बाबुराम भट्टराईका प्रहरी सवारी चालक ट्राफिक कारबाहीमा

भदौ ५, २०७३ मा प्रकाशित
Published at 2016-08-21

721 views

५ भदौ, काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन्।

‍भट्टराईको सुरक्षामा खटिएका बा १ झ ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

जावलाखेल चोकमा जेब्रा क्रसिङमा सवारी तेर्स्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो।

ट्राफिक प्रहरीले भिआईपीको सुरक्षा तथा पछुवामा खटिएकामा चालकलाई कारबाहीको दायरामा ल्याएको यो घटना पहिलो हो।



प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.