५ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अब सुशासन, विकासका लागि ध्यानकेन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले राजनीतिक परिवर्तनका लागि लामो समय खर्चिएकाले अब आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री दाहालले मधेस, पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न र मुलुकलाई विकास समृद्धि र पुनःनिर्माणको दिशामा अघि बढाउनु आफ्नो प्राथमिकता भएको उल्लेख गर्नुभयो ।

The Commission for Investigation of Abuse of Authority (CIAA) has arrested Dinesh Shrestha, a sub-engineer at Kathmandu Metropolitan City-3 while taking bribe.

A team of CIAA nabbed Shrestha red-handed from a restaurant at Maharajgunj in the capital city while receiving Rs 300,000 from a service-seeker promising him a certificate of completion of house construction, according to CIAA Spokesperson Ganeshraj Karki.

The schedule of transfers of civil servants this year has been delayed due to government change.

The Ministry of General Administration is entitled to carry out the transfers of civil servants. But this year, the transfer schedule was delayed as the respective minister after the formation of the new government has not been appointed yet, Ministry's Joint Secretary Ishwar Raj Poudel said.

As per the Ministry calendar, the transfer should be carried out within mid-August.

In the current fiscal year, 2,764 civil servants have applied for the transfer.

Nepali national football league winner Three Star Club (TSC) defeated the Erchim football club of Mongolia by 2-0 in the first leg of the qualifying match for the AFC cup football tournament.

In the match held earlier today in Ulaanbaatar, the capital of Mongolia, Nigerian recruit for TSC Martins Kayode scored the first goal in the 13th minute while Bikram Lama made it 2-0 to seal a win for his team in the 75th minute of the match.

The TSC will now play the Nagaworld football club of Cambodia on Tuesday. The play-off phase has been divided into three groups, with the group winner going to the second round. TSC representing Nepal is in Group 'b'.

Nepali Congress leaders have stressed that the services and amenities given from existing VDCs and Municipalities should not be reduced while restructuring the local bodies.

In an interaction organized by the working committee of the party today to solicit suggestion for the fixation of the number and borders of the Municipalities and village municipalities, special preserved zones and autonomous zones, party president Sher Bahadur Deuba urged to concentrate on the practical difficulties while restructuring the local bodies to make it less in numbers.

He stressed on the practicality of merging the VDCs in village Municipality adding that it might not be practical in hilly and mountainous belts while developing a village municipality comprising VDCs.

Similarly, senior leader Ramchandra Poudel opined for holding consultations with other parties in this regard and that the issues should be resolved within a week. He said that the national treasury might be misused while restructuring the local bodies if the service centres were developed haphazardly.

Likewise, party leader Prakash Man Singh stressed on not reducing the services and facilities adding the local bodies' restructuring process might be changed if the borders of federal units were changed while addressing the Tarai issues through political ways.

On the occasion, leader Krishna Prasad Sitaula opined for holding local bodies' election on the basis of existing local bodies.

Similarly, party Treasurer Sitadevi Yadav, leader Gopal Man Shrestha, Kathmandu party President Sabuj Baniya stressed on holding local bodies election by Mid-April after fixing the demarcation work of local bodies.

The proposal adding members to various committees in the parliament was approved by the meeting today of the Legislature-Parliament.

Accordingly, KP Sharma Oli and Bhim Bahadur Rawal have been included in the International Relations and Labour Committee, Kunti Kumari Shahi to the Legislation Committee, Dip Narayan Shah, Nardevi Pun and Damodar Bhandari to the Finance Committee, Shanta Manawi to the Development Committee, Satya Narayan Mandal to the Environment Committee, Bishnu Prasad Poudel to the Finance Committee and Ram Kumar Subba to the State Affairs Committee.

The proposal was tabled before the house by Speaker Onsari Gharti.

The Rastriya Prajatantra Party Nepal (RPP-N) is set to organise the International Sanatan Dharma Sabha in Kathmandu from November 12-14.

