सिलसिलाको आठौं साधारण सभा : महिलाहरु हिंसा सहेर एक दिन पनि बस्नु हुदैंन

भदौ ६, २०७३ मा प्रकाशित | 1115 views

<p>पप्पु गुरुङ्, ५ भदौ, दोधारा चाँदनी । महिलाहरु आफ्नै घर भित्र र समाजमा हिंसा सहेर बस्नु पर्ने वाध्यता रहेको हुदा अब देखि एक दिन पनि हिंसा सहन नहुने दोधारा चाँदनीमा आयोजित एक कार्यक्रममा सिलसिला समुहका सदस्य महिलाहरुले वताएका छन् । दोधारा चाँदनीको सिलसिला समुहको आठौं साधारण सभामा उक्त समुहका महिलाहरुले वोल्दै महिलाले विहान ५ वजे देखि रातको १० वजे सम्मको कामको मुल्याङकन हुनुपर्ने, लोग्ने मान्छेले विभिन्न वहाना देखाएर पेल्न खोजे, हिंसा गर्न रोक्ने बताएका छन् । गाँउ, टोलमा महिलालाई कुनै पनि समस्या परेमा सिलसिला समुहलाई सम्पर्क तथा सल्लाह सुझाव लिन बक्ता महिलाहरु सदस्यहरुले आह्वान गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सिलसिला समुहका अध्यक्ष बिन्दा थापाले टोलमा हुने महिला हिंसा, सरसफाई, शुभकामना तथा विकासका कार्यक्रमहरु सबै संघ–संस्थाहरु संग मिलेर गरेमा योजना कार्यान्वयन गर्दा सहज हुने वताए । टोल विकासका कार्यक्रममा सहभागिता, पुर्णखोप सुनिश्चित लगाएतका बिभिन्न कार्यक्रम गरि समुदायको जिवन स्तर उकास्न सिलसिला समुहका सदस्य महिला दिदी बहिनीहरुको ठुलो हात रहेको दोधारा चाँदनी स्थित रहेको जनजाग्रती बिकास समाजका सहजकर्ता रेशम बोग्टीले बताउनुभएको छ् । “समुहले बिगत लामो समय देखि समाजमा सकारात्मक कार्य गर्दै आएको छ्” जनजाग्रती बिकास समाजका सहजकर्ता बोग्टीले बताउनुभयो । समुहकी सदस्य बेलमती थापाले समुहले कुनै पनि सामाजिक कार्य गर्दा सानो कुरामा नअल्मलिईकन दिर्घकालिन सोच लिएर कार्य गर्नु पर्ने वताउदै आगामी दिनहरुमा महिला दिदी बहिनीहरुले समाजमा अझै निकै ठुलो योगदान दिनु आवश्यक रहेको बताउनुभएको छ् । दोधारा चाँदनीको वडा नं. ८, गौरी टोलमा भएका बिभिन्न खाले समस्याहरु समुहमा मिलेर हल गर्दै आएका सिलसिला समुहलाई उनिहरुको कार्य प्रति प्रभावित भएर दोधारा चाँदनी नगरपालिकाले समुहको बैठक गृहको लागी आर्थिक सहयोग गरेको समुहका अध्यक्ष बिन्दा थापा बताउनु हुन्छ् । मासिक तथा साप्ताहिक बचत समेत गर्दै आएको सिलसिला समुहले सामुहिक गहुँ तथा धान कटाई गरेर रु. ५३ हजार भन्दा बढी रकम संकलन गरिसकेका छन् । समुहको आठौं साधारण सभामा सिलसिला समुहका अध्यक्ष बिन्दा थापाको सभापतित्वमा संचालित आठौं साधारणमा बिशिष्ठ अतिथी नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटि अध्यक्ष किशोर लिम्बु, नेकपा (माओबादी) जिल्ला कमिटि सदस्य ईन्द्र बहादुर रावत, यस्तै अतिथीमा शिक्षक करन रोकाया, पत्रकार पप्पु गुरुङ्ग, जनजाग्रती बिकास समाज दोधारा चाँदनीका प्रतिनिधीहरुको साझा उपस्थिती रहेको थियो । जनजाग्रती बिकास समाजका मातहतमा रहेको सिलसिला समुहले समाजमा बिकृती, बिसंगती हटाउन बिभिन्न जनचेतनामुलुक कार्य, बिकास कार्यमा उनिहरुले बाटो निमार्ण तथा मर्मत तथा सामुहिक सहकार्य लगाएत थुप्रै सामाजिक कार्य गर्दै आएको कार्यक्रममा प्रस्तुत गरिएको थियो । <br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web