काठमाडौंमा यातायात कार्यालयको थप तीन कार्यालय खोलिंदै

भदौ ७, २०७३ मा प्रकाशित | 856 views

७ भदौ, काठमाडौं ।
उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने खबर आजको गोरखापत्रमा लक्ष्मण दर्नालले लेखेका छन्।

बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको निर्देशनलगत्तै मन्त्रालयले कार्यालय विस्तारको निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाएर यथाशीघ्र यातायात व्यवस्था कार्यालय थप गरेर सहज र छिटो काम हुने अवस्था सिर्जना गर्न निर्देशन गरेको सचिवालयका कर्मचारी मनोहरि तिमिल्सिनाले जानकारी दिए।

निर्देशनलगत्तै यातायातमन्त्री लेखकले मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय थप गर्ने निर्णय गरेका हुन्। मन्त्री लेखकले छिटोमा दुई साता र ढिलोमा तीन साताभित्र थपिने कार्यालयहरू सञ्चालनमा आउने बताए।

थप तीनवटा कार्यालय सञ्चालनमा आएपछि मोटरसाइकल र गाडीको लाइसेन्स नयाँ निकाल्ने, नवीकरण गर्ने गराउने र सवारी साधनको कर तिर्ने काम छुट्टाछुट्टै स्थान, काउन्टरबाट गरिने र त्यसो गर्दा सेवाग्राहीलाई सहज हुनुका साथै काम व्यवस्थित र छिटो हुने उनको भनाइ छ।

मन्त्री लेखकले भने, ‘सडक दुर्घटनाहरू बढिरहेका छन्।  त्यसको न्यूनीकरणका लागि हामीले ऐन कानुनहरू पनि संशोधन गर्ने काम अगाडि बढाएका छौँ। क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीलाई पनि कारबाही भइरहेको छ।  समग्रमा हामी यातायात व्यवस्थालाई व्यवस्थित गर्न लागेका छौँ।’

सवारीचालक अनुमति पत्रको फाराम बुझाउनसमेत सेवाग्राहीहरू रातभरि लाइन बस्नु परेको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले काठमाडौँमा दुईवटा र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप गरेर छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले उपत्यकामा सवारी चालक अनुमतिपत्र लिने तथा नवीकरण गर्ने, ब्लुबुक नवीकरण, कर तिर्नेलगायत रुट परमिटका कामहरू सेवाग्राहीलाई सहज हुने गरी उनीहरूको चाहना अनुसार काम गर्न निर्देशन दिएका हुन्।

सवारीचालक अनुमति पत्रको लिखित परीक्षाका लागि स्कुल, कलेज वा घर भाडामा लिएर भए पनि एकै चोटि पाँच हजारसम्मको परीक्षा लिने व्यवस्था गर्न, नवीकरण, रुट परमिट, कर लगायतका कामलाई अनलाइनबाटै व्यवस्थित गर्न र कर्मचारीलाई अभिमुखीकरण तालिम दिएर काम गर्नसक्ने व्यवस्था गर्न उनको निर्देशन थियो।

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा हुने सेवाग्राहीको चाप अब सहज हुने यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web