The event aims at awakening Hindu religion and religious Gurus and representatives from Hindu organisations including from international level will participate, said RPP-N's spokesperson Rajaram Shrestha.

The Dharma Sabha Organising Committee will be led by RPP-N Chairman Kamal Thapa and its members include the party central office bearers, members of the working committee, zonal coordinators, Kathmandu district chairman and chiefs of party's sister organisations.

Meanwhile, as part of a campaign to pressurise the government to organise local body elections in time, a door-to-door campaign will be held and a 'Rastriya Sankalpa Drive' will be launched, Shrestha said.

Lawmakers in today's Parliament meeting called for an end to the syndicate system deeply rooted in the transport sector.

They also urged the government to reach the housing grant to the quake survivors immediately and to prioritize service rather than the numbers while restructuring the local bodies.

Lawmakers at today's Legislature-Parliament meeting have demanded that a public holiday be declared on the day of the Hindu festival Gaijatra from next year, applicable across the country.

Expressing their views during zero hour, they also drew the attention of the government to save areas like Bajhang and Chainpur from being eroded by the Seti River.

Likewise, they also drew the attention of the government to 12 VDCs of Banke district being at risk of being eroded and demanded that increasing road accidents be controlled, violence against women in Parbat be curbed and viral fever spreading across the country be contained at the earliest.

Prime Minister Pushpa Kamal Dahal has said that the struggle ahead should be for good governance, development and prosperity.

In a meeting with a delegation from the western regional development forum at the PM's official residence in Baluwatar this morning, the Prime Minister said since a long time has been spent for political change, we should now move ahead towards the road to prosperity, he said, according to his deputy personal secretary Manohari Timilsena.

He also said that his government's priority is to move ahead the reconstruction work, uniting the Madhesh, hills and the mountains to consolidate internal unity, and maintain balanced relations with the neighbours.

५ भदौ, काठमाडौं । सामाजिक अभियन्ता महावीर पुनले विश्वभर रहेका नेपाली वैज्ञानिकलाई नेपालमै फर्काएर स्वदेशमै काम गर्ने वातावरण बनाउन आफू अभियानमा जुटेको बताएका छन्। शनिबार गृहजिल्ला म्याग्दी आएका पुनले प्रतिभाशाली सन्ततिका प्रतिभा पालनपोषण गर्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लागेको प्रस्ट्याए।

म्याग्दी उद्योग वाणिज्य संघले शनिबार बेनीमा आयोजना गरेको ‘राष्ट्रिय आविष्कार केन्द्र स्थापना’ विषयक अन्तर्त्र्कियामा पुनले देशको भविष्यसँग जोडिएको केन्द्रलाई चार वर्षसम्म सहयोगको आश्वासन दिए पनि सरकारले विश्वासघात गरेपछि बाध्य भएर जनताको ढोकामा आएको बताए।

‘सरकारले केन्द्रको नाम दियो, दाम दिएन । चार वर्षसम्मको समय शून्य उपलब्धिमै बित्यो,’ पुनले भने। उनले तत्कालीन अर्थसचिव कृष्णहरि बास्कोटासहित विभिन्न मन्त्रालयका सचिवको सक्रियतामा नाफारहित संस्थाका रुपमा दर्तालगायत कानुनी प्रक्रिया पूरा गरेको बताउँदै त्यसपछि विभिन्न बहाना बनाएर असहयोग गरिएको बताए।

‘देश बनाउन जुन कुराको आवश्यकता छ, त्यसमा कुनै चासो देखाइएको छैन,’ पुनले भने। उनले विज्ञान र प्रविधिबिना देशको विकास सम्भव नभएको बताउँदै त्यसमा अहिलेसम्मका कुनै पनि सरकारले प्राथमिकता नदिएको आरोप लगाए।

