पप्पु गुरुङ्, ६, भदौ, दोधारा चाँदनी । दोधारा चाँदनी क्षेत्रमा संचालनको तयारीमा रहेको भेलामा बिबाद भएको छ् । आज साबिकको दोधारा गाबिस कार्यालयको सभा कक्षमा भएको भेलामा बिबाद श्रजना भएको हो । भेलामा गत वर्षको आर्दश रामलिला समितिलाई पुर्णता दिएर सकेर कार्यक्रम सकिएपछि पछि आएर बिबाद श्रजना भएको हो । स्थानियहरुले गत वर्ष समितिले उठाउनु पर्ने रकममा पारदर्शी नभएको बताउदै आपत्ती जनाएपछि बिबाद श्रजना भएको हो । रामलिला समितिका पुर्व उपसमिति सदस्य डम्मर गुरुङ्गले ्रामलिला समितिको बैठक रजिष्ट्र नै च्यातेर फ्याकेका थिए । दोधारा चाँदनीका लागी बिकल्प दैनिकका दोधारा चाँदनीका सम्बाददाता पप्पु गुरुङ्गलाई हातपात गर्ने प्रयास समेत भएको हो । सामाजिक संजालमा पत्रकार गुरुङ्गले नेपाली काग्रेंसका तर्फबाट अध्यक्ष, एमालेको तर्फ देखि उपाध्यक्ष तथा सचिवमा नेकपा माओबादी केन्द्रका कार्यकर्तां राखेर रामलिलामा राजनितिक कार्यकर्ता राखेको लेखेको बिषयलाई लिएर श्री आदर्श रामलिला समितिका उपाध्यक्ष तथा श्री लक्ष्मी उच्च माध्यमिक बिद्यालयका शिक्षक टिका राम शर्माले पत्रकार गुरुङ्गलाई हातपात गर्ने गर्ने प्रयास गरेका हुन् । पत्रकार गुरुङ्गले सामाजिक संजालमा राखेको बिषयमा आपत्ती जनाउदै गुरुङ्ग माथी हातपात प्रयास भएको जनाईएको छ् । टिका राम शर्मा एमाले सम्बद्ध दोधारा चाँदनी नगरकमिटि सदस्य समेत हुन् । बिगत केही महिना देखि सामजिक संजालमा रामलिलाको बिषयमा कलम चलाउदै आएका पत्रकार गुरुङ्गले गत वर्ष रामलिलामा १७ हजार हिनामिना भएको बिषयमा समाचार लेखेपछि समितिका केही सदस्य पत्रकार प्रति पुर्वाग्रही भएको बताईएको छ् । तत्कालिन दोधारा गाबिस कार्यालयका अध्यक्ष तथा माधिबेसन प्रतिनिधी बेल बहादुर राना अनुसार रामलिलाको उपाध्यक्ष जस्तो जिम्मेवारी पदमा बसेको तथा शिक्षक जस्तो गरिमामय पदमा बसेको ब्यक्तीले पत्रकारलाई कुरै नसुनि अनाहकमा हात पात गर्नु आपत्तीजनक भएको बताउदै आफु पनि उक्त भेलाको प्रत्यक्षर्दी रहेको हुदा उक्त क्रियाकलाप प्रति दु:ख मानेको बताएका छन् । “कुनै अन्याय भएको या समाचारका विषयमा कुनै असहमति भए लिखित रुपमै आफ्ना धारणा राख्न सक्ने र न्यायका लागि कानूनले तोकेका निकायहरु सम्म जाने बाटो खुल्ला हुँदाहुदै अमर्यािर्दत र असभ्य तरिकाले पत्रकार माथी हात पात गर्ने प्रयास गर्नु आपत्ती जनक हो” तत्कालिन गाबिस अध्यक्ष तथा नेपाली काग्रेंस महाधिबेसन प्रतिनिधि बेल बहादुर रानाले भने । पत्रकार पप्पु गुरुङ्ग प्रेस चौतारी जिल्ला कमिटि सदस्य तथा बिकल्प दैनिकका दोधारा चाँदनी सम्बाददाता तथा टप नेपाल न्युज डटकमका कञ्चनपुर प्रतिनिधी हुन् । आज भएको बिषयलाई लिएर पुर्वाग्रही भएर पत्रकार माथी हातपात गर्न खोज्नु गलत भएको श्री आदर्श रामलिला समितिका कोषध्यक्ष निर्मल गिरीले बताएका छन् ।

