DPM Nidhi meets former Indian PM Singh

Deputy Prime Minister and Minister for Home Affairs Bimalendra Nidhi has called on Indian former Prime Minister Manmohan Singh in the Indian capital of New Delhi.

During today's meeting, the two held discussions on the issues of mutual interest as well as the latest political developments of Nepal, according to Biswas Bikram, personal aide of DPM Nidhi.

Nidhi is scheduled to call on Bharatiya Janata party (BJP) Chairperson Amit Shah today itself. Earlier, the DPM held separate meetings with Indian Prime Minister Narendra Modi as well as India's President Pranab Mukherjee, Minister for External Affairs Sushma Swaraj and Minister for Home Affairs Rajnath Singh.

During the meetings, India's high-ranking officials lauded the role of the government of Nepal in considering amendment in the new constitution and addressing the genuine demands put forth by some disgruntled Madhesh-centric political parties, shared DPM Nidhi's personal aide Bikram.

Two shot dead in Dang

Two persons have been shot dead at Gadawa in Dang district last night.

Locals Raju Roka and Kalu Roka was shot dead allegedly by Karna Bahadur Pun, 32, of Gadawa-5, said Superintendent of Police, Dhiraj Pratap Singh.

Both died in course of treatment.

The alleged shooter Pun is on the run and is reported to have shot the Roka duo to settle old scores, according to SP Singh.

All border check points have been sealed while a man-hunt has been launched to nab Pun.

PM Prachanda directs transport minister, secretary to devlop more service centers

Prime Minister Pushpa Kamal Dahal has directed the concerned authorities to make transport service effective, people-friendly and efficient for the service-recipients.

Issuing directives to Minister for Physical Planning and Transport Ramesh Lekhak and Secretary Arjun Kumar Karki at his official residence in Baluwatar this morning, Prime Minister Dahal urged them to develop three more transport service centres for the purpose.

He asserted on the development of two more transport management offices in Kathmandu and one in Bhaktapur to ease the process for issuing driving license, renewing bill book and receiving road permit among others, shared PM Dahal's deputy assistant personal secretary Manohari Timilsina.

PM Dahal directed them to manage online registration form, to use school and college buildings for examination hall in written examination for the license process among others.

Timilsina added that Minister Lekhak committed to materializing the PM's direction after holding proper homework in this regard.

पूर्व मुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलको बिजुलीको लाइन जोडियो

६ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले सवैतिरबाट बिरोध भएपछि महेन्द्र मञ्जिलमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ ।

प्राधिकरणले २०६८ सालदेखि हालसम्म ४७ लाख ६४ हजार रुपैयाँ बक्यौता पुग्दा पनि विद्युत महसुल नतिरेको भन्दै आइतबारमात्रै पूर्व वडामहारानी रत्न राज्यलक्ष्मि देवि शाह बस्ने महेन्द्र मञ्जिलको लाइन काटिदिएको थियो ।

लोडसेडिङको समयमा पनि बत्ती नजाने महेन्द्र मञ्जिलमा सरकारले नै पूर्व वडामहारानीलाई बस्न पाउनेगरि छुट दिएको थियो । सरकारी स्वामित्वमा रहेको सो भवनको सबै अधिकार नेपाल सरकारसँग रहेको छ ।

सँस्कृति तथा पर्यटन मन्त्रालयले विद्युत महसुल भुक्तानीका लागि अर्थ मन्त्रालयबाट रकम निकासाका क्रममा रहेको भन्दै महेन्द्र मञ्जिलको लाइन जोडिदिन प्राधिकरणलाई पत्र पठाए पछि लाई जोडिदिएको प्राधिकरण बताएको छ ।

मन्त्रालयले केही समयभित्रै बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएकाले लाइन जोडिएको भन्दै विद्युत प्राधिकरण हप्तादिन भित्रमा सबै बक्यौता तिर्न ठूला विद्युत महशुल नतिर्नेहरुलाई सूचित गराएको छ ।

