जापानका एक ‘दिलदार अर्बपती’ दिलु

भदौ ७, २०७३ मा प्रकाशित | 31091 views

मातृभुमी प्रतिको लगाव र आमा बुवाको उपदेश सम्झंदै गर्दा घरी भावुक त घरी उर्जाशिल देखिनुभएका उहाँ हरेक कुराकानीका क्रममा भनिरहनुभएको थियो-'कसैलाई मर्दापर्दा काम नआउने सम्पत्तीको केही काम छैन !'

कर्मले जापानमा रहेपनि व्यवसायदेखी, उद्योग र उर्जामा समेत लगानि गरेर मातृभुमिको विकासमा योगदान गरिरहनुभएका दिलका धनी अर्थात् 'दिलु खत्री'ले कुराकानीका क्रममा चिसो कालो कफी पिउँदै भन्नुभयो-'मेरो बुवाले गाउँमा गरिव दलितहरुको घरको छानो छाउनु पर्दा पैसा नलिगि सहयोग गर्दै भन्नुहुन्थ्यो यो जातभातले केही हुन्न, सबैलाई सकेको सहयोग गर्नुपर्छ, बुवाको त्यही पथ पछ्याउँदै मैले सकेको सहयोग गरेको छु र गरिरहेनेछु ।'

केटाकेटीको 'दिलु'
'गाउँमा पढ्ने लेख्ने मेहनत गर्ने भन्ने अग्रजका दाजुहरु खासै हुनुहुन्नथ्यो । रमाइलो गर्ने, सामान्य पढ्ने, कामको लागि काठमाडौं वा भारत पस्यो अनि सकेकाजति विदेश । यस्तै वातावरणले छोएर होला खासै पढिएन ।' आफ्नो पढाइबारे खोल्दै दिलु खत्रीले इमान्दारिता पूर्वक भन्नुभयो-'विद्यालयको मात्र पढाई सकियो त्यसपछि काममा लागियो ।'

संघर्षको सुरुवात

पढ्ने उमेर छँदै साथीभाईसँगै काम सिक्न भारत छिर्नुभएका दिलुले जापान आउने जग घर छाडेपछि आफैं बसाल्नुभयो । 'मैले भाँडा माझ्ने कामबाट संघर्ष सुरु गरेको हुँ ।' संघर्षका ति दिन सम्झैंदै उहाँले भन्नुभयो-'२० बर्ष अघि ३५ हजार भारतीय रुपैयाँ बुझाएर जापान छिर्दा महिनाको जम्मा २ मान तलब थाप्नुपर्यो अब सम्झनुस् कमाई र अवस्था कस्तो हुन्थ्यो होला ।'

संघर्षका ति दिनहरु

नान बनाउन दिनको दुई तिन बोरासम्म पिठो मुछ्नु । काम व्यस्त भएको दिन २४ घण्टा अनिदो बसेर काम गरेको दिनहरु सम्झंदा गम्भिर भावमा देखिनु भएका खत्रीले भन्नुभयो-'जाडो मौसममा चिसो पानीले दिनहु नुहाउनुपर्ने अनि नाकबाट रगत बग्दा समेत पुछ्दै गाह्रो भयो भनेपनि सुनीदिने कोही नहुँदा त्यत्तिकै काम गरिन्थ्यो !'

संघर्षका ति दिनलाई सम्झेपनि ति दिनप्रति कत्तिपति पछुतो नमान्नुभएका उहाँले भन्नुभयो-'त्यहि दिनहरुले मलाई सक्षम बन्न र केही गर्न आँट दियो । त्यही आँट र हिम्मतबाट मैले आफ्नै काम सुरु गरें ।'

अहिलेका 'दिलु खत्री'

सामाजिक सञ्जाल फेसबुकमा समाज हित र नेपाली एकताका कुरा मात्र गरिरहने दिलु खत्रीलाई बाहिरि आवरणमा देख्नेहरु एक स्टाइलिस्ट युवा देख्छन् ! सांगितिक कार्यक्रममा रमाउने गरेका दिलु सम्झंदा कुनै कलाकार वा अल्लारे सम्झन्छन् ! अनि जापान तथा नेपालमा आइपरेका समस्या र दुखहरुमा सहयोग गरिरहने दिलुलाई देख्दा एक 'दिलदार दिलु' पाउँछन् !

