७ भदौ, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएका बैंक तथा वित्तीय संस्था सहितका कम्पनीहरुले शेयरधनीहरुलाई प्रदान गर्ने नगद लाभांश र शेयर नपरेका लगानीकर्ताहरुलाई फिर्ता गर्नुपर्ने रकम लगानीकर्ताहरुकै खातामा जम्मा हुने व्यवस्था गर्न निर्देशन दिएको छ ।

सूचिकृत कम्पनीले शेयरधनीहरुलाई प्रदान गर्ने लाभांश र शेयर नपरेर फिर्ता गर्नुपर्ने रकम नेपाल क्लियरिंग हाउसको सदस्य भएका बैंक तथा वित्तीय संस्थामा रहेको लगानीकर्ताहरुको खातामा नै जम्मा हुने व्यवस्था गर्न बोर्डले मंगलबार अनुमतिप्राप्त सबै शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रवन्धक र सूचिकृत कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बोर्डले गरेको यस किसिमको व्यवस्थाबाट सूचिकृत कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताहरुले काठमाडौं बाहिरबाट पनि सजिलै नगद लाभांश पाउने र शेयर नपरेर फिताए पाउनुपर्ने रकम सिधै लगानीकर्ताको खातामा जम्मा हुने भएकाले धितोपत्र बजारप्रति लगानीकर्ताको विश्वास बढ्न गई पूँजी बजारको विकासमा योगदान पुग्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताउनुभयो ।

७ भदौ, विराटनगर ।
विजुलीको विल नबुझाउने विराटनगरका ३७ जना ग्राहकको लाइन विद्युत प्राधिकरण विराटनगरले काटेको छ ।

तीन महिनासम्म विजुलीको बाँकी वक्यौता नर्तिने ९ वटा उद्योग सहित ३७ ग्रहाकको विद्युत काटिएको विद्युत प्राधिकरण विराटनगर शाखाका लेखा शाखा प्रमुख प्रकाश खरेलले बताउनुभयो ।

उर्जामन्त्री जनार्दन शर्माले लामो समयदेखी वक्यौता नर्तिने ग्राहको विद्युत काट्न प्राधिकरणलाई निर्देशन दिुभएको थियो ।

प्राधिकरणले विल नर्तिने ग्राहकको लाइन धमाधम काट्न थालेपछीे वक्यौता रकम समेत असुली हुन थाालेको प्राधिकरणको विराटनगरको कार्यालयले जनाएको छ ।

७ भदौ, काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमका उदयमान स्ट्राईकर नवयुग श्रेष्ठलाई छत्र बहादुर स्मृती ट्रस्टले नगद सहित सम्मान गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाका पिताका नाममा स्थापना गरिएको यस ट्रस्टले मंगलबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा नवयुग श्रेष्ठलाई ५० हाजर रुपैँया र सम्मान पत्र प्रदान गरेको थियो ।

७ भदौ, काठमाडौं ।
सडक दुर्घटनामा ज्यान गुमाएकामध्ये ४० प्रतिशत पैदल यात्रु रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको संयुक्त आयोजनामा आज यहाँ आयोजित सडक सुरक्षा सचेतना कार्यक्रमको समापन कार्यक्रममा बोल्दै महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले आव २०७२÷७३ मा सडक दुर्घटनामा दुई हजार छ जनाको निधन भएकामध्ये ८०० जना पैदल यात्रु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बर्से्नि सडक दुर्घटनाबाट यति धेरै मानिसको मृत्यु हुने गरेको छ यसलाई न्यूनीकरण गर्न सबैले आफ्नो घर र छरछिमेकमा जनचेतना जगाउनु आवश्यक छ ।” अर्यालले एकछिनको हतारोमा मानिसको ज्यान जाने गरेको भन्दै हतार नगरी बाटो काट्न वा सवारी चलाउन आग्रह गर्नुभयो ।

नेपाल स्काउटका व्यवस्थापक रवीन दाहालले ट्राफिक व्यवस्थापन र सुरक्षा कक्षा काठमाडौँ उपत्यकामा मात्र सीमित नराखी देशका व्यस्त सहरमा पनि सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले गत साउन ९ गतेदेखि काठमाडौँका विभिन्न विद्यालयका विद्यार्थीमार्फत पैदलयात्रु र चालकलाई जनचेतना दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनचेतना दिएका पैदलयात्रु तथा चालकले पुनः गल्ती गरे कानुनी कारबाही गर्छौं ।”