सरकारले नारायणहिटी संग्रहालय अन्तरगतका सबै संरचनामा बालिने बत्तिको महसुल आफैंले तिर्दै आएको छ । तर, पूर्व बिशिष्टको हैसियतले सरकारले उपलब्ध गराएको महेन्द्र मञ्जिलको महसुल पनि सरकारले तिर्ने प्रतिवद्धता जनाएको थियो ।

प्राधिकरणका अनुसार विद्युतको ६ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । जसमा सडक बत्तिको हिस्सा मात्रै ३ अर्ब रुपैयाँ रहेको बताइएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा 'प्रभाकर'को निर्देशनअनुसार भदौ १ गतेदेखि आजसम्म प्राधिकरणले देशभर ५ करोड ६८ लाख रुपैयाँ बक्यौता भएका ४ सय ६४ ग्राहकको लाइन काटेको बताएको छ ।

साझा पम्पलेनै पुरा पैसा लिएर कम तेल दिनेगरेको भेटियो

६ भदौ, काठमाडौं ।
ललितपुर पुल्चोकको साझा पेट्रोल पम्पले तेलको पुरा पैसा लिएपनि तेल भने कम दिनेगरेको भेटिएको छ ।

पुल्चोकको साझाबाट बेचिंदै आएको डिजेल मेसिनले कम तेल दिने गरेको पाइएपछि सिल गरिएको छ ।

गुणस्तर तथा नापतौल विभागबाट खटिएको सरकारी टोलीले डिजेल मेसिनको नाप गर्दा एकलिटर डिजेलको मापनमा २ सय मिलिलिटरसम्म कम परिमाण दिनेगरेको पाइएको हो ।

सोही पम्पको पेट्रोल नोजलमा भने समस्या नदेखिएकाले डिजेलको नोजलमात्रै बन्द गराइएको अनुगमन संयोजक कमल ओझाले जानकारी दिए ।

पम्पको मेसिनमा नै गडबडी देखिएको भन्दै सबै पटक उत्तीकै कम मात्र नभई फरक फरक देखिएको भन्दै दुरासय भावनाले भए नभएको अनुसन्धान गरिने भन्दै छानविन टोलीले पम्प सिल गरेको हो ।

अनुगमन टोलीले लगनखेलकै महायान पेट्रोल पम्पले पनि उपभोक्ता ठग्ने गरेको पाइएपछि सिल गरेको छ । सो पम्पबाट विक्रि हुने इन्धनमा उपभोक्तालाई कम परिमाण दिने गरेको पाइएपछि सिल गरिएको छ ।

बैतडीमा बस दुर्घटना ३ जनाको मृत्यू

६ भदौ, बैतडी ।

बैतडीमा बस दुर्घटना हुदा गर्भवती महिला सहित ३ जनाको मृत्यु भएको छ भने १४जना घाईते भएकछन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

धनगडीबाट बझांग जादै गरेको सुदुरपश्चिम यातायातको ना ५ ख २८३२ नम्बर को बस आज दिउसो ३ बजे बैतडीको शिद्धेश्वर ३ बिन्द्राबन भन्ने ठाउँमा दुघर्टना भएको हो ।

बस सडकबाट ३ सय मिटर तल खसेको  प्रहरी नायब निरीक्षक रुपसिंह थापाले  जानकारी दिनु भयो । मृत्यु हुनेको सनाखतहुन सकेको छैन् ।

घटनाको थप जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी लिन प्रहरीको टोली अहिले घट्ना स्थलमा पुगेको छ ।

काँग्रेस मूख्यालयद्धारा जनसम्पर्क समिति जापानको निर्वाचन रोक्न निर्देशन

६ भदौ, टोकियो ।
विवादका बिच केही स्थानमा मतदात समेत भइसकेको नेपाली जनसम्पर्क समिति जाापनको निर्वाचन रोक्न नेपाली काँग्रेस पार्टी कार्यालयले निर्देशन दिएको छ ।

पार्टी केन्द्रिय कार्यालयले काटेको पत्रमा नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन तत्कालका लागि स्थगित गर्न भनिएको छ ।

