DPM Nidhi calls on President Bhandari

Deputy Prime Minister Bimalendra Nidhi called on President Bidya Devi Bhandari to brief her about his latest visit to India as the special envoy of the Prime Minister.

At the meeting held at the Office of the President in Sheetal Niwas, DPM Nidhi apprised President Bhandari of the high-level meetings held in course of his India visit, and the compassion expressed by the leaders towards Nepal, according to the Office of the President.

During the visit, DPM Nidhi had also handed over an invitation for Nepal visit to Indian President Pranab Mukherjee on behalf of President Bhandari, and discussed about the possible dates for the visit to India by President Bhandari.

DoTM to take action against vehicles charging high fare

The Department of Transport Management (DoTM) is to take action against vehicles, operating their service from Kathmandu to Sindhuli-Bardibas via Dhulikhel if they are found taking more than the determined transport fare.

The passengers have been complaining after the vehicles did not follow the fare adjustment made by the Department on February 7.

Department Spokesperson Basanta Adhikari said that the Department has received the complaint that the vehicles operating their service along the route have been charging double fare than the determined fare.

Preparations underway for a new people's revolution: Revolutionary Maoist Chairman Baidya

CPN (Revolutionary Maoist) Chairman Mohan Baidya has said that preparations were underway for a new people's revolution.

Talking to media persons in Butwal, he said that the newly promulgated constitution could not be accepted as it was a 'continuation of 1990 constitution based on rightist neo-reformism'.
At a program in Butwal today, he said that India would continue to show a hegemonic tendency towards Nepal until the past 'unequal' treaties are scrapped.

दाउराले हानेर महिलाको हत्या

९ भदौ, बाँके ।
बाँके जिल्लाको नौबस्ता गाविस वडा नम्वर ९ बस्ने ४० वर्षीय डण्डी थारुको दाउरा प्रहारबाट मृत्यु भएको छ ।

सामान्य बिबादका कारण स्थानिय बस्ने २५ वर्षीय ड्रेस थारुले बुधबार दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको छ ।

तत्काल गम्भीर घाइते भएका डण्डीको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचार गरी थप उपचारको लागि भारतको लखनउतर्फ लैजाने क्रममा बिहिबार बाटोमै मृत्यु भएको हो ।

हाल फरार रहेका अभियुक्त ड्रेस थारुको खोजी गर्नुको साथै प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

५ बर्षिया बालिका बलात्कार पछि पुलबाट फालेर हत्या गर्ने २६ बर्षे युवा पक्राउ

९ भदौ, रौतहट ।
रौतहटको मर्यादपुर गाविस १ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी पुल माथिबाट फालेर हत्या गरेको अभियोगमा कटहरिया–१ बस्ने २६ वर्षीय बालकिशोर चौरासियालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

हजुरआमासँग आफ्नै घरमा सुतिरहेको अवस्थामा मंगलबार हराएकी बालिकाको खोजी गर्ने क्रममा शंकास्पद चौरासियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा पतौरा–७ स्थित बकैया नदीको पुलमुनी जबरजस्ती करणी गरी पुलमाथिबाट फालिदिएको खुल्न आएपछि खोजी गर्दा ईनर्वा–८ मटेर्वाघाट बकैया नदीको किनारमा बालिकाको शव फेला परेको थियो ।

पक्राउ परेका चौरासियालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरि बाँके उधरापुर–२ सिमलघारी बस्ने २७ वर्षीया महिलालाई बुधबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय भागीराम चैधरीलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

आर्मीकी ललिता र गीता कुमारी सेमिमा

९ भदौ, काठमाडौं ।
चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिताको महिला ४६–४८ केजीमा त्रिभूवन आर्मीकी ललिता महर्जन, आर्मी बीकी गीता कुमारी थापा, एपीएफका उर्मिला लामा र उदयपुरका दिबाका भुजेल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महिला ४८–५१ केजी तौल समुहमा एपिएफ एकी माला राई, आर्मी बीकी सिता पाठक, भक्तपुरकी निता गोसाई र  आर्मी एकी मिनु गुरुङ्गले आप्mना प्रतिद्वन्दिलाई हराउदै अन्तिम चारमा प्रवेश गरिन् ।