‘विज्ञान तथा प्रविधि मन्त्रालयमा कोही मन्त्री भएर जान मान्दैनन्, युवा कर्मचारीले चासो देखाए पनि अर्थ मन्त्रालयले बजेट दिँदैन,’ पुनले विज्ञानको विकास नहुनुको कारण खुलाए। केन्द्रले देशलाई विकसित मुलुकसरह बनाउन आवश्यक सबै क्षेत्रमा काम गर्ने गरी विदेशमा रहेका युवा वैज्ञानिकलाई देशको हितमा काम गर्ने वातावरण बनाउने बताए।

‘हामीले नेपाली वैज्ञानिक र प्रतिभाशालीको सूची संकलन गरिरहेका छौं। निरन्तर सहयोगसहित आफैं उपस्थित भएर काम गर्ने वातावरण बन्छ,’ उनले भने। देशले चासो नदेखाउँदा भारत, चीन, बेलायत, अमेरिकासहितका देश बनाउन नेपाली प्रतिभा देशमै वातावरण भए फर्कन आतुर रहेको उनले बताए। बिदेसिएका हजारौं प्रतिभाशाली सन्ततिलाई स्वदेशमै फर्काएर देश विकासमा लगाउने उद्देश्यसहित केन्द्र स्थापना गरिएको पुनको भनाइ छ।

३० वर्षको समयमा परिवर्तन भएका विश्वका विभिन्न देशको उदाहरण हेरेर काम गनुपर्नेमा जोड दिए। ‘पहिलो आवश्यकता मानव पुँजी हो। आर्थिक जुटाएर देश बनाउनुपर्छ,’ उनले भने।

विज्ञान तथा प्रविधि देशविकासको एउटा औजार भएको बताउँदै पुनले उद्योगधन्दाको विकास नभएसम्म देश विकास हुन नसक्ने बताए। देशको कुल गार्हस्थ उत्पादनको शून्य दशमलब ५ प्रतिशत बजेट विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्ट्याएर त्यसबाट देशमा अनुसन्धान र विकास गर्ने आफ्नो प्रस्ताव कार्यान्वयन नभएकाले समस्या भएको बताए।

केन्द्रका अध्यक्षसमेत रहेका पुनले नेपालको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणका सबै जिल्लाका गाउँगाउँ पुगेर देशमा विज्ञान र प्रविधिको विकासका लागि अभियान सञ्चालन गरिने जानकारी दिए।

‘केन्द्रको अर्को नाम नेपालीको पालनपोषण केन्द्र हो,’ उनले भने। विद्युत उत्पादनका लागि तत्काल ५० करोड संकलन गरी बाँकी बैंकबाट ऋण लिएर सुरु गर्ने बताउँदै केन्द्रका लागि त्यसबाहेक स्रोत पनि जुटाउने बताए।

विद्युतगृह निर्माणसँगै केन्द्रले खोज तथा अनुसन्धानका कामसमेत निरन्तरता दिने पुनको भनाइ छ। उनले निरक्षर नेपालीले समेत आविष्कार केन्द्रबारे बुझेको तर उच्च शिक्षा लिएका नेतासहित कर्मचारीलाई सिकाउनुपर्ने अवस्था रहेकाले समस्या भइरहेको गुनासो गरे।

म्याग्दी प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले यार्सागुम्बा, रातोचन्दनलगायत थुप्रै बहुमूल्य जडीबुटी रहे पनि पहिचान अभावमा बर्सेनि अर्बौं नोक्सान भइरहेको स्मरण गराउँदै केन्द्रले त्यसको खोज र अनुसन्धान तथा उत्पादन बढाउने कार्यमा समेत ध्यान दिनुपर्ने जोड दिएका थिए। पूर्वसभासद गोविन्द पौडेल र नेकपा एमाले म्याग्दी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले अभियानका पक्षमा बोलेका थिए।

कार्यक्रममा सहभागी राजनीतिक दल, उद्योगीरव्यापारी, विद्यार्थीलगायतबाट केन्द्रका लागि ३ लाख ४४ हजार ४ सय ९४ रुपैयाँ आर्थिक सहयोग जुटेको थियो।