नेपाली जनसम्पर्क समिति जापानको निर्वाचनका संयोजक महेश श्रेष्ठलाई तत्काल निर्वाचन रोक्न निर्देशन दिइएको छ ।

सो पत्रको बोधार्थ जनसम्पर्क समिति जापानका अध्यक्ष नारायण सुवेदीलाई पठाएको छ । हिजो मात्र नेपाली जनसम्पर्क समितिको निर्वाचन केही स्थानमा भएको थियो ।

केही स्थानमा भने निर्वाचन पुरै बहिस्कार गरेको अध्यक्षका प्रत्यासि लालबहादुर केसी 'रोशन' पक्षिय प्यानलले मतपत्रनै च्यातेको थियो ।

पार्टी केन्द्रिय कार्यालयले प्रवासको सन्दर्भमा उठेको क्रियाशिल सदस्यता विवादबारे स्पष्ट नबोली पत्र पठाउँदा निर्वाचन गर्न कुनै रोक नभएको भन्दै निर्वाचन समितिले निर्वाचन तोकीएकै समयमा गराउने निर्णय गरेको थियो ।

तर केही ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि पुन निर्वाचन रोक्न निर्देशन दिएको भन्दै मतदान सफल गराउन लागि परेको अध्यक्षका प्रत्यासी डिपी कँडेल समुह पार्टी केन्द्रिय कार्यालयसँग रुष्ट बनेको छ ।

यसअघि हिजो भएको नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन कान्साई, क्युशु, हिरोसिमा र कान्तोमा मतदान भएको थियो भने निगाता, किता कान्तो, सिजुओका, तोकाई 'नागोया' र तोहोकु क्षेत्रहरुमा निर्वाचन बहिस्कार गरेको केसी पक्षले स्थगित गराएको थियो ।

रमेशको पार्थिव शरिर नेपाल लैजान नेपाल जापान युथ क्लवद्धारा आर्थिक सहयोग

६ भदौ, टोकियो ।
अघिल्लो साता अकस्मात निधन भएका रमेश तामाङको पार्थिव शरिरलाई नेपाल लैजान नेपाल जापान युथ क्लवले आर्थिक सहयोग गरेको छ ।

अध्ययनका क्रममा दुई वर्ष अघि जापान आएका रमेशको यही अगष्ट १५ तारिखका दिन उपचारका क्रममा निधन भएको थियो ।

बैदेशिक बसाईमा यस्तो दुखद घट्ना कसैलाई नहोस भन्दै क्वल आवद्ध साथिहरुबाट आर्थिक सहयोग संकलन गरि तामाङको पार्थीक शरीरलाई नेपाल पुर्याउन आर्थिक सहयोग गरिएको क्लवले जनाएको छ ।

तामाङग यूथ समाजका कुमार तामाङ मार्फत शव नेपाल लैजानको लागि ७७ हजार जापानी येन सहयोग गरिएको नेपाल जापान युथ क्लवका अध्यक्ष लेनिन भट्टचनले जानकारी दिनुभयो ।

मृतकको आत्माको चिर शान्तिको कामना सहित नेपाल जापान युथ क्लवले रमेश थामाङको परिवार र आफन्तलाई धर्यधारण गर्ने शक्ति भगवानबाट मिलोस भनि कामना समेत गरेको छ ।

