उपभोक्ता ठग्ने पम्पसँग मिलेमतो गर्ने शर्मा थानकोट फर्केपछि फेरी अभाव सुरु

६ भदौ, काठमाडौं ।
नाकाबन्दीका वेला पेट्रोलियम पदार्थ अपचलन गरेको र उपभोक्ता ठग्ने पम्पसँग मिलोमतो गरेको आरोपमा प्रहरीले थानकोट डिपो प्रमुख रविन शर्मालाई पक्राउ गरेको थियो ।

सरकारले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई असार अन्तिममा सफाइ दियो ।

त्यसपछि २५ साउनमा थानकोट डिपोमै पुनर्बहाली भए। निगमको उच्च व्यवस्थापन र सीमित व्यवसायीको रुचिमा उनी पुन : थानकोट पुगेको स्रोत बताउँछ।

उनी थानकोट पुग्नासाथ उपत्यकामा इन्धन अभाव सुरु भएको हो। उनले १२ बजेपछि मात्रै डिपोबाट ट्यांकर छाड्ने गरेका छन्, जसकारण पम्पले २ बजेपछि मात्रै तेल पाउँछन् ।

बिहानैदेखि तेल लोड सुरु गरी १० बजेभित्र पम्पमा तेल बोकेका ट्यांकर पठाउने व्यवस्था सुरु गर्न व्यवसायीले अनुरोध गरे पनि शर्माले मानेका छैनन्।

उनले अभावको वास्तै नगरी १० बजेपछि कार्यालय खोल्ने र १२ बजेदेखि तेल बोक्ने ट्यांकर डिपोबाट निकाल्ने गरेको व्यावसायीको गुनासो छ ।

‘शर्माले आफूअनुकूलको व्यवसायीका पम्पलाई धेरै तेल दिने र अरूलाई सामान्य अवधिको परिमाण दिने गरेर पनि समस्या भएको छ,’ एक व्यवसायीले भने।

विशेष अदालतद्धारा पशुपतिनाथ भ्रष्टाचारमा अधिकाशंलाई सफाइ, ठेकेदारलाई जरिवाना

६ भदौ, काठमाडौं ।
विशेष अदालतले पशुपति विकास कोषले सञ्चालन गरेको काठमाडौं गोठाटारस्थित बालुवाखानी उत्खनन्‌मा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार बच्चुराम दाहाललाई १४ करोड ४५ लाख ४५ हजार दुई सय रूपैयाँ जरिवानको फैसला सुनाएको छ।

मुद्दामा अधिकांशलाई अभियोगबाट सफाइ दिँदै बिगोको अनुपातमा ठेकेदारलाई समेत निकै कम जरिवाना भएको भन्दै अख्तियारका अधिकारील गम्भीर असन्तुष्टि जनाएको खबर आजको अन्नपूर्णमा छापिएको छ ।

यस्तै अर्का ठेकेदार मीठाराम दाहाललाई १४ लाख २६ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।

‘राष्ट्र र जनताको विपक्षमा कुनै प्रस्ताव आए मान्दैनौं’-एमाले

६ भदौ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनप्रति सकारात्मक दृष्टिकोण रहे पनि राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने घोषणा गरेको छ ।

स्थायी समितिको जारी बैठकले सो निर्णय गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ।

‘हाम्रो पार्टी सैद्धान्तिक रुपमा संविधानको संशोधनप्रति सकारात्मक दृष्टिकोण राख्छ ।

तर, राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्तावलाई अस्वीकार गर्ने कुरा बैठकले स्पष्ट गरेको छ,’ बैठकपछि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।

एमालेले नयाँ सत्ता समीकरणका नेतृत्वकर्ता दलहरुको गतिविधि र नियत कुनै पनि निर्वाचन नगराई मुलुकलाई संवैधानिक रिक्ततातर्फ धकेल्ने रहेको भन्दै पूर्ववर्ती सरकारले घोषणा गरेअनुरुप नै निर्वाचन हुनुपर्ने निष्कर्षसमेत निकालेको छ।

