७ भदौ, उदयपुर ।
उदयपुरको सदरमुकाम गाईघाट स्थित सशस्त्र प्रहरी त्रियुगा गुल्ममा कार्यरत एक हवल्दारले सोमबार राती आत्महत्या गरेका छन् ।

त्रियुगा नगरपालीका वडा न.७ घर भएका हबल्दार सुरेस हमालले बिषसेवन गरी आत्महत्या गरेका हुन् । सोमबार साँझ घरमा श्रीमतीसंग सामान्य बिवाद भै अफिसतिरै जान्छु भन्दै हिडेका हमाल घरभन्दा केही पर बिषसेवन गरेको र उनलाई मोटरसाइकलसहित लडेको अबस्थामा स्थानीयले भेटेर खबर गरेको सस्शस्त्र प्रहरी बल त्रियुगा गुल्मका प्रमूख प्रहरी नायव उपरिक्षक माधबप्रसाद पौडेलले बताउनुभयो ।

हमाललाई तत्कालै जिल्ला अस्पतालत उदयपुर पुर्याइएको र अस्पतालले विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरेको थियो । रेफर पश्चात नोबेल अस्पताल पुर्याइए पनि गेट नजिकै पग्दा उनको मृत्यु भएको थियो । उनको एक छोरा र एक छोरी छन् ।

त्यसैगरी सोही राती त्रियुगा नगरपालिका १० देउरीका ५७ बर्षिय गोपालबहादुर भुजेलले विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओम रानाले बताउनुभयो ।

विषसेवन गरी घाइते भुजेललाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि बाहिर रेफर गरिएको थियो । उनको बाटैमा मृत्यु भएको जनाईएको छ । उनले पनि पारिवारिक विवादकै कारण विषसेवन गरेको बताईएको छ ।

त्यस्तै त्रियुगा नगरपालिका २ का १९ बर्षिय युवा सुजन विकले पनि विष सेवन गरेका छन् । उनको जिल्ला अस्पतालबाट रेफर गरी विराटनगर स्थित विराट नर्सिङ होममा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको पनि स्वस्थ्य अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं,भदौं ७ । नेकपा (एमाले)ले सात वटै प्रदेशका संयोजक तोकेको छ । एमाले मुख्यालयमा जारी स्थायी समिती बैठकले सातै प्रदेशको संयोजक तोकेको हो । एमालेले प्रदेश नम्वर एकको संयोजकमा सचिव भीम आचार्यलाई जिम्मेवारी दिएको छ भने सहसंयोजकको जिम्मेवारी वैकल्पिक पोलिट्व्युरो सदस्य शेरधन राईले पाएका छन् । प्रदेश नम्वर दुईको संयोजक स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पाएका छन भने सहसंयोजक नागेन्द्र चौधरी रहेका छन् ।

नेकपा (एमाले)को प्रदेश संयोजक/ सहसंयोजक

प्रदेश नं १- भीम आचार्य र शेरधन राई

प्रदेश नं २- सत्यनारायण मण्डल र नागेन्द्र चौधरी

प्रदेश नं३- अष्टलक्ष्मी शाक्य र काशीनाथ अधिकारी

प्रदेश नं ४- किरण गुरूंग र गणेश तिमिल्सिना

प्रदेश नं ५- विष्णु पौडेल र दलबहादुर राना

प्रदेश नं ६- युवराज ज्ञवाली र यामलाल कँडेल

प्रदेश नं ७- भीम रावल र कर्ण थापा

मातृभुमी प्रतिको लगाव र आमा बुवाको उपदेश सम्झंदै गर्दा घरी भावुक त घरी उर्जाशिल देखिनुभएका उहाँ हरेक कुराकानीका क्रममा भनिरहनुभएको थियो-'कसैलाई मर्दापर्दा काम नआउने सम्पत्तीको केही काम छैन !'

कर्मले जापानमा रहेपनि व्यवसायदेखी, उद्योग र उर्जामा समेत लगानि गरेर मातृभुमिको विकासमा योगदान गरिरहनुभएका दिलका धनी अर्थात् 'दिलु खत्री'ले कुराकानीका क्रममा चिसो कालो कफी पिउँदै भन्नुभयो-'मेरो बुवाले गाउँमा गरिव दलितहरुको घरको छानो छाउनु पर्दा पैसा नलिगि सहयोग गर्दै भन्नुहुन्थ्यो यो जातभातले केही हुन्न, सबैलाई सकेको सहयोग गर्नुपर्छ, बुवाको त्यही पथ पछ्याउँदै मैले सकेको सहयोग गरेको छु र गरिरहेनेछु ।'

