प्रचण्डले मोदीलाई लेखेको पत्र लुकाउँदै भने-‘सामान्य पत्र पठाएको हो’

९ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विशेष दूतका रुपमा बिमलेन्द्र निधि मार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र लुकाउँदै सामान्य पत्र पठाएको जवाफ नेकपा एमालेलाई दिएका छन् ।

मोदीलाई पत्र पठाएको बारे यसअघि मौन बसेका प्रचण्डले पत्र पठाएको स्वीकार गर्दै पत्र सामान्य भएको बताएका छन् ।

समकक्षीको रुपमा एउटा सरकारले अर्को सरकारलाई पठाएको पत्र मात्र भएको बताएपनि प्रचण्डले मोदीलाई पठाएको पत्र सार्वजनिक गरेका छैनन् ।

सरकारलाई सहयोग गर्न माओवादीले बनाएको संयन्त्रको बैठकमा प्रचण्डले ‘एउटा प्रधानमन्त्रीले अर्को प्रधानमन्त्रीलाई पठाउने सामान्य पत्र मात्र हो,’ भनेको संयन्त्रका सदस्य तिलक परियारको भनाई उदृत गर्दै अनलाइनखवरले लेखेको छ ।

नेकपा एमालेले भने प्रधानमन्त्री प्रचण्डले संविधान संसोधन गर्न तयार रहेको भन्दै यसमा सहयोग गर्न, मधेशी मोर्चालाई मनाइदिन विन्ति पत्र पठाएको बताउँदै आएको छ ।

माओवादी केन्द्रका नेताहरुले भने एमालेले भनेजस्तो संविधान संशोधन गर्न तयार रहेको भन्दै सहयोग माग्दै पत्रमा केही नलेखिएको बताउँदै आएका छन् ।

एमालेले पत्र सार्वजनिक गर्न माग गरेपनि प्रधानमन्त्री प्रचण्ड पत्र सार्वजनिक गर्न तयार देखिएका छैनन् ।

मुखले मात्र पत्र समान्य भएको भन्दै प्रतिवाद गरिरहँदा नेकपा एमालेले भने जस्तो भारती ईच्छा अनुसार संविधान संशोधन गर्न तयार रहेको र यसमा सहयोग गरिदिन भन्दै विन्ति गरिएको थियो भन्ने कुरामा बल पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि गत साता भारत भ्रमण गरि फर्केका छन् ।

नेपाली काँग्रेसमा भारत निकट मानिने निधि केपी ओली सरकार ढाल्न र भारतीय सदिच्छा अनुसारको मन्त्री मण्डल बनाउन र उनि स्वयं भारतीय योजनामा काँग्रेसबाट मन्त्री बनेको राजनीतिक विश्लेषकहरुले बताउँदै आएका छन् ।

मेरो सपना र आत्मश्रद्धान्जली -एलिशा पौड्याल

स-साना ढुङ्गाहरु मिलाएर बनाइएको
झट्ट हेर्दा मन्दिर झैँ लाग्ने
सयौंको सङ्ख्यामा झुरुप्प रहेका
चिहानहरुको बस्ती
मध्यरात
घाटको यात्रा गर्दै
म अकेली

निस्किएर चिहानबाट
एउटा कालो छाँया
पछ्याउन थाल्छ मलाई
भन्नुपर्दा
लखेटिन्छु म
एउटा मृत आत्माबाट
चिच्याउँछु
कराउँछु
त्यो पच्छ्याइरहन्छ
म दौडिरहन्छु
उकाली चढ्छु
ओराली झर्छु
ज्यान बचाउनका खातिर
म भागिरहन्छु
त्यो लखेटिरहन्छ
अन्त्यमा
पुग्दछु म नदिकिनार
त्यो आइराछ
सिध्याउँछ पक्का…सोच्छु
र फालहाल्छु
मिसिन्छु त्यो जलप्रवाहमा
र बग्छु सँगसँगै

बचाऊ बचाऊ
यही ओकलीरहन्छु बारम्बार
आउँदैन
कुनै दरिलो हात
सहाराको…
मलाई बचाउन
नदि मलाई बगाइरहन्छ
म बगिरहन्छु
बाँच्नुको झिनो आसासमेत बाँच्दैन
र
म दिन्छु
आफुले आफैँलाई श्रद्धान्जली