एमालेले प्रस्ताव गर्दा बिरोध गरेका देउवा भन्छन्-‘पुरानै संरचनामा स्थानीय चुनाव’

६ भदौ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राज्य पुनःसंरचना गरेर आगामी चैतमा स्थानीय निर्वाचन गर्न असम्भव रहेको बताउँदै पुरानै संरचनाअनुसार चुनाव गर्नुपर्नेमा जोडदिएका छन् ।

उनले स्थानीय निकायको पुनःसंरचना कार्य निकै कठिन रहेको भन्दै पुरानै संरचनाअनुसार निर्वाचन गर्नुपर्नेमा जोड दिएको खबर आजको राजधानीमा छापिएको छ।

‘चैतमा गर्ने भनिएको स्थानीय चुनाव पहिलेकै संरचनाअनुसार गरौं, अर्को स्थानीयको चुनाव गर्दा गाउँपालिका र नगरपालिका मिलाएर गरौं,’ नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेलालाई आइतबार राजधानीमा उद्घाटन गर्दै सत्ता साझेदार दल कांग्रेसका सभापति देउवाले भने ।

सभापति देउवाले आगामी चैतभित्रै पुनःसंरचना गरेर स्थानीय निकायको निर्वाचन गर्ने हो भने त्यसबाट झनै समस्या आउन सक्ने बताए ।‘यहाँ एउटा वडा सार्दा त यति ठूलो झगडा हुन्छ भने गाउँलाई घटाएर ५ सय ६५ बनाउन सजिलो छैन,’ देउवाले भने, ‘स्थानीय निकायको चुनाव गर्ने कि गाउँमा झगडा निम्त्याउने रु’

उनले वैज्ञानिक ढंगबाट स्थानीय निकायको पुनःसंरचना गर्नुपर्ने सुझावसमेत दिए । उनले थपे, ‘स्थानीय निकायको पुनःसंरचना गर्ने हो भने वैज्ञानिक ढंगबाट गर्नुपर्छ, यसका लागि राम्रोसँग अध्ययन हुनुपर्छ ।’

भेलामा नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले स्थानीय निकाय पुनःसंरचना आयोगले ५ सय ६५ गाउँपालिका बनाउन दिएको प्रतिवेदनको ठाडै विरोध गरेका थिए । आयोगले दिएको प्रतिवेदन कुनै पनि हालतमा मान्न नसकिने उनीहरूको भनाइ थियो ।उनीहरूले गाउँपालिका १ हजारदेखि १ हजार १ सयसम्म हुनुपर्ने सुझावसमेत दिएका छन् ।

आयोगले स्थानीय निकायको पुनःसंरचना गर्दा जनसंख्यालाई मात्र आधार बनाएको भन्दै यस्तो प्रतिवेदन अव्यावहारिक भएकोमा जोड दिएका थिए । उनीहरूले जनसंख्या र भूगोललाई आधार बनाएर पुनःसंरचना गर्नुपर्ने सुझावसमेत दिएका छन् ।

टोकीयोमा भारी बर्षा र आँधी, सयौं उडान प्रभावित

मदन पाठक-६ भदौ, टोकियो-जापान ।
भारी बर्षासँगै आएको आँधीका कारण राजधानी टोकियो र आसपासका क्षेत्र प्रभावित भएको छ ।

सोमबार बिहानैदेखी परेको भारी बर्षा र तिब्र गतिको हावाको वेगका कारण राजधानी टोकियोको नारिता बिमानस्थलबाट उड्ने सयौं उडान स्थगित गरिएको क्योदो समाचार संस्थाले जनाएको छ ।

भारी बर्षा र तिव्र गतिको हावाकै कारण सोमबार बिहान चलेका रेलहरु धेरै स्थानमा केही समय रोक्नु परेको थियो भने यसबाट लाखौं यात्रु प्रभावित बनेका थिए ।

पूर्व र उत्तरी जापानमा तूफानसँगै भारी वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