जनचेतनाका लागि नोबेल स्कुल, लालीगुराँस, श्वेतसदन, जुद्धोदय, इपिएसलगायत १४ विद्यालय र लिङ्कन, सेन्जिभियर्स, मोर्गान, ओरियन्ट कलेजका विद्यार्थी सहभागिता रहेको प्रधानले बताउनुभयो । कार्यक्रममा स्वयम्सेवक विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

७ भदौ, काठमाडौं ।
काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित गुठीको जग्गामा टहरा बनाई बसेकी करुणा तामाङ मण्डल आज मृत अवस्थामा फेला परेकी छिन् ।

सुनसरीको धरान घर हुने ३५ वर्षीया मण्डलको मृत्यु के कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ कागेश्वरी नगरपालिका–६ नयाँगाउँ बस्ने ५६ वर्षीया कान्छी नगरकोटी आजै आप्mनै घरको कोठामा मृत अवस्थामा फेला परेकी छिन् । रासस

Minister for Information and Communications Surendra Kumar Karki has committed to implementing the recommendations made by the Minimum Wages Fixation Committee regarding the wages and services of the working journalists.

While receiving the memorandum submitted by the Federation of Nepali Journalists (FNJ) in the Ministry today, Minister Karki assured to implement any such decision made by the previous government.

Minister was urged to address the issues of big and small media houses separately.

The government is to make a public appeal to citizens as well as public bodies for investment in hydro power projects in the country.

Speaking at a press conference held at the Energy Ministry today, Minister for Energy Janardan Sharma said there is significant amount of capital inside the country to build hydropower projects.

Nepali migrant workers as well as Non-resident Nepalis shall also be encouraged to invest in hydropower development in Nepal.

And for this an integrated strategy will be adopted to move ahead, Sharma said.

Referring to the recent drive of severing the power supply lines of defaulters, Minister Sharma said the act is not a publicity stunt but to come up with concrete results in bringing down the arrears of the NEA, which runs as high as 10 billion rupees.

A joint meeting of the opposition parties including main opposition CPN (UML) has stressed on implementing the work plan developed by the erstwhile government for the implementation of the new constitution.

The meeting of the opposition parties held in Singh Durbar today has stated that no decision should be made against the nation and nationality by the current government.

Following the meeting, UML chief whip Bhanubhakta Dhakal shared that the meeting discussed on making the opposition alliance effective.

Addressing the meeting, UML chair and former Prime Minister KP Sharma Oli urged the opposition leaders to be alert, saying that activities aimed at not implementing the constitution and decisions against the nationality might be carried out by the government.

Prime Minister Pushpa Kamal Dahal today has expressed gratitude to the French support in the development endeavours of Nepal and hoped for further strengthening of bilateral ties in the days ahead.

During the meeting with French ambassador to Nepal Yves Carmona at his official residence in Baluwatar, the matters relating to the issues of bilateral ties, friendly relations and different dimensions of mutual support between two countries were discussed, according to the PM's deputy personal secretary Manohari Timilsina.

Similarly, according to Timilsina, Ambassador Carmona said both countries will continue to work in areas of common interest and concern as good friends.

Civil society leaders from Lalitpur today morning called on Prime Minister Pushpa Kamal Dahal at the latter's official residence in Baluwatar.

During the meeting, they urged the PM to identify suppressed community and ensure their rights, said Deputy Personal Secretary to PM Dahal, Manohari Timilsina.

On the occasion, the PM urgesd to focus on retaining social identity and local development of Lalitpur, said the delegation member journalist Sunil Maharjan.

The aid agency Oxfam has accused UK ministers of "denial and disarray" over an agreement to sell arms to Saudi Arabia, which could be used in Yemen.

The Saudi-backed Yemeni government is fighting against Shia rebels.

The UK government has faced repeated calls to ban weapons sales to Saudi Arabia amid concerns over international humanitarian law breaches in that war.

A government spokeswoman said it was satisfied the Saudi deals complied with the UK's "export licensing criteria".

Nigeria's army says it has killed several commanders of the Islamist group Boko Haram in an air strike and seriously wounded its disputed leader.

An army spokesman said Abubakar Shekau's shoulder was badly injured in the strike on Friday in north-eastern Borno state.

There has been no independent confirmation of the strike.

Claims by the army that it has killed Shekau have turned out to be false on at least five previous occasions.

Boko Haram is fighting to overthrow Nigeria's government and establish an Islamic State in the north.