असिनपसिन हुँदै
ब्युँझिन्छु
एउटा भयानक सपनाबाट
म
म अर्थात् नेपाल आमा।।।।

मायाँमा चञ्चल बन्दा पूजालाई कस्तो रोग लाग्यो ! (भिडियो सहित)

९ भदौ, काठमाडौं ।
पहिलो पटक आफैं अभिनयमा उत्रंदै गायिका पूजा गुरुङले चन्चल चन्चल बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

पुष्पन प्रधानको शब्द सगीत रहेको गीत 'चन्चल चन्चल'मा गायिका पुजालाई पुष्पन स्वयंले साथ दिएका छन् ।

काठमाडौं उपत्याका आसपास छायांकन गरिएको म्युजिक भिडियोलाई धिरजजंग शाहले सुन्दर सिनेमाटोग्राफी गरेको देख्न सकिन्छ ।

निशान घिमिरेको उत्कृष्ठ सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

यसअघि एकल तथा म्युजिक भिडियो ल्याइसकेकी पूजा गायनसँगै सामाजिक काममा समेत लाग्दै आएकी छिन् ।

यस्तो छ गायिका पूजाको पछिल्लो म्यूजिक भिडियो 'चन्चल चन्चल'

सन् २०२० को लागि ओलम्पिक झन्डा जापान ल्याइयो

९ भदौ, टोकियो ।
आगामी विश्व ओलम्पिक आयोजना गर्ने भएको जापानले ग्रिष्मकालिन ओलम्पिकको लागि रियो ओलम्पिकको समापनपछि आधिकारीक ओलम्पिक झण्डा जापानमा ल्याएको छ ।

सन् २०२० को ओलम्पिक आयोजना गर्नको लागि अहिलेदेखिनै विभिन्न तयारीहरु थालिसकेको जापानको टोकियोका गर्भनर युरिको कोइकेले ओलम्पिक झन्डा टोकियोमा फहराएकी छिन् ।

बुधबार रियोबाट विशेष विमान मार्फत आफ्ना खेलाडीहरु सहित ल्याइइको झण्डा कोइकेले टोकियो हानिमब एयरपोर्टमा फहराएकी हुन् ।

कोइकेले गत आइतबार ब्राजिलमा भएको रियो ओलम्पिक समापन समारोहमा अन्तराष्ट्रिय ओलिम्पिक कमिटिका अध्यक्ष थोमस बाचको हातबाट ओलम्पिकको झण्डा आगामी ओलम्पिक सञ्चालको लागि पाएकी थिइन् ।

मुख्य रंगशालाको निमार्णमा जोडतोडका साथ लागिरहेको जापानले ओलम्पिक खेल सञ्चालन हुने रंगशाला यसै बर्ष पूरा गर्ने बताएको छ ।

दोस्रो पटक ओलम्पिक आयोजना गर्न लागेको जापानले रियो ओलम्पिकको उद्घाटन र समापनलाई विर्साउनेगरि विशेष बनाउन कुनै कसर बाँकी नराख्ने बताएको छ ।

यसअघि सन् १९६४ मा ओलम्पिकको आयोजना सफल रुपमा सञ्चालन गरेको जापानले यसै बर्षबाट २०२० को ओलम्पिक लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।

नेपाली गोलकिपरलाई जापान फुटबल सङ्घको ‘गोलकिपिङ कोर्ष’

९ भदौ, काठमाडौं ।
जापान फुटबल सङ्घ ९जेएफए०ले नेपाली फूटवलका गोलकिपरहरुको लागि पाँचदिने ‘गोलकिपिङ कोर्ष’ सञ्चालन गरेको छ ।

जेएनएफले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबारबाट गोल्किपिंग कोर्स सुरु गरेको हो ।

भदौ १२ गतेसम्म चल्ने गोल्किपिंग कोर्स प्रशिक्षणमा नेपालका २२ युवा गोलरक्षण प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।

नव फुटवल प्रशिक्षार्थीहरुलाई जापानको होक्काइदोस्थित राष्ट्रिय फुटवल प्रशिक्षण केन्द्रका प्रशिक्षक ओगाटा ग्योसुकेले प्रशिक्षण दिइरहेका छन् ।

