
५ भदौ, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडास्थित राना टोलमा दुई बालबालिको रहस्यमय मृत्यु भएको छ ।
इलाका प्रशासन कार्यालय बेल्डाँडीका अनुसार स्थानीय रामलाल चौधरीका चार वर्षीय छोरा दिपेश र सात वर्षीया छोरी जस्मीनको शव मृत अवस्थामा उखुबारीमा भेटिएको हो भने छोराछोरीलाई विद्यालय पु¥याउन हिँडेकी रामलालकी २४ वर्षीया श्रीमती बस्नती नजिकैको उखुबारीमा बेहोस अवस्थामा भेटिएकी छिन् ।
विद्यालय छुट्टी भइसकेपछि पनि श्रीमती र बालबालिका घर नफर्केपछि रामलाल उनीहरुको खोजीमा निस्किएका थिए ।
विद्यालयमा शिक्षकले बालबालिका उपस्थित नभएको बताएपछि खोजी गर्ने क्रममा श्रीमती, छोरा र छोरी उखुबारीमा भेटिएको प्रहरीले जनाएको छ ।
उखुबारीमा विषादीको बोतल भेटिएकाले घटना थप रहस्यमय बनेको प्रहरीले बताएको छ ।