त्यस्तै महिला ५१ –५४ केजी तौलसमुह, ५४–५७ केजी तौल समुह र ५७–६० केजी तौल समुहका खेल भए । सिनियर पुरुष तर्फ पनि ४९ केजी तौल समुह देखि ९१ केजी तौल समुहका क्वार्टरफाईनल खेलहरु सम्पन्न भए ।

पाचौँ अन्तरविद्यालय बास्केटबलमा भ्याली पब्लिक, सेब र नेरिक सेमिफाइनलमा

९ भदौ, काठमाडौं ।
पाचौँ टेन्डा एआइए अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक , सामाखुशि बोर्डिङ स्कुल(सेब) र नेरिक सेमिफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्सका दुवै टिम सेमिफाइनलमा पुग्न सफल भए ।

बिहिबार भएको सिनियर ब्वाइजको खेलमा भ्यालीले काब्यलाई ४३–१९ स्कोरले हरायो । भ्यालीको जितमा राहुल बिकले २२ स्कोरको योगदान गरे । भ्यालीकै गल्र्स टिमले ज्ञानोदयलाई ३५–६ स्कोरले हराउदा निलम शेर्पाले ९ स्कोर गरिन् ।

जूनियर ब्वाइजमा सेबले आयोजक एआइएमाथी १६–१५ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । सेबको जितमा मिलन श्रेष्ठले गरेको ६ स्कोर महत्वपुण रह्यो । एआइएका जलजला श्रेष्ठ लामाले सर्बाधिक ९ स्कोर गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।

शखंमुलस्थीत अवेरनेस इन्टरनेसनल एकेडेमि(एआइए)मा भएको जुनियर ब्वाइजमा एचएचसिए,सेब,नेरिक र इनोभेटिभ अन्तिम चारमा पुगेका छन् । कृष्ण तामाङको महत्वपुर्ण १३ स्कोरको मद्धतले एचएचसिएले ज्ञान निकेतनलाई ३२–२३ स्कोरले पराजित ग¥यो ।

आयोजक एआइएको बि टिम पनि नेरिकसँग ३८–०८ ले पराजित भयो । नेरिकको जितमा अशिम भण्डारीले १० स्कोर गरे । प्रविन थापाको महत्वपुर्ण १४ स्कोरको मद्धतमा इनोभेटिभले हिमालयनलाई २९–१० स्कोरले हरायो । थापा प्रतियोगिताकै छिटो स्कोर गर्ने खेलाडी पनि बने । उनले खेल शुरु भएको तीन सेकेण्डमै २ स्कोर गरेका थिए ।

सेमीफाइनलमा एचएचसीले सेब तथा नेरिकले इनोभेटिभसँग खेल्नेछन् ।  त्यस्तै गल्सतर्फ भ्याली पब्लिक, एचएचसिए,स्वप्न वाटिका(एसभी) र इनोभेटिभ सेमिफाइनलमा पुगेका छन् । मिङ्गमा शेर्पाको महत्वपुर्ण १० स्कोरको मद्धतले एचएचसिएले हेम्समाथी २६–०६को सहज जित दर्ता ग¥यो ।

एसभीले ज्ञान निकेतनमाथी २८–११ को जित हात पार्दा विमला ऐडिले १२ स्कोर गरिन् । इनोभेटिभले टिआइएलाई १९–२ को सहज स्थीतीबाट पाखा लगायो । इनोभेटिकी महत्वपुर्ण खेलाडी ममता गुरुङले सर्बाधिक ११ स्कोर गरिन् । गल्र्सको सेमिफाइनलमा एसभीले एचएचसिए तथा इनोभेटिभले भ्याली पब्लिकसँग प्रतिस्पर्धा गर्नेछन् ।