केटाकेटीको 'दिलु'
'गाउँमा पढ्ने लेख्ने मेहनत गर्ने भन्ने अग्रजका दाजुहरु खासै हुनुहुन्नथ्यो । रमाइलो गर्ने, सामान्य पढ्ने, कामको लागि काठमाडौं वा भारत पस्यो अनि सकेकाजति विदेश । यस्तै वातावरणले छोएर होला खासै पढिएन ।' आफ्नो पढाइबारे खोल्दै दिलु खत्रीले इमान्दारिता पूर्वक भन्नुभयो-'विद्यालयको मात्र पढाई सकियो त्यसपछि काममा लागियो ।'

संघर्षको सुरुवात

पढ्ने उमेर छँदै साथीभाईसँगै काम सिक्न भारत छिर्नुभएका दिलुले जापान आउने जग घर छाडेपछि आफैं बसाल्नुभयो । 'मैले भाँडा माझ्ने कामबाट संघर्ष सुरु गरेको हुँ ।' संघर्षका ति दिन सम्झैंदै उहाँले भन्नुभयो-'२० बर्ष अघि ३५ हजार भारतीय रुपैयाँ बुझाएर जापान छिर्दा महिनाको जम्मा २ मान तलब थाप्नुपर्यो अब सम्झनुस् कमाई र अवस्था कस्तो हुन्थ्यो होला ।'

संघर्षका ति दिनहरु

नान बनाउन दिनको दुई तिन बोरासम्म पिठो मुछ्नु । काम व्यस्त भएको दिन २४ घण्टा अनिदो बसेर काम गरेको दिनहरु सम्झंदा गम्भिर भावमा देखिनु भएका खत्रीले भन्नुभयो-'जाडो मौसममा चिसो पानीले दिनहु नुहाउनुपर्ने अनि नाकबाट रगत बग्दा समेत पुछ्दै गाह्रो भयो भनेपनि सुनीदिने कोही नहुँदा त्यत्तिकै काम गरिन्थ्यो !'

संघर्षका ति दिनलाई सम्झेपनि ति दिनप्रति कत्तिपति पछुतो नमान्नुभएका उहाँले भन्नुभयो-'त्यहि दिनहरुले मलाई सक्षम बन्न र केही गर्न आँट दियो । त्यही आँट र हिम्मतबाट मैले आफ्नै काम सुरु गरें ।'

अहिलेका 'दिलु खत्री'

सामाजिक सञ्जाल फेसबुकमा समाज हित र नेपाली एकताका कुरा मात्र गरिरहने दिलु खत्रीलाई बाहिरि आवरणमा देख्नेहरु एक स्टाइलिस्ट युवा देख्छन् ! सांगितिक कार्यक्रममा रमाउने गरेका दिलु सम्झंदा कुनै कलाकार वा अल्लारे सम्झन्छन् ! अनि जापान तथा नेपालमा आइपरेका समस्या र दुखहरुमा सहयोग गरिरहने दिलुलाई देख्दा एक 'दिलदार दिलु' पाउँछन् !

यि सबै भएरपनि दिलुलाई यि पाटोबाट मात्र चिन्नेहरुले उहाँको थप पाटोहरु कमै थाहा पाएका छन् ।

आफ्ना त्यस्ता केही पाटोहरु खुलाउँदै उहाँले भन्नुभयो-'मैले यहाँ कमाएर जति थुपारेपनि देशमा केही लगानि गरिन भने मलाई मेरो देशले सराप्छ ! त्यहि भएर आम्दानीको केही हिस्सा नेपालमा लगानि गर्दै बढाउन थालेको छु ।' अलि भावुक हुँदै दिलु खत्रीले थप्नुभयो-'किनभने म दुख गर्न जहाँ पुगेपनि सेवा मातृभुमीकै गर्नुछ अनि त्यही धुलोमै बित्नुछ ।'

सहकारी होस् वा एफएम, घर, घडेरीमा समेत लगानी गर्नुभएका दिलुले नेपालको उर्जा क्षेत्रको विकासको लागि जलविद्युतमा समेत आफ्नो लगानि बढाउँदै लैजानुभएको छ ।

आफ्ना थप लगानि क्षेत्र खुलाउँदै उहाँले भन्नुभयो-'विदेशमा पाहुनालाई गरिने स्वागत सत्कार, सिप, कला र रोजगारीको लागि पनि नेपालमा लगानी आवश्यक छ भनेर "यस्तोमा के लगानि गर्नु ?" भनेर अरु पन्छिरहँदा रेष्टुरेण्टहरुमा लगानि गरेको छु । भविष्यमा एउटा राम्रो होटल खोल्ने योजनामा छु, जसबाट देशमा पर्यटनको विकास, विदेशको राम्रा सिपहरु सिकेर देशमै भावी पुस्ताले केही गर्न सकुन् ।'