जापानमा युवा गोल रक्षक प्रशिक्षणमा जापानमा परिचित ग्योसुकेको प्रशिक्षणमा नव गोल रक्षक प्रशिक्षार्थीहरु उज्ज्वल मानन्धर, चक्र तामाङ, राजुसिंह महर्जन, छन्नुराम चौधरी, नवीन महर्जन, अजय महर्जन, शैलेश कर्माचार्य, विनोद डङ्गोल, सुस्मिता राई र नमिताकुमारी दली सहभागी छन् ।

यसैगरि अमृत चौधरी, रोशन श्रेष्ठ, दिनेश प्रजापति, राम कुमार, सञ्जीव खड्गी, चन्द्रादेवी दाहाल, गङ्गाराम देउजा, रोशन खड्का, प्रवीन श्रेष्ठ, सन्तोष तिवारी, विकेश कुथू र विशाल श्रेष्ठको प्रशिक्षणमा सहभागीता रहेको छ ।

गोलकिपिगं प्रशिक्षणमा सहभागीमध्ये केही राष्ट्रिय टोलीमा रहेका र केही विभिन्न क्लव आवद्ध गोलकिपरहरु रहेका छन् ।

प्रशिक्षक ग्योसुकले नेपाली फूटवलसँग आफु ३५ वर्षदेखि नजिक रहेको भन्दै आफूले प्रशिक्षणमा सहभागीहरुलाई सक्दो सिकाउने बताएका छन् ।

इटालीमा शक्तिशाली भूकम्प

एजेन्सी,भदौं ८ । इटालीमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान इटालीको राजधानी रोम नजिक पेरुगिएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ। युएसजिएसका अनुसार भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर तल थियो। केन्द्र नजिकै भएकोले यसले बढी क्षति पुर्‍याउन सक्ने अनुमान छ। नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट (स्थानीय समय बिहान ३ बजेर ३६ मिनेट)जाँदा भूकम्प गएको हो। रोममा २० सेकेण्डसम्म भवन हल्लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएक छन्। अहिलेसम्म कुनै मानवीय क्षति भएको खबर बाहिर आएको छैन ।

पूर्वमन्त्रीसहित माओवादीका १० नेताविरूद्ध अपहरण मुद्दा

काठमाडौं,भदौं ८ । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साहलगायत माओवादी केन्द्रका १० नेताविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भएको छ । पूर्वमन्त्री साह, माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापर र अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ । लहानस्थित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ४ का इन्जिनियर देवनन्दन मण्डलले उनीहरूविरुद्ध मुद्दा दर्ता गराएका छन् । मुद्दा दर्ता भएपछि सबै फरार छन् । नेताहरूले डिभिजन कार्यालयका प्रमुख रामनरेश मण्डल र पीडित इन्जिनियर मण्डललाई मिलापत्र गर्न दबाब दिइरहेको स्रोतले जनाएको छ । पूर्वमन्त्री साहले गोलबजार ४ स्थित आफ्नै घरमा बोलाई योजनाअनुसार धाकधम्कीसँगै हतियार देखाएर बन्धक बनाई ५ लाखको कागज गर्न लगाएको इन्जिनियर मण्डलको आरोप छ । ‘उनीहरूले जबरजस्ती माग गरेको रकम नदिएपछि गोलबजार बोलाएर बन्धक बनाई शनिबार कागज गराए । त्यसैले आवश्यक कारबाहीका लागि मुद्दा दर्ता गराएको हुँ,’ उनले भने ।

उनीहरूले कागज गराउनुका साथै यसबारे कहींकतै केही बोले ज्यान मार्ने धम्कीसमेत दिएको मण्डलले बताए । ‘माओवादी नेता श्रवण यादवले आफूलाई पत्रकार उमा सिंहको हत्या गर्दा केही भएन, तपार्इंकै हत्या गर्दा के हुन्छ भनेपछि डराएर औंठाछाप लगाइदिएँ’, उनले भने । आशोपुर बल्कबास्थित मैनाबत्ती नदीको कटान रोकथामसम्बन्धी कामको निरीक्षणमा जाने क्रममा पूर्वमन्त्री साहसँग गोलबजारमा भेट भएको र उनले श्रवण रिसाएकाले सम्पर्क गर्न भनेकाले आफू भेट्न गएको उनको भनाइ छ ।

