अचानक फेरि किन तेल अभाव देखियो ?

भदौ ६, २०७३ मा प्रकाशित | 906 views

६ भदौ, काठमाडौं ।
न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै २९ साउनदेखि पेट्रोलियम मजदुर आन्दोलित भएका छन्। उनीहरूले सरकारले निर्धारण गरेको न्यूनतम नौ हजार सात सय रुपैयाँ पाउनुपर्ने माग कार्यान्वयनका लागि दबाब दिन आन्दोलन थालेका हुन् ।

माओवादी केन्द्रनिकट अखिल नेपाल पेट्रोलियम मजदुर संघले माग पूरा गराउन पटक–पटक अनुरोध गरे पनि व्यवसायीले नसुनेकाले आन्दोलन गर्नुपरेको जनाएको छ। संघका उपाध्यक्ष लक्ष्मण न्यौपानेले माग पूरा गराउन दबाब दिने उद्देश्यले आइतबार थानकोट डिपोमा १० देखि १२ बजेसम्म धर्ना दिएर लोड भएका ट्यांकर बाहिर आउन नदिएको बताए। आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

आइतबार मजदुरले धर्ना दिएपछि दिउँसो ३ बजे पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएनअन्तर्गतको बागमती एकाइले वार्तामा बोलाएको थियो। वार्तामा व्यवसायीले एक साताभित्र न्यूनतम पारिश्रमिक सबै मजदुरलाई दिने बताएका थिए। छलफलमा सहभागी बागमती इकाइका सचिव नारद भण्डारीले अधिकांश मजदुरलाई न्यूनतम पारिश्रमिक दिएको र छुटेकालाई हप्ता दिनभित्र सूची तयार गरी उपलब्ध गराउने प्रस्ताव गरेको जानकारी दिए।

छलफलमा सहभागी संघका काठमाडौं जिल्ला अध्यक्ष जगत श्रेष्ठले माघदेखि पारिश्रमिक पाउने आशामा कुर्दै आए पनि कार्यान्वयन नभएकाले आफूहरू आन्दोलित हुनुपरेको बताए। ‘सरकारले १८ माघमा राजपत्रमा सूचना प्रकाशित गरी मजदुरको न्यूनतम पारिश्रमिक नौ हजार सात सय तोकेको छ, तर अहिलेसम्म पनि नपाएकाले आन्दोलिन हुनुपरेको छ,’ उनले भने, ‘व्यवसायीले हप्ता दिनभित्र दिन्छौा भनेको कुरामा हामीलाई विश्वास छैन।’ सोमबारबाट आपूर्ति वितरण झनै असहज पार्ने चेतावनी मजदुरले उपत्यकाका ७५ प्रतिशत पम्प सञ्चालकले न्यूनतम पारिश्रमिक नदिएको बताएका छन्।

उनीहरूले न्यूनतम पारिश्रमिक नदिने पम्पको आपूर्तिमा थप अवरोध गर्ने जनाएका छन्। ‘सोमबारदेखि न्यूनतम पारिश्रमिक नदिने पम्पबाट इन्धन वितरण रोक्छौा, थानकोट डिपोको लोडिङ पनि रोकिदिन्छौ,’ श्रेष्ठले भने। साझा, सेना, प्रहरी र सशस्त्रका पम्पमा अवरोध नहुने मजदुरको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web