दुई दशक लामो जापान बसाई रहेपनि दिलु खत्री नेपालमा हुने हरेक पर्व जिल्लामा हुने विशेष पर्व तथा सामाजिक काममा सहभागीता जनाउन नेपाल पुगिहाल्नुहुन्छ । देशको राजनीति र अवस्थासँग राम्रो जानकारी राख्नुहुने उहाँ नेतृत्वले सहि मार्ग नपछ्याएपनि नयाँ युवा पुस्ता सकारात्मक र देश चलाउन सक्षम बन्दै गएकोमा भावी नेपालप्रति आशावादी देखिनुभयो ।

जापान कर्म र कमाई

'यहाँ पैसा खाएर मान्छे ल्याएर काम न दामको बिचल्ली पारेर अलपत्र बनाउनेहरुकै हल्ला खल्ला हुन्छ । केही गरेर धेरै देखाउनेहरुनै चर्चामा आउँछन् । म कर्म गरिरहेको छु तर कमाई मात्र हेरेर सारा कुरा विसर्ने लोभी पापीबाटोमा कहिल्यै लागिन ।'

'पैसानै कमाउने र गन्ने हो भने अर्ब बढीको सम्पत्ती मेरो नी पुग्यो होला तर यो मेरो कर्मले कमाएको आम्दानी हो म यसबाट सामाजिक सेवामा खर्च गरिरहेको छु, सामाजिक कामको लागि भनेर बटुलेर अहिलेसम्म कसैको एक पैसा खाएको छैन ।'

'जापानमा रहनुभएका नेपाली र नेपालमा मलाई मैले गरेको काम, आपत विपतमा परेकालाई गरेको सहयोगबाट चिन्छन् मेरो सम्पत्तीले होइन । मैले अहिलेसम्म कमाएको कमाई नै त्यही हो । जुन कुरामा सन्तुष्ट र खुशी छु ।'

जापानमा अहिलेसम्म आठ वटा रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छु । राजा फुड कम्पनीको रुपमा ब्राण्ड बनाएर जापानीमाझ नेपाली खाना र नेपाल चिनाइरहेको छु ।

त्यसबाहेक रेमिट्यान्स सेवा र एक्पोर्टको काम गरिरहेको छु । छोटो समयमा मेहनत र म प्रति गरेको जापानवासी नेपालीको विश्वासले जेनिथ रेमिट्यान्स जापानको उत्कृष्ठ तिन भित्र परिरहेको छ ।

यो आर्थिक बर्षमा मात्र हामीले साँडे दुई अर्ब बढी जापानी येन जापानमा काम गरेर नेपालीहरुले पठाएको कमाई उहाँहरुका आफन्तसम्म सुरक्षित पुर्याएका छौं । यही विश्वास हो मैले कमाएको । जसले गर्दा मैले गरेका काममा सबैले विश्वास गर्दै साथ र सहयोग गरिरहनुभएको छ र मैले उहाँहरुका दुख सुखमा सक्दो सहयोग गरिरहेको छु ।

गल्कोट समाज र समाज सेवा

म हुर्केको माटो र बाटो गल्कोटमा हो । मेरो जन्म जिवन त्यही माटोमा वित्नेछ । म खेली हुर्केको त्यो ठाउँ सँधै उस्तै रहने र म अघि बढिरहने त्यो मेरो मनले कहिल्यै मान्दैन । त्यही भएर मैले बाग्लुगं जिल्ला र गल्कोट क्षेत्रको विकास र त्यस क्षेत्रमा हुने हरेक सामाजिक काममा सक्दो सहयोग र सहभागीता जनाउँदै आइरहेको छु ।

म दावीका साथ यत्ति भन्न सक्छु बाग्लुंग जिल्ला तथा गल्कोटको लागि कुनै त्यस्तो काम छैन जहाँ मैले सहयोग गर्दिन भनेको र नगरेको होस् । किनभने मलाई मेरो गल्कोटप्रति अगाध मायाँ छ । मेरो ठाउँ प्रति मेरो जिम्मेवारी छ । तर यसो भन्दैमा म बाग्लुगंमात्र अनि गल्कोट मात्रको हुँ कहिल्यै भन्दिन ।

जापानमा आएर समस्यामा परेका देशका जुनुसुकै ठाउँका नेपालीले सहयोग माग्दा मैले आजसम्म नाई नास्ति गरेको छैन र गर्दिन । मैले सकेको सहयोग गर्दै आइरहेको छु ।

भर्खरै मृत्युभएका रमेश थामागंको शव नेपाल पठाउन लैजान आर्थिक संकलन गरेको प्रशंग थप्दै युवा व्यवसायी र समाजसेवीको छवि बनाउनुभएका दिलु खत्रीले भन्नुभयो-'उहाँ (रमेश)को बुवा आमाले मृत्यु भएका छोराको भएपनि अनुहार हेर्ने इच्छा गरेको सुनेपछि मैले सकेको सहयोग गरेको छु ।'