सन्दर्भ दोधारा चाँदनीको रामलिला : कथा रावणको

– पप्पु गुरुङ्ग
मेरो गाउ सबै साह्रै खुशि हुन्थे । सारा गाउँका केटाकेटीहरु रामलिला संचालन हुने खबरले खुशीको लहर छाएको थियो ।  गाउमा सूचना पुगिसक्थ्यो । साँझ सम्म हाम्रो कोठारको आागनमा केटाकेटीको भीड लाग्थ्यो । त्यही रामलिलाको कुरा बाहेक केही हुदैन थियो । म र मेरा साथी अबेरसम्म कमैको ढोणको एक घर बनाएर रामलिला खेल्ने गरथ्यौ । हामीलाई मानै रामलिलाको भुत नै सवार भएको थियो ।  गाउँ हिडेपछि छि मेरो अधिकांश समय खेल्न मै बित्थ्यो । कहिले भगडामा गएर गुल्ली डण्डा खेल्थ्यौ । कहिले महाकली नदीमा गएर पौडी खेल्थ्यौ । र लुगा सुकाउदै बयरहरु टिपेर खान्थ्यौ । सबैले हामीहरुलाई माया गर्थे । गाउमा एक कार्याक्रमको तयारी पनि शुरु भयो । रामलीला नाटकको तयारी । केही वर्ष अघि म गाउ आउदा मेरा साथी रतन ओलीको बुवाले गाउमा रामलीलाको आयोजना गर्नु भएको थियो । पहिलो दृश्यमा राम, लक्ष्मण र सीताले दशरथ सित वन प्रस्थानको लागि विदा मागेको घटना चित्रित गरिएको थियो । दोस्रो दृश्य राम शिकारमा गएको, लक्ष्मणले लक्ष्मण रेखा बनाएको  र रावण आएर छलले सीताको हरण गरेको देखाइएको थियो । तेस्रो दृश्यमा हनुमानले लंका जलाएको देखाइएको हुन्थ्यो । चौथो दृश्यमा राम रावण युद्ध देखाइन्थ्यो । त्यस पछि रामको विजय उत्सव पछि रामलीला समाप्त हुन्थ्यो । वास्तवमा तिनताक हाम्रो दशै गाउमा बित्थ्यो  र गाउको दशैलाई रमाइलो र रोचक बनाउन मेरो साथी रतनको बुवाको सक्रीयतामा रामलीलाको आयोजना हुन्थ्यो । रामलीला आयोजनको लागि रतनको बुवाले आफ्नै रकम समेत खर्चे  । बाँकी संकलित रकमले रामलीलाको खर्च पूरा हुन्थ्यो । सुरवात समयमा रामको पात्र तुला राम रोकाया, लक्ष्मणको पात्रमा कृष्ण देब जोशी, रावणको पात्रमा प्रेम थापा तथा सितामा भक्कु पुजारा रहेका थिए । यसै गरि दोधारा चाँदनीमा २०३२ सालमा रात्रीकालिन रामलिलाको सुरुवात भएको थियो । मेरा साथी रतन ओलीका बावु अध्यक्ष स्व. श्री ईन्द्र बहादुर ओली रहेका थिए । गाउका भक्कु पुजारालाई सिागारपटार गरेर युवतीको रुप दिइन्थ्यो र उसले सीताको भुमिकामा हुन्थे । रावण , हनुमान , राक्षस र वानर सेनाको भुमिका गाउका अन्य बयक्तीहरु थिए, जुन मेरो मानसपटलमा उनिहरुको नाउ याद छैन् । लामो समय सम्म कडा रिहर्सल हुन्थ्यो । र अनि दशै भरि देखाइन्थ्यो त्यो रामलीला । रावण बन्ने प्रेम थापा थियो । उनि अहिले भारतको राजधानी दिल्लीमा बस्दै आएका छन् । बढो शसक्त भुमिकामा खारिएका कलाकार पछि देखा परे रावणको पात्र प्रेम थापा । वास्तवमा ऊ रावणको भुमिकामा अभिनय गर्न चाहन्थ्यो । किनभने प्रेमको बोलीमा दम  थिए ।  