शनिबार राती नेपालकी तेक्वान्दो खेलाडी निशा रावल चिनकी सुईन झिङ्ग संग ६७ केजि तौल समूहमा २/० ले पराजित भए संगै नेपालको रियो ओलम्पिकको यात्रा पनि पदक विना नै सम्पन्न भएको छ ।

नेपालबाट यस ओलम्पिकमा जुडोबाट निशा संगै फुपु लामु खत्री, पौडीम शिरिष गुरुङ्ग र गौरिका सिंह, एथलेटिक्स्मा सरस्वती भट्टराई र हरि कुमार रिमाल र आर्चरीमा जित बहादुर मोक्तानले प्रतिस्पर्धा गरेका थिए ।

एथलेटिक्स्मा सरस्वती भट्टराई र पौडीमा शिरिष गुरुङ्गले मात्रै आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

रियो आलम्पिक फुटबलको उपाधि आयोजक ब्रजिलले हात पारेको छ ।

शरिबार राती भएको फाईनलको निर्धारित र थपिएको समय १/१ गोलको बराबरीमा सम्पन्न भएपछि ब्रजिलले जर्मनीलाई पेनाल्टि सुटआउटमा ५÷४ गोल अन्तरले पराजित गरेको थियो ।

आईतबार बिहानको खेल सम्पन्न हुँदा सम्म अमेरिका ४३ स्वर्ण पदकका साथ शिर्ष स्थानमा कायमै रहेको छ ।

यसैगरि बेलायत २७ स्वर्ण र चिन २६ स्वर्ण पदकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने रुष १७ स्वर्ण र जर्मनी १७ स्वर्ण पदकका साथ चौथो र पाँचौ स्थानमा रहेका छन् ।

19.12¡ÆC