जापानमा रहनुभएका गल्कोटवासी नेपालीबिच थप एकता, सहयोग र आफ्नो क्षेत्रको विकासमा मैले अझै योगदान गर्नसक्छु भनेर साथिहरुले अब अध्यक्ष बन्नुपर्छ तपाई भन्नुभयो र म भोली (अगष्ट २४ तारिख)मा हुने गल्कोट समाज जापानको अध्यक्षमा उठेको हुँ ।

म कसैसँग प्रतिस्पर्धा गर्न होइन, कसैको बिरुद्ध पनि होइन, गल्कोट समाज र नेपालको लागि तपाईले बढि गर्न सक्ने कि मैले भनेर उठेको हुँ । यसले त समाजप्रति योगदान गर्ने सकारात्मक प्रतिस्पर्धा सृजना गरेको छ ।

'कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अब अध्यक्ष बनेर गल्कोट समाजको लागि केही गर्नुपर्छ तपाईले भन्नुभयो' सबै साथीभाई र गल्कोटवासीले त्यही भएर नेतृत्व लिन लागेको हो । कुनै पार्टीको राजनीति गर्न वा नेता गिरी हैन । त्यही भएर पनि आफ्नो क्षेत्रको राम्रोको लागि नेतृत्व लिन लागेको भएर सबैले समर्थन गरिरहनुभएको छ यसमा म खुशी छु ।

गल्कोट समाजको नेतृत्व लिएपछि मैले दुई बर्षे कार्यकालमा गल्कोट क्षेत्रमा एक सामुदायिक बहुउपयोगी हुने खालको बृद्ध आश्रम/आश्रय स्थल जसमा कहीँ टाढा बाट आएकाहरुले एक दुईरात बास बस्न मिल्ने अनि आपत विपत्तमा पर्नुभएका बुद्ध बुवा आमाहरुले आश्रय लिएर बस्न पनि सक्ने सामाजिक भवन बनाउने लक्ष्य भनौं या काम गर्नेछु ।

साथै गल्कोट समाज जापान बाग्लुंग र गल्कोटवासीको लागि मात्र हैन सबै नेपालीको लागि हो, भन्ने पुष्टि गर्न विकट कुनै जिल्ला र ठाउँमा एउटा उदाहरणीय काम गर्ने योजनामा छु । जुन काम म बोल्ने हैन गरेर देखाउनेछु ।

'गल्कोट समाज जापान'को नाम लिंदा सबै नेपालीले गर्व गर्न लायक बनाउने यो पवित्र कामको लागि भोली हुने गल्कोट समाजको निर्वाचनमा नेतृत्वको लागि अहिलेसम्म सहयोग गर्नुहुने सबैलाई धन्यवाद र भोलीका दिनमा पनि सबैले सहयोग गर्नुहुने विश्वास मैले लिएको छु ।

काठमाडौं, भदौ ७ । आईसीसी वल्र्ड कप क्वालिफायर एसिया– २०१६ का लागि ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । रुविना क्षेत्री, सन्तोषी चौधरी, सब्नम राई, ममता चौधरी, रश्मि शर्मा, काजोल श्रेष्ठ, कविता गौतम, अनिशा पराजुली, अनुराधा चौधरी, रोमा थापा, संगीता राई, शोभा आले, रचना अर्याल, सीता श्रेष्ठ, सारदा वाग्ले, अस्मिना कर्माचार्य, रोजी कडारी, आरती विडारी, रविना भण्डारी, इन्दु बर्मा, वर्षा राणा, सरस्वती पुन, लक्ष्मी चौधरी, नेरी थापा, ममता थापा, गीता गोसाईं, त्रिश्णा सिंह, रोशनी बोहरा, कविता जोशी, रेखा रावल, करुणा भण्डारी, रितु कनौजिया, सीता राना मगर, सरिता मगर, सोनु खड्का, ज्योति पाण्डे, नीरा राजोपाध्याय तथा विनु बुढाथोकी प्रारम्भिक छनोटमा पर्न सफल भए ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा पहिलो चरणमा ३८ खेलाडीको छनोट गरिएको हो । राष्ट्रिय छनोट प्रतियोगिताअघि जिल्ला छनोट असार २८ र क्षेत्रीय छनोट असार ३० देखि ३१ गतेसम्म भएको थियो । क्वालिफायर अक्टोबर ९ देखि १५ गतेसम्म हङकङमा हुँदैछ ।