आँधी र भारी बर्षाले कान्तो क्षेत्रमा सोमबार बिहान असर गर्ने र होकाइदो तथा उत्तरी क्षेत्रमा असर पार्ने मौसम विज्ञान एजेन्सीले उल्लेख गरेको छ ।

होन्सु क्षेत्र तथा टोकियो क्षेत्रमा बिहानैबाट भारी बर्षासँगै तिब्र गतिको हावा चलिरहेको छ । होकाइदो क्षेत्रमा सोमबार साँझसम्म भारती बर्षा र आँधी आउने बताइएको छ ।

मौसम एजेन्सीले सोमकार बिहानबौ भारी बर्षासँगै तिब्रगतिको हावा चल्ने भन्दै यसअघिनै अत्यावश्यक बाहेकका काममा बाहिर ननिक्लन सुचना जारि गरेको छ ।

यसैबिच एक युवालाई फुकुसीमा प्रान्त लैजाने क्रममा एक तट रक्षकको सोमबार एकाबिहानै मृत्यु भएको छ । तिब्र गतिको हावाको कारण सवार डुंगा डुब्न जाँदा मृत्यु भएको तटरक्षक बललाई उदृत गर्दै जापानटाइम्सले समाचार प्रकाशित गरेको छ ।

उक्त समयमा तटरक्षक बलका सदस्यहरु नदि किनारमा खेल्दै गर्दा बेपत्ता भएका एक एक १८ बर्षीय युवालाई खोज्दै गरेको बताइएको छ ।

मौसम विज्ञान एजेन्सीले अझै अर्को एक आँधीको खतरा रहेको भन्दै समुन्द्र आसपास लहराईरहेको उक्त आँधी विस्तारै पश्चिमबाट दक्षिण तर्फ वहने र यसले राजधानी टोकियो र आसपासको क्षेत्रलाई असर पार्ने बताएको छ ।

