इटालीमा शक्तिशाली भूकम्प

भदौ ८, २०७३ मा प्रकाशित | 974 views

<p><span style="line-height: 1.42857143;">एजेन्सी,भदौं ८ । इटालीमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान इटालीको राजधानी रोम नजिक पेरुगिएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ। युएसजिएसका अनुसार भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर तल थियो। केन्द्र नजिकै भएकोले यसले बढी क्षति पुर्‍याउन सक्ने अनुमान छ। नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट (स्थानीय समय बिहान ३ बजेर ३६ मिनेट)जाँदा भूकम्प गएको हो। रोममा २० सेकेण्डसम्म भवन हल्लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएक छन्। अहिलेसम्म कुनै मानवीय क्षति भएको खबर बाहिर आएको छैन ।</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web