काठमाडौं,भदौं ७ । मङ्गोलियामा जारी एएफसी कप फुटबलको प्लेअफ छनोटमा नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लबआफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको छ । मंगोलियाको उलानबटारमा भएको खेलमा थ्री स्टार कम्बोडियाको नागावर्ल्ड क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । बराबरीपछि थ्रि स्टारको प्ले अफमा छनौट हुने संभावना बलियो बनेको छ । कम्बोडियाले २८ औँ मिनेटमै गोल गर्दै अग्रता लिएको थियो।

थ्री स्टारले पहिलो खेलमा आयोजक मङ्गोलियाकै एर्चिम क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो। आजको खेलमा थ्री स्टार विजयी भए स्वतः अर्को चरणमा पुग्ने थियो तर बराबरी भएकोले नागावर्ल्ड र एर्चिमबीचको खेलको नतिजा कुर्नु पर्नेछ। तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा ९ टोलीको सहभागिता रहेको छ। तीनै समूहबाट समूह विजेता टोली अर्को चरणमा पुग्नेछ। थ्रिस्टारले पहिलो खेलमा आयोजक मंगोलियाको इर्चिम क्लबलाई २–० गोलले हराएको थियो ।

जो जससँग सम्बन्धित छ !
यदि मेरी आमा भइदिनु भएको भए उहाँले उपयोग गर्ने रासनपानी, घरभाडा, बिजुली, औषधिउपचार सबै हामी दाजुभाइ मिलेरै बेहोर्ने थियौं ।

४४ वर्षको उमेरमा विधवा हुनुभएको मेरी आमा विष्णुदेवी २०७२ मंसिरमा ८४ वर्षको उमेरमा ब्रह्मलीन हुनुभयो । विभिन्न रोगका कारण उहाँ २० वर्षसम्म नियमित उपचारमा हुनुहुन्थ्यो । उहाँको अधिकांश उपचार मनमोहन कार्डियोथोरासिक एण्ड भाष्कुलर सेन्टर (त्रिवि टिचिंग परिसर, महाराजगन्ज)मा भयो ।

त्यहाँ सरकारले ७५ वर्ष नाघेका जेष्ठ नागरिकलाई उपचार र अस्पतालको फार्मेसीमा उपलब्ध औषधि नि:शुल्क दिने व्यवस्था मिलाएको रहेछ । हाम्रो निम्नमध्यमवर्गीय परिवार हो । अस्पताल जाँदा जाँदा हामीले हामीभन्दा पनि निमुखा जनता देख्यौं र त्यो सुविधा हामीलाईभन्दा उहाँहरूलाई बढी आवश्यक ठान्यौं । त्यसैले कहिल्यै त्यो सुविधा उपयोग गरेनौं ।

मनमोहन अधिकारीले वृध्दभत्ता घोषणा गरेको मितिदेखि नै हाम्री आमा राज्यले दिएको त्यो सुविधा लिन योग्य हुनुहुन्थ्यो । 'सरखारले दिएको सुविधा लिनु पर्छ' भन्ने उहाँको धारणा थियो तर आमाको दशधारा दूधको भारा तिर्न पनि आमाको लालनपालन गर्नु हामी छोराहरूको कर्तव्य हो भनेपछि वृध्दभत्ता नलिन उहाँ सहमत हुनु भएको थियो ।

यो हामीले हामीसँग पैसा धेरै भएर अथवा प्रचारका लागि गरेका थिएनौं । आफ्नै व्यवसाय शुरू गर्नुभन्दा अगाडि म सरकारले तोकेको न्युनतम पारिश्रमिकभन्दा पनि कम तलब तीन-चार महिनामा एकपटक थाप्ने अफिसमा काम गर्थें । दाजुहरूको कमाइ पनि त्यति राम्रो थिएन।अंश र दाइजो नपाएका छोरीहरूले पनि सघाए आमाको उपचारमा । ऋण गरियो कयौं पटक तर आमाको उपचार र लालनपालनका लागि भनेर व्यक्ति वा सरकार कसैसँग एक पैसा अनुदान मागिएन ।

जन्म दिने आमाबुबा भनेका साक्षात् भगवान हुन् । भगवानलाई चढाउने प्रसाद सकेसम्म अनुदानको लिएर जानु हुँदैन । यो मान्यता अनुसार आमाबुबाको उपचार-स्याहार-सम्मान गर्ने छोराछोरी, बुहारी धेरै भेटेको छु । हामीले त केही गर्न सकिएन भन्ने लागिरहेको छ !