सिलसिलाको आठौं साधारण सभा : महिलाहरु हिंसा सहेर एक दिन पनि बस्नु हुदैंन

पप्पु गुरुङ्, ५ भदौ, दोधारा चाँदनी । महिलाहरु आफ्नै घर भित्र र समाजमा हिंसा सहेर बस्नु पर्ने वाध्यता रहेको हुदा अब देखि एक दिन पनि हिंसा सहन नहुने दोधारा चाँदनीमा आयोजित एक कार्यक्रममा सिलसिला समुहका सदस्य महिलाहरुले वताएका छन् । दोधारा चाँदनीको सिलसिला समुहको आठौं साधारण सभामा उक्त समुहका महिलाहरुले वोल्दै महिलाले विहान ५ वजे देखि रातको १० वजे सम्मको कामको मुल्याङकन हुनुपर्ने, लोग्ने मान्छेले विभिन्न वहाना देखाएर पेल्न खोजे, हिंसा गर्न रोक्ने बताएका छन् । गाँउ, टोलमा महिलालाई कुनै पनि समस्या परेमा सिलसिला समुहलाई सम्पर्क तथा सल्लाह सुझाव लिन बक्ता महिलाहरु सदस्यहरुले आह्वान गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सिलसिला समुहका अध्यक्ष बिन्दा थापाले टोलमा हुने महिला हिंसा, सरसफाई, शुभकामना तथा विकासका कार्यक्रमहरु सबै संघ–संस्थाहरु संग मिलेर गरेमा योजना कार्यान्वयन गर्दा सहज हुने वताए । टोल विकासका कार्यक्रममा सहभागिता, पुर्णखोप सुनिश्चित लगाएतका बिभिन्न कार्यक्रम गरि समुदायको जिवन स्तर उकास्न सिलसिला समुहका सदस्य महिला दिदी बहिनीहरुको ठुलो हात रहेको दोधारा चाँदनी स्थित रहेको जनजाग्रती बिकास समाजका सहजकर्ता रेशम बोग्टीले बताउनुभएको छ् । “समुहले बिगत लामो समय देखि समाजमा सकारात्मक कार्य गर्दै आएको छ्” जनजाग्रती बिकास समाजका सहजकर्ता बोग्टीले बताउनुभयो । समुहकी सदस्य बेलमती थापाले समुहले कुनै पनि सामाजिक कार्य गर्दा सानो कुरामा नअल्मलिईकन दिर्घकालिन सोच लिएर कार्य गर्नु पर्ने वताउदै आगामी दिनहरुमा महिला दिदी बहिनीहरुले समाजमा अझै निकै ठुलो योगदान दिनु आवश्यक रहेको बताउनुभएको छ् । दोधारा चाँदनीको वडा नं. ८, गौरी टोलमा भएका बिभिन्न खाले समस्याहरु समुहमा मिलेर हल गर्दै आएका सिलसिला समुहलाई उनिहरुको कार्य प्रति प्रभावित भएर दोधारा चाँदनी नगरपालिकाले समुहको बैठक गृहको लागी आर्थिक सहयोग गरेको समुहका अध्यक्ष बिन्दा थापा बताउनु हुन्छ् । मासिक तथा साप्ताहिक बचत समेत गर्दै आएको सिलसिला समुहले सामुहिक गहुँ तथा धान कटाई गरेर रु. ५३ हजार भन्दा बढी रकम संकलन गरिसकेका छन् । समुहको आठौं साधारण सभामा सिलसिला समुहका अध्यक्ष बिन्दा थापाको सभापतित्वमा संचालित आठौं साधारणमा बिशिष्ठ अतिथी नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटि अध्यक्ष किशोर लिम्बु, नेकपा (माओबादी) जिल्ला कमिटि सदस्य ईन्द्र बहादुर रावत, यस्तै अतिथीमा शिक्षक करन रोकाया, पत्रकार पप्पु गुरुङ्ग, जनजाग्रती बिकास समाज दोधारा चाँदनीका प्रतिनिधीहरुको साझा उपस्थिती रहेको थियो । जनजाग्रती बिकास समाजका मातहतमा रहेको सिलसिला समुहले समाजमा बिकृती, बिसंगती हटाउन बिभिन्न जनचेतनामुलुक कार्य, बिकास कार्यमा उनिहरुले बाटो निमार्ण तथा मर्मत तथा सामुहिक सहकार्य लगाएत थुप्रै सामाजिक कार्य गर्दै आएको कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

एएफसी कपमा थ्री स्टारको बिजयी सुरुवात

५ भदौ, काठमाडौं ।
थ्री स्टार क्लब ए एफ सी कप फुटबल प्ले अफ छनोटको पहिलो खेलमा विजयी भएको छ ।

मंगोलीयाको राजधानी उलनबटारमा आईतबार भएको खेलमा नेपालको राष्ट्रिय लिग विजेता थ्री स्टारले आयोजक राष्ट्र मंगोलीयाको लिग विजेता एर्चीम फुटबल क्लबलाई २-० गो अन्तरले पराजित गरेको थियो ।

खेलको १३ औँ मिनेटमा थ्री स्टारका नाईजेरियाली स्ट्राईकर मार्टिन्स कयोदेले पहिलो गोल गरेका थिए भने खेलको ७५ औँ मिनेटनमा थ्री स्टारका बिक्रम लामाले दोस्रो तथा निर्णायक गोल गरेका थिए ।

गत वर्षको राष्ट्रिय लिगमा विजयी हुँदै ए यफ सी कपको छनोटमा भाग लिएको थ्री स्टारको अर्को खेल कम्बोडियाको नागावोल्र्ड फुटबल क्लब संग मंगलबार हुनेछ ।

तिन समूहमा विभाजन गरिएको प्ले अफ छनोट चरणमा ९ वटा क्लब सहभागि छन् ।

तिन वटै समूहबाट समूह विजेता हुन सफल क्लब अर्को चरणमा प्रवेश गर्ने छन् ।

पहिलो खेलमा जित संगै थ्री स्टारको अर्को चरणमा प्रवेशको सम्भावना बलियो भएको छ ।

वाणिज्य बैंकको मोवाईल बैंकिङ सेवा विश्वभरबाट प्रयोग गर्न सकिने

५ भदौ, काठमाडौं ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मोवाइल बैंकिङ सेवालाई  संसारभरबाट प्रयोग गर्न सकिने बनाएको जनाएको छ ।