‘चारैतिरबाट घेरा हालेर गाली गर्न थाले’, उनले भने, ‘कसैले पहिले एउटा औंला काट भने, कसैले एउटा हात काट भने’, उनले भने, ‘डरले अताल्लिएँ, मलाई मार्ने भए भन्ने ठानें, तर भगवानो दयाले बाँचेँ ।’

घटनास्थलमा पूर्वमन्त्री साहसहित जम्मा ११ जना रहे पनि ४ जनालाई मात्र चिन्न सकेको उनको भनाइ छ । ‘मैनाबती नदी नियन्त्रणका लागि ५० लाख बजेट आएकामा आफ्नो उपभोक्ता समितिमार्फत काम नगराएको भन्दै उनीहरूले सुरुमा ५० लाखकै कागज गर्न दबाब दिएका थिए,’ उनले भने, ‘तर आफूलाई मारे पनि त्यतिको कागज नगर्ने अडान लिएपछि अन्त्यमा ५ लाखको मात्र कागज गराए ।’

तातोपानी र केरुङ जान अब भिसा लिनुपर्ने

काठमाडौं,भदौं ८ । चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ। सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाइ सुरू गरेको  छ। यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो।तर, सीमा क्षेत्रमा तरुकरीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाइ गर्न थालेको हो ।

केरुङ मात्र होइन, नेपालसँग प्रयोगमा नआएका अन्य नाकामा पनि चीनले सुरक्षा व्यवस्था बलियो बनाउँदै लगेको छ । तर, नेपालतर्फ भने सुरक्षा अवस्था निकै फितलो भएकाले अवैध कारोबार गर्नेलाई सहज छ ।

भारतको नाकाबन्दी तथा तातोपानी नाका बन्द भएपछि चीनसँगका अन्य नाकाबाट तस्करीलगायत गतिविधि बढेका छन्।  आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

कांग्रेसका मन्त्री आज, कसले कुन मन्त्रालय सम्हाल्दैछन् ?

काठमाडौं,भदौं ८ । कांगेसले सरकारमा सहभागी हुने मन्त्रीहरु बुधबार पठाउने भएको छ ।  सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम बुधबार बिहान टुंगो लगाएर साँझ शपथ गराउने तयारी गरिएको छ । सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको जानकारी दिँदै बुधबार शपथ हुनसक्ने बताए । देउवाले नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको सिफारिसमा एकएकजना र नेता रामचन्द्र पौडेलको सिफारिसमा तीन वा चारजना मन्त्री बनाउने भएका छन् ।

स्रोतका अनुसार देउवाले अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाहीलाई सरकारमा पठाउने लगभग टुंगो लगाईसकेका छन् । केसीलाई शिक्षा र महतलाई परराष्ट्र, खाँडलाई रक्षा र शाहीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिनसक्ने सम्भावना छ । त्यस्तै मीनबहादुर विश्वकर्मा वा केशवकुमार बुढाथोकीमध्ये एकजना मन्त्री हुने भएका आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

दुई बिशेष दूतको चिन र भारत भ्रमण सफल : मन्त्रीपरिषद बैठक

७ भदौ, काठमाडौं ।
मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको बिशेष दुतका रुपमा भारत र चीनको भ्रमणबाट फर्कनु भएका उपप्रधानमन्त्रि द्धय बिमलेन्द्र निधी र कृष्णबहादुर महराले भ्रमणको बारेमा जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकमा छिमेकी राष्ट्र चीन र भारतले नेपाल सरकार र यसले अगाडी सारेका प्राथमिकताहरुका बारेमा सकारात्मक चासो व्यक्त गरेको उपप्रधानमन्त्री द्धय निधी र महराले राख्नु भएको सरकारका प्रबक्ता सूचना तथा संचारमन्त्रि सुरेन्द्रकुमार कार्कीले बताउनु भयो ।

बैठकले प्रधानमन्त्रि दाहालको निर्देशन एबं आपूर्ति मन्त्रालयको पहलमा संयुक्त बजार  अनुगनम गरी अप्राकृतिक तरीकाले मुल्य बृद्धी र सामग्रीको अभाब तथा अनियतिता गर्ने केही व्यापारीक फर्म प्रतिष्ठानलाई कार्बाहीको दायरामा ल्याउन शिफारीश समेत गरिएको संचारमन्त्री कार्कीले जानकारी दिनुभयो ।