यो मेरो परिवारको निजी कुरा सार्वजनिक गर्न चाहन्नथें । तर यो मुलुकको एकजना सम्मानित अग्रज जेष्ठ नागरिकलाई बिजुली नि:शुल्क दिनु पर्छ कि पर्दैन भन्ने बहस गरमा गरम रूपमा उठेकोले जनमत निर्माणमा सहायक होला भनेर यति लेख्ने धृष्टता गरेको हुँ । यसलाई कसैको विरोध र समर्थनको रूपमा नलिइदिनु हेला ।

मलाई लाग्छ सरकारले सुविधा दिने नै निर्णय गरेको भए पनि उपचार, आवास, बिजुली, गाडीको सुविधा आफ्नै खर्चबाट बेहोर्न नसक्ने पूर्वपदाधिकारी नेपालमा कोही पनि छैनन् । किनकि पदमा रहँदा नै उहाँहरूले प्रशस्त कमाइसक्नु भएको हुन्छ । उसले पाउने मैले किन नपाउने भन्ने ढंगले होइन उसले लिए पनि म लिन्न, राज्यको त्यो सुविधा मलाईभन्दा ज्यादा जनतालाई छ भन्ने साच्चिकै सम्मानित राजनेताको जन्म कहिले होला नेपालमा ?
मेरो एउटा प्रश्न छ- मान्छे जति धनी र ठूलो पदमा पुग्छ, उति लोभीपापी हुन्छ किन ?

पत्रकार पाठकले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको बिचार साभार गरिएको हो ।

७ भदौ, काठमाडौं ।
पूर्वनिर्धारित समयमा काम सम्पन्न नभएपछि मेलम्ची खानेपानी आयोजनाको मुख्य काम सुरुङ निर्माण गरिरहेको ठेकेदार कम्पनीले १ वर्ष थप समय माग गरेको छ।

ठेकेदारले प्रस्ताव गरेको १ वर्षको अवधि परामर्शदाता इपिसा सर्भिसेजले अस्वीकार गरेको खबर आजको कारोबारमा छापिएको छ।

०७० असारमा भएको ठेक्का सम्झौताअनुसार आगामी महिना ठेकेदार आफैंले काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको समय सकिन लागेको छ ।

भूकम्प र नाकाबन्दीका कारण आयोजनाको काम समयमा सम्पन्न गर्न ढिलाई भएपछि ठेकेदराले थप १ वर्ष समय माग गरेको समितका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।

उनका अनुसार अनुसार कति समय थप नर्गे भन्ने सम्बन्धमा अहिले छलफल चलिरहको छ । आपसी छलफल र समझदारीमा समय थप गरिने उनले बताए ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी २० किमि सुरुङ नर्माण ठेक्का सकारेका ठेकेदार इटालियन को अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी र भारतको दी राभेनाले निर्धारित समयमा काम सम्पन्न नभएपछि परामर्शदाता कम्पनीमार्फत समय मागेको हो ।

ओखलढुंगा ।
कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्कदै थिए। उनलाई बाँदरले बाटैमा लडायो र चिथोर्न र टोक्न खोज्यो। बल्ल बल्ल छिमेकी भाइले देखेपछि लखेटे।

कुन्तादेवि ४ की मनकुमारी तामाङले ५ पाथी मकैको बिउ छरेकी थिइन्। समयमै पानी परेर लहलहाउँदै आएको मकैबाट यसपाली निकै आशा गरेकी थिइन् ।

पाक्न लागेको मकै बारीमा एक दिन बाँदरको हुलै पसेछ। बजारबाट फर्किएर बारीमा पुग्दा एक घोगा पनि देखिएनन्। उनी बारीको बिचैमा बसेर ग्वा ग्वा रोइन्।

बाँदरका सास्तीबाट हैरान भएका कुन्तादेविका दर्जनबढी किसान आइतबार जिल्ला प्रशासनमा डेलिगेशन आए ।

‘कि त भोकले मान्छे मर्नुपर्यो, कि त बाँदर मर्नुपर्यो। दुई मा एक त हुनै पर्ने भो’, डेलिगेशन लिएर आएकी हेमकुमारी तामाङले प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई भनिन्,‘दुबैलाई बचाउने हो भने राज्यले किसानको क्षतिपूर्ति दिनुपर्यो।’ आजको कान्तिपुरमा खबर छापिएको छ।

७ भदौ, काठमाडौं ।
उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने खबर आजको गोरखापत्रमा लक्ष्मण दर्नालले लेखेका छन्।

बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको निर्देशनलगत्तै मन्त्रालयले कार्यालय विस्तारको निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाएर यथाशीघ्र यातायात व्यवस्था कार्यालय थप गरेर सहज र छिटो काम हुने अवस्था सिर्जना गर्न निर्देशन गरेको सचिवालयका कर्मचारी मनोहरि तिमिल्सिनाले जानकारी दिए।

निर्देशनलगत्तै यातायातमन्त्री लेखकले मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय थप गर्ने निर्णय गरेका हुन्। मन्त्री लेखकले छिटोमा दुई साता र ढिलोमा तीन साताभित्र थपिने कार्यालयहरू सञ्चालनमा आउने बताए।

