तर्गत आज हुन गईरहेको चुनाब को लागी नेपालबाट स्थान्तरण गर्ने क्रियाशिल सदस्य को सम्बन्ध मा गम्भीर मतभेद भएको अबस्थामा नेपाली कॉंग्रेस केन्द्रिय कार्यालय बाट नेपाली कॉंग्रेस को बिधानमा क्रियाशिल सदस्य स्थान्तरण सम्बन्धमा बिधानमा कुनै पनि व्यवस्था नभएकोले सो बमोजिम गर्नु गराउनु भनि हिजो आएको पत्र उपर उच्च स्तरिय बिबाद समाधान समिति को छलफल हुंदा निर्वाचन संयोजक ज्यु बाट केन्द्र बाट पत्र आईसकेपछि अहिले कै स्थिति मा भोलि को निर्वाचन सम्भव नभएको भनिएको तर एक्कासी सबै जना सुतिसकेपछि रात को लगभग २ बजे एक्कासी आज निर्वाचन हुने भनि फ़ेस बुक मार्फत जानकारी गराईएकोले सम्पुर्ण मतदाता अन्योलपुर्ण अबस्थामा रहेका छनरतसर्थ आज हुने भनिएको निर्वाचन तत्कालको लागी स्थगित गरी नेपाली कॉंग्रेस को बिधान मा बिदेश को लागी स्थान्तरण को व्यबस्था अनुसार नेपाली कॉंग्रेस केन्द्रिय कार्यालय बाट निर्देशन भए अनुरूप सम्पुर्ण बिबाद को अन्त गरेर मात्र निर्वाचन गर्नु गराउनुहुन अनुरोध गर्दछुरसम्पुर्ण मतदाता मा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौ
नारायण सुवेदी
सभापति
नेपाली जन सम्पर्क समिति जापान

यता निर्वाचन समितिका संयोजक रहेका महेश कुमार श्रेष्ठले भने पार्टी कार्यालयबाट प्राप्त पत्र अनुसार निर्वाचन स्थगित वा सार्न नभई निर्वाचनको लागि कुनै अवरोध नरहेको व्याख्या भएको भन्दै तोकिएकै समयमा निर्वाचन हुने हिजो नै विज्ञप्ति मार्फत जानकारी गराएका थिए ।

क्रियाशील सदस्यको सदस्यता स्थानान्तरण सम्वन्धी पत्र प्राप्त भएपनि उक्त पत्रको कानुनी व्याख्या गर्दा जनसम्पर्क समिति जापानको निर्वाचन तोकिएकै समयमा गर्न कुुनै असुविधान नरहेको जनाइएको छ ।

यस्तो छ निर्वाचन समितिका संयोजक महेश कुमार श्रेष्ठद्धारा जारी विज्ञप्ति

यहि २०१६ अगस्ट २१ तारिख जन सम्पर्क समिति जापानको निर्वाचन गर्नका लागि निर्वाचन समितिले आफ्नो अन्तिम तयारी गरिरहेको अवस्थामा नेपाली कांग्रेश केन्द्रिय कार्यालयवाट क्रियाशील सदस्यको सदस्यता स्थानान्तर सम्वन्धी पत्र प्राप्त भएता पनि उक्त पत्रको कानुनी व्याख्या गर्दा जनसम्पर्क समिति जापानमा स्थानान्तर गर्दा उक्त पत्र अनुसारको नेपाली कांग्रेसको विधान अनुसार कुनै फरक नपर्ने देखिएकोले भोली तोकिएको समयमा निर्वाचन हुने जानकारी गराउन चाहन्छौंर उक्त पत्रका कारण पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौंर
भवदीय
महेश कुमार श्रेष्ठ
संयोजक
निर्वाचन समिति

अन्तत निर्वाचन सुरु

पार्टी सभापती शेरबहादुर देउवा प्यानलको रुपमा चिनिएका रोशन केसी समुहले निर्वाचनबाट हात झिकेपनि अन्नत मतदान सुरु भएको छ ।

निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका डिपी कँडेल समुहले निर्वाचन बहिस्कार गरेको छैन भने उनलाई रामचन्द्र पौडेल र कृष्ण सिटौलाको समर्थन रहेको बताइन्छ । यद्यपी पार्टी अध्यक्ष देउवाको पनि आफ्नो समुहलाई समर्थन रहेको उनका पक्षधरहरु बताउँछन् ।

कँडेल समुहबाट सभापती पदमा डण्डपानी कँडेल, महामन्त्रीमा रामजंग कार्की, कोषाध्यक्षमा बाबुराम सापकोटा रहेका छन्। खुल्ला सदस्यहरुमा राजेन्द्र प्रसाद जमरकट्टेल, पुस्करजँग थापा, पेम्बा लामा, धुर्वकुमार थापा, प्रेम कंडेल, हरिप्रसाद कडेल, जीवन खड्का, लक्ष्मण थापा, राजन कुमार गिरी, उल्लास पान्डे, कृष्ण गैरे, बद्री पौडेल, शुसिल पौडेल, लक्ष्मण बानीया, भिमलाल गैरे, अशोक शर्मा, सुजन खड्का, कृपन दाहाल, नबिन सागर सापकोटा, राम बहादुर कार्कीको उमेद्वारी रहेको छ ।