टोकियो ‘कालो पोथी’ टिकट बुकिगं खुल्ला, सेप्टेम्वर २५ मा प्रदर्शन

७ भदौ, टोकियो ।

जापानमा धेरै चासो र प्रतिक्षाको चलचित्र बनेको कालो पोथीको टिकट बुकिगं खुल्ला भएको छ ।

आगामी सेप्टेम्बर २५ तारिखका दिन प्रदर्शन हुन लागेको चलचित्रको टिकट बुकिगं यही अगष्ट २५ तारिखबाट खुल्ला गरिएको चलचित्र प्रदर्शन गर्न लागेको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टले जानकारी दिएको छ ।

जापानमा गतवर्ष भव्यताका साथ कबड्डी कबड्डी चलचित्रको प्रदर्शन गरेको टोक्यो ड्रिम्सले टिकट बुकिगंको लागि खुल्ला अघिनै धेरैजनाबाट अनुरोध आएको भन्दै समयमै टिकट बुकिगं गराउन सबैलाई अनुरोध गरेको छ ।

यसअघि कबड्डी कबड्डी चलचित्र प्रदर्शन गर्दा सिट क्षमता भन्दा दोब्बर संख्यामा दर्शक उपस्थित हुँदा टिकट नपाएर फर्कनुपरेको भन्दै टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टले कालो पोथीको टिकट समयमै लिन सबैलाई आग्रह गरेको हो ।

जापानको लागि चलचित्र कालो पोथीको प्रदर्शन पाएको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टका अनुसार टिकटको मूल्य विद्यार्थीको लागि छुट सहित २५ सय जापानी येन र अन्यको लागि तीन हजार जापानी येन तोकीएको छ ।

विद्यार्थीको लागि समेत छुट सहित २५ सय तोकिएपनि चलचित्र प्रदर्शनको दिनमा टिकट लिनेलाई ३ हजार जापानी येन लाग्ने भन्दै समयमै लिन अनुरोध गरिएको छ ।

चलचित्र कालो पोथी टोकियो नाकानो जिरो हल नाकानो कु मा साँझ ५ ः ३० बजेबाट प्रदर्शनको समय तोकिएको छ ।

स्मरणीय छ नेपालमा समेत सफल व्यापार तथा सबैतिरबाट प्रशंसा बटुलेको चलचित्र कालो पोथीले अन्तराष्ट्रिय भेनिस फिल्म फेस्टीवलमा क्रिटिक्स अन्र्तगत उत्कृष्ठ चलचित्रको पुरस्कार जितेको थियो ।

मिन बहादुर बमको निर्देशन रहेको चलचित्र कालो पोथीको टिकट बुकिगंको लागि निम्न लिखित नम्वर तथा टोक्यो ड्रिम्सको फेसबुकपेजमा गएर सम्पर्क गर्न सकिने चलचित्र प्रदर्शन गर्न लागेको टिमले टपनेपालन्युजडटकमलाई जानकारी दिएको छ ।

सम्पर्क नम्वर : 08043555258, 080-4799-2846, 08035940800

फेसबुक पेज  Tokyo Dreams Entertainment

राष्ट्रपतिद्धारा पाकिस्तान र जर्मनीमा राजदूत नियुक्त

७ भदौ, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका दुई सहसचिवलाई पाकिस्तान र जर्मनीको राजदूतमा नियुक्त गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सेवा लम्साल अधिकारीलाई पाकिस्तानको र रमेशप्रसाद खनाललाई जर्मनीको नेपाली राजदूतावासमा राजदूतका लागि नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

फ्रान्ससँगको सम्बन्ध थप मजबुत हुने

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि फ्रान्सेली राजदूत येम्स कारमोनासँग आज भएको भेटवार्तामा फ्रान्सले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै उसँगको मैत्री सम्बन्ध आगामी दिनमा थप प्रगाढ र मजबुत हुने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई मुलुकबीचको मैत्री सम्बन्ध र सहयोगका विभिन्न आयामका बारेमा कुराकानी भएको थियो ।

राजदूत कारमोनाले नेपाल फ्रान्सको असल मित्र भएकाले दुवै मुलुकले साझा हित र चासोका क्षेत्रमा काम गर्ने बताउनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web