जेभियर कप यू–१९ बास्केटबलमा प्राइम र गोल्डेनगेट उपाधि नजिक

९ भदौ, काठमाडौँ ।

प्राइम र गोल्डेन गेट चौथो जेभियर इन्टरनेश्नल अन्तर कलेज यू–१९ बास्केटबल प्रतियोगिको फाइनलमा प्रवेश गरेका छन् । बिहिबार भएको महिलातर्फको सेमिफाइनल खेलमा प्राइमले नासा इन्टरनेशनल कलेजलाई २७–२१ स्कोरले हरायो । प्राइमले पहिलो र दोस्रो क्वाटरमा लिएको ९ अकंको अग्रता नै जितको आधार बन्यो ।

पहिलो र दोस्रो क्वाटर प्राइमले ८–५ र ८–२ ले अग्रता लिएपनि तेस्रो र चौथो क्वाटरमा भने ६–७ र ५–७ ले पछि परेको थियो । प्राइमको जितमा सबिता खड्काले ११ स्कोर गरिन् । कालोपुल स्थित आयोजक जेभियरको कोर्टमा भएको पुरुषतर्फको सेमिफाइनमा गोल्डेन गेटले प्राइमलाई ६१–४५ स्कोरले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

गोल्डेन गेटले शुरुवाती २१–६ को अग्रतालाई दोस्रो क्वाटरमा बचाउन नसक्दा प्राइमसँग ७–१५ ले पछि प¥यो । गोल्डेन गेट तेस्रो क्वाटरमा भने पुनः लयमा फर्कदै २१–१० को अग्रता लियो । अन्तिम क्वाटरमा गोल्डेन गेट १२–१४ ले पछि परेपनि समग्रमा ६१–४५ स्कोरले अग्रता लिदै फाइनलमा प्रवेश गर्न सफल भयो ।

गोल्डेन गेटको जितमा कुनक्यान थिङले सर्बाधिक २७ स्कोर गरे । शुक्रबार पुरुषको सेमिफाईनलमा आयोजक जेभियरले हिमालय तथा महिलातर्फ साइपाल र ट्रिनिटिबिच प्रतिस्पर्धा गर्नेछन् ।

गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

९ भदौ, काठमाडौं ।
काठमाडौंको नागपोखरीमा गुडिरहेको बसबाट खस्दा सहचालकको ज्यान गएको छ ।

बा १ ख ७३३१ नम्बरको गुडिरहेको बसको ढोकाबाट खसेर सहचालक रामेछाप नागदह–४ का अविरल तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

ढोकाबाट खसेर गम्भीर घाइते भएका तामाङको वीर अस्पतालमा उपचारको क्रममा बुधबार राति साढे १२ बजे तिर ज्यान गएको हो ।

प्रहरीले बस चालकलाई पक्राउ गर्नुका साथै बसलाई पनि नियन्त्रणमा लिएको छ ।

‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङले संसार छाडे (भिडियो सहित)

९ भदौ, काठमाडौं ।
एउटै गित अर्थात् ‘वारि जमुना पारि जमुना’ बाटै लोकप्रिय बनेका गायक खेमराज गुरुङको केही बेरअघि निधन भएको छ ।

चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको हो ।
गुरुङ जण्डिस बिग्रिएपछि १० दिनदेखि गम्भिर अवस्थामा उपचार गराइरहेका थिए ।

वारि जमुना पारि जमुना, आलुतामाले जस्ता लोकगितलाई रसिलो पाराले गाउन खप्पिस गायक गुरुङ पछिल्लो समय त्यति चर्चामा थिएनन् ।

परिवारले थप उपचारको लागि भारत लैजाने तयारीगरेपछि अस्पतालले अवस्था गम्भिर भन्दै भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो ।

गायक गुरुङको निधनको खबर लगत्तै अस्पताल परिसरमा उनका आफन्त तथा नेपाली गित संगितका क्षेत्रमा आवद्ध कलाकारहरुको बाक्लो भिड लाग्न थालेको छ ।

गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पताल परिसरमा लगिन लागिएको छ भने उनको आजै दाह संस्कार गरिने परिवारका सदस्यहरुले बताएका छन् ।