डिजिटल पत्रिका टप नेपाल न्युज, खेलकुद संसार डटकम, एक्सप्रेस खबर तथा स्थानिय पत्रिका बिकल्प दैनिकका दोधारा चाँदनी सम्बादाता पप्पु गुरुङ्गलाई श्री आदर्श रामलिला समिति दोधारा चाँदनीका उपाध्यक्ष, श्री उच्च माध्यमिक बिद्यालयका शिक्षक तथा नेकपा एमाले दोधारा चाँदनी नगरकमिटिका सदस्यले टिका राम शर्माले गरेको हातपात प्रति हाम्रो गम्भिर ध्यान आकषर्ण भएको छ् । सामाजिक संजालमा श्री आदर्श रामलिला समितिलाई सकारात्मक सुझाव दिदै आउदा समितिका उपाध्यक्ष, श्री उच्च माध्यमिक बिद्यालयका शिक्षक तथा नेकपा एमाले दोधारा चाँदनी नगरकमिटिका सदस्य टिका राम शर्माले पत्रकार गुरुङ्ग माथी अनाहकमा हात पात गर्ने प्रयासको हामी घोर भत्र्सना तथा निन्दा गर्दछौ । कुनै अन्याय भएको या समाचारका विषयमा कुनै असहमति भए लिखित रुपमै आफ्ना धारणा राख्न सक्ने र न्यायका लागि कानूनले तोकेका निकायहरु सम्म जाने बाटो खुल्ला हुँदा हुदै अमर्यादित र असभ्य शैलीमा पत्रकार माथी हात पात गर्ने प्रयास गर्नु आपत्ती जनक हाम्रो ठहर छ् । संचार माध्यम तथा पत्रकारलाई गत वर्ष रामलिला समितिमा भ्रष्टाचार गरेको पुर्वाग्रही तवरले राजनितिक दाव पेचमा संचारकर्मीलाई दबाउन खोज्नु अनैतिक तथा नियम बिपरित कार्य नगर्न समेत यसै बिज्ञप्ती मार्फत जोडदार अपिल गर्दछ् । गरिमामय पदमा बसेर पत्रकारको चरित्र हत्या गर्ने दोषी सजग तथा आम माफी गराउन सरकार तथा स्थानीय प्रशासन सँग जोडदार माँग गर्दछौं ।

टप नेपाल न्युजडट डटकम, खेलकुद संसार डटकम, एक्सप

६ भदौ, कञ्चनपुर ।
सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ ।

आज भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यो पर्व मनाउने
गरिन्छ ।

सुदूरपश्चिम र मध्यपश्चिमका केही जिल्ला तथा भारतको कुमाउँमा परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वको पहिलो दिन आज घर घरमा महिलाले निराहार व्रत बसी तामाका भाँडामा बिरुडा भिजाएर पर्व सुरु गरिने परम्परा छ ।

मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउनुका साथै, सुखशान्ति हुने, देवदेवी इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वासका साथ मनाइने यो पर्वले यतिबेला सुदूरपश्चिममा चहलपहल र रौनकसमेत बढाएको छ ।

गौरा पर्वको प्रमुख आकर्षण देउडा हो । देउडामा पौराणिक कथा देवीदेवताका गाथालाई गीतका रुपमा गाउनुका साथै सामाजिक विकृतिविरुद्ध पनि तिखो व्यङ्ग्य गरिन्छ ।