आफ्ना दुई लाखभन्दा बढि ग्राहकहरुकले प्रयोग गरिरहेको यो सेवालाई प्रभावकारी बनाउँदै आरबीबी स्मार्ट सेवा सुरु गरेको हो । यो स्मार्ट सेवा मोवाइलको एसएमएस। र इन्टरनेट दुवैबाट चलाउन सकिने छ ।

अब ग्राहकहरुले आफ्नो् मोबाइलबाट घरमै बसेर खाताको कारोबार, मौज्दात, दुई प्रतिशत छुटमा मोवाइल टपअप रिचार्ज, अन्तर बैंक रकम ट्रान्सफर, कर्जाको सांवा ब्याज भुक्तानी, चेकबुकको माग, अन्य मर्चेन्ट भुक्तानी, सिकायत, बैंकको शाखा तथा एटिएम लोकेसनको जानकारी प्राप्त गर्न सक्छन् ।

एकपटक आफ्नो मोवाइल बैंकको सिस्टममा रजिस्ट्रेसन गरेपछि संसारको कुनैपनि कुनाबाट इन्टरनेटको माध्यमबाट संचालन गर्न सकिने भएकाले ग्राहकको समय र लागत दुबै बचाउन मद्धत गर्ने बैंकले जनाएको छ ।

रियो ओलम्पिक समापन गरिंदै, नेपाल सहभागीतामै सिमित

शनिबार राती नेपालकी तेक्वान्दो खेलाडी निशा रावल चिनकी सुईन झिङ्ग संग ६७ केजि तौल समूहमा २/० ले पराजित भए संगै नेपालको रियो ओलम्पिकको यात्रा पनि पदक विना नै सम्पन्न भएको छ ।

नेपालबाट यस ओलम्पिकमा जुडोबाट निशा संगै फुपु लामु खत्री, पौडीम शिरिष गुरुङ्ग र गौरिका सिंह, एथलेटिक्स्मा सरस्वती भट्टराई र हरि कुमार रिमाल र आर्चरीमा जित बहादुर मोक्तानले प्रतिस्पर्धा गरेका थिए ।

एथलेटिक्स्मा सरस्वती भट्टराई र पौडीमा शिरिष गुरुङ्गले मात्रै आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

रियो आलम्पिक फुटबलको उपाधि आयोजक ब्रजिलले हात पारेको छ ।

शरिबार राती भएको फाईनलको निर्धारित र थपिएको समय १/१ गोलको बराबरीमा सम्पन्न भएपछि ब्रजिलले जर्मनीलाई पेनाल्टि सुटआउटमा ५÷४ गोल अन्तरले पराजित गरेको थियो ।

आईतबार बिहानको खेल सम्पन्न हुँदा सम्म अमेरिका ४३ स्वर्ण पदकका साथ शिर्ष स्थानमा कायमै रहेको  छ ।

यसैगरि बेलायत २७ स्वर्ण र चिन २६ स्वर्ण पदकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने रुष १७ स्वर्ण र जर्मनी १७ स्वर्ण पदकका साथ चौथो र पाँचौ स्थानमा रहेका छन् ।

दुई बालबालिकाको रहस्यमय मृत्यु

५ भदौ, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडास्थित राना टोलमा दुई बालबालिको रहस्यमय मृत्यु भएको छ ।

इलाका प्रशासन कार्यालय बेल्डाँडीका अनुसार स्थानीय रामलाल चौधरीका चार वर्षीय छोरा दिपेश र सात वर्षीया छोरी जस्मीनको शव मृत अवस्थामा उखुबारीमा भेटिएको हो भने छोराछोरीलाई विद्यालय पु¥याउन हिँडेकी रामलालकी २४ वर्षीया श्रीमती बस्नती नजिकैको उखुबारीमा बेहोस अवस्थामा भेटिएकी छिन् ।