लोक आधुनि, लोकगित, लोकपपका जिवन, आलुतामा, ढांक्रे, धरान पोखरा, सोल्टी लगायत आठवटा लोक गितहरुका पुस्तक समेत प्रकाशित गरेका गुरुङले प्रबल गोरखा दक्षिण बाहु, इमेज अवार्ड लगायत दर्जन बढी राष्टिय पुरस्कार र सम्मान पाउनुभएको छ ।

२०३३ साल माघ १ गते आमा तुलसी बुवा अमृत बहादुर गुरुङ र माया गुरुङको कोखबाट जन्मिएका खेम राज गुरुङको जन्म संखुवासभा खाँदबारीमा भएको हो ।

गल्कोट समाज जापानको अध्यक्षमा थापा, दिलु खत्री बरिष्ठ उपाध्यक्ष

९ भदौ, टोकियो ।
गल्कोट समाज जापानको चौथो अधिवेशनले अध्यक्षमा नरबहादुर थापा र वरिष्ठ उपाध्यक्षमा दिलु खत्री सहितको कार्यकारिणी समिति चयन गरेको छ ।

अगष्ट २४ मा टोकियोमा भएको अधिवेशनमा अध्यक्षमा समाजसेवी दिलु खत्री र नर बहादुर थापा प्रतिस्पर्धामा देखिएका थिए । निर्वाचनको अन्तिम समयसम्म अध्यक्षमा दुईजना देखिएकोमा सल्लाहकार समितिले मतदानबाट निर्वाचित हुने देखिएपनि अध्यक्षमा नरबहादुर थापालाई समर्थन गर्न आग्रह गरेपछि अध्यक्षका प्रत्यासी खत्रीले उम्मेदवारी त्याग गर्नुभएको हो ।

जापानमा सफल युवा व्यवसायी र समाजसेवाको क्षेत्रमा परिचित दिलु खत्रीले जितेर अध्यक्ष बनेर भन्दा त्याग गरेर गल्कोट क्षेत्रमा एकता देखिने भन्दै सल्लाहकार समिति र अग्रजहरुले आग्रह गरेपछि उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।

गल्कोट समाज जापानको चौथो अधिवेशनबाट २ बर्षे कार्यकालको लागि नर बहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय कार्यकारिणी समिति सर्वसम्मत चयन भएको छ ।

निबाचित समितिको बरिष्ट उपाध्यक्ष श्री दिलु खत्री 'टोकियो' उपाध्यक्ष, उपाध्यक्ष श्री कालिका थापा 'टोकियो', श्री भवानी पन्त 'नागोया', उपाध्यक्ष श्री दिपक केसी 'नागोया', उपाध्यक्ष श्री नर बहादुर थापा 'नागोया', उपाध्यक्ष श्री रतन थापा 'टोकियो' चयन हुनुभएको छ ।

यसै गरि समितिको महासचिबमा सम्मर बस्नेत'ओसाका', सचिबमा तेज चालिसे'ओसाका' र कृष्ण केसी'सिजुओका' रहनु भएको छ । कोषाध्यक्षमा बिजय भण्डारी'टोकियो', सह- कोषाध्यक्षमा रामु चालिसे'ओसाका' रहनु भएको छ ।

यसै गरि सदस्यहरुमा सदस्यहरु राजेन्द्र श्रेष्ठ 'नागोया' नबिन निउरे 'टोकियो' रमेश गौतम 'नागोया' जगत थापा 'ओसाका' लोकेश खत्री 'टोकियो' रत्न सिंह बस्नेत 'टोकियो' भिम क्षेत्री 'टोकियो' सबिता श्रेष्ठ 'टोकियो' भोजेन्द्र सुवेदी 'टोकियो' सुमित खत्री 'ओसाका' धन खत्री 'टोकियो' अम्मर भण्डारी 'नागोया' झम खत्री 'नागानो' दिला गैरे 'टोकियो' यदुराम सापकोटा 'टोकियो' बिपिन कंडेल 'फुकिओका' बिष्णु केसी 'टोकियो' हेमन्त खत्री केसी 'टोकियो' इश्वर श्रेष्ठ 'टोकियो' रहनु भएको छ ।

