अब सेयर भरेको पैसा लाभांश सबै लगानीकर्ताको खातामै जम्मा हुने

भदौ ७, २०७३ मा प्रकाशित | 965 views

७ भदौ, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएका बैंक तथा वित्तीय संस्था सहितका कम्पनीहरुले शेयरधनीहरुलाई प्रदान गर्ने नगद लाभांश र शेयर नपरेका लगानीकर्ताहरुलाई फिर्ता गर्नुपर्ने रकम लगानीकर्ताहरुकै खातामा जम्मा हुने व्यवस्था गर्न निर्देशन दिएको छ ।

सूचिकृत कम्पनीले शेयरधनीहरुलाई प्रदान गर्ने लाभांश र शेयर नपरेर फिर्ता गर्नुपर्ने रकम नेपाल क्लियरिंग हाउसको सदस्य भएका बैंक तथा वित्तीय संस्थामा रहेको लगानीकर्ताहरुको खातामा नै जम्मा हुने व्यवस्था गर्न बोर्डले मंगलबार अनुमतिप्राप्त सबै शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रवन्धक र सूचिकृत कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बोर्डले गरेको यस किसिमको व्यवस्थाबाट सूचिकृत कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताहरुले काठमाडौं बाहिरबाट पनि सजिलै नगद लाभांश पाउने र शेयर नपरेर फिताए पाउनुपर्ने रकम सिधै लगानीकर्ताको खातामा जम्मा हुने भएकाले  धितोपत्र बजारप्रति लगानीकर्ताको विश्वास बढ्न गई पूँजी बजारको विकासमा योगदान पुग्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web