विद्यालय छुट्टी भइसकेपछि पनि श्रीमती र बालबालिका घर नफर्केपछि रामलाल उनीहरुको खोजीमा निस्किएका थिए ।

विद्यालयमा शिक्षकले बालबालिका उपस्थित नभएको बताएपछि खोजी गर्ने क्रममा श्रीमती, छोरा र छोरी उखुबारीमा भेटिएको प्रहरीले जनाएको छ ।

उखुबारीमा विषादीको बोतल भेटिएकाले घटना थप रहस्यमय बनेको प्रहरीले बताएको छ ।

राष्ट्रियताको पक्ष लिएर काम गर्दा मेरो सरकार ढल्यो-पूर्वप्रधानमन्त्री ओली

५ भदौ, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले राष्ट्रियतामा आँच आउने काम नगरेको बताउनु भएको छ ।

आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्मचारी संघको आठौं केन्द्रीय अधिवेशनको भक्तपुरमा उद्घाटन गर्दै उहाँले जनताको पक्षमा काम गरेको देखेर अरु दलले डराएर आफ्नो सरकार ढालेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले देशमा रहेको साधन स्रोतको समुचित उपयोग गरेर आर्थिक समृद्धि एवं विकासमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संघियता घोषणा पछि नेपाली काँग्रेस राज्य पुर्नसंरचनाको धारणा बनाउँदै

५ भदौ, काठमाडौं ।
नेपाली जनमानसमा एउटा उखान व्याप्त छ मरेपछिको ओखती । अर्थात् काम सकिएपछिको कामको लागि चाहिने महत्वपूर्ण कुरा ।

अहिले त्यस्तै चरितार्थ गरिरहेको छ नेपाली काँग्रेसले । गणतन्त्र घोषणा पछि गणतन्त्र बारे बहस, संघियता घोषणा पछि पुर्नसंरचनाको छलफल । यस्तै छलफल थालेको छ नेपाली काँग्रेसले ।

नेपाली काँगे्रसका सभापति शेरबहादुरदेउवाले जनतालाई अधिकतम सेवा सुविधा उपल्बध गराउने किसिमले राज्यको पुर्नसंरचना गरिनुुपर्ने बताउनु भएको छ ।

स्थानिय तहको पुर्नसंरचनाबारे पार्टीको आधिकारिक अवधारणा बनाउन नेपाली काँग्रेसले आयोजना गरेको अन्तक्र्रिया एवं छलफल कार्यक्रमको आज काठमाडौमा उद्घाटन गर्नुहुँदै सभापति देउवाले राज्य पुर्नसंरचना गर्दा सबै पार्टीहरुको सहमति एवं धारणा सहित जनताको राय पनि व्यापक रुपले लिएर अघि बढनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द« पौडेलले स्थानिय सुशासन होकी, जातिय सुशासन भन्ने विषय छुट्याएर राज्य पुर्नसंरचना गरिनुुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरि कोषाध्यक्ष सीतादेवी यादव, केन्दि«य सदस्य प्रकाशमान सिंहले जनताले पाईरहेको सेवा सुविधा कटौति नहुनेगरि जनताले अझ बढि अधिकार र सेवा प्रत्याभुत हुनेतर्फ केन्दि«य सदस्य तथा जिल्ला सभापतिहरुको ध्यान जानुपर्ने धारणा राख्नुभयो ।

भोलि सम्म चल्ने छलफलमा स्थानिय तहको पुनर्संरचनाबारे काँग्रेसले पार्टीका जिल्ला सभापति , पदाधिकारी र केन्दि«य सदस्यहरुको सहभागिता छ ।

पुर्नसंरचना बनाउन जिल्ला सभापतिहरुको धारणा लिएर आधिकारिक धारणा बनाउने नेपाली काँग्रेसले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web