महिला तर्फबाट नागोया क्षेत्रकी निबर्तमान सभापती साधना घिमिरे, सुस्मा लामा, गितादेबी कँडेलले उमेदवारी परेको छ । जनजातीतर्फ दिपक बुर्जा मगर, मिनराशी गुरुङ र मेख बहादुर लामा निर्वाचनमा होमिएका छन् ।

यस्तै निर्वाचन बहिस्कार गरेको केसी प्यानलबाट सभापतीमा रोशन केसीको पक्षधर समूहबाट रेशम डंगोल महामन्त्री र सावित्री लामा 'लक्ष्मी' कोषाध्यक्षमा उम्मेदवार छन् ।

के

सीको प्यानलका सदस्यहरुमा एलएन गुरागाई 'लक्ष्मण', पोषकान्त न्यौपाने, कमल आचार्य, नवराज थापा, सुजन जोशी, विष्णुप्रसाद अर्याल, वासुदेव वस्ताकोटी, रामप्रसाद बाँस्तोला, रामशरण रेग्मी, किरण उप्रेती, लक्ष्मी तामाङ, मल्जु क्षेत्री लगायतको उमेद्वारी रहेको थियो ।

पप्पु गुरुङ्, ४ भदौ, दोधारा चाँदनी । नेपाल तरुण दल नगर कार्य समिति दोधारा चाँदनीको प्रथम नगर अधिबेसनमा राना सर्वसम्मतीबाट मनोनय भएका छन् । आज नेपाली काग्रेंसको भातृ संगठन नेपाल तरुण दल दोधारा चाँदनी नगर कार्य समितिमा डम्मर राना सर्वसम्मतबिाट निर्विरोध चयन भएका हुन् । नगर समिति गठनको प्रकृया अनुसार दोधारा चाँदनी नगरपालिका दश वडामा नेपाल तरुण दलको वडा कार्य समिति गठन कार्य सकिएपछि आज नगर अधिबेसन गरिएको हो । “नगर कार्य समिति गठनको लागी दोधारा चाँदनीका सबै वडामा भेला गरेर वडा कार्य समिति गठन गरेका छौं” नेपाली काग्रेंसका एक कार्यकर्ता डम्मर बहादुर गुरुङ्गले भने । नेपाल तरुण दल जिल्ला कार्य समिति सदस्य राजेन्द्र मल्लको सभापतित्वमा संचालित अधिबेसनको प्रमुख अतिथी नेपाल तरुण दल केन्द्रिय सदस्य तथा महाधिबेसन प्रतिनिधी कृष्ण पनेरु, बिशिष्ट अतिथीमा तत्कालिन दोधारा गाबिस कार्यालय अध्यक्ष तथा महाधिबेसन प्रतिनिधी बेल बहादुर राना, नेपाली काग्रेंस पुर्व नगर अध्यक्ष शंकर जोशी अतिथीमा क्षेत्रिय सदस्य महेश चन्द, जिल्ला सदस्य कलक सिंह, महाधिबेसन प्रतिनिधी निलम लेखक जोशी, नेपाल तरुण दल जिल्ला अध्यक्ष शंकर उपाध्याय् लगाएत जिल्लाका २ दर्जन नेताहरुको सहभागिता रहेको थियो । आगामी बैठकमा सख्या पुरा गरि अधिबेसनले ८ सदस्यीय् नेपाल तरुण दल दोधारा चाँदनी नगर कार्य समिति छनौट गरेको छ् । अधिबेसनले उपाध्यक्षमा राज सिंह पुजारा, सचिवमा केशव राज अवस्थी, स–सचिवमा टेक बहादुर रावल, काषाधयक्षमा बिक्की थापा, यस्तै समाबेसी सदस्य तर्फ, राम चन्द्र थापा, महिला प्रतिनिधी सदस्य तर्फ जानकी चन्द, दलित प्रतिनिधी तर्फ केशरी देबि सुनार रहेका छन् । साबिको दोधारा गाबिस कार्यालयमा सभा कक्षमा संचालित अबिधेसनका संचालन राजेश सुनारले गर्नु भएको थियो । अबिधेसनमा सबै बक्ताहरुले युवाहरु देशका भबिष्य बताउदै पार्टी पङ्तीहरुले “युज एण्ड थ्रो” नगर्न समेत चेतावनी दिएका थिए ।