दूधको कमाइ केन्द्रलाई

पहिलो संविधानसभाका निर्वाचित सभासद गोविन्द्र पौडेलले जनता, उद्योगपति धनी भए देश धनी हुने र नेता धनी भए देश कंगाल हुने बताउँदै केन्द्र स्थापनाले देशलाई धनी बनाउने बताए। उनले आविष्कार केन्द्रले देशको सम्भावना र लगानीको क्षेत्रसहित देशमै उत्पादनको वातावरण बनाउने भएकाले पनि ब्यक्तिगत तथा संस्थागत तर्फबाट निरन्तर सहयोगको प्रतिबद्धता उनले जनाए ।

नेकपा माओवादी म्याग्दी संयोजकसमेत रहेका पौडेलले आफूसँग दुइटा भैंसी रहेको र त्यसबाट मासिक ३४ हजार कमाइ हुने बताउँदै एउटा भैंसीको एक महिनाको कमाइ आविष्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गरे।

‘जसले बनाए पनि देश मिलेर बनाउने हो। जिल्लाका राजनीतिक दलले समेत सरकारलाई आर्थिक सहयोगको दबाब दिन्छौं,’ उनले भने।

त्यस क्रममा पत्रकार महासंघ म्याग्दी अध्यक्ष सुरत केसीले ३ सय ६५ दिनको खाचा खर्चबापत प्रतिदिन सय रुपैयाँ केन्द्रका नाममा सहयोग गर्ने घोषणा गरेका थिए । नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

५ भदौ, काठमाडौं ।
तेक्वान्दोकी निशा रावल रियो ओलम्पिकको प्रतिस्पर्धामा पदक बिहिन भएर बाहिरिएकी छिन् ।

नेपालको तर्फवाट अन्तिम खेलाडीका रुपमा तेक्वान्दोमा प्रतिस्पर्धा गरेकी निशा रावल एक अंकले चुक्दा ओलम्पिकमा पदक बिहिन बनेको नेपालको दाग रियो ओलम्पिकले पनि मेट्न सकेन ।

कास्य पदकका लागि फ्रान्सकी ग्वाल्डिज इपान्गुईसँगको भिडन्तमा निशा एक अंकले चुक्दा प्रतिस्पर्धाबाटै बाहिरिन पुगिन् ।

आइतवार बिहान ब्राजिलको रियोस्थित कारिओका एरिना–३ मा भएको खेलमा निशाले सन् २००८ को बेइजिङ ओलम्पिककी कास्य विजेता फ्रेन्च खेलाडीसँग भिडन्त गरेकी थिइन् ।

भिडन्तमा तेस्रो बाउटमा फ्रेन्च खेलाडीसँग १ अंक गुमाउन पुग्दा निशा दूर्भाग्यपूर्ण रूपमा हार्न पुगिन् ।

६७ केजी माथि हेभिवेट स्पर्धामा निशाले पहिलो बाउटमा ३ अंक गुमाउन पुगेकी थिइन् । तर, दोस्रो बाउटमा आक्रामक देखिएकी निशाले ३ अंक बटुल्दै इपान्गुईसँगको खेल ३–३ को बराबरीमा पुर्याएकी थिइन्।

निशा रेपेचार्ज राउन्डअन्तर्गत कास्य पदकका लागि फ्रेन्च खेलाडीसँग भिडेकी थिइन् ।

एक अंकले चुकेकी निशाको नेपालबाट ओलम्पिक खेलेका अन्य २ खेलाडीभन्दा उत्कृष्ट रहेको पाइएको छ ।

२० वर्षीय निशाभन्दा अघि सन् २००४ को एथेन्स ओलम्पिकमा संगीना बैध र सन् २००८ को बेइजिङ ओलम्पिकमा दीपक बिष्ट भिडेका थिए ।

दुवै तेक्वान्डो खेलाडी नेपालमा उत्कृष्ठ तेक्वान्दो खेलाडीका रुपमा चिनिन्छन् । हाल दुवैले खेल जिवनबाट सन्यास लिइसकेका छन् भने तेक्वान्दो खेल क्षेत्रमै क्रियाशिल रहेका छन् ।