यि सबै भएरपनि दिलुलाई यि पाटोबाट मात्र चिन्नेहरुले उहाँको थप पाटोहरु कमै थाहा पाएका छन् ।

आफ्ना त्यस्ता केही पाटोहरु खुलाउँदै उहाँले भन्नुभयो-'मैले यहाँ कमाएर जति थुपारेपनि देशमा केही लगानि गरिन भने मलाई मेरो देशले सराप्छ ! त्यहि भएर आम्दानीको केही हिस्सा नेपालमा लगानि गर्दै बढाउन थालेको छु ।' अलि भावुक हुँदै दिलु खत्रीले थप्नुभयो-'किनभने म दुख गर्न जहाँ पुगेपनि सेवा मातृभुमीकै गर्नुछ अनि त्यही धुलोमै बित्नुछ ।'

सहकारी होस् वा एफएम, घर, घडेरीमा समेत लगानी गर्नुभएका दिलुले नेपालको उर्जा क्षेत्रको विकासको लागि जलविद्युतमा समेत आफ्नो लगानि बढाउँदै लैजानुभएको छ ।

आफ्ना थप लगानि क्षेत्र खुलाउँदै उहाँले भन्नुभयो-'विदेशमा पाहुनालाई गरिने स्वागत सत्कार, सिप, कला र रोजगारीको लागि पनि नेपालमा लगानी आवश्यक छ भनेर "यस्तोमा के लगानि गर्नु ?" भनेर अरु पन्छिरहँदा रेष्टुरेण्टहरुमा लगानि गरेको छु । भविष्यमा एउटा राम्रो होटल खोल्ने योजनामा छु, जसबाट देशमा पर्यटनको विकास, विदेशको राम्रा सिपहरु सिकेर देशमै भावी पुस्ताले केही गर्न सकुन् ।'

दुई दशक लामो जापान बसाई रहेपनि दिलु खत्री नेपालमा हुने हरेक पर्व जिल्लामा हुने विशेष पर्व तथा सामाजिक काममा सहभागीता जनाउन नेपाल पुगिहाल्नुहुन्छ । देशको राजनीति र अवस्थासँग राम्रो जानकारी राख्नुहुने उहाँ नेतृत्वले सहि मार्ग नपछ्याएपनि नयाँ युवा पुस्ता सकारात्मक र देश चलाउन सक्षम बन्दै गएकोमा भावी नेपालप्रति आशावादी देखिनुभयो ।

जापान कर्म र कमाई

'यहाँ पैसा खाएर मान्छे ल्याएर काम न दामको बिचल्ली पारेर अलपत्र बनाउनेहरुकै हल्ला खल्ला हुन्छ । केही गरेर धेरै देखाउनेहरुनै चर्चामा आउँछन् । म कर्म गरिरहेको छु तर कमाई मात्र हेरेर सारा कुरा विसर्ने लोभी पापीबाटोमा कहिल्यै लागिन ।'

'पैसानै कमाउने र गन्ने हो भने अर्ब बढीको सम्पत्ती मेरो नी पुग्यो होला तर यो मेरो कर्मले कमाएको आम्दानी हो म यसबाट सामाजिक सेवामा खर्च गरिरहेको छु, सामाजिक कामको लागि भनेर बटुलेर अहिलेसम्म कसैको एक पैसा खाएको छैन ।'

'जापानमा रहनुभएका नेपाली र नेपालमा मलाई मैले गरेको काम, आपत विपतमा परेकालाई गरेको सहयोगबाट चिन्छन् मेरो सम्पत्तीले होइन । मैले अहिलेसम्म कमाएको कमाई नै त्यही हो । जुन कुरामा सन्तुष्ट र खुशी छु ।'

जापानमा अहिलेसम्म आठ वटा रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छु । राजा फुड कम्पनीको रुपमा ब्राण्ड बनाएर जापानीमाझ नेपाली खाना र नेपाल चिनाइरहेको छु ।

त्यसबाहेक रेमिट्यान्स सेवा र एक्पोर्टको काम गरिरहेको छु । छोटो समयमा मेहनत र म प्रति गरेको जापानवासी नेपालीको विश्वासले जेनिथ रेमिट्यान्स जापानको उत्कृष्ठ तिन भित्र परिरहेको छ ।

यो आर्थिक बर्षमा मात्र हामीले साँडे दुई अर्ब बढी जापानी येन जापानमा काम गरेर नेपालीहरुले पठाएको कमाई उहाँहरुका आफन्तसम्म सुरक्षित पुर्याएका छौं । यही विश्वास हो मैले कमाएको । जसले गर्दा मैले गरेका काममा सबैले विश्वास गर्दै साथ र सहयोग गरिरहनुभएको छ र मैले उहाँहरुका दुख सुखमा सक्दो सहयोग गरिरहेको छु ।

