७ भदौ, उदयपुर ।
उदयपुरको सदरमुकाम गाईघाट स्थित सशस्त्र प्रहरी त्रियुगा गुल्ममा कार्यरत एक हवल्दारले सोमबार राती आत्महत्या गरेका छन् ।

त्रियुगा नगरपालीका वडा न.७ घर भएका हबल्दार सुरेस हमालले बिषसेवन गरी आत्महत्या गरेका हुन् । सोमबार साँझ घरमा श्रीमतीसंग सामान्य बिवाद भै अफिसतिरै जान्छु भन्दै हिडेका हमाल घरभन्दा केही पर बिषसेवन गरेको र उनलाई मोटरसाइकलसहित लडेको अबस्थामा स्थानीयले भेटेर खबर गरेको सस्शस्त्र प्रहरी बल त्रियुगा गुल्मका प्रमूख प्रहरी नायव उपरिक्षक माधबप्रसाद पौडेलले बताउनुभयो ।

हमाललाई तत्कालै जिल्ला अस्पतालत उदयपुर पुर्याइएको र अस्पतालले विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरेको थियो । रेफर पश्चात नोबेल अस्पताल पुर्याइए पनि गेट नजिकै पग्दा उनको मृत्यु भएको थियो । उनको एक छोरा र एक छोरी छन् ।

त्यसैगरी सोही राती त्रियुगा नगरपालिका १० देउरीका ५७ बर्षिय गोपालबहादुर भुजेलले विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओम रानाले बताउनुभयो ।

विषसेवन गरी घाइते भुजेललाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि बाहिर रेफर गरिएको थियो । उनको बाटैमा मृत्यु भएको जनाईएको छ । उनले पनि पारिवारिक विवादकै कारण विषसेवन गरेको बताईएको छ ।

त्यस्तै त्रियुगा नगरपालिका २ का १९ बर्षिय युवा सुजन विकले पनि विष सेवन गरेका छन् । उनको जिल्ला अस्पतालबाट रेफर गरी विराटनगर स्थित विराट नर्सिङ होममा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको पनि स्वस्थ्य अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ ।

16.73¡ÆC