त्यसबाहेक रामले लगाउने मुकुट पनि दामी थियो । तर रावण बन्नेले नाटक भरि एउटा मुकुण्डो लगाइरहनु पथ्र्यो । त्यो मुकुण्डो गरुंगो पनि थियो र डर लाग्दो पनि थियो । त्यसमा थुप्रै टाउकाहरु जोडिएका थिए । त्यसैले नाटक हुदा कसैले पनि उसको अभिनय तिर ध्यान दिदैन थिए । बस् , उसको त्यो डर लाग्दो मुकुण्डो तिर हेरिरहन्थे , डराइरहन्थे र रावणलाई सरापिरहन्थे ।  तर रामको चरित्र निवार्ह गर्ने पात्रलाई गाउलेहरुले साक्षात् रामलाई जस्तै खुट्टामा ढोग्थे । त्यो सौभाग्य रावणले पाएको थिए । शायद यिनै सबै कारणहरुले रावणको भुमिकामा प्रेम त्यति संतुष्ट थिएन । उसको अभिनय सशक्त हुन्थ्यो तर कसैले उसको प्रशंसा गर्दैनथ्यो । बरु उल्टो रावण भनेर प्रेमलाई उसको खिसी उडाइन्थ्यो । रामलिला टिमले अभिनयको रावणको पात्रलाई निकै प्रशंसा गर्थे । तसर्थ रावण खुशी मान्दै आएका थिए । नाटक सिद्धिए पछि गाउलेहरुले रामको खुट्टा ढोग्थे । राम दंग पर्थे । रावण बन्ने लछानु टाढाबाट रामले  आदर सत्कार पाएको हेरिरहन्थ्यो । उसको अनुहारमा त्यति खेर रावण बन्नुको ग्लानी देखिन्थ्यो । अहिले लाग्छ , त्यतिखेर उसको अनुहारमा आक्रोश जस्तो पनि केही हुन्थ्यो । शायद आफूले पाउनु पर्ने महत्व नपाएको आक्रोश थियो त्यो । गाउ रामलीला खेल्ने तयारी फेरि शुरु हुन्थ्यो । पुरा उत्साह साथ । केटाकेटीलाई रामलीला खेल्न दशै नै चाहिदैन थियो । पछि आएर आफ्नो आफ्ना भुमिकामा सबै कलाकार पोख्त भैसकेका थिए । संवाद पनि सबैलाई कण्ठ थियो । रामलीलाका पोशाकहरु , धनुषहरु कोठारमै कतै कुनामा हुन्थे । पुराना भएपनि तिनीहरु अझै काम चलाऊ थिए । रावणको मुकुण्डोमा मुसाले प्वाल पारे पनि त्यो बाहेक अर्को मुकुण्डो थिएन । त्यसैले लछानु त्यही थोत्रो मुकुण्डो लगाउन वाध्य हुन्थ्यो । वास्तवमा त्यतिबेला पनि ऊ निराश हुन्थ्यो र स्थापना देखीको रावणको त्यही पोशाक प्रति नाटक गर्दा कै जस्तो असन्तुष्टि देखिन्थ्यो उसको अनुहारमा । प्रेम थापाले एकपटक उसले हिम्मत गरेर भन्यो – यस पालि म राम बन्छु । उसले त्यसो भन्नु के थियो , हामी सबैले उसको खिसी उडाए । रामलाई सबैले राम्रो नियतले हेर्ने अनि खुट्टामा ढोक गर्ने प्रेमलाई बिलेनको नजरले हेर्ने भएकोले कलाकारीता प्रति खिन्न भएको मैले पनि सानै भएपनि महसुस गरेको हु ।

