वीरगंजमा श्रीकृष्ण जन्माष्टमी २०७३ महोत्सव शुरु

भदौ ९, २०७३ मा प्रकाशित | 818 views

९ भदौ, वीरगंज ।
श्रीकृष्ण जन्माष्टमी २०७३ महोत्सव समुदघाटन कार्यक्रमका प्रमुख अतिथी अन्तर्राष्ट्रय कृष्णभावनामृत संघ (इस्कोन) प्रचार प्रचार समिति काठमाण्डौका ब्रम्हचारी भक्तश्रद्धेय श्री बक्रेश्र गौर दास प्रभुले आज भगवान श्री कृष्णको तस्वीरमा फुल माला अर्पण गरिनुको साथै पुजा अर्चना गरी श्री कृष्ण जन्माष्टमी २०७३ महोत्सव कार्यक्रमको समुदघाटन गर्नु भयो ।

सो महोत्सवकार्यक्रम समुदघाटन पश्चातवीरगंजको माईस्थानमन्दिर अगाडी रहेको पार्कमाआजबिहान ९ बजे देखी श्रीकृष्ण जन्माष्टमी २०७३ महोत्सव कार्यक्रम शुरु भएको हो ।

उक्त महोत्सव कार्यक्रममा श्रद्धालु भक्तजनहरुका लागि धार्मिक पुस्तक एवं भगवान श्री कृष्णको लिला सम्बन्धि तस्वीरहरु समेत स्टलमा बिक्री बितरण गर्न राखिएको छ ।

भने भक्तजनलाई भगवान श्रीकृष्णको लिला सम्बन्धि बिभिन्न तस्वीरहरु दर्शन गराउने हेतु पार्कमा प्रर्दशन गरिएको छ ।

स्थानिय भक्तजनको लागि बेलुकी ६ बजे देखि भजन, किर्तन, प्रवचन, कथा, अभिसेक ,दिपदान र प्रसाद वितरण समेत गरिने कार्यक्रम रहेको कुरा श्री कृष्ण जन्माष्टमी २०७३ महोत्सव कार्यक्रमका संयोजक मुक्तिपाद गौराङ्ग दास प्रभुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web