थप तीनवटा कार्यालय सञ्चालनमा आएपछि मोटरसाइकल र गाडीको लाइसेन्स नयाँ निकाल्ने, नवीकरण गर्ने गराउने र सवारी साधनको कर तिर्ने काम छुट्टाछुट्टै स्थान, काउन्टरबाट गरिने र त्यसो गर्दा सेवाग्राहीलाई सहज हुनुका साथै काम व्यवस्थित र छिटो हुने उनको भनाइ छ।

मन्त्री लेखकले भने, ‘सडक दुर्घटनाहरू बढिरहेका छन्। त्यसको न्यूनीकरणका लागि हामीले ऐन कानुनहरू पनि संशोधन गर्ने काम अगाडि बढाएका छौँ। क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीलाई पनि कारबाही भइरहेको छ। समग्रमा हामी यातायात व्यवस्थालाई व्यवस्थित गर्न लागेका छौँ।’

सवारीचालक अनुमति पत्रको फाराम बुझाउनसमेत सेवाग्राहीहरू रातभरि लाइन बस्नु परेको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले काठमाडौँमा दुईवटा र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप गरेर छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले उपत्यकामा सवारी चालक अनुमतिपत्र लिने तथा नवीकरण गर्ने, ब्लुबुक नवीकरण, कर तिर्नेलगायत रुट परमिटका कामहरू सेवाग्राहीलाई सहज हुने गरी उनीहरूको चाहना अनुसार काम गर्न निर्देशन दिएका हुन्।

सवारीचालक अनुमति पत्रको लिखित परीक्षाका लागि स्कुल, कलेज वा घर भाडामा लिएर भए पनि एकै चोटि पाँच हजारसम्मको परीक्षा लिने व्यवस्था गर्न, नवीकरण, रुट परमिट, कर लगायतका कामलाई अनलाइनबाटै व्यवस्थित गर्न र कर्मचारीलाई अभिमुखीकरण तालिम दिएर काम गर्नसक्ने व्यवस्था गर्न उनको निर्देशन थियो।

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा हुने सेवाग्राहीको चाप अब सहज हुने यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले दाबी गरे।

७ भदौ, काठमाडौं ।
बूढानीलकन्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन्।

भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चार वटा बेंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु परेको खबर आजको अन्नपूर्णमा छापिएको छ।

डलर नभएको भन्दै बैंकले दिन मानेनन् । धेरै अनुरोध गरेपछि दुई सय डलरसम्म दिइने आश्वासन उनले पाएकी छन् ।

चाहे जति डलर साट्न नपाएपछि उनलाई डलरको जोहो गर्ने चिन्ताले सताएको छ । खड्काले कार्ड बोकेर गए पनि साथमा कम्तीमा हजार डलरसम्म नगद हुँदा ढुक्क हुने बताइन् ।

डलरको खोजीमा बैंक चाहार्नु विदेशिन लागेका पहुँच नहुनेको दिनचर्यानै बनेको छ हिजोआज । बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको स।ख्या दिनप्रतिदिन बढ्दैगइरहेको छ ।

आइतबारको तुलनामा डलर खोज्न आउनेको संख्या सोमबार बृद्धि भएको बैंकहरुले बताएका छन् ।

आम उपभोक्ताको नगदै बोक्ने बानीका कारण डलर अभाव भएको बैंकहरुले बताएका छन्।

७ भदौ, काठमाडौ. ।
गत शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरीसकेको थियो। साझको बेला अध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवन माथीको आकासमा थियो।

त्यहीबेला ककपिटमा विपरित दिशा ९जडीबुटी० बाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्यो। १ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर पर्यो। उनीहरु झस्किए। नेपाली आकासमा पाइलटहरुले यस्तो अवस्था यसअघि कहिल्यै ब्यहोरेका थिएनन। विदेशी मुलुकमा बेलाबेला भइरहने यस्तो समस्या नेपाली पाइलटले गतथ शुक्रबार पहिलोपटक फेस गरेको खबर आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन्।

लेजरलाइटले उत्सर्जन गरेको हरियो चुम्बिकए विकिरणले ककपिटको कमाण्ड सम्हालिरहेका चालकदलको आँखामै हानेपछि अप्ठ्यारो अवस्था पैदा भयो। धन्न त्यो विमानको कोपाइलट सिटमा बसेका चालकले यसबारे पूर्व जानकारी र अध्ययन गरेकाले सावधानी अपनाइ हाले। क्याप्टेनलाई तत्कालै विमानस्थल बाहिरबाट कुनै अपराधिक मानसिकता भएकाले लेजर लाइट हानेको हुन सक्ने विफ्रिङ्ग गर्दै उनले विमानलाई ओभरसुट वा गो अराउन्ड अर्थात् दायाँबाया मोड्ने कार्य गराएनन्।