नेपाली काँग्रेस आज मन्त्री छान्दै, मन्त्री बन्न हानाथाप

६ भदौ, काठमाडौं ।
परराष्ट्र दिए मात्र कोइराला मन्त्रिपरिषदमा जाने

सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने तयारी भइरहेको खुलाए। वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले सोमबार मन्त्रिपरिषद्मा चार वा पाँच सदस्यमात्रै जान सक्ने ती नेताको भनाई आजको कान्तिपुर दैनिकमा वसन्त बस्नेतले लेखेका छन्। दाहाल मन्त्रिपरिषद्मा कांग्रेसले १२ वा १३ मन्त्रालय पाउने दुई सत्तारुढ दलको समझदारी छ ।

‘हाम्रो तर्फबाट केही नाम भोलि 'सोमबार' नै प्रधानमन्त्रीकहाँ जाँदैछ, भदौ ८ गते सभापतिज्यू 'देउवा' उपचार फ्लो अपका लागि सिंगापुर उड्ने भएकाले त्यसअघि नै पार्टीका तर्फबाट सरकारमा जाने अरु नेताको नामसमेत टुंगो लाग्नेछ,’ ती नेताले आइतबार भने, ‘भोलि ९सोमबार क्याबिनेटमा जाने नाम पठाउन आवश्यक तयारी गरिसकेका छौं ।’

कांग्रेसले सोमबार पठाउने भनिएका नाममा अर्जुननरसिंह केसी, प्रकाशशरण महत र केशवकुमार बुढाथोकीको चर्चा छ। अघिल्लो पटक चर्चा गरिएका शेखर कोइराला भने सूचीमा पर्ने छैनन्। कोइरालालाई परराष्ट्र मन्त्रालय दिन देउवा सहमत भए उनको नामसहित अरु नाम पौडेल पक्षले एकै पटक पठाउने बुझिएको छ।

अरु मन्त्रीबारे मोटामोटी टुंगो लागे पनि महिला, मधेसीलगायत समानुपातिक प्रतिनिधित्व मिलाउनुपर्ने शर्तले गर्दा पौडेल पक्षसँग समन्वय गरेपछि मात्रै सार्वजनिक गर्ने देउवाको तयारी छ। ती नेताले पौडेल पक्षबाट ६ मन्त्रालयको दाबी आएकाले छलफल बाकी रहेको खुलाए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सम्भव भए सोमबार, नत्र मंगलबारभित्र आफ्नो दलबाट थप मन्त्री आउने पुष्टि गरे । ‘मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी भइरहेको छ, त्यसलाई अन्तिम रुप दिनुअघि केही छलफल गर्नुपर्ने भएकाले ढिलाई भएको हो,’ उनले भने । को–को नेता कुन मन्त्रालयमा जाने भन्नेबारे लेखकले खुलाएनन् ।

पौडेल निकट मानिने अर्का नेता महेश आचार्यले मन्त्रिपरिषदमा को–को जाने भन्नेबारे पार्टीभित्र सरसल्लाह भइनसकेको बताए। आन्तरिक परामर्श र छलफलबाटै नामावली टुंगो लाग्नेमा उनले विश्वास व्यक्त गरे । अर्का एक नेताले मन्त्री हुन पार्टीभित्र डेढ सय नेता आकांक्षी रहेको जानकारी दिए ।

फेसबुकमा कमेन्ट गर्दा नेपाली युवा कतारबाट देश निकाला हुँदै

६ भदौ, दोहा ।

कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट 'देश निकाला' गर्नका लागि पक्राउ गरेको छ। उनलाई घरफिर्ती केन्द्र 'डिपोर्टटेशन सेन्टर' मा राखिएको छ।

अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी लामिछानेलाई डिपोर्ट गर्न लागेको खबर आजको कान्तिपुरमा खबर छ।

लामिछानेलाई गत मंगलबारमा पक्राउ गरि घर फिर्ती केन्द्र 'डिपोर्टटेशन सेन्टर' मा राखिएको छ । त्यसअघि पनि उनलाई कतारको खोज तथा अनुसन्धान केन्द्र 'एसएफडी'ले पक्राउ गरिसकेको थियो।

उनलाई एक जना नेपाली कामदारले आफू जमानतमा बसेर आफ्नो राहदानी केन्द्रमा बुझाएपछि सेन्टरबाट बाहिर निकालेका थिए।

अष्ट्रेलियाको स्थायी बसोबासको अनुमति पाएकी राईले ‘लामिछानेले आफ्नो फेसबुक स्ट्याटसमाथि गालीगलौज गरेर कमेन्ट पोष्ट गरेको र कतारमा बसेर राजनीति गरेको’ भन्दै उजुरी गरेकी थिइन्।

गत जुनको अन्तिम सातामा अष्ट्रेलिया भ्रमणमा जान लागेका नेकपा माओवादी 'केन्द्र' का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध राईले आफ्नो फेसबुकमा स्टाट्स पोष्ट गरेकी थिइन्।