अधिबेशनले निबर्तमान उपाध्यक्ष याम खत्री संयोजक रहने गरि सल्लाहकार समिति सर्वसम्मत रुपमा गठन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा बेलु थापा 'टोकियो' पदम मल्ल 'नागोया' शन्त खत्री 'टोकियो' बाबुराम सापकोटा 'टोकियो' टंक गैरे 'फुकुओका' पम खत्री 'नागानो' तेजेन्द्र थापा 'टोकियो' खडक बस्नेत 'हिरोशिमा' हिरा शेरचन 'टोकियो' केहरसिंह बस्नेत 'टोकियो' गमन बुढाथोकी 'टोकियो' चन्द्र खत्री 'टोकियो' रामु खड्का 'मीयकेन' पदम बुढाथोकी 'सिजुओका' रामकृष्ण बम मल्ल 'टोकियो' आनन्द बस्नेत 'सिजुओका' धन बहादुर खत्री 'नागोया' झम्पलाल गैरे 'नागोया' डिलाराम सापकोटा 'ओसाका' रामु अधिकारी 'नागोया रहनुभएको छ ।

अधिबेशनले सस्थाको अभिभावकिय भूमिकाको लागि संरक्षण समिति गठन गर्दै सस्थापक अध्यक्ष कृष्ण गौचन 'नागानो' सहित मोहन खत्री 'नागोया' हर्क थापा 'ओसाका' गोबिन्द श्रेष्ठ 'नागोया' आत्माराम गैरे 'ओसाका' लाई नियुक्त गरेको छ ।

संरक्षण समितिमा केन्द्रीय समिति निबर्तमान अध्यक्षहरु थपिंदै जाने र संस्था रहुन्जले संरक्षण समिति क्रियाशील रहने छ ।

संस्थापक अध्यक्ष कृष्ण गौचन र निवर्तमान अध्यक्ष हर्क थापाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको अधिवेशनमा निवर्तमान बरिष्ठ उपाध्यक्ष नर बहादुर थापाले स्वागत मन्तब्य राख्नु भएको थियो भने शुभकामना मन्तब्य संस्थापक अध्यक्ष कृष्ण गौचन, सल्लाहकारहरु आत्माराम गैरे, गोबिन्द श्रेष्ठ 'रोविन्द', खडक बस्नेत, बेलु थापा, तेजेन्द्र थापा र बाबुराम सापकोटाले राख्नु भएको थियो।

२०१४-१६ कार्यकालको कार्यकारिणी समितिको प्रगति प्रतिवेदन संस्थाका निवर्तमान सचिव सम्मर बस्नेतले र आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष दिपक केसीले पेश गर्नु भएको थियो। प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अधिवेशनमा सर्वसम्मत पारित गरिएको थियो।

अधिबेशनमा निवर्तमान अध्यक्ष हर्क थापाले संस्था जापानमा कानुन बमोजिम एन पी ओ दर्ता भइसकेको जानकारी दिदै उक्त बिषयमा प्रकाश पार्नु भएको थियो साथै आफ्नो कार्यकालमा संस्थाका योजना परियोजना र सबै अभियानमा साथ र सहयोग गर्नु हुने केन्द्र देखि क्षेत्र सम्मका सबै पदाधिकारी, सल्लाहकार र जापानबासी सम्पूर्ण नेपाली जनहरु, संघ संस्था र संचारकर्मी हरुलाई बिशेष धन्यवाद दिदै आभार व्यक्त गर्नु भएको थियो ।
नव(निर्बाचित अध्यक्ष नर बहादुर थापाले निबर्तमान कार्यकारिणी समितिलाई र अधिवेशन सफल बनाउन उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

जापानमा हाल नेपालबाट सबैभन्दा बढी बाँग्लुगं जिल्लाका नागरिकहरु रहेका छन् । यकिन तथ्यांक नभएपनि बाग्लुगं जिल्लाको गल्कोट क्षेत्रको मात्रै कुनै अन्य जिल्लाका भन्दा बढी व्यक्ति जापानमा रहेको बताइन्छ ।