१६ सय मिटर हाराहारी उचाईबाट बिस्तारै डिसेन्ड अर्थात् झर्दै गरेको विमान हात्तिवन, इमाडोल कटाउदै जडीबुटी तर्फ आयो। लेजरलाइट ककपिटमा परीनै रह्यो। स्रोतका अनुसार त्यो लेजरलाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा पाइलटलाई हानि पुर्यायो। जब विमान विमानस्थलको रेखाभित्र पस्यो अनि मात्रै लेजरलाइटको आक्रमण हट्यो।

चालकदलले विमानलाई सेफ ल्याण्डिङ्ग गरीसकेपछि एयरट्राफिकलाई ग्राउण्डबाट खबर गरे। तत्काललै नेपाल वायु सेवा निगमका चालकदलले यस्तो गतिविधिले जहाज दुर्घटनामा पर्न सक्ने खतरा औल्याउदै तत्कालै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिखित उजुरी हाले। यतिले मात्रै नपुगेर सोमबार पनि निगमकातर्फबाट घटनाबारे विस्तृत प्रतिवेदन पनि प्राधिकरणलाई दिइएको छ।

उक्त प्रतिवेदनले विमानस्थल नजिक हुँदै गर्दा उचाईबाट ओर्लिदै गरेको विमानमा यसरी लेजर लाइटको आक्रमण भए ठूलो दुर्घटना हुन सक्ने जनाउदै कडाईका साथ नियमन गर्न भनेको छ। स्रोतका अनुसार, विदेशमा यस्तो आक्रमणमा पर्ने विमानले लेजरको फोटो लिई जिपिएसका आधारमा लेजर हानिएको स्थान पहिचान गर्दै कडा कारवाही हुन्छ। नेपालमा भने यस्तो प्रविधि छैन। कडा लेजर लाइट परे चालकदलले अवतरण गर्न नसक्ने वा दुर्घटनामै पर्न सक्ने खतरा हुन्छ।

७ भदौ, टोकियो ।
गत साता निधन भएका रमेश तामाङको शव आज नेपाल पठाइएको छ ।

जापानका लागि कार्यवाहक नेपाली राजदूत कृष्ण चन्द्र अर्यालको उपस्थितिमा स्वर्गिय रमेशको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण पछि शव नेपाल पठाइएको छ ।
शव अपरान्ह १२ बजेको उडान मार्फत नेपाल पठाइएको हो ।

दुई बर्ष अघि अध्ययनका लागि जापान आएका तामाङको अगष्ट १५ तारिखका दिन निधन भएपछि आर्थिक सहयोग संकलन गरि शव नेपाल पठाइएको हो ।

नेपाल तामाङ समाज जापानको अगुवाईमा भएको आर्थिक सहयोग संकलनका क्रममा ३६ लाख ३७ हजार ८ सय ११ जापानी येन संकलन भएको समाजले जनाएको छ ।

संकलीत रकम मध्ये ९ लाख १५ हजार ७ सय ८८ येन खर्च भएको समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक अवस्था कमजो रहेका तामाङका वुवाआमाले मृत्यु भएका आफ्ना छोराको शव नेपाल ल्याउन चाहेको भन्दै अन्तिम पटक भनेपनि मृत्यु भएका छोराको मुख हेर्ने इच्छा व्यक्त गरेपछि शवलाई नेपाल पठाउन आर्थिक सहयोग संकलन थालिएको थियो ।

नेपाल तामाङ समाज जापानले थालेको आर्थिक सहयोग संकलनमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले स्वस्फूर्त सहयोग गरेका थिए ।

संकलीत रकमबाट रमेशको शव नेपाल पठाएर २७ लाख १२ हजार २३ येन बाँकी रहेको समाजले जनाएको छ ।

उक्त रकमको विषयमा भने समाजले रमेशका परिवारजनलाई दिने हो वा समाजको खातामा राखेर अन्य सामाजिक काममा खर्च गर्ने भन्ने केही निर्णय गरेको छैन ।

तामाङ समाजले आर्थिक सहयोग संकलनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

Photo Source: Pasang Sherpa Facebook

रमेशको पार्थिव शरिर नेपाल लैजान नेपाल जापान युथ क्लवद्धारा आर्थिक सहयोग

जापानमा निधन भएका रमेश तस्विर र भिडियोमा

छोरा(रमेश) को अन्तिम पटक मुख हेर्ने बुवा आमाको ईच्छा पुरा गर्न आर्थिक सहयोग जुट्दै

नेपाली विद्यार्थीको जापानमा आकस्मिक निधन