यसैगरी सामाजिक रीतिरिवाज सुखदुःख, महिलाका व्यथा पनि देउडाकै माध्यमबाट अभिव्यक्त गर्ने प्रचलन रहेको छ ।

६ भदौ, काठमाडौं ।
सोमबारनै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली काँग्रेसबाट मन्त्री थपेर पुर्णता दिने बताइएपनि यो भाका एकदिनको लागि सरेको छ ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनसँग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसबाट थप मन्त्री नियुक्त गरेर मंगलबार सरकारले पूर्णता पाउने बताएका हुन् ।

भेटमा प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिलाई भोलीसम्ममा मन्त्रिपिरषदले पूर्णता पाउने जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तिले जानकारी दिए ।

उपराष्ट्रपतिले अन्तरिम संविधान २०६३ को व्यवस्थानुसार उपराष्ट्रपतिको व्यवस्था भए पनि हालसम्म उपराष्ट्रपति कार्यालयको आफ्नै भवन नभएकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताइएको छ ।

६ भदौ, काठमाडौं ।
चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मुलुकको राजश्व संकलन गत बर्षको यसै अवधीको तुलनामा ३८ प्रतिशतले बढेको छ ।

साउनमा राजश्व संकलनको लक्ष्य ३९ अर्ब रहेकोमा ४१ अर्ब ७७ करोड राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गतबर्ष साउनमा ३० अर्ब १९ करोड राजस्व असुली भएको भएको थियो ।

मुलुकमा आर्थिक गतिविधि बढेको,समयमा बजेट आएको जस्ता काराणले साउनमा राजस्व संकलन बढेको अर्थमनत्रालय राजस्व महाशाखाका प्रमुख लक्ष्मण अर्यालले जानकारी दिनु भयो ।

६ भदौ, एजेन्सी ।

ब्राजिलमा आयोजित रियो ओलम्पिक सोमबार बिहान भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।

ब्राजिलको रियो दि जेनेरियो शहरको माराकाना स्टेडियममा करिब ३ घण्टा आयोजित समापन कार्यक्रममा गित संगितका साथ साथै रङ्गिचङ्गि झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।

रियो ओलम्पिकमा केहि खेल गतिविधि भने अविश्मरणिय रहे ।

खेलाडीहरुले विभिन्न नँया ओलम्पिक र विश्व कीर्तिमान रच्ने अवसरका रुपमा रियो लाई सदुपयोग
गरे ।

अमेरिकि पौडि खेलाडी माईकल फ्लेप्सले यसै ओलम्पिकमा पाँच वटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरे ।

फ्लेप्सले अहिले सम्म खेलेका ओलम्पिकमा कुल २८ पदक प्राप्त गरेका छन् ।
यी २८ पदक मध्ये २३ वटा त स्वर्ण पदक नै रहेको छ ।

जमाईकाका धावक उशेन बोल्ट यस ओलम्पिकमा ३ स्वर्ण पदक प्राप्त गरे ।

बोल्ट सन् २००८ को बेईजिङ्ग ओलम्पिक र सन् २०१२ को लण्डन ओलम्पिकमा पनि ३÷३ वटा स्वर्ण पदक प्राप्त गरेका थिए ।

जापानकी कुस्ती खेलाडी काओरी ईको ले रियो समेत गरेर लगातार चार वटा ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो महिला भएकी छिन् ।

ईको कुस्तीमा ४ स्वर्ण जित्ने पहिलो खेलाडी समेत बन्न सफल भएकी छिन् ।

अमेरिकि आरटिस्टिक जिमन्यास्ट सिमोन बाईल्स्ले रियोमा ४ वटा स्वर्ण र एक रतज प्राप्त गरेकी
छिन् ।

पदक तालिका अनुसार यस रियो ओलम्पिकमा अमेरिका प्रथम, बेलायत दोस्रो र चिन तेस्रो भएका
छन् ।

