सुदूरपश्चिममा गौरा पर्व सुरु

भदौ ६, २०७३ मा प्रकाशित | 1206 views

६ भदौ, कञ्चनपुर ।
सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ ।

आज भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यो पर्व मनाउने
गरिन्छ ।

सुदूरपश्चिम र मध्यपश्चिमका केही जिल्ला तथा भारतको कुमाउँमा परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वको पहिलो दिन  आज घर घरमा महिलाले निराहार व्रत बसी तामाका भाँडामा बिरुडा भिजाएर पर्व सुरु गरिने परम्परा छ ।

मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु‍¥याउनुका साथै, सुखशान्ति हुने, देवदेवी इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वासका साथ मनाइने यो पर्वले यतिबेला सुदूरपश्चिममा चहलपहल र रौनकसमेत बढाएको छ  ।

गौरा पर्वको प्रमुख आकर्षण देउडा हो । देउडामा पौराणिक कथा देवीदेवताका गाथालाई गीतका रुपमा गाउनुका साथै सामाजिक विकृतिविरुद्ध पनि तिखो व्यङ्ग्य गरिन्छ ।

यसैगरी सामाजिक रीतिरिवाज सुखदुःख,  महिलाका व्यथा  पनि  देउडाकै माध्यमबाट अभिव्यक्त गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web