गल्कोट समाज र समाज सेवा

म हुर्केको माटो र बाटो गल्कोटमा हो । मेरो जन्म जिवन त्यही माटोमा वित्नेछ । म खेली हुर्केको त्यो ठाउँ सँधै उस्तै रहने र म अघि बढिरहने त्यो मेरो मनले कहिल्यै मान्दैन । त्यही भएर मैले बाग्लुगं जिल्ला र गल्कोट क्षेत्रको विकास र त्यस क्षेत्रमा हुने हरेक सामाजिक काममा सक्दो सहयोग र सहभागीता जनाउँदै आइरहेको छु ।

म दावीका साथ यत्ति भन्न सक्छु बाग्लुंग जिल्ला तथा गल्कोटको लागि कुनै त्यस्तो काम छैन जहाँ मैले सहयोग गर्दिन भनेको र नगरेको होस् । किनभने मलाई मेरो गल्कोटप्रति अगाध मायाँ छ । मेरो ठाउँ प्रति मेरो जिम्मेवारी छ । तर यसो भन्दैमा म बाग्लुगंमात्र अनि गल्कोट मात्रको हुँ कहिल्यै भन्दिन ।

जापानमा आएर समस्यामा परेका देशका जुनुसुकै ठाउँका नेपालीले सहयोग माग्दा मैले आजसम्म नाई नास्ति गरेको छैन र गर्दिन । मैले सकेको सहयोग गर्दै आइरहेको छु ।

भर्खरै मृत्युभएका रमेश थामागंको शव नेपाल पठाउन लैजान आर्थिक संकलन गरेको प्रशंग थप्दै युवा व्यवसायी र समाजसेवीको छवि बनाउनुभएका दिलु खत्रीले भन्नुभयो-'उहाँ (रमेश)को बुवा आमाले मृत्यु भएका छोराको भएपनि अनुहार हेर्ने इच्छा गरेको सुनेपछि मैले सकेको सहयोग गरेको छु ।'

जापानमा रहनुभएका गल्कोटवासी नेपालीबिच थप एकता, सहयोग र आफ्नो क्षेत्रको विकासमा मैले अझै योगदान गर्नसक्छु भनेर साथिहरुले अब अध्यक्ष बन्नुपर्छ तपाई भन्नुभयो र म भोली (अगष्ट २४ तारिख)मा हुने गल्कोट समाज जापानको अध्यक्षमा उठेको हुँ ।

म कसैसँग प्रतिस्पर्धा गर्न होइन, कसैको बिरुद्ध पनि होइन, गल्कोट समाज र नेपालको लागि तपाईले बढि गर्न सक्ने कि मैले भनेर उठेको हुँ । यसले त समाजप्रति योगदान गर्ने सकारात्मक प्रतिस्पर्धा सृजना गरेको छ ।

'कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अब अध्यक्ष बनेर गल्कोट समाजको लागि केही गर्नुपर्छ तपाईले भन्नुभयो' सबै साथीभाई र गल्कोटवासीले त्यही भएर नेतृत्व लिन लागेको हो । कुनै पार्टीको राजनीति गर्न वा नेता गिरी हैन । त्यही भएर पनि आफ्नो क्षेत्रको राम्रोको लागि नेतृत्व लिन लागेको भएर सबैले समर्थन गरिरहनुभएको छ यसमा म खुशी छु ।

गल्कोट समाजको नेतृत्व लिएपछि मैले दुई बर्षे कार्यकालमा गल्कोट क्षेत्रमा एक सामुदायिक बहुउपयोगी हुने खालको बृद्ध आश्रम/आश्रय स्थल जसमा कहीँ टाढा बाट आएकाहरुले एक दुईरात बास बस्न मिल्ने अनि आपत विपत्तमा पर्नुभएका बुद्ध बुवा आमाहरुले आश्रय लिएर बस्न पनि सक्ने सामाजिक भवन बनाउने लक्ष्य भनौं या काम गर्नेछु ।

साथै गल्कोट समाज जापान बाग्लुंग र गल्कोटवासीको लागि मात्र हैन सबै नेपालीको लागि हो, भन्ने पुष्टि गर्न विकट कुनै जिल्ला र ठाउँमा एउटा उदाहरणीय काम गर्ने योजनामा छु । जुन काम म बोल्ने हैन गरेर देखाउनेछु ।

'गल्कोट समाज जापान'को नाम लिंदा सबै नेपालीले गर्व गर्न लायक बनाउने यो पवित्र कामको लागि भोली हुने गल्कोट समाजको निर्वाचनमा नेतृत्वको लागि अहिलेसम्म सहयोग गर्नुहुने सबैलाई धन्यवाद र भोलीका दिनमा पनि सबैले सहयोग गर्नुहुने विश्वास मैले लिएको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web