डिजिटल पत्रिका टप नेपाल न्युज, खेलकुद संसार डटकम, एक्सप्रेस खबर तथा स्थानिय पत्रिका बिकल्प दैनिकका दोधारा चाँदनी सम्बादाता पप्पु गुरुङ्गलाई श्री आदर्श रामलिला समिति दोधारा चाँदनीका उपाध्यक्ष, श्री उच्च माध्यमिक बिद्यालयका शिक्षक तथा नेकपा एमाले दोधारा चाँदनी नगरकमिटिका सदस्यले टिका राम शर्माले गरेको हातपात प्रति हाम्रो गम्भिर ध्यान आकषर्ण भएको छ् । सामाजिक संजालमा श्री आदर्श रामलिला समितिलाई सकारात्मक सुझाव दिदै आउदा समितिका उपाध्यक्ष, श्री उच्च माध्यमिक बिद्यालयका शिक्षक तथा नेकपा एमाले दोधारा चाँदनी नगरकमिटिका सदस्य टिका राम शर्माले पत्रकार गुरुङ्ग माथी अनाहकमा हात पात गर्ने प्रयासको हामी घोर भत्र्सना तथा निन्दा गर्दछौ । कुनै अन्याय भएको या समाचारका विषयमा कुनै असहमति भए लिखित रुपमै आफ्ना धारणा राख्न सक्ने र न्यायका लागि कानूनले तोकेका निकायहरु सम्म जाने बाटो खुल्ला हुँदा हुदै अमर्यादित र असभ्य शैलीमा पत्रकार माथी हात पात गर्ने प्रयास गर्नु आपत्ती जनक हाम्रो ठहर छ् । संचार माध्यम तथा पत्रकारलाई गत वर्ष रामलिला समितिमा भ्रष्टाचार गरेको पुर्वाग्रही तवरले राजनितिक दाव पेचमा संचारकर्मीलाई दबाउन खोज्नु अनैतिक तथा नियम बिपरित कार्य नगर्न समेत यसै बिज्ञप्ती मार्फत जोडदार अपिल गर्दछ् । गरिमामय पदमा बसेर पत्रकारको चरित्र हत्या गर्ने दोषी सजग तथा आम माफी गराउन सरकार तथा स्थानीय प्रशासन सँग जोडदार माँग गर्दछौं ।

टप नेपाल न्युजडट डटकम, खेलकुद संसार डटकम, एक्सप

16.12¡ÆC