त्यसउपर लामिछानेले प्रचण्डको बचाउ गर्दै राईको आलोचना गरेका थिए ।

११ वर्षदेखि कतारको एक कम्पनीमा प्रशासकीय विभागमा काम गर्दै आएका लामिछानेलाई डिपोर्ट नगर्न नेपाल सरकारले कतारलाई आग्रह गरेको छ।

कतारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई भेटेर एउटा सामान्य कामदारलाई डिपोर्ट नगर्न अनुरोध गरेको हो । ‘हामी नेपाली नगरिकको हितको लागि गर्नुपर्ने सबै पहल गरेका छौं,' कतारका लागि कार्यबाहक राजदूत मणिरत्न शर्माले भने,‘दूतावासले आवश्यक समन्वय काम भइरहेको छ ।’

अचानक फेरि किन तेल अभाव देखियो ?

६ भदौ, काठमाडौं ।
न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै २९ साउनदेखि पेट्रोलियम मजदुर आन्दोलित भएका छन्। उनीहरूले सरकारले निर्धारण गरेको न्यूनतम नौ हजार सात सय रुपैयाँ पाउनुपर्ने माग कार्यान्वयनका लागि दबाब दिन आन्दोलन थालेका हुन् ।

माओवादी केन्द्रनिकट अखिल नेपाल पेट्रोलियम मजदुर संघले माग पूरा गराउन पटक–पटक अनुरोध गरे पनि व्यवसायीले नसुनेकाले आन्दोलन गर्नुपरेको जनाएको छ। संघका उपाध्यक्ष लक्ष्मण न्यौपानेले माग पूरा गराउन दबाब दिने उद्देश्यले आइतबार थानकोट डिपोमा १० देखि १२ बजेसम्म धर्ना दिएर लोड भएका ट्यांकर बाहिर आउन नदिएको बताए। आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

आइतबार मजदुरले धर्ना दिएपछि दिउँसो ३ बजे पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएनअन्तर्गतको बागमती एकाइले वार्तामा बोलाएको थियो। वार्तामा व्यवसायीले एक साताभित्र न्यूनतम पारिश्रमिक सबै मजदुरलाई दिने बताएका थिए। छलफलमा सहभागी बागमती इकाइका सचिव नारद भण्डारीले अधिकांश मजदुरलाई न्यूनतम पारिश्रमिक दिएको र छुटेकालाई हप्ता दिनभित्र सूची तयार गरी उपलब्ध गराउने प्रस्ताव गरेको जानकारी दिए।

छलफलमा सहभागी संघका काठमाडौं जिल्ला अध्यक्ष जगत श्रेष्ठले माघदेखि पारिश्रमिक पाउने आशामा कुर्दै आए पनि कार्यान्वयन नभएकाले आफूहरू आन्दोलित हुनुपरेको बताए। ‘सरकारले १८ माघमा राजपत्रमा सूचना प्रकाशित गरी मजदुरको न्यूनतम पारिश्रमिक नौ हजार सात सय तोकेको छ, तर अहिलेसम्म पनि नपाएकाले आन्दोलिन हुनुपरेको छ,’ उनले भने, ‘व्यवसायीले हप्ता दिनभित्र दिन्छौा भनेको कुरामा हामीलाई विश्वास छैन।’ सोमबारबाट आपूर्ति वितरण झनै असहज पार्ने चेतावनी मजदुरले उपत्यकाका ७५ प्रतिशत पम्प सञ्चालकले न्यूनतम पारिश्रमिक नदिएको बताएका छन्।

उनीहरूले न्यूनतम पारिश्रमिक नदिने पम्पको आपूर्तिमा थप अवरोध गर्ने जनाएका छन्। ‘सोमबारदेखि न्यूनतम पारिश्रमिक नदिने पम्पबाट इन्धन वितरण रोक्छौा, थानकोट डिपोको लोडिङ पनि रोकिदिन्छौ,’ श्रेष्ठले भने। साझा, सेना, प्रहरी र सशस्त्रका पम्पमा अवरोध नहुने मजदुरको भनाइ छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web