अबको ओलम्पिक सन २०२० मा जापानको टोकियो शहरमा हुनेछ ।

६ भदौ, काठमाडौं ।

फिनल्यान्डको हेलसिन्कीमा सम्पन्न खुला सेईतोकाई कराते च्यालेन्जमा नेपालले तिन वटा पदक जित्न सफल भएको छ ।

भाद्र ४ र ५ गते आयोजना भएको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठले ७५ केजि तौल समूहमा रजत र व्यक्तिगत काता तर्पm काँस्य तथा मुकुन्द्र महर्जनले ६७ केजी तौल समूहमा रजत पदक प्राप्त गर्न सफल भएका थिए ।

६ भदौ, काठमाडौंै ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित माओवादी र अन्य दल साना दलले पनि चलखेल गर्न पाउनेगरि निर्वाचन आयोगले राख्न लागेको थ्रेस होल्ड हटाउन लागि परेको देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनका लागि भइरहेका तयारीका विषयमा निर्वाचन आयोगका प्रदाधिकारीहरुसंग छलफल गर्दैै थ्रेस होल्डका बिषयमा विमति राख्नुभएको छ ।

प्रधानमन्त्री दाहाल आज निर्वाचन आयोग जानुभई आगामी फागुन÷चैत्रसम्ममा स्थानीय तहको निर्वाचनका लागि आयोगले गरिरहेको तयारी र सरकारले गर्नुपर्ने कामका बारेमा छलफल गर्नुभएको
हो ।

छलफलका क्रममा प्रधानमन्त्री दाहालले असोज महिना भित्रमा स्थानीय तहको पुनर्संरचनाका लागि गठित आयोगले प्रतिवेदन दिने र त्यसका लागि दलहरुबीच सहमतिको प्रयास भइरहेकाले फागुन चैत्र भित्रमा स्थानीय तहको निर्वाचन सम्पन्न गरिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले २०७४ माघ ७ गतेभित्रमा विभिन्न चरणका निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले निर्वाचनका लागि सरकार गम्भिर रहेको र आयोगलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले अव स्थानीय निकायको नभइ स्थानीय तहको निर्वाचन हुने, आयोगले छिट्टै पूर्णता पाउने, आगामी निर्वाचनमा कुनै न कुनै रुपले मतप्रतिशतको सिमा थ्रेस होल्ड रहने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले मतदातानामावली संकलनलाई सरल एवं व्यवस्थित गर्न र मतदाता शिक्षालाई प्रभावकारी वनाउन निर्देशन दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले निर्वाचन व्यवस्थापनका लागि आयोगलाई आवश्यक पर्ने कानूनका साथै आवश्क सवै सहयोगका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले निर्वाचनका लागि अहिलेदेखि नै ठोस कार्यक्रम तय गर्नुपर्ने र मतदाता शिक्षालाई आयोगले अझ प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयोग सरकारले भने अनुसार निर्वाचन गर्न तयारी अवस्थामा रहेकोले निर्वाचनका लागि आवश्यक कानुन निर्माण एवं संशोधन, भौतिक पूर्वाधारको तयारी र निर्वाचनको गृहकार्यका लागि आवश्यक पर्ने समयको व्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले प्रदेशको निर्वाचनका लागि प्रदेशको सिमा र प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र निर्धारण हुनु पर्ने र निर्वाचनको समयमा आवश्यक सामान खरिदका लागि सार्वजनिक खरिद ऐनमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीले निर्वाचन व्यवस्थापनका लागि सार्वजनिक खरिद ऐनलाई आवश्यक संशोधन गरिने बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले भूकम्पले निर्वाचन आयोगको भवनमा पु¥याएको क्षतिको निरीक्षण गर्नुभयो ।

Nepali Congress Parliamentary Party (NCPP)'s executive committee has called for a meeting at 4:30 pm today to discuss on the restructuring of the various local units such as village council, municipalities, special protected area and autonomous areas.

According to NC PP Secretary Dhruba Wagle, a meeting is also called on Tuesday morning at 8:00 am for the same. The meeting is expected to make an official common viewpoint on the restructuring of local bodies as well as the contemporary political issues.