४ भदौ, एजेन्सी ।
ब्राजिलमा जारी रियो ओलम्पिकमा फेरी नँया कीर्तिमान कायम भएको छ ।

जमाईकाका विश्व विजयी धावकले गए राती शुक्रबार भएको ४ गुना सय मिटर्स रिलेमा फेरी स्वर्ण पदक प्राप्त गर्दै यसै ओलम्किमा स्वर्ण संख्या तिन पुर्याएका छन् ।

बोल्टले यस अघि १ सय र २ सय मिटर्स दौडमा पनि स्वर्ण पदक प्राप्त गरेका थिए ।

२९ वर्षिय बोल्टले सन् २००८ को बेईजिङ्ग ओलम्पिक र सन् २०१२ को लण्डन ओलम्पिकमा पनि तिन तिन ओटै स्वर्ण पदक प्राप्त गरेका थिए ।

रियोमा महिला फुटबलको उपाधि जर्मनीले प्राप्त गरेको छ ।

गए राती 'शुक्रबार राती' सम्पन्न फाईनलमा जर्मनीले स्वेडनलाई २/१ गोल अन्तरले पराजित गर्दै महिला फुटबलमा पहिलो पटक ओलम्पिक स्वर्ण प्राप्त गर्न सफल भएको थियो ।

रियोमा भारतले दोस्रो पदक प्राप्त गरेको छ ।

शुक्रबार राती भएको महिला ब्याड्मिन्टन फाईनलमा भारतकी शिन्धु पुशरल्लाले रजत पदक प्राप्त गरेकी थिईन् ।

शिन्धु फाईनलमा ईस्पेनकी विश्व नम्बर एक खेलाडी क्यारोलिन मारिन संग पराजित भएकी थिईन् ।

शनिबार बिहानको खेल सम्पन्न हुँदा सम्म अमेरिका ३८ स्वर्ण, ३५ रजत र ३२ काँस्य पदकका साथ शिर्ष स्थानमा कायमै रहेको छ ।

यसैगरि बेलायत २४ स्वर्ण, २२ रजत र १४ काँस्य पदकका साथ दोस्रो स्थानमा रहेको छ भने चिन २२ स्वर्ण, १८ रजत र २५ काँस्य पदकका साथ तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरि जर्मनी १४ स्वर्ण, ८ रजत र १३ काँस्य पदकका साथ चौथो स्थानमा रहेको छ भने रुष १३ स्वर्ण, १६ रजत र १९ काँस्य पदकका साथ चौथोबाट पाँचौ स्थानमा रहेको छ ।

४ भदौ, काठमाडौं ।

उतारचढावका बीच यो साता नेपाली शेयरबजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा १०.१५ अंकले बढेर अन्तिम दिन १७७४.८७ अंकमा पुगेको छ ।

कारोवार बढे पनि कारोबार रकम भने गत साताको भन्दा २२.२८ प्रतिशतले घटेको छ

यो साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३१४०२ कारोबारबाट छ अर्ब ५ करोड छ लाख ७४ हजार रुपैयाँ बराबरका एक करोड ७ लाख छ हजार नौ सय ९० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचकतर्फ बाणिज्य बैक, विकास बैक,होटेल,बिमा र उत्पादन मूलक समूहको कारोवारमा सुधार र्भको छ भने वित्त,जलविद्युत तथा अन्उ समूहको कारोवार घटेको छ ।

यो साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक, कारोबार भएको सेयर संख्याको आधारमा लक्ष्मी भ्याल्यु फन्ड १ र कारोबार संख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि। अग्रस्थानमा रहेका छन् ।

४ भदौ, धुन्चे ।
जनैपूर्णिमा पर्वका अवसरमा रसुवामा लागेको गोसाइँकुण्ड मेला आज सम्पन्न भएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीत डिएमका अनुसार आज बिहानसम्ममा सबै यात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् ।

यस वर्षको पर्वमा करिब १० हजार भक्तजन पुगेको अनुमान गरिएको छ ।

गोसाइँकुण्डका यात्रीमध्ये दुई हजार सातसय जनालाई लेक लाग्ने समस्या आएको र जिल्ला स्वास्थ्य कार्यालय नेपाली सेना, नारायण दलगण, हिमालय उद्धार सङ्घ र साइबाबा हस्पिटलसमेतको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

४ भदौ, काठमाडौं ।
विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर पहिरोका कारण उच्च जोखिममा रहेको छ ।

मन्दिरको पूर्व र पश्चिम दिशाबाट पहिरो गएको छ भने पहिराले भत्किँदै गएका मन्दिरका सिँढी केही बनाइए पनि दीर्घकालीन रुपमा पहिरोको रोकथाम हुन नसकेकामा स्थानीयवासी चिन्तित छन् ।

मन्दिरको पश्चिमपट्टि रहेको चाँगुनारायणको नौमध्ये महत्वपूर्ण चन्द्रसूर्यको मठसम्म पहिरो आइपुगेको मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले बताउनुभयो ।