जापानका एक 'दिलदार अर्बपती' दिलु

वीरगंजमा श्रीकृष्ण जन्माष्टमी २०७३ महोत्सव शुरु

९ भदौ, वीरगंज ।
श्रीकृष्ण जन्माष्टमी २०७३ महोत्सव समुदघाटन कार्यक्रमका प्रमुख अतिथी अन्तर्राष्ट्रय कृष्णभावनामृत संघ (इस्कोन) प्रचार प्रचार समिति काठमाण्डौका ब्रम्हचारी भक्तश्रद्धेय श्री बक्रेश्र गौर दास प्रभुले आज भगवान श्री कृष्णको तस्वीरमा फुल माला अर्पण गरिनुको साथै पुजा अर्चना गरी श्री कृष्ण जन्माष्टमी २०७३ महोत्सव कार्यक्रमको समुदघाटन गर्नु भयो ।

सो महोत्सवकार्यक्रम समुदघाटन पश्चातवीरगंजको माईस्थानमन्दिर अगाडी रहेको पार्कमाआजबिहान ९ बजे देखी श्रीकृष्ण जन्माष्टमी २०७३ महोत्सव कार्यक्रम शुरु भएको हो ।

उक्त महोत्सव कार्यक्रममा श्रद्धालु भक्तजनहरुका लागि धार्मिक पुस्तक एवं भगवान श्री कृष्णको लिला सम्बन्धि तस्वीरहरु समेत स्टलमा बिक्री बितरण गर्न राखिएको छ ।

भने भक्तजनलाई भगवान श्रीकृष्णको लिला सम्बन्धि बिभिन्न तस्वीरहरु दर्शन गराउने हेतु पार्कमा प्रर्दशन गरिएको छ ।

स्थानिय भक्तजनको लागि बेलुकी ६ बजे देखि भजन, किर्तन, प्रवचन, कथा, अभिसेक ,दिपदान र प्रसाद वितरण समेत गरिने कार्यक्रम रहेको कुरा श्री कृष्ण जन्माष्टमी २०७३ महोत्सव कार्यक्रमका संयोजक मुक्तिपाद गौराङ्ग दास प्रभुले बताए ।

काँग्रेसभित्र मन्त्री भन्ने लुछाचुँडी सकियो, रामचन्द्र पौडेल ५ मन्त्री पाएपछि खुशी

९ भदौ, काठमाडौं ।
प्रचण्ड सरकारमा आफ्ना पक्षका नेतालाई मन्त्री बनाउनुपर्ने भन्दै पार्टी सभापती रहेका शेरबहादुर देउवा र पार्टी भित्र गुट चलाइरहेका रामचन्द्र पौडेलबिच मन्त्री भागवण्डाको लुछाचुंडी सकिएको छ ।

सभापती शेरबहादुर देउवाले सरकारमा पठाउने मन्त्रीमा रामचन्द्र पौडेलले सिफारिस गरेका पाँच जनालाई अनुमोदन गर्नेभएपछि विवाद सुल्झिएको हो ।

सरकार गठन भएको महिनादिन वित्दा समेत सत्ता साझेदार दल काँग्रेसभित्र देउवा र पौडेल पक्षबिचको लडाइका कारण सरकारले अझैसम्म पूर्णता पाउन सकेको छैन ।

घरी मन्त्री पाएका नेताहरुनै ठूलो मन्त्रालय नपाएको भन्दै सरकारमा नजाने त घरी गुटबिचको भागवण्डा नमिल्दा काँग्रेसले अझैसम्म आफ्ना मन्त्री छान्न सकेको छैन ।

बिमलेन्द्र निधिलाई मन्त्री विवाद र भागवण्डामा कुरा मिलाउन रामचन्द्र पौडेलसँग वार्ता गर्न देउवाले खटाएका थिए ।

पटक पटकको छलफल पछि पौडेलले आफ्नो भागमा पाँच मन्त्री पाएपछि कुरा मिलेको भन्दै आजै अबेरसम्ममा नाम पठाउने भएको छ ।

हालको विवाद सुल्झिएसँगै थप कुनै विवाद नआएमा नेपाली काँग्रेसबाट थप मन्त्रीहरुले भोली शपथ खानेछन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web