The NC earlier on Sunday had held a joint meeting of its central committee and districts presidents to discuss on the sameThe major political parties have been keen on the restricting of the local units since the Local Bodies Restructuring Commission suggested 565 local units in the country.

NC argues that it was not practical to determine less number of village council and municipalities for the largest party of the second Constituent Assembly believes that rendering public services would suffer inconvenience if so.

the Election Commission (EC) has complained the government of delaying formulation of necessary laws to hold the elections.

The constitution has stipulated that Nepal would hold the elections of local, provincial and federal levels by mid January 2018.

Holding a meeting with the Chief Election Commissioner and other officials at the Commission today, Prime Minister Pushpa Kamal Dahal said the government is striving to create the atmosphere conducive for the elections by formulating necessary laws and holding talks with the agitating political parties.

During the discussion with the EC officials, the PM informed that the local body restructuring commission has been asked to submit its report within mid October. The date for the election could be fixed four months before the elections, he added. But, the EC demanded at least six months before the election to fix the date.

PM Dahal, who reached the EC office with Minister for Physical Planning and Infrastructure Development, Ramesh Lekhak; Minister for Federal Affairs and Local Development, Hitraj Pandey, and Chief Dr Somlal Subedi, said, all elections should be held in the time the constitution has stipulated. If the elections are not held on time; constitution won't be implemented.

According to the PM, the major political parties could forge agreement on the threshold.

Moreover, Minister Lekhak said government would not budge from its commitment. He urged the EC to prepare a checklist of the activities the government and EC should carry out regarding the elections.

During the meeting, Chief Election Commissioner Dr Ayodhi Prasad Yadav informed the high level team that nine laws are necessary to hold the elections.
Dr Yadav further said EC should be allowed to purchase necessary materials not based on Public Procurement Act but on other election related laws.

Prime Minister Pushpa Kamal Dahal has said more systematic dissemination of information is essential to realize people's aspiration for change and prosperity. Information dissemination that unites the

entire country and people is needed in the present transition when the constitution is being implemented, he said.

Speaking at a programme organized by the National Information Commission (NIC) to mark the 9th National Information Day in the capital today, Prime Minister Dahal stressed on the need of effective enforcement of the right to information to guide the society towards the path to stability and prosperity, and also to make the people creative.

Also speaking at the programme, Minister for Information and Communications Surendra Kumar Karki called for strengthening postal services after establishing information centres at the local level. He said there is no need for all to enter Singh Durbar if they get information at their own local level.

Democracy would be strengthened if the people acquired the right information, he said.

Similarly, Parliamentary Development Committee Chair Rabindra Adhikari said that the government activities would not be transparent unless the political parties maintained the same. He urged political parties for transparency in economic and other affairs as it is directly linked with reforms of the democracy.

Similarly, chief secretary Dr Somlal Subedi shared that the government is working to reach the Kathmandu-centered information to the local level and creating the environment for easily enjoying 32 fundamental rights guaranteed by the constitution.

Chief Information Commissioner Krishna Hari Banskota said that the government is doing its business by issuing letters by stamping 'confidential' and 'highly confidential' on them, which he termed as a trend of 'hiding the information'.

The eighth finance ministerial meeting of the South Asian Association for Regional Cooperation (SAARC) would give priority to the issues of trade and investment promotion in the region.

The meeting has been scheduled for coming August 25 and 26 in Islamabad, the capital of Pakistan.

Under Secretary at the Finance Ministry, International Economic Cooperation Division, Surya Pokharel, said that issue of trade facilitation and connectivity would get priority in the meeting.

He said that ministers participating in the meeting would also hold discussion on operation of a SAARC Development Fund for the infrastructure development of South Asian countries.

Deputy Prime Minister and Finance Minister Krishna Bahadur Mahara is scheduled to lead the Nepali delegation to the meeting, according to his press advisor Trivuwan Poudel.